29 November, 2008

मुम्बई आक्रमण,

अमिताभ बच्चनको रिवाल्वर र चुनाव प्रचार ।

भारतको आर्थिक नगरी मुम्बईमा यो हप्ता गम्भिर आतंककारी हमला भयो ।भारतको ईतिहासमै यो भन्दा खतरनाक आक्रमण कहिल्यै भएको थिएन, जुन हमलाको क्षतिको लेखा-जोखा मात्रै राख्‍न पनि अझै केहिदिनहरु लाग्न सक्नेछन।
कुनै यौटा सीङगै शत्रु देश भन्दा देश भित्र घुसेका केहि आतंककारी झन खतरनाक हुन सक्छन भन्ने कुराको एकदमै दु:खद तरिकाले प्रमाण मिल्यो भारतलाई यो हमलाले ।
मैले यो पोष्ट लेख्दाको समयमा यो आतंकमाथि करिव करिव नियन्त्रण कायम भैसकेको छ तर यसले ल्याएको क्षति पुर्ती गर्न भने भारतलाई लामो समय लाग्न सक्ने छ। कमाण्डो, पुलिस र सुरक्षा नीकायका अनी आम नागरिक गरी करिव १५० को मृत्यु, सैयौं घाईते र करोडौंको क्षति मात्रै हैन संसारकै नजरमा निरिह बनेको भारतिय खुफीया निकायको छविलाई उठाउन पनि भारतलाई निक्कै समय लाग्ने छ ।
त्यसो त आतंककारीहरुले प्राय: सूचना दिएर हमला गर्दैनन् तर यौटा होटेल भित्र ३ दिन सम्म पडकाउँदा पनि नसक्कीने हतियार र बन्दोबस्तको सामान विदेशबाट दर्जनौं हतियारधारिहरु पुग्दा पनि सुरक्षा निकायलाई त्यसको भनक पनि नहुनुलाई भने भारतका धेरै बुद्दीजिवि, पत्रकार र व्यापारिहरुले पनि नकारात्मक दृष्टिले हेरेका छन । विशेष गरि भारतजस्तो आतंककारीको निशानामा रहेको र समय समयमा साना-ठुला घटनाहरु घटिरहने देशका सुरक्षा निकायहरु यस बिषयमा चनाखो नहुनुलाई केहि प्रसिध्द पत्रकारहरुले त खुलेरै बिरोध पनि गरे ।

आफू ब्लग लेख्‍ने भएकोले, बल्गहरु चाहर्दै जाँदा यसपाला म प्रसिद्ध भारतिय कलाकार अमिताभ बच्चनको ब्लगमा पुगें । निश्चीत पनि यस पटकको हमलालाई भारतियहरुले कुनै शहर वा प्रदेशमा भएको हमलाको रुपमा नलीई देशमाथी नै भएको हमलालाको रुपमा लिएका छन र देशभरि यसको त्रास छाउनु पनि स्वभाविक नै हो । यसै शन्दर्भमा जिन्दगिमै आफुलाई सबैभन्दा बढि असुरक्षित भएको महशुस गर्दै अमिताभले आफ्नो ब्लगको November 27 को पोष्टमा जिन्दगिमा पहिलो पटक  आफूले रातभरी  आफ्नो लाईसेन्स प्राप्त ‍.३२ को रिवाल्वर तकिया मुनि राखेर बिताएको र सुत्न नसकेको कुरा उल्लेख गरेकाछन ।
राजनीति कत्ति सम्म फोहरि हुन्छ भन्ने आर्को उदाहरण पनि भारतमा रहेकोले यसपाला नजिकबाट देख्न पाईयो । भारतको राजधानि दिल्लीमा आज बिधानसभाको चुनाव हुदैँछ । वितेका तिन दिन देखी मिडिया र विशेष गरी प्राईवेट च्यानलमा आएका 'ब्रेकिङ न्युज' र 'लाईभ कवरेज' ले यहाका दर्शकलाई सूचना भन्दा बढि त्रास र मानशिक तनाव दीईरहेको छ । अनी त्यो खतरनाक र सनसनिखेज लाईव कवरेजको बीचमा विभिन्न दलका चुनाव प्रचारका नारा र विज्ञापनहरु यसरी आउँछन " …फलानो दलको सरकारमा आतंक र असुरक्षा … आतंकसंग लडन हामिलाई जिताउनुहोस … " ।
केहि दल र नेताहरुले त हालको आंतककारी हमलाको वारेमा पर्चा नै बनाएर 'यस्तो हमाला रोक्ने हो भने हामिलाई भोट दिनुहोस' भनेर पनि भोट मागेको देखियो र यो हमलाको घटनालाई मसला बनाई चुनाव प्रचारकोलागी भरपुर फाईदा उठाउने कोशिष गरेको पनि देखियो । हाम्रा देशका सबै नेताहरुका 'गुरु' यतै भएकाले मेरोलागी यो पनि चिन्ताको बिषय बन्यो । गुरुहरुकै नैतीकता त्यस्तो छ भने चेलाहरुको के हाल होला भनेर ।
हुन त यो हमला भारतमा भएको छ, तर आतंककारी घटना जहा भए पनि त्यो सम्पूर्णमा मानवता बिरोधि घटना हो र त्यसको बिरोध र आफ्नो स्थानबाट प्रतिरोध गर्ने जिम्मा सबैको हुन्छ ।
विना कुनै विराम र विना कुनै दोष मारिएका नाबालक, ज्ञात अज्ञात विदेशी र भारतिय नागरिकको मृत्युमा श्रध्दान्जली दिदैं म संसारले यस्तो कालो दिन फेरि कहिल्यै देख्‍नु नपरोस भन्ने कामना गर्दछु ।

6 comments:

  1. The tricky part is the fact that they targeted foreigners specially Britons and Americans.
    That means they wanted to divert some attention.
    Obviously, someone blinked!!!

    ReplyDelete
  2. Blog ko Khurak -special nai lagyo.
    dinai live herda ...maile t kasto dinharu pani aaun thale...ani arko kura ..tytro ..hamala ma 10 jana matra ulekh hunu ma kasto abiswash lageko 6.
    ...10 jana le matra 2 hotel r tytro thauma ...tahalka machaeko. ani blog ma अमिताभ ko blog link garnu bhaeko rahe6 -tysako lagi pni dhanyabad 6. ra tyha maile pani tapaile ulekh gareko kura here.
    ...ani ant ma bharatiy neta haruko kura 6 ni ...yeso socha da tisab awasharwadi hun desh dukheko belaa ...sabailai hasaune slogan liyer aaeko. ke uniharu laai najitae k desh ma hinsaa nai rahi rahan6 are! kasto kura jitae -santi hune ani harae ashanti nai rahane ...katai tysma tiniharuko pani pratykash r apratyksha Support ta 6in? (boksi pni aaphai dhami pani aaphai)

    ReplyDelete
  3. Thanks Dilipjee for a nice post.
    In this saddest moment, I extend my deepest condolence to all those who lost their lives in the Mumbai mayhem. Our thoughts and prayers go out to all of the victims’ families. We can't just say it is an exclusive case of India. Lets stand united and pray together...
    BTW, I think you may like my blog-post on this issue. please click here.

    ReplyDelete
  4. Yes, dillip jee, this is nice post. and thanks to providing the BIGB's blog too.

    भारतमा भएको यो हमलाबाट हरेक राष्ट्रले धेरै कुरा सिक्नुपर्ने जस्तो लाग्छ मलाई।

    ReplyDelete
  5. एक त भयावह हमला, त्यसमाथि त्यसलाई उपयोग गर्ने भारतीय राष्ट्रवादको कालो रुप । तथ्यपरक विश्लेष्णको लागि धेरै आभार दिलीपजी ।
    यस्ता कर्तुतको जती नै निन्द गरे पनि थोर हुन्छ । तर भारतीएए नेताहरुलाई यस्तोमा 'दसैं' आएको देख्दा गजब लाग्यो ।

    ReplyDelete
  6. घटना निन्दनीय त छनै तर यस्तो भयावह घटना घट्नु (र त्यो पनि यति ब्यापक रुपमा)को मूल दोष भने भारतका लापर्वाह नेता-सरकार-प्रशाशकलाई जान्छ। उनीहरुको लापर्वाह मानसिकताको त दिलिप दाइले एउटा उदाहरण दिनुभएकै छ।
    यो घटनाबाट पाठ सिकेर नेपालले पनि आफ्नो सुरक्षा नीति, विशेष गरी जासूसी संयन्त्रलाई बलियो बनाउनु अति आवश्यक छ। अहिलेको हाम्रो अवस्था भारतभन्दा कता हो कता गएगुज्रेको छ र कुनै पनि बेला हामी 'टार्गेट' बन्नसक्छौं सजिलै।

    ReplyDelete