29 October, 2008

खैरो चरित्र (लघुकथा)

संसारको कुनै कुनामा यौटा अनौठो गाँउ थियो । त्यस ठाँउका मानिसहरु शारीरीक रुपमा अन्य स्थानका भन्दा केहि फरक नदेखीए पनि यौटा अनौठो प्राकृतिक चिन्हका कारण उनिहरु अन्य स्थानका मानिसहरु भन्दा भिन्न थिए ।

त्यहाँ जन्मने हरेक व्यक्तिको निधारमा जन्मजात नै यौटा गोलो टिका जस्तै खत हुन्थ्यो र त्यो नै त्यहाँको बिशेषता थियो । असल चरित्रका व्यक्तिको निधारमा सेतो खत हुन्थ्यो भने खराब चरित्रको व्यक्तिहरुमा त्यो खत कालो हुन्थ्यो । यसरी प्रकृतिले नै असल र खराब व्यक्तिको पहिचान गर्राई दिएकोले खराब चरित्रका व्यक्तिहरु समाजमा खुल्ला निक्लेर गलत कार्य गर्न हच्कीन्थे भने असल चरित्रका व्यक्तिहरु आफ्नो सदगुणका कारण शान्त र स्वतन्त्र हिँड्थे ।

समष्टिमा त्यो गाँउ अन्य स्थानको तुलनामा निकै शान्त , शुरक्षित र शुन्दर थियो ।

केहि समय यता त्यहाँ केहि फरक व्यक्तिहरुको प्रबेश भयो , उनिहरुको निधारमा कालो वा सेतो नभई खैरो-खैरो खत देखिन्थ्यो ।

यी खैरो खत भएकाहरु दिनको उज्यालोमा आफूलाई सदाचारीको हिमायति बताउँदै सेतो खतवालाहरु संग हिडंथे भने रातको अध्याँरोमा आफू पनि कालो खतवाला भएको बताँउदै खराब गुटसंग व्यस्त हुन्थे ।

यसरि बिस्तारै त्यस ठाँउमा असल र खराबको पहिचान गर्न गाह्रो हुन थाल्यो र बिस्तारै समाज अस्तव्यस्त हुन थाल्यो ।

हाल त्यो गाँउमा खैरो खतवालाहरुको जड यति बलियो भैसक्यो की उनिहरुले 'सेतो खत हुनेहरु नै खराब हुन' भन्ने बिचार समाजमा लादन थालीसके ।

आजकल सेतो खतवालाहरु रातमा हैन दिनमा पनि डर्राई डर्राई निस्कन्छन् , कालो खतवालाहरु पनि अचानक आएको अप्रत्यासित परिबर्तनले गर्दा रनभुल्लमा परेकाछन भने खैरो खतवालाहरुले विस्तारै पुरै गाँउलाई नै गाँज्दैछन ।

6 comments:

  1. Interesting story! and sarcastic remarks to the pre-eminent segment of our society. Loved it.

    ReplyDelete
  2. Very nice . All life is black & white by Brown (sugar) – in this story I found that same like as Nepal. First it was good & now …………….?

    ReplyDelete
  3. पहिले पो सक्कली के हो, नक्कली के हो छुट्टयाउन सजिलै सकिन्थ्यो, अहिले जमाना नै यस्तो भएको छ अब के भन्ने होला, को कस्तो छुट्टयाउनै गाह्रो। मान्छेहरु देखि लिएर सर-सामानहरु पनि।
    जेहोस् तपाईको लेखमा यथार्थको रस भएकोले होला,कस्तो मीठो लाग्यो! आगामी दिनहरुमा पनि रमाइलो र स्वादिलो लेखहरु पढ्न पाउँ।

    ReplyDelete
  4. यो संसार को नियम नै यस्तो छ अनि यसरी नै विकास हुँदै आइरहेको छ ।
    पुराण सुन्दा एउटा कथा खुबै दोहोर्‍याउँछन्, पण्डितहरु:
    एउटा को बारिमा रोपेको फर्सी अर्को को बारी मा गएर फलेछ । अनि त्यो फर्सी दुबैले आफ्नो हैन, तपाईको चाँहि हो भन्दारहेछन् । एउटा भन्दोरहेछ: तपाई को बारीमा फलेकोले यो फर्सी तपाइको हो, अनि अर्कोले भन्दोरहेछ: तपाँइले रोपेको भएर फर्सी तपाईँ को हो । यतिखेर सम्म सत्ययुग नै थियो रे, तपाई को तपाई को भनेर दुबैले आफ्नो हकदावी गरेनन् रे तर बिहान उठ्दा कलियुग लागेको थियो रे: अनि दुबै हानाथाप गर्न लागे रे, फर्सी मेरो हो भन्दै । एउटा भन्छ रे: मैले रोपेको फर्सी मेरो नै हुन्छ । अनि अर्को भन्छ रे: मेरो बारीमा फलेको भएर फर्सी मेरो नै हुन्छ ।

    -------
    जमाना यस्तै छ भनेर चित्त बुझाउनु पर्छ, अब । अब प्राय: सबैमा मैले खैरो चरित्र देख्नथालेको छु । जतागयो उतै ठिक्क, के गर्नु अहिले जतागयो त्यतै ठिक्क भएन भने बाँच्न कठिन नै छ ।
    ---------
    * सत्य पछि कलि नआएपनि, मैले लेखेँ है !

    ReplyDelete
  5. दिपेन्द्र जी, Blogger बेदनाथ पुलामी (उमेश) जी, कलमबीर_घोताने जी र आकार जी !

    कमेण्टको लागी धन्यवाद् ।

    पक्कै पनि समय पनि त्यस्तै छ र केवल 'सेतो' वा 'कालो' हुनुभन्दा 'खैरो' हुदाँ बढि फाईदा हुन्छ जस्तो लाग्छ मलाई पनि ।

    अनी रमाईलो पौराणिक कथा समेत राखेर विषयलाई अझ रोचक वनाईदिनु भएकोमा आकार जी लाई पून एक पटक धन्यवाद सहित!

    दिलीप आचार्य

    ReplyDelete
  6. कथा धेरै राम्रो लाग्यो तर कमेन्ट नै लेख्‍न आएन । जे होस् मज्जाले चित्त बुझ्यो ।

    ReplyDelete