13 April, 2008

के माओबदिको जित "अप्रत्याशीत" हो ?

ब संबिधान सभाको चुनावमा काठमाडौं क्षेत्र नं‌ १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह बिजयी भएको पहिलो नतिजा निक्लियो "ठूला" दलका नेताहरुले सोचे हाम्रो बोलबाला अझै कायम छ र उनिहरु आफ्नो जित प्रति अत्यन्त आशाबादि भए । तर उनिहरु कल्पनाको जित प्रति ढुक्क हुन नपाउदैं धमाधम उनिहरुको सोच बिपरितको परिणाम आउन थाले । "कुनै तुक नभएका" भनिएका दल र "पाँच कक्षा पास नभएका" भनिएका उम्मेदवारले ति 'बुद्धिजिवि' र 'महान' नेताहरुलाई अत्यन्त ठुलो मत अन्तरबाट धमाधम पराजित गर्दै गएको नतिजा निस्कन थालेपछि उनिहरु रनभुल्ल परे ।

अब ति पुराना र 'घाग' मानिएका दल र नेताहरु आफ्नो बचे-खुचेको ईज्जत जोगाउने असफल प्रयास गर्दै अर्को यौटा शब्द प्रयोग गर्न थालेका छन --"अप्रत्याशीत"। अर्थात अप्रत्याशीत रुपमा माओबादिले चुनाव जित्दैछन रे।

त्यसो त हाल म नेपालमा छैन र चुनाव अगि-पछिका माहौलसंग निकट परिचित छैन, तर यौटा सामान्य नागरिकको हिसाबले सोच्दै जादां मलाई लाग्छ माओबादिको जित कुनै "अप्रत्याशीत" घटना भने पक्कै होईन ।

नेपालको स्थिति हालको जर्जर अबस्थासम्म आउनुमा प्रमुख भूमिका खेल्ने बासी, पुराना र भ्रष्टहरुले हार्नु भनेको कुनै "अप्रत्याशीत" घटना कसरी हुन सक्छ ? । मैले यसो भनेर जित्ने पक्षको तारीफ गर्न खोजेको पनि पक्कै होईन र माओबादिका बिगतका अनगिन्ति गल्तिहरुको म अझै बिरोध गर्छु । तर यो चुनाव जनताहरुले सोचि सम्झी दिएको मतको परिणाम हो र यसमा कुनै अप्रत्याशीतता देख्दिन म। "अप्रत्याशीत" त त्यतिबेला हुन्थ्यो जब यसपाली पनि तीनै घुसखोर, सरकार ढाल्न र बनाउन भेडा बाख्रा जस्तै बिक्ने अनि पुरुष भएर पनि सुत्केरी भत्ता खानेहरुले नै चुनाव जित्थे ।

केहि समय अगाडि यस्तै आफ्नो ब्लग र केहि अनलाईन फोरमहरुमा मैले गिरिजा कोईराला र अन्य केहि "ठुला" नेतामा गनिने व्यक्तिहरुलाई "झल्लु" र आफ्नो बिचार नभएका र अरुबाट संचालीत भनेर प्रमाणीत गरको थीए र त्यसको धेरैजनाले समर्थन गरे पनि केहि व्यक्तिहरुले निजिस्तरमा समेत बिरोध जनाएका थिए । हाल आएर मेरो तर्कले अनुमोदन पाएको छ ।

बास्तबमा हालको चुनाव सरकार बनाउने नभई संबिधान बनाउने हो र मैदानमा गिरिजा कोईराला र माकुनेका दल पनि नेपाललाई गणतन्त्र बनाउने नाराका साथ देखीए । यि सबै नया जोगिको बाक्लो खरानी भने झै आफुलाई गणतन्त्रबादि प्रमाणित गर्न यसरी लागे कि उनिहरुको नारा, बाद र बिचार सबै अप्राकृतिक लाग्थे ।

सबैलाई थाहा भएको कुरो हो, दोस्रो जन आन्दोलनताका मात्रै आफुले "भाग" खान नपाएपछि यि दलहरुले राजालाई तर्साउन आफुलाई गणतन्त्रबादी बनाएका थिए । मतलब नेपलाको परिप्रेक्षमा यो गणतन्त्र न कांग्रेसको लक्ष थियो न त एमालेको सोच । ति सबै बिरोधको आबेशमा आएर परिबर्तीत यौटा नकारात्मक सोचाईको आबेगका परिणाम मात्रै थीए ।

उता माओबादीको उदयनै गणतन्त्रको लागी भएको थियो वा भनौं गणतन्त्रलाई नै लक्ष बनाएर हिडने माओबादि नै थिए । अब चुनावमा भोट माग्दा सबैले नेपाललाई गणतन्त्र बनाउने मार्ग चित्र प्रस्तुत गरे पछि नेपाली जनताले स्वभाविक रुपमा माओबादिलाई चुने । जब एमाले वा कांग्रेस स्वयं पनि माओबादिकै बाटोमा छन र गणतन्त्रको कुरा गर्छन भने जनताले किन उनिहरुलाई चुन्ने? ।

नेपालको हिसाबमा गणतन्त्रकै कुरा गर्ने हो भने माओबादिको कुनै बिकल्प पक्कै छैन र अन्य काम कुरामा माओबादी जे जस्तोसुकै भए पनि माकुने वा गिरिजा कोईरालालाई भन्दा नेपाललाई गणतन्त्र बनाउने काममा माओबादि नै बढी सक्षम छन भन्दा कुनै फरक पर्देन ।

यो स्थितिमा जनताले कहिले "राजालाई सेरिमोनियल दिउँ" भन्ने र कहिले 'बेबि किंग' को कुरा उठाउने कांग्रेसी नेता वा अमेरिकी राजदूत आउँदा लेलिन र मार्कसका फोटो हुत्याउने एमालेका नेतालाई कसरी भोट दिने? ।

समष्टिमा यो चुनावी परिणाम कुनै "अप्रत्याशीत" घटना हुदैं होईन र देशै भरिको झुकावलाई हेर्दा यो करिव करिव देश भरिकै जनताको 'सल्लाह' ले चयन गरीएको जस्तो देखिन्छ । तर जनताले आफ्नो बिगतका कठोरता र गल्तिलाई भुलेर बैगुनको बदला गुन ले तिरेर दिएको अविभारामा माओबादि कति खरो उत्रन्छन त्यो भने हेर्न बाँकि नै छ ।

3 comments:

  1. खै के भन्ने तपाईको ब्लग पढेपछि केहि कुरा प्रष्ट भएपनि उनिहरुको पक्षमा यस्तो बिसाल जनमत हुनु त अचम्मै हो जस्तो लाग्छ ।

    तर तपईको बिछार संग पनि सहमत भने छु

    ReplyDelete
  2. hami bidesh ma basne harulai nepalko patrika le jhukya chha natra maobadi ko support ma tetika manchhe huda pani kina patrika ma sadhai maobadi ko har hunchha bhanera lekheko?

    ReplyDelete
  3. खै के भन्ने,अप्रत्यासित हैन भनौँ भने - सँधै कुटपिट नै गरिराथ्यो ! यस्ता ले भोट के ल्याउँछन् र जस्तो लागेकोथ्यो ! एउटा कुरा चाँही के हो भने चुनाव को दिन त्यस्तो धाँधली भएको नभएपनि - जनतालाई भने पहिले देखि नै तर्साएका हुन् । के हामी मान्न तयार छौँ - सबैभन्दा फेयर ईलेक्सन रामेछाप मा भयो रे ??? शहरमा भने जनता ले साँच्चै परिवर्तन गर्ला भनेर भोट दिएका हुन् है ! तर फेरी तिनका खुट्टा पनि लर्वराउने स्थितिमा पुगिसकेको छ,के गर्नु उनीहरु आफैँले पनि नसोचेको भैदियो !

    ReplyDelete