23 July, 2008

… … जहाँ चोरहरु साधना गर्छन ।

भारतको बिहारमा पटना जिल्लाको फतुहा नजिक यौटा अनौठो साधना स्थल छ, अनौठो यस मानेमा कि यो चोरहरुकोलागी सिद्धस्थल हो । बास्तबमा यो यौटा मकबरा (स्मारक) हो र नूरि चोरका मकबरा वा 'चोर बाबा की मजार' नामले चिनिन्छ।

यहा आएर चोरीको सफलताको लागी पुकारा गरेमा चोरि गर्ने कार्य बिना कुनै समस्या र सजिलै हुने विश्‍वास लीई आजकल पनि यहा ‘समय मिलाई’ चोरहरुले कामना पूर्ण गर्न साधना गर्ने गरेको पाईन्छ ।

ईण्टरनेट र बिभिन्न पत्रीकाबाट जानकारी पाए अनुसार बास्तबमा “नूरी” मुगल शासनकालको यौटा कुख्यात चोर थियो र जस्तोसुकै सुरक्षा प्रबन्ध वा पहरा भएको ठाउँबाट पनि सजिलै चोरी गर्न सक्ने सामर्थ्य राख्थ्यो । फेरी धनिलाई लुटेर गरिवलाई बाँडने काम गरी गरिवहरु बिच लोकप्रिय रहेकोले पनि उसलाई तात्कालीन प्रशासनले समात्न सकेको थिएन ।

प्रचलित आख्यान अनुशार पटनाका तात्कालीन गवर्नरले यो चोरको बारेमा सुनेपछि नूरिलाई आफ्नो भवनमा चोरि गरेर देखाउन चुनौतिपुर्ण निम्ता दिएछन । नूरिले पनि “सरकारको आदेश यस्तै छ भने पक्कै पनि कमाल गरेर देखाउनेछु” भनेर जवाफ पठाएछ ।

त्यसपछि निर्धारित समय भित्रै कडा पहरा र सुरक्षाको बिचमा भेष बदलेर सो भवनमा पसी नूरिले गवर्नरको श्रिमतिको सुनको चुरा गाएब गरिदिइछ । भोलिपल्ट उसले आफैं गवर्नरको भवनमा गएर सो सुनको चुरा निकालेर गवर्नरलाई दिएछ । भिन्न स्वभाबका गवर्नरले पनि सो चुरा उसैलाई पुरस्कार दिएछन र अब उप्रान्त सो शहर छोडेर जान आदेश दिएछन ।

सुनिन्छ त्यसपछि नूरिले गवर्नरलाई सो आदेश फिर्ता लिन अनुरोध गरेछ, तर गवर्नरले नमाने पछि अन्तमा “जिन्दगि भरि चोरी गरेर बिताँए अब अगाडि के हुन्छ थाहा छैन, त्यसैले म मरे पछि यहि सुनको चुराबाट आउने धनले मेरो मकबरा बनाईदिनु भयो भने मेरो जिवन सफल हुन्छ” भन्दै सो सुनको चुरा फिर्ता दिएर शहर बाट टाडा जाने तरखरमा लागेछ।

त्यस्तैमा एकदिन गाँउमा एकजना युबतीलाई अपहरण गरेर लगेको खबर आएछ, चोर भए पनि “अपराधि” नभएको मानिने नूरि तुरुन्तै अपहरणकर्ताको पछि लागेछ । तिन जना अपहरणकर्ता संग एक्लै लड्दा उक्त युबतीलाई बचाउन सफल भएपनि नूरीको भने सोहि घम्साघम्सिमा मृत्यु भएछ ।

आफ्नो वचन अनुशार गवर्नरले पनि उसको मृत्यु भएकै स्थानमा यौटा मकबरा बनाउन लगाएर त्यसलाई “नूरी चोरका मकबरा” भन्ने नाम दिएछन ।

हाल यो मकबरा जिर्ण अबस्थामा रहेको छ तर पनि टाढा टाढा बाट हालसम्म पनि चोरी कलामा सिद्धहस्त हुने कामना बोकेर चोरहरु यहा साधना गर्न र आशीष थाप्‍न आउने गर्छन ।

(स्रोत: विभिन्न पत्र-पत्रिका र वेबपेजहरु)

6 comments:

  1. सुन्दा अनौठो लागेपनि यस्ता कुराहरु पक्कै हुन्छन् तर चोरहरुले साधना गर्छन् भन्ने कुरो चैं के हो खासमा ? त्याँहा गएर उनिहरु भगवानको दर्शन गरे जस्तो गर्छन कि ? भाकल गर्लान कि ? ऋषीमुनिले झैं पलेँटी मारेर तपस्या गर्लान कि ? अथवा त्याँहा चोर्ने कला सिक्ने सिकाउने शिक्षालयजस्तो होला कि ? अझै जान्ने खुल्दुली जाग्यो । अनि दिलीपजी केहिदिन यता तपाईंको ब्लग खोल्यो कि hang हुन थालेको छ । के भएको होला ? प्रतिक्रिया पनि भनेको बेला लेख्न नपाईने भयो नि ।

    ReplyDelete
  2. रमाइलो लाग्यो यो जानकारी।
    ठीकै हो, चोरी पनि एउटा कला हो। साधना गर्ने गुरु र मन्दिर त चाहियो नै। कोहि मार्क्स र माओको साधना गरेर ठूल्ठूला 'डकैती' गर्छन्, कोहि नूरीको ध्यान गरेर धनमाल चोरी गर्छन्। चोरीको आकार फरक भएपनि सार उही हो।

    कुरो बुझ्दा यो नूरी त बरु 'जनताको चोर' हो।

    ReplyDelete
  3. पहिला त कमेण्टको लागि धन्यबाद!

    दिपक जी ! मैले यौटा पत्रीकामा एकजना चोरको अन्तर्वार्ता पढेको थीएँ । उसको अनुशार यो मकबरामा गएर "माथा टेकेपछि" चोरिमा कुनै बाधा अडचन नआउने कुरा उल्लेख थियो । मतलब चोरहरु कुनै घरमा वा पसलमा "हात मार्नु" अघी यहा आएर सफलताको कामना सहित दर्शन गर्छन र आफ्नो कामलाई अन्जाम दिन्छन ।

    मेरो ब्लग खोल्दा hang हुनु नपर्ने हो, आजकल कुने नया स्क्रिप्टहरु पनि खाँदेको छैन तैपनि हेरौं केहि सुदार गर्न सकिन्छ कि ।

    अनी बसन्त जी को कोहि मार्क्स र माओको साधना गरेर ठूल्ठूला 'डकैती' गर्छन् भन्ने वाक्य चाहि साह्रै चीत्त बुझ्यो । तिनिहरुको अगाडि यो बिचरा 'नूरि' र 'भोपड डाँकु' त्यत्तीकै बदनाम छन्।

    ReplyDelete
  4. गज्जब छ बा । मलाई त यो बारेमा थाहा थिएन । दिलिप जिको चौतरिमार्फत् थाहा भो। धन्यबाद छ है। काम भनेको त कामै हो नि आखिर । चोर्नु पनि त एउटा पेसा नै हो। जमनासगै चल्दै जादा भाति पुर्याएर राम्रो नियतबस गरिएको प्रयजसो कामको मुल्यङ्कन हुनुपर्छ नै। खासगरिकन चोर्ने समुदयकोलागि त त्यो उच्च मुल्यङ्कन गरिएको महत्वपुर्ण स्थल रहेछ, अनि फरक फरक समुदाय र पेसालाइ प्रतिनिधित्व गर्ने थलो मध्येको एक 'थलो' भन्ने बुझ्दा फरक नपर्ला नि?

    आनि आर्को कुरो दिपक जि ले मेरो ब्लग् खोल्दा पनि त्यस्तै भको भन्नुभाछ। मैले एकफेर सबै चेक गरे। केहि भेटिन। दिलिप जि र दिपक जि लाइ केहि आडिया भयो कि?

    ReplyDelete
  5. nepal ka neta haru ta tayaha gaye ka ta hinan ni

    ReplyDelete
  6. nepal ka neta vanda emandar raichan .....kamti ma pray ra pscatap ta garda rachan

    ReplyDelete