19 August, 2008

मन्त्री ‘खाने’ नेता र मन्त्रालय बाँडफाँड।

शाहि शासनकालमा एकजना खुक्खार कांग्रेसी भनेर चिनिएका अनि बि. पि. कोईरालाकै परिबारका सदश्य समेत रेहेका व्यक्ति सरकारमा सामेल भएका थिए । सोहि बिषयमा कुराकानि हुंदा मेरो क्षेत्रका एकजना नेताले भनेका थिए “मन्त्री खान पाए कसले छाड्छ?”

समय र परिस्थिति केहि परिवर्तन भए पनि मलाई लाग्छ हाम्रा नेताहरुको सोच र मानसिकतामा अझै कुनै फरक आएको छैन । हाम्रा नेताहरुको नजरमा मन्त्री भनेको अहिले पनि कुनै यौटा पदिय दाईत्व भएको र कार्यभार बहन गरि जिम्मेबारि लिनु पर्ने ओहदा होईन ‘खाने’ कुरा हो ।

त्यसैले त करिव एक हप्ता देखी दैनिक, साप्ताहिक र अनलाईन खबरमा यो मन्त्रालय बाँड-फाँडको बिषय ‘हट केक’ बनेको छ। पत्र पत्रीकाहरुमा कहिले मन्त्रालय बाँड्न बैठक, कहिले मन्त्रालय बाँडफाँटमा छलफल हुँदै, कुनै पत्रिकामा मन्त्रालय बाँडफाँट मिलेन त कुनै खबरमा मन्त्रालय नपाए दल बाहिरिने आदि समाचारहरु आईरहेका छन। अझ धम्कि र घुर्किले भरिएका फलानो दलले फलानो मन्त्रालय नपाए सरकारमा नजाने फलानो दललाई फलानो मन्त्रालय नदिए बाँडफाँड भाडँने जस्ता खबरहरु पनि पढन र सुन्नमा आएको छ

यि खबरहरु पढदा र सुन्दा यस्तो लाग्छ, मानौं नेपालका मन्त्रालयहरु कसैको सम्पति थियो र अब यसको बास्तबिक हकवाला वा अपुताली खानेहरु स्वयं उपस्थित भएका कारण यसको अंशबण्डा हुदैंछ । अनि अंशबण्डामा हुने नियमित खिचलो र मनमुटाब यहाँ पनि प्रदर्शन भैरहेको छ ।

गाईजात्राको लगत्तै अघि-पछि गरेर यि खवरहरु पत्रीकामा आएकोले म धेरै पटक झुक्कीएँ पनि, कतै यो मन्त्रालाय बाँडने कुरा व्यङ्य त हैन भनेर। तर होईन रहेछ यो प्रकिया आज सम्म चलिरहेको छ। बास्तबमा मन्त्रालयको कार्यभार वा संचालनको जिम्मा कस-कसले लिने भन्ने छलफल हुनु पर्ने हो । तर त्यस्तो होईन, हामिकहा अहिले सम्म अंशबण्डा कै शैलिमा छलफल भै रहेको छ: याने कार्यभार वा पदिय दाईत्व होईन ‘मन्त्रालय बाँड-फाँड’

यो केवल शाब्दिक संयोग मात्रै होईन, यो पदिय कार्यभार लिने र दिने सबै दलहरुको यो ओहोदा प्रति झल्किएको आचरण र यो पदको कार्यभार वा जिम्मेबारिपनको बोध भन्दा पनि सुबीधा, शक्ति र ‘भोग’ गर्ने प्रबृतिले गर्दा पनि हामिकहा आजसम्म पनि यो ‘बाँड-फाँड’ को कुरा मिलेको छैन । यो सबै मन्त्रि खाने सोचले उब्जिएको कचीगंल हो ।

जहिलेसम्म यो ओहदालाई यौटा संबेदनशिल र जिम्मेबारिको पद हो भन्ने बुझिदैन त्यतिबेलासम्म यो अंशबणडाको खेल र कचीगंल चलिरहने छ। म चाहन्छु हाम्रा नेताहरुलाई मन्त्री भनेको ‘खाने’ चिज होईन मन्त्रालय वा सिगैं देश चलाउने कार्यभार हो भन्ने कर्तव्य बोध होओस त्यसपछि मात्रै यौटा स्थाई र बलियो सरकारको गठन सम्भव हुनेछ । होईन भने अहिलेको लागि जे जस्तो सहमति, सम्झौता वा समन्वयको आधारमा ‘अंशबण्डा’ गरे पनि यसको किचलो र ‘भाग’ कम हुनेको असन्तोष भने सकिने छैन्। अनि मन्त्रिको पदलाई खाने कुरा र मन्त्रालयलाई खाना बनाउने ठुलो खडकलो देख्‍ने मानसकिताका नेताहरु बिच अंश कम पाएकाले ‘बढी’ लिनेका बिरुद्ध फेरि–फेरि पूनर्वण्डाका लागी नालिस, थप-घटकोलागि फिराद वा दबाब, घुर्की र धम्कि जारि रहनेछ । अनि बारम्बार यसको नया बण्डा, पूनर्वण्डा वा थपघट पनि नगरि सुखै हुनेछैन।

4 comments:

  1. ८ कक्षा पास नगरेकालाई विज्ञानमन्त्रि बनाउने, शिक्षामन्त्रीले मजदुर संगठनको कार्यक्रम उदघाटन गर्ने, संचारमन्त्रीले शान्तिसुरक्षाको स्थितिको बारेमा रट लाउँदै हिँड्नेलगायतका कामहरू नेपाली मन्त्रीहरूमा सामान्य नै भइसकेको छ । वनमन्त्रीले स्थानीय विकास अन्तर्गतकालाई ट्वाइलेटमा थुन्ने काम त भएको देशमा कुन मन्त्रीले के गर्ने भन्ने प्रश्न नै रहँदैन कहिल्यै पनि । मन्त्रालयको नाम त देखाउने मेलो मात्रै हो । मन्त्री भएको बेलामा आफ्नो अनि नातेदारको भलो बाहेक खासै केहि पनि नगर्ने मन्त्रीहरू स्वयंलाई पनि आफ्नो कार्यक्षेत्र थाहा हुँदैन । यस्तो परिस्थितिमा यो कार्य सामान्यै पो हो कि जस्तो पो लाग्न थाल्यो मलाई त ।

    ReplyDelete
  2. उजेली र दिलिप दाइ को कुरा सोह्रै आना ठिक छ ।
    मन्त्रि भनेको खाने नै हो, हैन भने किन तछाडमछाड गर्थे र ? अनि बाँडफाँड मा चाँहि माओवादीले सबैलाई लोप्पा खुवाइदेला जस्तो छ ।

    ReplyDelete
  3. खाई आए ।
    खाँदै छन ।
    खाँदै रहनेछन ।
    खाने कुरा हैन भन्ने नबुझेर भए यौटा कुरा /
    बुझ पचाएर भए पछि के कुरा । तपाईंको यो घोचो ( पोष्ट / टाँसो - घोचेको हुनाले भन्देको है ) पढेर चित्त बुझ्यो तर स्व. अरुण थापाले गाएझै 'बुझ्नेले कुरा नबुझे पछि मनमा कुरा नलिए पछि मनमा पिर त पर्ने नै भयो यो मन तेसै मर्ने नै भयो ।'

    ReplyDelete
  4. यो अत्यन्त घटिया 'मोलतोल' र बाँडफाँडको अन्त्य हुने छाँट अझै आएन, साह्रै चिन्ताको कुरो हो।

    ReplyDelete