06 February, 2009

अग्निसंस्कार र चिनियाँहरु

Agni Shanskar मानव मृत शरीरको दाहसंस्कार सबैले आ-आफ्नै रितिरिवाज अनुसार विभिन्न तरिकाले गर्ने चलन छ। संसारका विभिन्न हनजातिलाई हेर्ने हो भने मृत शरीरलाई जलाउने, गाड्ने, खोलामा बगाउने वा चील गिद्धलाई खुवाउने प्रचलन पनि भेटिन्छन । ती विभिन्न तरिकामा आ-आफ्नै विशेषताहरु भए तापनि तिनीहरुमा केहि बेफाईदाहरु पनि देखिन्छन् ।

यसै प्रसंगमा चीनमा मृत शरीरलाई जमिनमुनि गाढ्ने प्रचलन भएकोमा केहि बर्षअघि लीईएको आँकडा अनुसार, त्यहा मृत शरीर गाढ्ने प्रक्रियाले प्रत्येक बर्ष तीनवटा काउण्टीको जति जमिन खेर गईरहेको छ । जन्मेपछि हरेक मानिसको मृत्यु हुने र प्रत्येक बर्ष बढ्दै गईरहेको जनसंख्याको चापले गर्दा यो समस्याले गम्भिर रुप लिनेमा कुनै शंका नै रहेन ।

मृत शरीरलाई गाढ्ने प्रक्रियाले जमीनको कमी हुने मात्रै होईन, त्यो शरीर जमीनमुनी गल्ने प्रक्रियाले वातावरण प्रदूषणमा पनि असर पर्ने कुरा सर्ब बिधितै छ । त्यसैले अहिले चीनमा त्यसको विकल्पको खोजी भईरहेको छ। मृत शरीरलाई गाढ्नुको विकल्पको रुपमा सबैभन्दा राम्रो तरिका जलाउने देखिएकोले सम्बन्धित निकायहरु हाल यो अग्निसंस्कारमा जोड दिंदैछन ।

तर परम्परागत गाढ्ने प्रक्रियालाई छाडेर जलाउने कार्यमा लाग्न मानसिक रुपमा पनि सहज सहमत हुन भने चिनिया जनतालाई पनि अझै केहि समय लाग्ने छ। चीन प्राचीन ईतिहास र भिन्दै संस्करति भएको देश हो र मानिसहरुमा केहि पुरातन संस्कारको गहिरो छाप अझै देखिन्छ । विशेषगरी गाउँघरमा मानिसहहरु अझै पनि गाढ्ने प्रक्रियालाई बढि महत्व दिन्छन । गाउँघरमा कतिपयले आफू जिवित छँदैं आफुलाई गाढ्ने ठाँउ पनि निश्चित गर्छन । सुन्दा अनौठो लाग्न सक्छ, तर गाउँघरका केहि मानिसहरु मृत्युपश्चात ‘कफिन’ नहुनुलाई सबैभन्दा दुर्भाग्य सम्झन्छन् र अझ कति मानिसहरु त मृत्युपश्चात त्यो समस्या उत्पन्न नहोस् भनेर आफू जीवित छँदां नै आफ्नो लागी ‘कफिन’ समेत किनेर राख्‍ने गर्छन् । स्मरणीय छ, चीनका प्राचीन बादशाहहरुले पनि आफू जिवित छँदां नै आफ्नोलागी भव्य र तिलस्मी महलरुपी चिहानको निर्माण गर्न लगाउँथे । अझ कतिपय बादशाहहरुले त आफू गद्दीमा बस्ने बित्तीकै सबैभन्दा पहिलो र महत्वपूर्ण कार्यको रुपमा आफ्नो चिहान बनाउन लगाउने कुरा पनि चिनिया ईतिहासमा पाईन्छ ।

यसरी एकातिर पारम्पारिक दाहसंस्कार पद्दतिमा मानिसहरुको झुकाव देखिन्छ भने अर्कोतिर त्यसबाट उत्पन्न समस्याप्रति पनि जनमानस सचेत देखिन्छन् । चिनियाहरुको मृत शरीर गाढ्ने पद्दतिमा झुकाव हुनुको अर्को कारणमा एउटा चिनिया सास्कृतिक चाडको पनि विशेष स्थान छ। चिनिया जनमानसमा “छिङ-मिङ-चे” को नामले परिचित यो चाड प्रत्येक बर्षको अप्रिल महिनाको ५-६ तारिखमा पर्दछ । यो दिनमा चिनियाहरु आफ्नो परिवारका दिवंगत आत्माहरुप्रति श्रद्धाभाव व्यक्त गर्न परिवारका मृत व्यक्तिहरुको चिहानमा जाने गर्छन। त्यसैले मृत शरीरलाई गाढ्ने परम्परा तोडी त्यसलाई जलाउने पद्दती शुरु भएमा चिनियाहरु आफ्ना दिवंगत आत्माप्रति श्रद्धा व्यक्त गर्नबाट बञ्चित हुनुको साथै यो सास्कृतिक चाड पनि लुप्त हुन सक्छ । यसकारण पनि चीनमा अग्नि संस्कार स्विकार्य हुन अझै केहि समय लाग्ने देखिन्छ ।

यिनै समस्याको निराकरण गर्दै केहि बर्ष अगाडि सम्बन्धित निकायले एउटा निकै राम्रो समाधान तयार गरेको छ। त्यस अनुसार मृत शरीरलाई बिद्युतीय तापले जलाउने र त्यसबाट बाँकि रहेको खरानिलाई एउटा विशेष किसिमको बाकस बनाएर त्यसलाई राख्‍न बनाईएको विशेष भवनमा राखिने व्यबस्था गीएको छ। सो खरानीलाई यसरी विशेष स्थानमा राखेपछि मृत व्यक्तिको परिवारलाई एउटा नम्बर दिईन्थ्यो र सोहि नम्बरको आधारमा बाकसहरुलाई मिलाएर राखीन्थ्यो । यसले गर्दा मानिसहरु “छिङ-मिङ” चाडको बेलामा दिवगंत आत्माप्रति श्रध्दा व्यक्त गर्न पनि सक्ने भए ।

चिन विश्‍वमा सबैभन्दा बढी जनसंख्या भएको देश भएकोले यसरी मृत शरीरको खरानीलाई बाकसमा राख्‍ने प्रक्रियाकोलागी पनि बढिभन्दा बढी जमीनको आवश्यक्ता पर्ने भएकाले अब आएर मृत शरीरको खरानी हालीएको बाकसलाई पनि तीन बर्षसम्म त्यो स्थानमा राख्‍न दिने र त्यसपछि या त त्यसलाई नष्ट गर्ने वा परिवारका व्यक्तिले चाहेमा घर लान सकिने व्यबस्था गरिएको छ ।

अहिलेको बदलिंदो परिस्थिति र विकासशिल चीनको परिप्रेक्षलाई हेर्दा मृत शरीरलाई जलाउने पद्दतिमा भने बिस्तारै जनसहमति बढ्दै जानेमा शंका कमै देखिन्छ।

यसरी मृत शरीरको अग्निसंस्कार गर्दा परम्परागत गाढ्ने प्रक्रियासंग बिरोधाभास हुन्छ कि भन्ने बारेमा बिस्तारै “भावनालाई होईन अस्तित्वलाई बढी महत्व दिनुपर्छ” भन्ने जन मानसिकता तयार हुँदैंछ । जे होस्, आर्थीक, सामाजिक र वातावरण प्रदूषणको समेत समस्यालाई हेर्दा चिनकोलागी मात्रै हैन विश्‍वकै लागी यो अग्निसंस्कार उपयुक्त हुने कुरा भने परिस्थितिले बिस्तारै प्रष्ट्याउँदै गएको छ ।

5 comments:

  1. दिलिप जी यो बिधुतिय तापले जलाउने प्रकृया चाहि उत्तम् होला की चिनियाहरुको लागि? हजुरले भनेझै वाताबरण प्रदुषण पनि रोकिने अनि चिनियाहरुको चाड “छिङ-मिङ-चे” को पनि बर्चस्व रहने । तर गाडने प्रकृयाबाट अग्निसंस्कार मा रुपान्तरित हुनलाई त समय लाग्ला नै । त्यो समयले नै देखाउला ।
    यो मर्नु भन्दा आगाडि नै चिहान बनाउने प्रकृया गजब नै लाग्यो मलाइ हुन त हाम्रो मा पनि मर्नु भन्दा अगाडि कसैकसैले जहाँ मरेपनि आफ्नै घाटमा लगिदिनु भनेर भन्ने गरेको पाइन्छ ।

    जानकारिको लागि धन्यबाद दिलिप जी ।

    ReplyDelete
  2. राम्रा राम्रा जानकारीको लागी धेरै धेरै धन्यबाद !
    चिनियाँहरु र चिनिया सस्कार को बारेमा यती रोचक इनफ़र्मेसन दिनु भएको छ .....त्यसको बारेमा मैले अरु कुनै पुस्तक नै खोजनु पर्दैन जस्तो छ ।

    ReplyDelete
  3. रोचक जानकाइको लागि धन्यवाद। धेरै हिसाबले म्रित शरीर जलाउनुनै राम्रो होला जस्तो लाग्छ।

    ReplyDelete
  4. दीलिपजीको यो टाँसो जानकारीमूलक त छँदैछ। साथै अन्तिममा भन्नुभएझैँ नेपाली समाजको विविध मृत्यु संस्कारको सन्दर्भमा पनि छलफल गर्नुपर्ने विषय हो।

    मेरो व्यक्तिगत जीवनको एउटा घटना छ। त्यसबेला मैले देख्दै, भोग्दै र सिक्दै आएको संस्कार कुन अवस्था र भौगोलिकतामा ठीक या बेठीक भन्ने सोच्नेतिर ध्यान जाँदै गएन। किनकी व्यक्तिको सांस्कृतिक पृष्ठभूमिले उसको भावना, सोचाई र चाहनालाई दिश निर्देश गरेको हुँदो रहेछ। भावना र अस्तित्व दुबै जगेर्ना गर्ने सांस्कृतिक उपायको रुपमा मान्दै आएको संस्कार ममा निहित र सञ्चित थियो। र दीलिपजीले भनेझैँ मन लाग्नासाथ दीवांगत आत्माको भौतिक अवस्थाप्रतिको झझल्को मेट्ने निशानीको मानक मानी मन बुझाउने बाटो पनि। चीनको जस्तो विशेष चाडकै रुपमा नमनाइने भएपनि हाम्रो जातीमा लाश गाड्ने गरिन्छ। त्यही अनुरुप मेरो निर्णयमा परिवारको एक सदस्यको लाश पशुपति छेउको जंगलमा गाडियो। गाडेको केही समयपछि म आफैलाई प्रश्न तेर्सियो- गाड्नु ठीक या जलाउनु ठीक भन्ने। यद्यपि मेरो सांस्कृतिक भावना यथावतै छ। त्यसको केही कारणहरु दीलिपजीकै टाँसोमा उल्लेख भएका कही कुरासँग मेल खान्छन्। केही भने सम्बन्धि ठाउँ विशेषसँगै उत्पन्न हुने कुराहरु भए।

    ReplyDelete
  5. Thanks for an informative post! I recall my comments to your previous post on the culture of sky burials (A traditional Tibetan funeral ritual in which the dead-body is exposed to the open air to be eaten by sacred vultures) that a mere thought of it distresses me (for some reason that I can't exactly express)! Having said this, I agree with Netrajee that cremation is perhaps a better way to carryout the funeral rites ( may be because it's the Hindu way of performing funeral rites & I am biased in my opinion!).

    ReplyDelete