01 February, 2009

Harmless Hacks.

अंग्रेजीमा hack शब्दको धेरै अर्थहरुछन। कम्प्युटर शब्दाबलीमै पनि यस्को सकारात्मक र नकारातम्क दुबै अर्थहरु भेटिन्छन् । अर्काको कम्प्युटर वा नेटवर्कमा विना अधिकार प्रवेष गर्नु, त्यसमा भएका फाईल, डाटा वा कोडहरु चोरीगर्नु वा परिवर्तन गर्नु आदिलाई  नकारात्मक रुपमा लिईन्छ भने यस्ता केहि उपाएहरु पनि छन, जस्को मद्दतले आफ्नै निजी कम्प्युटरमा पनि कुनै प्रोग्राम वा कोडहरुलाई केहि सामान्य समायोजन, सम्पादन र परिवर्तन गरी सधारण अबस्थामा उपलब्ध नभएका केहि नया र त्वरित विकल्पहरु बनाउन र चलाउन सकिन्छ । यस्ता अलीखित विकल्पहरु सुलभ बनाउने क्रियाविधिलाई Harmless hack भन्ने गरिन्छ । आउनुहोस यो पोष्टमा त्यस्ता केहि Harmless hack हरुको चर्चा गरौं र आफ्नो कम्प्युटरमा केहि केहि नयापन थपौं ।

यो पोष्टमा दीईएका ह्याकहरु पुराना ह्याक हुन र यसलाई Harmless hacks मात्रै नभै old hacks भन्दा पनि हुन्छ । (खासगरी यस पोष्टमा दिईएका ह्याकहरु Windows Xp मा प्रयोग हुन्छन र त्यस अघि र पछिका सिष्टममा लागु नहुन पनि सक्छन )।

एक क्लिकमा कम्प्युटर सटडाउन, रि-स्टार्ट वा लगअफ गर्न:

साधारणतया कम्पुटर सटडाउन गर्न हामीहरु Start>>Turn off Computer अनी Turn off गर्ने गर्छौं, तर तलको तरिका अपनाएर तपाईले आफ्नो डेस्कटपमा एकै क्लिकमा सटडाउन हुने सर्टकर्ट राख्‍न सक्नु हुन्छ । त्यसको लागी:

१. आफ्नो डेस्कटपको कुनै खाली ठाउँमा Right click गर्नुहोस।

२. अब New >> Shortcut मा जानुहोस।

३. त्यहा यौटा खाली ठाउँ देखिने छ त्यहा shutdown -s -t 00 टाईप गर्नुहोस ( वा सिधै यहिबाट कपि पेष्ट गर्नुहोस) र Next मा थिच्नुहोस।

४. अब देखीने Type a name for this shortcut: भन्दा मुनि Shutdown लेख्‍नुहोस र Finish मा थिच्नुहोस।

बस, अब तपाईको डेस्कटपमा यौटा नया सर्टकर्ट बन्ने छ जसलाई माउसले क्लिक गर्ने बित्तिकै तपाईको कम्प्युटर विना कुनै सूचना बन्द हुनेछ ।

यसै गरी रि-स्टार्ट गर्नको लागी माथिकै विधि अपनाउनु होस तर नं ३ को खाली स्थानमा shutdown -r -t 00 लेख्‍नुहोस र नं ४ को “Shutdown” को स्थानमा Restart लेख्‍नुहोस । त्यस्तै Logoff गर्नको लागी नं ३ को खाली स्थानमा shutdown -l -t 00 लेख्‍नुहोस र नं ४ को “Shutdown” को स्थानमा Logoff लेख्‍नुहोस बस। (अब चाहेमा तपाई यि नया सर्टकर्टहरुको आइकोन पनि परिवर्तन गर्न सक्नुहुन्छ)

Right click Menu मा Copy to/ Move to थप्नुहोस:

यदी तपाईलाई बेलाबेलामा कम्प्युटरमा भएको फाईल, डाटा वा फोल्डरहरुलाई डेस्कटप, कुनै ड्राईव, पेन ड्राईव वा अन्य कुनै फोल्डरमा सार्ने वा प्रतिलिपि बनाउने काम गरिरहनु पर्छ भने यो ह्याकले निकै सजिलो बनाउन सक्छ ।

यो ह्याकको प्रयोग पछि तपाईले कुनै पनि फाईल वा फोल्डरमा Right click गर्नु भयो भने त्यहाँ “Copy TO Folder…” र  “Move To Folder…” भन्ने दुईवटा नया अप्सन सहितको यस्तो मेनु देखिने छ: Copy to Move to

त्यसैले यदि तपाईलाई फाईल, डाटा वा फोल्डरहरु अन्त सार्ने वा प्रतिलिपि बनाउने काम बराबर गरिरहनु छ भने तपाई सजीलै आफ्नो Right click मेनु यस्तो बनाउन सक्नु हुन्छ, जसको मद्दतले तपाईले सजिलै संग आफ्नो फाईल वा फोल्डरहरुलाई एकै क्लिकमा चाहेको स्थानमा स्थानान्तरण गर्न वा प्रतिलिपि बनाएर राख्‍न सक्नु हुन्छ।

यसको लागी सर्ब प्रथम:

आफ्नो क्म्पुटरको Start>>Run…मा थिच्नुहोस र त्यहा देखिने Open भन्ने खाली स्थानमा regedit टाईप गरेर Ok गर्नुहोस ।

अब Right click Menu मा Copy to भन्ने नया अप्सन बनाउनको लागी

१. HKEY_CLASSES_ROOT>>AllFilesystemObjects>>shellex>>ContextMenuHandlers मा जानुहोस र ContextMenuHandlers लाई माउसले हाईलाईट गरी Right click गर्नुहोस ।

Screenshoot२. अब New>>Key दबाउनुहोस। अब ContextMenuHandlers भन्दा मुनि यौटा नया की (फोल्डर) बन्ने छ ।

३. त्यसलाई Right click>>Rename गर्नुहोस र त्यो फोल्डरलाई Copy To भन्ने नाम दिनुहोस ।

४. अब सो नया बनेको Copy To भन्ने फोल्डरलाई माउसले हाईलाईट गरेर त्यसको दाँयापट्टीको कोठामा हेर्नुहोस। त्यहा “(Default)” लाई डबल क्लिक गर्नुहोस र त्यहा Value data: लेखिएको खाली ठाउँमा {C2FBB630-2971-11D1-A18C-00C04FD75D13} टाईप गर्नुहोस ( वा सिधै यहिबाट कपि पेष्ट गर्नुहोस) । र Ok गर्नुहोस । बस तपाईको Copy to मेनु तयार भयो।

अब Move to मेनु बनाउनकोलागी पनि माथिकै तरीका अपनाउनुहोस नं १ र २ माथि जस्तै गरे पछि तेस्रो स्टेपमा भने Move To भन्ने नाम दिनुहोस। र चौथो स्टेपको Value data: लेखिएको खाली ठाउँमा {C2FBB631-2971-11D1-A18C-00C04FD75D13} टाईप गर्नुहोस ( वा सिधै यहिबाट कपि पेष्ट गर्नुहोस) । अब तपाईको Right click Menu मा Copy to र Move to भन्ने दुई नया अप्सन देखिने छन र फाईल फोल्डर वा डाटाहरु स्थानान्तरण र प्रतिलिपि बनाउने काम एकदमै सरल हुनेछ ।

14 comments:

  1. जानकारीमूलक तथा उपयोगी टाँसो। धन्यवाद दीलिपजी।

    ReplyDelete
  2. Very informative post. I will try with my computer. Well i am wondering is it related to hack?
    !

    ReplyDelete
  3. उपयोगी जानकारी । धन्यवाद !

    ReplyDelete
  4. सजिलो तथा अति उपयोगि जानकारिको लागि धन्यबाद दिलिप् जी । अवस्य प्रयोगमा ल्याउने छौ यसलाई।

    ReplyDelete
  5. दिलीपजी अति लाभदायक कुरालाइ सरल तरीका बाट सिकाउनुभएको छ । यस्तो hack त जो पनि चाहान्छ होइन र ?

    ReplyDelete
  6. निकै उपयोगी लाग्यो यो पोष्ट । प्रविधिको यस्ता लाभदायी पाटोबारे बेलाबेला दिलीपजीले खुराक दिनुभएको सारै पुन्य काम भयो है ।
    आभार ।

    ReplyDelete
  7. यो फ्याट्ट खोल्ने र फ्याट्टै बन्द गर्ने चैं मलाई पनि
    काम आउने भयो है दिलीपजी , कुनैबेला त साह्रै हतार हुन्छ प्रक्रिया पुर्याएर बन्द गर्न र त्यसै खुल्लै छोडीरहेको हुन्थें कम्प्युटर तातिउञ्जेल । यो टाँसोको निम्ती धेरै धन्यवाद !

    ReplyDelete
  8. राम्रो जानकारीको लागि दिलिप दाइलाई धन्यबाद। एक राउण्ड कोशिश गरी हेर्ने धूनमा पुगें म पनि, अहिले चलाईरहेको Windows XP नभएपनि।

    ReplyDelete
  9. Informative post! Thanks a lot for sharing.

    ReplyDelete
  10. सारै उपयोगी जानकारी... तर के यो सर्ट कट सधै प्रयोग गर्दा कम्पूटरलाई हानि गर्दैन?

    ReplyDelete
  11. मिलनजी यो केवल पुरानो ३-४ स्टेपको तरिकालाई छोट्याउने विधि मात्रै भएकोले यसले तपाईको कम्पूटरलाई कुनै नोक्शान गर्दैन।
    यो बिधिमा कुनै थर्ड पार्टी कोड वा स्क्रिप्ट प्रयोग नहुने र Windows को सिष्टमै भएको कुरालाई छिटो एक्टीभेट गर्ने मात्रै भएकोले आरामले प्रयोग गर्न सक्नुहुन्छ।

    ReplyDelete
  12. Quite nice hacks

    I simple love it ;)

    ReplyDelete
  13. haha...यो चै कुनै दिन फुर्सद भाको बेलामा गर्नुपर्ला । अहिले त मेरो कम्प्युटर म सिधै ठुलो बटन थिचेर झ्याप्पै मारिदिन्छु । १० सेकेन्ड जति लाग्छ । हा हा

    ReplyDelete
  14. hello Milan sir malai autq question ask garnu cha new folder banauna lai kunai sortcut key huncha bhane tyasko proceess ra kun key le bancha lekhidinu hola.
    Thanks.

    ReplyDelete