20 September, 2008

गजल

मेरो साथामा जव तिम्रो सम्मोहनी साथ हुन्छ ।
औंशीको अध्याँरो नी' पूणिर्माको रात हुन्छ ।

नवोलेरै सोधें मैले, मौनता मै जवाफ दियौ,
कस्लाइ के था' तिमी म मा नजरबाटै वात हुन्छ ।

छिमेकीको चियो चर्चा सामाजको वन्धनलाई छाड,
प्रेमीको न कुनै धर्म, न त कुनै जात हुन्छ ।

अर्ध-मुर्छित, अर्ध-चेतन, वेहोश नै छु शनै: शनै,
उनको समिप्यमा यो कस्तो गजव मात हुन्छ ।

यौटै मात्र आशा लीइ वाचेँको छ यो प्रेमी ‘दिलीप’,
एक दिन त मेरो हातमा जरुर तिम्रो हात हुन्छ ।

2 comments:

  1. अर्ध-मुर्छित, अर्ध-चेतन, वेहोश नै छु शनै: शनै,
    उनको समिप्यमा यो कस्तो गजव मात हुन्छ ।

    यो शेर साह्रै मनपर्यो

    ReplyDelete
  2. मलाई त एकदमै राम्रो लाग्यो ।
    धेरै राम्रो !!

    ReplyDelete