25 July, 2008

मान्छे हिंडे पछि बाटो बन्छ ।

धेरै दिन भयो अनलाईन समाचारमा नेपालको बारेमा बन्द, धर्ना जस्ता उदेक लाग्ने समाचारको श्रिंखला चलेको । हरेक दिन जसो कुनै न कुनै विषयलाई लिएर विरोध वा समर्थनमा चक्का जाम, बन्द, हडताल र खीचलो चलेको छ भने राष्ट्रपतिको चुनावमा समेत राजनैतीक नौटंकिको चरम नमूना मञ्चन भएको हामि सबैले देख्यौं। लाग्छ हाम्रा महान नेताहरुलाई अझै पनि आफ्नो कर्तव्यबोध भएको छैन वा सिधै भन्दा उनिहरुको दलगत विचारको अगाडी राष्ट्रको स्वर्थको कुनै महत्व नै छैन । बल्ल बल्ल राष्ट्रपति र उप राष्ट्रपतिको चयन भयो भने सरकारमा को बस्ने को नबस्ने बारेमा फेरि राजनैतीक दोहरि शुरु भएको छ ।

चिनिया साहित्यकार लु स्युन ले कतै भनेका छन कि मान्छे हिडें पछि बाटो बन्छ । बास्तवमा सुन्दा खेरि हामिलाई यो कुरा अलि नमिल्दो जस्तो लाग्न सक्छ । किनकी हामि बाटो बने पछि पनि हिडनलाई अल्छि गर्नेमा पर्दछौं। तर यो वास्तबिक यथार्थ हो, बाटो बनाउनलाई पनि मानिसले पहिला त्यहां हिडंनु पर्छ ।

हुन त मार्ग र लक्ष शब्दगत हिसाबमा हेर्दा फरक भएपनि व्यबहारिक रुपमा हेर्दा मार्ग लक्षको शुरुवात हो भने लक्ष मार्गको अन्त , यि दुबै एउटै सिक्काका दुई पाटा मात्रै हुन ।

नेपालमा बिगत र भर्खरैको राजनैतीक ईतिहासलाई हेर्ने हो भने हामी कहाँ को मार्गलक्षमा कुनै तारतम्य देखिन्न । वा भनौं हाम्रा नेताहरुलाई जहिले पनि लक्षको भन्दा मार्ग कै बढि चिन्ता हुन्छ । पहिला बाटो बनाउनु पर्‍यो, बाटो सिंगार्नु पर्‍यो अनि मात्र हामि हिडछौं (त्यो पनि मैले भनेको जस्तो बाटो बन्यो भने मात्रै!) । अनि यहि बाटो बनाउने, सिंगार्ने र बिगार्ने काममा हानथाप हुदाँ हुदैं नया बाटोको निर्माण मात्रै अबरुद्ध हुने होईन, हामिकहा पुराना गोडेटो र घोडेटोको पनि सत्यानास हुन्छ ।

वास्तबमा लु स्युनको माथिको भनाई साँच्चै क्रान्तिकारी छ (त्यसो त आजकल मान्छे कुटने, डर धम्कि र त्रासबाट आफ्नो अभिष्ट सिद्ध गर्ने कार्यमा यो शब्द धेरै प्रयोग भएर यो “क्रान्तिकारी” भन्ने शब्दनै विकृत भैसकेको छ र मलाई यो शब्द प्रयोग गर्न पनि मन लाग्दैन) तर गहिरिएर हेर्ने हो भने दुनियाका सबै बाटोहरु मान्छे हिडेपछि नै बनेका छन ।

भर्खरै नेपालमा संबिधान सभाको चुनाव सफलता पूर्बक समापन भयो र देशमा हाल राष्ट्रपति र उप राष्ट्रपतिको पनि चयन भै सकेको छ । यो बिचमा हामिकहा अन्तरिम संबिधानमा पनि कैयौं पटक परिमार्जन, फेरबदल र थप-घट गर्ने कार्य भयो । यो केवल त्यहि बाटोमा फूलबुट्टा नभरि नहिडने प्रबृतिको प्रमाण मात्रै हो ।

नामैले ‘अन्तरिम संबिधान’ भने पछि त्यो मुलत: केहि निश्‍चित समयको लागि लेखिएको भन्ने बुझीन्छ र त्यो स्थाई नभएकोले यौटा स्थाई संबिधान निर्माण गरिन्छ। तर हामिलाई यो अस्थाई बाटो वा डाईभर्सनमा पनि आफ्नो दलको “औकात” नदर्शाई हुदैन। २ दिनको लागि मात्रै पनि किन नहोस, त्यसमा “मेरो गोरुक बाह्र टक्का” भाऊ छ भने १२ नै हुनुपर्छ ११ वा साढे ११ ले पनि हुदैन।

“देशमा जे भए पनि होस वा भोलिका दिनमा देशै नरहे पनि नरहोस, तर मेरो गुट दल वा समुहको माग आजै पुरा हुनु पर्छ … । ” “… नत्र म सरकारमा सामेल हुन्न, सडकमा गाडि चल्न दिन्न , शीक्षण संस्थान बन्द गराउँछु, … ” यहि हो हाम्रो पहिचान ।

बास्तबमा यो सबै विचार प्रतिगमन कै अवशेष हो, दल, गुट वा समुहको नाममा “अग्रगमन” वा “क्रान्तिकारि” भन्ने शब्द झुण्ड्याए पनि देशको अस्तित्वमै प्रश्न चीन्ह खडा हुन लागिसक्दा पनि यौटा निर्दिष्ट लक्षतर्फ मिलेर हिडंन नसक्नु गैह्र जिम्मेवारिपन मात्रै हैन हुत्तिहारापनको चरम नमूना पनि हो ।

पहिला हिडने प्रयास त गर्नु पर्‍यो, पाईला बढाउने शुरुवात त गर्नु पर्‍यो, यात्राको हिम्मत त देखाउनु पर्‍यो !!!। हिडंन थाले पछि लु स्युनले भने जस्तै बाटो आफै बन्ने छ, होईन भने हाम्रो समय यसै गरेर बाटो बनाउने र आ-आफ्नै अभिष्ट सिद्ध गर्ने कार्य मै बित्ने छ, लक्ष झनै धुमिल हुदैं जानेछ अनि हामी लक्षबाट मात्रै होईन मार्गबाट पनि च्युत हुनेछौं ।

हिंडन शुरु गरेपछि बाटो आफै बन्ने छ। “मैले भने जस्तै बाटो नबने सम्म हिडदिन” भन्नु नहिडन खोजिएको बहाना मात्रै हो र हालको तरल स्थितिलाई हेरेर भन्दा “देशद्रोह” नै हो । आशा गरौं हाम्रा सबै महान नेताहरु आ-आफ्ना दलगत विचारबाट माथि उठने छन र आ-आफ्ना सोचलाई कमसेकम नया संबिधानको निर्माण आबधिसम्मको लागि थाँति राखेर प्रधानमन्त्री, सरकार र मार्गको मतभेदको लडाईमा समय नाश गर्ने छैनन् । समष्टिमा लक्षतर्फको मार्गको विबादलाई छाडेर कमसेकम हिडन शुरु गर्नेछन, किनकि मान्छे हिंडेपछि नै बाटो बन्छ

3 comments:

  1. मीना25/7/08 5:24 PM

    १- भारी अशुद्ध
    २- कुरा दोहोरियो
    ३- विदेशमा बसेर देशभक्ति जागेकोमा खुशी लागेको
    ४- अरु लेखहरु पढ्न पाउनेमा आशा
    ५- समग्रमा लेख राम्रो लाग्यो

    ReplyDelete
  2. हाहाहाहा
    कमसेकम यहि बहानामा कमेण्ट त आयो

    १- अशुद्ध भएकोमा चिन्ता छैन । म बिचार बाँडछु ह्रस्व दिर्घ र भाषाको कक्षा संचालन गर्दिन ।
    २- कुरा दोहोरियो होला, तर के गर्ने हाम्रा भातमारा नेताहरुलाई १०० चोटि भने त बुझ्दैनन् ।

    ३- देशभक्ति सधै थीयो (हैन! म पहिला पनि त लेख्थें नि घरकै मान्छे ले पनि त्यसो भन्ने?)

    ४- जरुर लेख्ने छु (तर अशुद्धि 'बर्करार' हुनेछ )

    ५- धन्यवाद ! फेरि पनि तालि र गालि दुईटै आउदै गरोस ।

    ReplyDelete
  3. यस्ता विषयहरु लिएर हाम्रा भातमारा ( सापटी लिंदैछु तपाईंकै शब्द ) नेताहरुको कुरा कोट्याउंन पनि गन्हाउने कुन्नि के कोट्याए झैं धिक्कारै लाग्ने । के गर्ने ? कुनैदिन त हिंड्लान् र बाटो बन्ला भन्ने आशा नै मात्रै त रह्यो नि ।

    ReplyDelete