03 January, 2009

बिबाह (लघुकथा)

आमाले खोजेको पहिलो कन्या गृहकार्यमा निपुर्ण थीईन, अशीक्षित भनी बाबुले फर्काईदिए। दोस्री कन्या शिक्षित र सुशिल थिईन तर नराम्री भनी छोराले ईन्कार गरिदियो । त्यसपछिको केटी बाबुले खोजे, शिक्षित र शुन्दर पनि, तर घर-धन्दामा अदक्ष भनी आमाले मनीनन्।

चौथी कन्या लमीले मिलाए, जो प्रशस्त दाईजो ल्याउनेवाली थीईन। अचानक उनका सबै ‘खोट’ हरु ‘गुण’ मा परिवर्तन हुन थाले।

“नपढेर के भो’ त?, …… हामि बुहारिलाई जागिर खान पठाउने पनि हैनौं नी!” बाबुले बक्तव्य निकाले। “स्वास्नी धेरै राम्री भए सबैको आँखा लाग्छ …… ” छोराले तर्क तेर्स्यायो। “घर धन्दा गर्न त ‘कान्छा’ छँदै छ नी!” आमाले विचार बदलिन।

यसरी तुरुन्तै सर्बसम्मतिमा बिबाह पारित भयो ।

15 comments:

  1. Nice story! a biting one. The only way to campaign against dowry and other evil traditions that exist in our society is through promotion of awareness and 'inclusive' education policy. However, scenarios are already changing and we are bound to get rid of it someday.

    ReplyDelete
  2. साह्रै नराम्रो बिहे भएछ । हाम्रो देशको नियति ठ्याक्कै शब्दमा उतार्नुभएछ दिलिप दाइ !!

    ReplyDelete
  3. धन देखेपछि शिवजीको तीन नेत्र भन्थे, मानवजातिलाई त झन् के पो भन्ने। के गर्नु हजुर संसारमा अहिले मन भन्दा ठूलो मानिसलाई प्यारो धन रहेछ। यस्तै रहेछ यहाँको चलन...

    ReplyDelete
  4. This comment has been removed by the author.

    ReplyDelete
  5. as far as i remember this story was one of the best in stoty compitition right...really an adorable one....

    ReplyDelete
  6. विवाह गर्न लागेकी युवती को घर आएको केटाले सुन्दरता , माताले उत्तम धन , पिताले उत्तम विद्या , बन्धुबान्धव इष्टमित्रले केही उत्तम कुराहरु खोज्छन् ।

    ReplyDelete
  7. साँच्चै घोषित / अघोषित रुपमा दाइजो प्रथा अझै पनि हाम्रो समाजमा छ ।। कहिले हट्ने होलान् यी विकृति ??

    राम्रो कथा पस्कनु भएकोमा धन्यवाद!

    ReplyDelete
  8. दिलिप जि सबै कुराहरु त साथिहरुले औल्याइसक्नुभएको छ । तरपनि हाम्रो संस्कारमा अझै पनि जरा गाडेरनै बसेको छ यो कथाले । सबैकुरा पैसामा नै बिक्ने।। सुन्दरता.. गुण.. दक्षता.. अनि माया.. पनि

    ReplyDelete
  9. हाम्रो समाज को नियति ! हो, दिलीप जी ।

    ReplyDelete
  10. दीलिप जी
    नेपालमा चलेको दाईजो प्रथा
    ऐले पनि ससक्त रुपमा काएमै छ
    यो राम्रो होइन। कैले र कस्ले हटाउलान
    यी बिक्रिती?कथामा सुन्दरता र शैली
    अतिनै राम्रा छन। शुभकामना।

    ReplyDelete
  11. यो सम्पत्ती भनु नै के भन्ने नभै नहुने भयो भने झनै लोभ्याउने, सम्पत्ते भयो भने मान्छे ले नर्कको यात्रा पनि गर्छन रे कुनै हाम्रा साहित्यकारको भनाई ठिकै लाग्यो। धन्यबाद दिलिपजी तपाइको धारिलो प्रहारको लागि शायद् हाम्रो समाजलाई यस्तै नै छोटा र छरिटा सन्देश मुलक कथा हरु चाहिएको छ अहिले।

    ReplyDelete
  12. समाजको कुरुप यथार्थलाई रोचक रुपमा कथानक्मा उन्नुभेको छ
    भएको
    वर्णविन्यासगत त्रुटिले भने अर्थको अनर्थ लगाउने देखियो ।
    भौतिकताको अघि सम्बन्ध र आत्मीयता कति दयनीय बनेको छ !

    ReplyDelete
  13. टिप्पणिको लागी सबैलाई धन्यवाद् ।

    अनी प्रतिमा यो कथा त्यहि हो।

    प्रसंगबस अरु साथिहरुलाई पनि जानकारी गराउँ, प्रथम नेपाल खुल्ला लघुकथा प्रतियोगितामा यो कविता 'उत्कृष्ट दस' भित्र परेर पुरस्कृत भएको थियो र पछि यौटा 'संचयन' भन्ने लघुकथा संग्रहमा पनि प्रकाशीत भएको थीयो ।

    ReplyDelete
  14. really interesting and touching story. I liked it.

    ReplyDelete