26 March, 2009

ब्लग बास्तु- एक अनुभव

ब्लग चलाउन थालेको करिव दुई बर्ष जत्ती भयो । हुन त अलिअलि लेख्‍ने बानी भने ब्लग चलाउनु पूर्व नै थियो, तैपनि, पुराना सबै (प्रकाशीत र अप्रकाशीत) रचनाहरुलाई एकै ठाँउमा राख्‍ने र आफ्नो मनमा लागेको कुरालाई तुरुन्तै सबैसंग बाँडने सकिने सजिलो माध्यम उपलब्ध भएकोले दायाँ-बायाँ केहि नसोचि ब्लगमा हाम्फालीयो ।

ब्लग चलाउन थालेपछि मलाई लाग्छ प्राय: सबैलाई दुईवटा कुराले बेला-बेलामा घच्घच्याई रहन्छ। पहिलो, कम्तिमा पनि हप्तामा यौटा टाँसो राख्‍नु पर्ने ‘कर्तव्यबोध’ र दोस्रो भनेको ब्लगको ‘लिपपोत’ ।

शायद ब्लगरहरु कसैलाई पनि आफ्नो सेटिङ र टेम्पलेटसंग पुरै चित्त कहिल्यै बुझ्दैन क्यार। त्यसैले सबैजसो फूर्सद हुनासाथ केहि न केहि रंग-रोगन, ‘पार्टिसन’ र साज‍ज्जामा लाग्छन । हाम्रै सर्कलमा भएका ब्लगरहरुकै कुरा गर्ने हो भने पनि बितको एक बर्षको अबधिमा कायाकल्प पुरै परिवर्तन भएका ब्लगहरुमा कैलासको कुटी, आकारपोष्ट, उजेलीको गफगाफ छन भने भर्खरै क्याफे मंगलमस्वागत छ तपाईलाई मेरो संसारको पनि कायापलट भएको छ ।

त्यस बाहेक वसन्तजीको The road to nowhere..., नेत्रजीको The Journey Within दिपेन्द्रजीको Never stop dreaming कृष्णजीको कम्प्युटर नेपालीमा पनि बेला बेलामा केहि न केहि परिवर्तन, थपघट र हेर-फेर देखीरहन्छन् ।

मैले शुरु देखी पछ्याउँदै आएको ब्लगहरु मध्य एकदमै कम परिवर्तन भएका ब्लगमा Unique Logसिकारुको गोरेटोमा पर्छन भने उता मेरो साहित्य संसार र विविधका दीपकजीले पनि हेडरमा हस्ताक्षर, कलम र नेपालको झण्डा राखेर केहि नौलोपन दिने कार्यको शुरुवात गर्नु भएको छ। यता केहि समयमा केहि नया बलगरहरु पनि साथि बन्नु भएको छ त्यसैले उहाहरुको ब्लगको बारेमा चाहि परिवर्नको कुरा अहिले गर्न मुश्किल छ।

बास्तबमा मानिस स्वभावैले परिवर्तन चाहन्छन र मेरो आफ्नो बिचारमा ब्लग भनेको ब्लगरको अन्तरसंजालमा अबस्थित घर नै हो । त्यसैले आफ्नो घर सजाउन र लिपपोत गर्न खोज्नु ब्लगरको नैसर्गिक गुण नै हो । यसै क्रममा बितेको १ हप्ता म पनि मज्जाले घर मर्मतमा लागें ।

पहिला त घर वरिपरी ‘एक हात जग्गा पनि खाली राख्दिन’ भनेर एउटा four column template खोजेर हालेँ । भएभरको वाईजेट र साईडबारका सबै अबयबहरु पेज खुल्ने बित्तीकै देखीने बनाएँ । तर टम्प्लेटको चौडाई धेरै भएकोले स्क्रिन रोसोलुशन कम भएका मोनिटरहरु र ईण्टरनेट एक्सपलोररका पुरान भर्सन चलाईने कम्प्युटरहरुमा हेडर पनि तल माथि भएका र साईडबारहरु निक्कै तल झुण्डिएको खबर गर्नु भयो केहि साथिहरुले । आफुले लेखेको ब्लग आफैंले मात्रै हेर्ने त होईन भनेर त्यो टेम्लेट फेर्ने निधो गरें।

रंग संयोजनले ब्लग पढ्दा आँखालाई कमसेकम असर गर्ने टेम्लेट खोज्दा खोज्दै मूल रुपमा वर्डप्रेसकोलागी बनाईएको अर्को टेम्प्लेट फेला पर्‍यो । त्यो टेम्पलेट मैले आफ्नो वर्डप्रेसको ब्लग “नेपाली लघुकथा” मा पनि पहिले देखी राखेकोले त्यसलाई यो ब्लगमा पनि हालें ।

सो पनि मूलरुपमा वर्डप्रेसकोलागी बनाईएको टेम्लेट भएकोले व्याकग्राउण्ड, एलाईन्मेन्ट र फन्ट सानो ठूलो गर्न समेत HTML नै edit गर्नु पर्ने रहेछ। त्यसमा पनि व्याकग्राउण्डमा राखिएको ईमेज फाईलहरुको सर्भर डाउन भएर छिनछिनमा व्याकग्राउण्ड हराउन थालेपछि हैरान भएर अहिले फेरी यो टेम्प्लेटमा आएर अडेको छु ।

भन्नलाई ‘बनीबनाउ’ टेम्पलेट भनीए पनि कुनै पनि नयाँ ले-आउटलाई चित्त बुझ्ने बनाउन निक्कै मेहनत गर्नु पर्छ र मेरो आफ्नो अनूभवमा सायदै कसैलाई कुनै पनि ले-आउटसंग पुर्णरुपमा चित्त बुझ्ला ।

ब्लग लेखन अनन्त यत्रा हो भने ब्लग सजावट पनि शायद त्यसैसंग निरन्तर चल्ने उपक्रम होला, त्यसैले अहिलेलाई आफ्नो घरको बास्तुमा यो परिवर्तन गरेको छु । बाँकी अगाडी के हुन्छ हेर्दै जाँउ ।

15 comments:

  1. दिलिप जी मिठो अनुभवहरु बाडनु भएकोमा धन्यबाद । तपाइले भने झै सबैको घरहरु लिपपोतले चिटिक्क परिरहेकछन दिनानु दिन ।
    अनि तपाइको यो नयाँ सजावटमा प्रस्तुत भएको ब्लगघर अति नै राम्रो लाग्यो मलाई ।

    मेरो बारेमा भन्नुपर्दा मन त नभएको हैन मलाई पनि सर-सजावट गर्न तर प्रमुख कुरा ब्यस्तता अनि दोस्रो कुरा म यो रंग रोगन र सिगार पटारको कुरामा अलि कमजोर नै छु । सबैको घर आधुनिक भएकोले मैले पनि सजाउने रहर छ त्यसैले दिलिप जी तपाइबाट केहि जानकारिको अपेक्षा राखेको छु ।

    ReplyDelete
  2. छरितो देखिएको छ दिलिप दाइ यो नापनक्शापनि, रंगसंयोजन पनि ठिकै छ तर अक्षरहरु (फण्ट) असाध्यै साना भए।

    ब्लगको वास्तु बेला-बेलामा परीवर्तन गरीरहनुपनि राम्रै हो। तर धेरै समय दिन भने सक्या छैन अझै।

    ReplyDelete
  3. यो पाली भने निशाना राम्रै ठाउँमा परेको ठहर्‍याएँ मैले, दाइको ब्लगको सिँगारको सन्दर्भमा । प्रत्येक पोष्ट मज्जाले छुट्टिएका र हेर्न पनि आँखालाई सुबिस्ता । रङ पनि सम्हाल्न सकिने खालका । अनि पोष्टको सन्दर्भमा पनि ब्लगरहरूको नशादेखि भावदशा समेत गजबले खुलाउनुभएको छ । जति सज्जा भरे पनि आजको सज्जा केही कालपछि पुरानो बनिहाल्ने रहेछ । यसलाई असन्तोषी मन भन्ने कि परिवर्नशीलताको आवश्यक मोड । मैले पनि अन्जानवश भए पनि लतपत गर्दै आएको छु, गर्दै जाँदा केही मेसो पाइने रहेछ । दाइहरूको मार्गदर्शनले पनि गर्छ है अरू धेरै कुरा चाहिँ ।

    ReplyDelete
  4. मलाई त जति गरेपनि चित्त बुझ्दैन यो ब्लगको वास्तुमा !! अझ बनाउन आफैँ मजाले जानिँदैव त्यहि भएर हैरान छ !! दाइको यो नयाँ वास्तु अलि खल्लो पाराको भएको हो कि
    ???

    ReplyDelete
  5. मलाई मनपर्ने दुई रंग हरु निलो र पिंक दुबै को संयोजन ले यो ब्लग अझ छरितो भएको छ | आफ्नो आँखै कमजोर भा'र पो हो की अक्षर साना भएको चाहीं मैले पनि महसूस गरेको छु |

    ReplyDelete
  6. दिलीप जी ले सोरै आना सही कुरो गर्नु भएको छ के गर्ने जीवन जी ले भने झै - असन्तोषी मन न पर्यो ! पोस्ट संगै सजावट गर्ने रहर पनि जाग्दो रहेछ , त्यसैको उपज हो परिवर्तित स्वरुप अनि मित्रहरु को सिको पनी हो ।
    अहिले को तपाईको सजावट अलिक राम्रो भएको छ यस अघिको लेफ्ट साइड मा भएको पिक्चर पनी मिलेर रहेको रहेछ - पाठक को निकै ध्यान राख्नु भएको रहेछ खुसी लाग्यो - कलर को समायोजन उपायुक्त लाग्यो । अनि मित्रहरुले सानो अक्षर भन्नु भा'रहेछ तर मैले त यतिको ठीकै देखेको छू ।

    ReplyDelete
  7. I think Three column templates are the best ones. After some point I just gave up...

    :)

    मेरो ब्लग को रुप परिबर्तन् नगरिेको बर्स दिन भन्दा बढि भो ।

    But I feel that it looks OK!

    ReplyDelete
  8. You are absolutely correct! whenever free, I too try to modify the appearance of my blog but the new one looses its appeal very soon.. I have been following the changes that you have done during last few days (few weeks rather :-)). and I am not sure if the current appearance is going to be here for some time. If so, then I should say this one definitely looks better. I too like the 3-column templates. btw, your approach is always innovative...so Good-Luck in your quest for 'perfection'!

    ReplyDelete
  9. दिलीपजी , मलाई चैं भने तपाईंको ब्लगमा पसेर पढ्न नै धौ भै रहेथ्यो तर अब ठिक भयो । के कारणले त्यो समस्या आएको र के कारणले ठिक भयो तिर चैं नजान्ने ठाउँको गफै नलाउनु भनेझैं छु । तपाईको ब्लगको नयाँ वास्तु राम्रो लाग्यो सजावटका साथै त्यसको उपयोगको अधिकतालाई पनि ख्याल गर्नुभएको छ ।

    ReplyDelete
  10. हुन त सबैले राम्रो भन्नुभा'को रहेछ, तर मलाई भने खै अलि कस्तो कस्तो लागिरा'छ । केही नमिलेको जस्तो र केही नपुगेको जस्तो ।

    ३ कोलम को टेम्प्लेट भएर पनि, प्रयोगमा भइरहेका टेम्प्लेट भन्दा यसको साइज अलिकति ठूलो भएर पनि सायद त्यस्तो लागेको हुनसक्छ । अनि रंग को सन्दर्भमा, भन्दा धेरै रंग प्रयोग गर्न खोजे जस्तो देखिएको छ, अत: रंगहरु को समंयोजन सही छ भनेर म भन्न सक्दिन । एउटै पेज मा धेरै रंग प्रयोग भएका छन्, माथि निलो, फेरी साइडमा अर्को, बिचमा सेतो । अनि अक्षरहरु पनि कुनै रातो, निलो, बैजनी, हरियो धर्सो ले घेरिएको ब्लग । साँच्चि मलाई रंग संयोजन चाँहि मनपरेन । हिजोआज प्राय: पेजहरुमा निकै कम रंग चलाउने गरिन्छ ।

    त्यस्तै मेनुबार सबैभन्दा माथि राखिएको पनि ठिक लागेन, त्यसलाई पनि तल नै झार्नुपर्ने सुझाव छ मेरो ।

    अर्को कुरा, टेम्प्लेट को चौडाइ घटाउनुहोस्, चौडाइ नघटाउने भए, बिच को ब्लग को भागको चौडाइ बढाउनु उपयुक्त ठहर्ला । ती दुई छेउमा भएका कोलमहरुको चौडाइ घटाउँदा छरितो देखिन्छ ।

    अनि लेखाइको बारेमा त के भनिरहनु र, दिलिप दाइ को लेखाइको म जबर्जस्त फ्यान भइसक्या छु ।

    ReplyDelete
  11. * फन्ट को साइज पनि घटाउनु पर्ने देखिन्छ !

    ReplyDelete
  12. हो भन्या, मान्छे परिवर्तनशिल भएर हो कि मलाई पनि त्यस्तै हुन्छ । पहिले ब्लग ब्लगस्पट मा हुंदा त्यो HTML संग चलेको चलै हुन्थ्ये । पछी Wordpress मा डेरा सरे पछी त्यो कम भयो, तर template हरु change गरी राख्ने हावा चल्यो । त्यस पछी आफ्नै Domain लिने, अनी पछी आफ्नै hosting service को हावा लाग्यो । धन्न धेरै भयो आजकाल ब्ल्गको साज सज्जामा नचलेको। अहिलेलाई धेरै नै सन्तुष्ट छु आफ्नो ब्ल्ग को overall structure बाट ।

    तर यि सब अनुभवबाट एउटा ठुलो पाठ के सिकियो भने: KISS

    Keep
    It
    Simple
    Stupid

    ब्ल्ग खुल्ने बेला धेरै समय लगाउने, अनावश्यक script हरु install गर्न लगाउने site हरु मलाई मन पर्दैन ।

    ReplyDelete
  13. लौ न दाई...मेरो ब्लग www.meellon.blogspot.com मा फोटो बकेट भन्नेको लोगो देखिएर हैरान पार्यो .. यसलाई हटाउने केही उपाय पत्ता लगाइदिनु पर्यो...

    ReplyDelete
  14. सबै ब्लगर मित्रहरु तथा शुभ चिन्तक साथिहरुमा धन्यवाद् ।

    सबैजनाको सल्लाह र सुझाव अनुसार समय मिलेको बेलामा यसलाई रंगीचगीं हैन कि 'सरल' बनाउने कार्यमा लाग्नेछु ।

    तर एउटा कुरामा भने अलि कन्फ्युज भयो केहि साथिहरुले यो फन्ट सानो भयो भन्नु भएको छ भने कसैले यहि फन्टलाई ठूलो ! ।
    ----------------------------------

    मिलनजी!, तपाईको ब्लगरको ब्लगमा सायद केहि व्याकग्राउण्ड ईमेजहरु राखीएका थिए, जुन ईमेजहरु 'फोटोबकेट'मा होस्टीङ भएका थिए । अहिले त्यसको व्याण्डविड्थ क्रस भएकोले तपाईको टेम्प्लेटमा दिईएको व्याक ग्राउण्ड लिन्कले त्यो ईमेज नभेटेर यो समस्या भएको हो ।

    मैले भर्खर तपाईको ब्लगको 'पेज सोर्स' हेर्दा धेरै ठाँउमा त्यो ईमेज प्रयोग भएको छ ।

    सबैभन्दा सजिलो भनेको ब्लगरको Dashboard मा जानुहोस अनी Layout हुँदैं Edit HTML मा गएर त्यो व्याकग्राउण्ड ईमेज खोज्नुहोस।

    मेले पेज सोर्समा हेर्दा तपाईको हेडर, बडी, साईडबार सबै ठाँउमा व्याकग्राउण्ड ईमेज प्रयोग भएको छ।

    त्यहा:
    background-image:url(http://i217.photobucket.com/albums/cc189/layout4all/bg_03-3.gif);
    margin:0;
    अनी

    background: #003366 url(http://i217.photobucket.com/albums/cc189/layout4all/header-3.gif);

    जस्तै गरी धेरै ईमेज प्रयोग भएका छन।

    एक-एक गरी त्यो "background: ....." लाई "background: none;" गर्नुहोस।

    Save Template गर्नु अगाडी Preview गरेर हेर्नुहोस र सबै अनवश्यक व्याकग्राउण्ड झिकेर ठीक्क मिलेपछि मात्रै Save Template गर्नुहोला ।

    आवश्यक रहेमा तपाएले सो व्याकग्राउण्ड ईमेजको सट्टा आफ्नै व्याकग्राउण्ड पनि राख्न सक्नुहुन्छ।

    ReplyDelete
  15. धेरै धेरै धन्यबाद ... दाईको सल्लाह पुरा पुरी काम लाग्यो...

    मैले नि जमानामा html कोड त पढेको थिएँ ... तर अहिले थाहा भो त्यों सब नाम मात्रको रहेछ... जे होस हजुर शिक्षाले मलाई निकै पोषण दिँदै छ ... अब फुर्सद मिले पीछे यी कोडमा चकचक गरिरहन्छु ...

    फेरी पनि धेरै धेरै धन्यबाद

    ReplyDelete