22 November, 2008

ब्लगरको ‘त्वरित प्रतिक्रिया’

ब्लगरले केहि दिन अगाडी यौटा नया वाईजेट शुरु गरेको छ। जसलाई सिधा भाषामा Reactions अर्थात 'प्रतिक्रिया' नाम दिईएको छ । बल्गरलाई सहकर्मी अन्य ब्लगर र पाठकहरुले मार्ग दर्शन गर्ने र लेखाई वा लेखन शैलीलाई परिस्कृत गर्न पाठकको टिप्पणीले ठुलो योगदान दिने भएकोले कुनै पनि पोष्टमा कमेण्ट लेख्‍न सकिने व्यबस्था भने पहिले देखीनै थीयो ।

हाल भने ब्लगरले 'त्वरित' प्रतिक्रिया छाडन मिल्ने गरि नया सुबिधा उपलब्ध गराईएको छ ।

जुन सुबीधा तपाईले प्रयोग गर्नु भयो भने तपाईका ब्लगर मित्र र पाठकहरुले कुनै पनि पोष्टको बारेमा छिटो आफ्नो राय व्यक्त गर्न सक्ने छन।

यदि तपाईलाई यो सुबीधा लिनु छ भने पहिला आफ्नो Blogger Dashboard मा जानुहोला, अर्थात https://www.blogger.com/start मा आफ्नो युजर नेम र पासवर्ड हालेर लग ईन गर्नुहोस. अब

Layout > Page Elements हुदैं "Blog Posts" भन्दा मुनि दाँया पट्टी "Edit" मा क्लिक गर्नुहोस।

First step

"Edit" मा क्लिक गरेपछि अब नया खुलेको मेनुमा "Reactions:" को अगाडी चेक मार्क लगाउनुहोस।

second step

बस! तपाईको ‘त्वरित प्रतिक्रिया’ तयार भयो । अब त्यहा दिईएका " funny, interesting, cool" आदि शब्द तपाईलाई मन परेनन् वा तपाई त्यसलाई आफ्नै व्यक्तिगत रंग दिन चाहनुहुन्छ भने त्यहि लाईनमा भएको "Edit" भन्ने ट्याबमा क्लिक गर्नुहोस र "Reactions:" देखी " funny, interesting, cool" आदि सबै शब्दहरु परिवर्तन गर्नुहोस ।

अन्तमा "Save" गर्न भने नभुल्नु होला ।

यसरी त्वरित प्रतिक्रिया दिनकोलागी पाठकले 'लगईन' गर्नु नपर्ने र कुनै पनि बिषयमा छिटो 'मत सर्बेक्षण' गर्न सकिने भएकोले ब्लगर र पाठक दुबैकोलागी यो उपयोगी हुने देखिएको छ ।

Happy blogging !

Update:

यदि तपाईले आफ्नो ब्लगको मूल टेम्पलेटमा विभीन्न कोडहरुको सम्पादन गर्नु भएको छ वा स्क्रिप्टहरुसंग 'खेल्नु' भएको छ भने यो त्वरित प्रतिक्रिया सक्रिय बनाउनको लागी आफ्नो HTML मा केहि परिवर्तन गर्नु पर्ने हुन्छ।

यदि यस्तो छ भने आफ्नो Blogger Dashboard बाट Layout>Edit HTML मा जानुहोस अनी "Expand widget templates" मा चेक मार्क लगाएर तलको बक्समा तलको वा यस्तै लाईन खोज्नुहोस:

<p class='post-footer-line post-footer-line-1'>

र यसको मुनिपट्टी तलको लाईनहरु कपी-पेष्ट गर्नुहोस:

<span class='reaction-buttons'> <b:if cond='data:top.showReactions'> <table border='0' cellpadding='0' width='100%'><tr> <td valign='center'><span class='reactions-label'> <data:top.reactionsLabel/></span> </td> <td><iframe allowtransparency='true' class='reactions-iframe' expr:src='data:post.reactionsUrl' frameborder='0' name='reactions' scrolling='no'/></td> </tr></table> </b:if> </span>

अब एकचोटी "Preview" मा क्लिक गरेर यो परिवर्तन भए नभएको जाँच गर्नुहोस। अनी परिवर्तन स्थाई गर्न "Save" गर्नुहोस।

यदी तपाईको टेम्पलेटमा <p class='post-footer-line post-footer-line-1'> भेटिएन भने <p><data:post.body/></p> भन्दा मुनि माथीको कोड कपि-पेष्ट गर्न सक्नु हुन्छ ।

6 comments:

  1. मेरा लागि चाँहि यसले काम गरेन, मैले हप्ता दिन अघि जसो रियाक्सन राखेको थिँए । तर मेरो टेम्प्लेट ले यसलाई सपोर्ट गरेन भन्या !

    ReplyDelete
  2. आकार जी तपाई-हामिले आफ्नो टेम्लेटका कोडहरुसंग धेरै खेलेकोले यसो भएको हो। मेरो टेम्लेटले पनि पहिला सपोर्ट गरेको थीएन तर मैले केहि कोडहरु परिवर्तन गरेपछि यसले काम गर्‍यो ।

    मैले मेरो पोष्ट "अपडेट" गेरको छु एकचोटी हेर्नुहोला। तपाईको टेम्लेटमा पनि पक्कै काम गर्छ ।

    ReplyDelete
  3. मेरो मा त भएन दाइ !!!!

    ReplyDelete
  4. p class='post-footer-line post-footer-line-1' nai maile bhetin baru aru nai (p class )aaun6

    kura t ramrai ho tar mero pani bhaen ...

    ReplyDelete
  5. हामिहरु सबैले आफ्नो टेम्पलेटमा केहि न केहि संपादन गरेका हुन्छौं र सबैले भिन्न भिन्न टेम्पलेट प्रसयोग गरेका छौं ॥ तर पनि यो कोडले पक्कै काम गर्छ, किनकी मैले अरु १-२ वटा (यस्तै कोडसंग खेल्नु परेमा टेष्ट गर्न चलाउने) 'ब्लगमा पनि हालेर हेरें सबैमा काम गर्‍यो।

    एकचोटि आफ्नो पुरै HTML लाई नोटप्याड वा 'वर्ड' मा कपि- पेष्ट गरेर (कपि गर्नु अगाडी "Expand widget templates" मा चेक मार्क लगाउन नभूल्नु होला) खोज्नु होला त्यो कोड लाईन पक्कै भेटिने छ।

    ReplyDelete
  6. tapai 100% sahi hunu hudo rahe6.
    mero ma bhayo tar recently effect dekhaaudo rahen6
    ...tysaile....
    thanks....

    ReplyDelete