07 June, 2008

गजल

(यो गजल करिब २ बर्ष अघि लेखेर कतै अनलाईन पेजमा टाँसी सकेको पनि हो, तर हालको स्थितिसंग पनि मेल खान गएकोले यसलाई आफ्नै बल्गमा टाँस्दै छु :-)

गजल

यौटा बन्दूक ढल्यो तर हतियार अझै खात छ ।
जन सेवक आफैलाई महानताको मात छ ।


’मिल्यो’, ‘टुङ्ग्यो’, अनि ‘अब सफल भयो!’ भने पनि,
डर लाग्छ अदृश्यमा अरु कुनै बात छ ।


भाई भाई मिलि अब एकै जुट भयौं भन्थे,
यौटै हड्डी वण्डा गर्दा दर्शीयो उहि जात छ ।


बित्यो भन्यें काल रात्रि , अध्यारो युगको दिन,
लाग्छ अझै कै‌यौं बर्ष मात्रै रातै रात छ ।


मुखको 'राम-राम' सुनेर त शंका झन एकिन भो,
देख्दैछु आज सवै जनको बगलिमै हात छ ।

 

3 comments:

  1. बिल्कुल अहिले पनि सांदर्भिक छ । सम्पुर्ण गजललाई सिंगो शरिर बनाएर हेर्दा गजलको प्राण यहाँ छ ।

    भाई भाई मिलि अब एकै जुट भयौं भन्थे,
    यौटै हड्डी वण्डा गर्दा दर्शीयो उहि जात छ ।

    त्यसपछि घतपार्ने यो छ

    ’मिल्यो’, ‘टुङ्ग्यो’, अनि ‘अब सफल भयो!’ भने पनि,
    डर लाग्छ अदृश्यमा अरु कुनै बात छ ।

    धन्यवाद गतिलो गजल पस्किनुभएकोमा ।

    ReplyDelete
  2. साझामा हो जस्तो लाग्छ पहिला पढेको। धन्यबाद दिलिप दाइ, फेरि पढ्ने मौका दिनुभएकोमा। अत्यन्त सटीक र अहिलेको परिष्थिति सुहाउँदो छ।

    ReplyDelete
  3. बित्यो भन्यें काल रात्रि , अध्यारो युगको दिन,
    लाग्छ अझै कै‌यौं बर्ष मात्रै रातै रात छ ।
    .........गज्जब छ !
    हैन सबै ब्लगरहरु त गजलकार छन् कि क्या हो ? अब ट्राई चाँहि गर्नैपर्ला जस्तो छ ! म पनि ;)

    ReplyDelete