30 October, 2007

तीन सुत्र कथा

एक
मदिरा र नशालु पदार्थको रोकथामको लागि स्वदेशी ज्ञाताहरुको आयोजन र विदेशी दाताहरुको प्रायोजनमा एक दिने कार्यशाला गोष्ठि भयो । वुद्धिजीवी र गन्यमान्य व्यक्तिहरुले नशालु पदार्थको कूलतले समाजमा पारेको नकारात्मक प्रभाब वारे गहिरो चिन्ता व्यक्त गरे र समाधानको उपाय वारे वृहत विवेचना गरे । अन्तमा गोष्ठि सफल भएको ठहर गरियो र 'स्याम्पेन' फोरेर सभा विर्सजन गरियो ।

दुई

"शहर सफा राखौं", "सरसफाई सभ्यताको प्रतिक हो" आदि विभिन्न नारा लेखिएका तुल र प्ले कार्डहरु बोकि चेतनशील व्यक्तिहरुको यौटा समुहले नगर परिक्रमा गरे । नगरको यौटा चोकमा पुगेर त्यो जुलुस आमसभामा परिणत भयो ।

भोलिपल्ट चोक वरिपरी र बाटो छेउ-छाउमा प्ले कार्ड , पर्चा र पोष्टरहरु यत्र तत्र छरिएका थिए र शहर अधिल्लो दिनभन्दा अलि बढी फोहर भएको थियो ।

तीन
देशको यौटा जल्दोबल्दो समस्याको हल गर्न कुनै पनि समुहले एकल निर्णय लिन नसकेपछि अध्ययन गरी समाधानको लागी स्पष्ट निर्णय पेश गर्न चर्चित विद्धानहरु सम्मिलित यौटा र्सवपक्षीय आयोग गठन गरियो ।

आयोगले तदारुकताकासाथ काम गर्‍यो र निश्चित अवधि भित्रै "यस विषयमा हाल कुनै पनि निर्णय लिनु ठिक छैन" भन्ने जोडदार निर्णय लिएर देखाइ दियो ।

(१३-०२-२०५८ गोरखापत्र)

3 comments:

  1. Dhanya bad ,
    thanks for Sharing Your Post with us.

    ReplyDelete
  2. I like your Blog
    I am Very Happy To found nepali Blog

    Thanks

    ReplyDelete
  3. nepal Arts!!
    money blog!!

    Hello and Welcome to my blog!
    I wish I'll be able to satisfy you with the content I am serving on my blog and thanking you for your comments

    Dilip

    ReplyDelete