26 August, 2008

हाई-टेक ठट्टा

विज्ञान र प्रविधिले निक्कै उन्नति गरिसकेको छ र त्यसको प्रभाव र प्रतक्ष असर हामी नेपालीहरुको दैनिक जिवनमा पनि देखा परिसकेको छ । आज त्यस्तै उन्नति र प्रगतिले ल्याएका र ल्याउने केहि सम्भावित ठट्टा गरौं।

एक: ईमेल र ईण्टरनेटको व्यापक प्रयोग अनि च्याटिङको कमाल कुनै दिन नेपाली जन जिवनमा यसरी देखीने छ:

(बाबु- छोरा कुनै मेसेन्जर प्रयोग गरेर च्याट गर्दैछन् । )

बाबु: हेलो छोरा! के गर्दै छौ?

छोरा: पढ्दै छु ड्याड!

बाबु: पढ्दै की कम्प्युटर चलाउँदैं ?

छोरा: कम्प्युटर चलाएर पढ्दै छु ।

बाबु: अनी अरु सब ठीक छ?

छोरा: सब ठिक छ ड्याड ।

बाबु: कुनै जरुरी र छाडनै नमिल्ने काम त छैन नि अहिले?

छोरा: छैन ड्याड।

बाबु: त्यसो भए तुरुन्तै तल आउ त ! तिम्री आमाले खाना पस्केर तिमिलाई कुर्दै छिन ।

दुई: चिकित्सा विज्ञानको चरम विकास र विशेषज्ञ हरुको ‘विशिष्टीकरण’ झन झन पृथक हुंदै जादां यस्तो पनि हुनसक्छ:

(एकजना बिरामी अस्पतालमा आफ्नो रोगको निवारणको लागी डक्टर चुन्दै)

विरामी: सुन्नुस न मलाई एकचोटी डक्टर देखाउनु थियो।

अस्पताल कर्मचारी: के को डाक्टर?

विरामी: आँखा जचाउनु छ।

अस्पताल कर्मचारी: विशेषज्ञलाई जचाउनुस न त!

विरामी: हुन्छ नि त, नाम लेखाईदिनुस न!

अस्पताल कर्मचारी: कुन डाक्टर?

विरामी: आँखाको डाक्टर!

अस्पताल कर्मचारी: त्यहि त कुन डाक्टर?

विरामि: विशेषज्ञ डाक्टर बाबु !

अस्पताल कर्मचारी: कुन विशेषज्ञ डाक्टर भन्या?

विरामी: आँखा विशेषज्ञ नि बाबु !

अस्पताल कर्मचारी: कस्तो कुरा नबुझ्या? दाँया आँखा कि वाया आँखा?

तीन: यो चाँहि अहिले नै पनि प्रयोगमा आउन सक्छ । प्रसंग फेरि ईण्टरनेटकै: व्यस्त जिवनशैली र कार्यव्यस्तताले गर्दा आजकल परिवार र साथिहरुलाई ‘साक्षात’ भेट गर्न पनि चाड-वाड वा कुनै भोज भतेर नै कुर्नु पर्छ । साधारणतया, परिवार शदस्य र साथिभाईलाई ‘अनलाईन’ भेट्दा हामि भन्छौं (लेख्छौं) “नाईस टु मिट यु अनलाईन!”, “Nice to c u in cyberspace!” , आदि आदी।

त्यसोभए अब कुनै दिन कोहि मानिस संग अचानक ‘प्रतक्ष’ भेट भएमा के भनेर अभिवादन गर्ने त? : -“ Nice to meet you offline !”

6 comments:

  1. च्याटिङ कमाल र औषधी विज्ञानको चरम विकाश साह्रै घत लाग्यो । वास्तवमै यस्तो दिन आई नै सक्यो ।

    ReplyDelete
  2. कम्पुटरको भाषा त व्यापक सुनिन्छ। अबको कदम भनेको त्यतै हो भन्ने लाग्छ मलाई पनि।

    ReplyDelete
  3. खै अब को जुगमा, "भगवान ले तँ चिता म पुर्याउँछु" भनेझैँ, कल्पना गरेको कुरा पुरा हुन केही बेर भने लाग्दैन ।

    केही दिन पहिले युट्युबमा what happen when life is like facebook ? भन्ने भिडियो हेरेको थिँए, तपाई को कुराले फेरी त्यही कुरा नै सम्झाइदियो ।

    ReplyDelete
  4. HA HA!

    Kunai din, hami blogger haru katai bhet bho bhane tyestai bhannu parla...

    NICE TO SEE YOU OFFLINE!

    ReplyDelete
  5. हा हा हा--! रमाईलो लाग्यो! तेश्रोचाहिँ सबैभन्दा घत पर्ने छ। ब्लगर दाइको कुरा पनि सही हो, हामी ब्लगरमध्ये धेरैको धेरैसंग ब्लगमै बाहेक भेट भएको छैन। प्रत्यक्ष भेट हुँदा Nice to see you offline! न्नुपर्ला!

    ReplyDelete
  6. साँच्चै होला कि जस्तो पो लाग्यो मलाई त !

    ReplyDelete