11 April, 2009

कामना-शुभकामना !!

Sagarmatha प्रदीप्त ज्योति पुञ्जको प्रखर प्रकाश झैं बनी
यो देश विश्‍व सामुमा भू-दिव्य भै चम्कियोस ।
त्यो श्वेत, सुभ्र, सुन्दर हिमाल झैं अटल रहि
मेरो नेपाल सधैं-सधैं सुशान्त भै लम्कियोस ।

अखण्ड अस्तित्व संगै भातृत्व भावमा रहि
यो जात-भात र क्षेत्रको संकृणता बाट उठौं ।
तेरो मेरोको भेद यो अती नै भैसक्यो अब
मेरो तेरो सबै भुली यै देश निर्माणमा जुटौं ।

विविधताको देश यो, विशेषताको देश यो Nepal flag
बनिरहोस, चलिरहोस जाती गुण थरी-थरी ।
जो नित्य निरन्तर रह्यो अक्षुण र स्वाधीन 
फूलीरहोस, चुलीरहोस स्वतन्त्रता सधैंभरी ।

नया बिहानी यो बर्षको नवीन द्वार नै बनी
असीम सोचको संगै उमंगले भरीरहोस ।
निकासको, प्रयाशको अठोट देश विकासको
अदम्य जोशकासंग अघी-अघी बढीरहोस ।

21 comments:

  1. यस्तै सकारात्मक चिन्तन मौलाओस् सबैमा ।
    शुभ कामना ! यही वन्दना !!

    ReplyDelete
  2. मेरो पनि शुभकामना सबैलाई !!!

    ReplyDelete
  3. स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

    यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म पनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

    ReplyDelete
  4. नयाँ बर्षले सबैमा सकारात्मक सोचको बिकाश गर्न मद्दत पुर्याओस..

    दाइ, सम्पूर्ण ब्लगर साथी र पाठक बर्गमा मेरो तर्फबाट शुभकामना

    ReplyDelete
  5. शुभकामना नयाँ वर्षको । त्यो कामना सबैमा पलाओस ।

    ReplyDelete
  6. कबिताको जस्तै नयाँ सोच र सकारत्मक प्रेरणाको शब्द-शब्दमा जरा गाडेर मौलाउदै जाओस नयाँ बर्ष । सम्पुर्ण साथिहरुमा नयाँ बर्षको मंगलमय शुभकामना ।

    ReplyDelete
  7. सबैलाई नयाँ वर्षको मंगलमय शुभकामना।

    ReplyDelete
  8. Indeed a nice composition! Loved it immensely.
    And a very happy and prosperous new year 2066 to you and all the visitors of this blog!

    ReplyDelete
  9. यो सुभेच्छा उन्नति र प्रगतिको प्रेरणा बनोस
    यो कविता नया दिन नया बर्ष र नया बाटोहरु हिड़ने पाइला बनोस, प्रारंभ बनोस ।

    नया बर्षको शुभ कामना ।

    ReplyDelete
  10. नव बर्ष २०६६ को तपाईं लगायत यो ब्ल्गका सबै पाठकहरुलाई मेरो शुभकामना

    ReplyDelete
  11. दिलिपजी नयाँ बर्षको शुभकामना। कबिताले भने झै आउने साल आशाका किरणहरु, उत्साहका तरङहरु फैलिउन भित्रपनि बाहिरपनि !!

    ReplyDelete
  12. नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  13. नयाँ वर्षको धेरै शुभकामना दाइ !!!!

    ReplyDelete
  14. नयाँ वर्षा र्सवप्रथम शुभकामना सम्पूर्ण ब्लगर योद्धाहरुमा,
    प्रदीप्त ज्योति पुञ्जको प्रखर प्रकाश झैं बनी
    यो देश विश्‍व सामुमा भू-दिव्य भै चम्कियोस ।
    साञ्चै हजुरले भनेजस्तै, हजुरको सिर्जना व्यक्त गरेझै आर्शिवाद यो देशमा लागे हामी प्रगतिवादी मानिसहरु कति खुशि रहने थियौ । हाम्रो खुशिको कुनै सीमा नै हुँदैन थियो होला । आशा गरौं तपाईका कवितामा व्यक्त गरिएका भावनाहरु यो नयाँ वर्षको विहानीमा आर्शिवाद सरि लागु होस् ।

    ReplyDelete
  15. नयाँ वर्षा र्सवप्रथम शुभकामना सम्पूर्ण ब्लगर योद्धाहरुमा,
    प्रदीप्त ज्योति पुञ्जको प्रखर प्रकाश झैं बनी
    यो देश विश्‍व सामुमा भू-दिव्य भै चम्कियोस ।
    साञ्चै हजुरले भनेजस्तै, हजुरको सिर्जना व्यक्त गरेझै आर्शिवाद यो देशमा लागे हामी प्रगतिवादी मानिसहरु कति खुशि रहने थियौ । हाम्रो खुशिको कुनै सीमा नै हुँदैन थियो होला । आशा गरौं तपाईका कवितामा व्यक्त गरिएका भावनाहरु यो नयाँ वर्षको विहानीमा आर्शिवाद सरि लागु होस् ।

    ReplyDelete
  16. नयाँ बसन्त को पालुवा ले सजियोस जीवन, प्रेम र खुशी ले भरियोस मन, सफलता को नयाँ बनोस काहानी नयाँ बर्ष ले ल्यवोस सबै को जिवन मा सुनौलो बिहानि " हप्पी न्यू YEARS २०६६ ALL.

    ReplyDelete
  17. पूर्वको मधूरो
    घाम नयाँ होस् ।
    बदलियोस् नारा
    काम नयाँ होस् ।
    फेरियोस् युग
    नयाँ होस् जमाना ।
    नव वर्ष २०६६ को हार्दिक शुभकामना

    ReplyDelete
  18. नयाँ साल २०६६ ले समस्त नेपालीमा
    शान्ति, समुन्नती र सद्भावको
    विकास गर्ने प्रेरणा देओस् ।

    ReplyDelete
  19. नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  20. wow ...dilip dai...the poem is really great...... I like to write poem but what to do ??? the complex words don;t come in my mind so that i could enroll them in the poem !!!!

    You have a nice poem creativity ..glad to see that dilip dai ....

    ReplyDelete
  21. very nice pome . i feel cry while i read - - -
    such a great wish on this pome . hear touch - - -
    thanku .

    ReplyDelete