19 May, 2008

दुई सुत्रकथा

(आज, धेरै पहिला मधुपर्कमा प्रकाशित दुई सुत्रकथा टाँस्दैछु)

१‌. दृष्टिकोण

“ हैन अस्ति हेरेको केटा त ठिकै जस्तो लागेको थियो , तर तपाईले छोरी दिन मान्नु भएन रे … ”

“ के गर्नु कतैबाट पनि कुरो मिलेन”

“ किन राम्रो थिएन र ?”

“ राम्रो त राम्रै थियो … ”

“ पढाइ पुगेन कि कसो ! ”

“ हैन एम‍.‌‍‍ ए‍. पास नै थियो”

“ अनि !के भो त ! बेरोजगार थियो र? ”

“ कहाँ हुनु नि सरकारि अधिकृत थियो ”

“ अनि के मिलेन त, जातै मिलेन कि कसो?”

“ जात मात्रै नमिलेको भए त कुरा मिलाउन सकिन्थ्यो … । … के गर्नु … त्यो केटा त अर्कै पार्टीमा लागेको रहेछ”

२. न्याउरी मारी पछुतो

अस्तिसम्म उनीलाई सानै देखेर, उसले लेखिसकेको प्रेमपत्र पनि च्यातेर फालेको थियो ।

आज बिहानको खबरले पछुताई रहेको छ, उनिलाई त हिजै अर्कैले भगाईसकेछ ।

5 comments:

  1. धेरै राम्रो लाग्यो कथा, दिलिप दाइ ! पार्टि को संस्कार कस्तो हावी भा को है ।

    ReplyDelete
  2. आकार जीले भन्नुभएको सही लाग्यो। पार्टीको संस्कारको कुरामा त म पनि सहमत छु। नातामा दाई पर्नुहुने, हामी सँगै बस्थ्यौ। उनी कुनै पार्टीमा संलग्न भएकै कारणले माघ १९ को शाही कूको आसपासको बेलामा घरबेटीले हामीलाई आफ्नो घरैबाट धपाइदिए। त्यो पनि छोरीको बिहेको बहाना गरेर। घच्चीको कुरो- उनको छोरीको बिहे अहिलेसम्म पनि भएको छैन।

    ReplyDelete
  3. Interesting and funny! They depict our society so well.

    ReplyDelete
  4. Thank you all for valuable comments!

    Hmmm! ...I was thinking that I am able to imigine beyond reality , but what I came to know through you all is that, it is actually happening in our society...hahaha

    ReplyDelete
  5. अस्तिसम्म उनीलाई सानै देखेर, उसले लेखिसकेको प्रेमपत्र पनि च्यातेर फालेको थियो ।

    आज बिहानको खबरले पछुताई रहेको छ, उनिलाई त हिजै अर्कैले भगाईसकेछ
    nice one , i like it

    ReplyDelete