25 June, 2008

गजल


उनी टाडा हुंदा सधैं उनलाइ भेटने आश हुन्छ ।
साथमा आई उनी वस्दा छुट्टीनुको त्रास हुन्छ ।

अरुले नी’ वुझ्लान भनी इशाराले बोल्छीन उनी
त्यसैले त उनको नजर मेरो लागी खास हुन्छ ।

उनको उदाशीमा मेरो संसार निरस हुन्छ, तर
उनकै मुस्कान मेरोलागी जिवन दिने सास हुन्छ ।

उनी 'उनी' मात्रै नभई 'मेरी' बनीन जब देखि
मेरो दिल र दिमागमा त सधैं उनको वास हुन्छ ।

केवल उनकै सहारामा जिउँदो छ यो प्रेमी ‘दिलीप’
उनले छाडे ‘म’ रहन्न मेरो शरीर लास हुन्छ ।

4 comments:

  1. वाह! वाह !! दिलीपजी क्या गजल छ । हरएक शेरहरु सरल र सलल बगेका छन । एक एक शेरहरु खास लाग्ने यो गजलमा खास शब्द भएरै यो झन खास लाग्छ -

    अरुले नी’ वुझ्लान भनी इशाराले बोल्छीन उनी
    त्यसैले त उनको नजर मेरो लागी खास हुन्छ ।

    यो गजल यौटा धून हालेर गाउन मन लाग्यो ।

    ReplyDelete
  2. धेरै राम्रो लाग्यो तपाइको गजल ।
    मैले पनि पहिला एउटा लेखेको थिएँ ।

    देउरालीमा मेलाएको पीपलुको पात राम्रो
    मेरा ओठ सुम्सुम्याउने तिम्रो कोमल हात राम्रो ।

    कोइलीको कुहुकुहु के पो मिठो हुन्छ र खै
    सँगै बाँचौँ सँगै मरौँ भन्ने तिम्रो बात राम्रो ।

    जिन्दगीको गोरेटोमा पाइला अघि बढ्दै जाँदा
    पाइलैपिच्छे सँगै हुने तिम्रो न्यानो साथ राम्रो ।

    अरू चैँ बिर्सिएँ । जे होस् साहित्यिक लेखहरू प्रकाशित गर्दै गर्नुस् न है ।

    ReplyDelete
  3. जुनसुकै हुन तिनि भाग्यामानी रहेछिन,तपाई जस्तो प्रेमी पाईन उनले।
    उनी टाडा हुंदा सधैं उनलाइ भेटने आश हुन्छ ।
    साथमा आई उनी वस्दा छुट्टीनुको त्रास हुन्छ ।
    यी हरपहरुले मनै छोयो मेरो। राम्रो सँग मनको कुरा राख्नु भयो।

    ReplyDelete
  4. दिलिप जी , यो गजल करोडमै एक हो , प्रत्येक सेर म दोहोर्याइ पढिराको छु । पक्कै पनि भाउजूलाई आँखा अगाडि अनि मन भित्र राखेर लेखेको हुनुपर्छ । हेहेहे
    हुनत सब सेर एक से एक छन तर यो चाहिं सवा सेर नै हो ।
    अरुले नी’ वुझ्लान भनी इशाराले बोल्छीन उनी
    त्यसैले त उनको नजर मेरो लागी खास हुन्छ ।
    कति गहिरो भाव ,कति सरल शब्द । फेरि पनि यस्तै गजलको प्रतिक्षा रहने भो मलाई ।

    ReplyDelete