28 April, 2009

चोरहरुको देवी --मां जोगणिया--

धनकोलागि लक्ष्मी, शिक्षाकोलगि, सरस्वती त बलकोलागी हनुमान त त्यस्तै भिन्न भिन्न ईच्छा र आकांक्षा पूर्तीको को लागी भिन्न भीन्न देवताको कल्पना र उपासना समाजमा ईतिहासपर्यन्त चल्दै आएको छ। तर चोरहरुको पनि छुट्टै भगवान र मन्दिर छ भन्ने हामिमध्य धेरैलाई थाहा नहुन सक्छ । हो, तपाईले ठीकै पढ्नु भएको छ, म आज चोरहरुको देवीको बारेमा चर्चा गर्दै छु ।

भारतको मध्य प्रदेशमा नीमचबाट नजीक एउटा अनौठो देवीको मन्दिर छ । मां जोगणिया देवी भन्ने नाम भएपनि यो मन्दिर ‘चोरों कि देवी’ नामले बढी चिनिन्छ । बिहडमा रहेको र कठीन बाटोबाट पुग्नु पर्ने यो मन्दिर किन चोरको देवी भनेर चीनिन्छ भन्ने बारेमा एउटा अपत्यारीलो तर रमाईलो किंवदन्ति छ:

किंवदन्तिका अनुसार परापूर्वकालमा एकजना हतकडी लगाईएको चोर, पुलिसबाट भाग्दै भाग्दै बिहडको बिकट बाटो हुँदै यो मन्दिरमा आईपुगेछ । जब चोर यो मन्दिरमा प्रवेश गरेछ तुरुन्तै उसका हतकडी आफैं खुलेछन र सांप बनेर पुलिसलाई लखेटेछन । यसरी चोर सुरक्षीत भएछ ।

त्यहि समयदेखी यो मन्दिर चोरहरुकोलागी लोकप्रिय भएछ । अनी चोरीलाई अन्जाम दिनु अगाडि चोरहरु यस मन्दिरमा सफलताकोलागी प्रार्थना गर्न जान थालेछन । तर किंवदन्तिका अनुसार देवीले केवल चोरलाई मात्रै संसक्षण र सफलता प्रदान गर्छीन अपराधीलाई होईन (स्थानिय व्यक्तिहरुको भनाई अनुसार धन‍-माल मात्रै चोर्नेहरु ‘चोर’ मा पर्छन भने अपहरण गर्ने, मार-काट गर्नेहरु भने ‘अपराधी’ मा पर्छन ) अपराधीलाई भने चोरको देवीले मानसिक वा शारीरिक सजाय दमेत दिने गर्छीन भन्ने जन विश्‍वास छ ।

रमाईलो कुरा के छ भने अहिले पनि चोरी गर्न जानु अगाडि चोरहरु यहाँ जाने र मांसंग ‘आज्ञा’ लिने गर्छन । यो ‘आज्ञा’ लिने तरिका पनि अद्भुत छ। प्रथा अनुसार चोरहरु चोरी गर्नु अगाडि हातमा दुईवटा फूल लिएर मन्दिरमा जान्छन । ती दुई फूलमा एउटा ‘आज्ञा’ को सूचक र अर्को ‘निषेध’ को सूचक हुन्छ । चोरहरुले दुबै फूल एकैचोटी देवीको हातमा चढाउँछन, दुबै फूल हातमा नअटने भएकोले एउटा फूल तुरुन्तै खस्छ, अब मुर्ती अगाडि हात थापेर बसेको चोरको हातमा ‘निषेध’ को सूचक फूल खसेमा चोरले सो चोरीको योजना रद्द गर्छ, तर यदि ‘आज्ञा’ को सूचक फूल खसेमा भने आत्मविश्वासकासाथ चोरी गर्न जान्छ र यसरी ‘आज्ञा’ मिलेपछि चोरी गर्दा ‘सफलता’ मिल्ने र नसमातीने समेत विश्वास छ ।

चोरीको सफलता पछि चोरीको सानो हिस्सा देवीलाई पनि चढाउने प्रचलन रहेको पनि बताईन्छ । चोरी गर्न हिंडदा ‘अपराध’ गरेमा वा सफलता पछि केहि नचढाएमा पनि माताले चोरलाई सजाँय दिने पनि किंवदन्ति छ ।

सुन्नमा आए अनुसार विगत केहि समय यता यो मन्दिरको प्रचार बढ्दै गएकोले वरीपरिका सहरका चोरहरु पनि “ठुलो हात मार्नु” अगाडि यहाँ आराधना गर्न पुग्न थालेका छन ।

अन्तमा कतै टेलीभीजनको हास्य कार्यक्रममा एकजना हा्स्य कलाकारले भनेको एउटा वाक्य याद आयो “भारत एक अजीबों गरीब देश है-- अर्थात अजीब किसीमको गरीब देश” चोरीमा पनि देउतालाई मुस्ने कार्य साँच्चै अजीब छैन त?  ।

यो पनि हेर्नुहोस:

… … जहाँ चोरहरु साधना गर्छन ।

(स्रोत: विभिन्न पत्र-पत्रिकाहरु)

14 comments:

  1. हाहाहा !
    यो अजिब संसार मा खै, के-के हुन्छ के-के ! चोरहरु पनि चोर गर्नु अगाडि प्रार्थना गर्नेरहेछन् । रमाइलो जानकारीको लागि धन्यवाद !

    ReplyDelete
  2. भक्त चोर भएपछि त अब भगवान पनि चोर नै त भयो होला नि .....साच्चै रमाईलो रहेछ चोरको मन्दिर ...

    नेपाल तीरका चोर त अधर्मी पनि रहेछन...अब हाम्रोमा पनि ब्यबस्था गर्नु पर्ने भो एउटा मन्दिर... सिंह दरबार छेउ छाउमा

    ReplyDelete
  3. गजबको लीला देख्‍नु-सुन्नुपर्छ ।
    हुन त हाम्रो हिन्दु स‌ंस्कारमा भगवान्‌ले नै भोग खान्छन्, चोरप्रति सदाशयता राख्‍ने छुट्टै भगवान् हुनु पनि 'समावेशी'का हिसाबले ठीकै हो :-)। चोर बिचराको पनि हक सुरक्षित हुनुपर्‍यो नि समाजमा ।

    ReplyDelete
  4. ए अचम्म !!

    अपराधीहरुलाई त किन देवीको शरणमा गैरहनु पर्थ्यो होला र ? आधुनिक देवता ( राजनेता ) कै छत्रछाँया मिलिहाल्छ ।

    ReplyDelete
  5. Interesting and informative post! though sounds a bit weird (and surprising) that the goddess actually help the thieves.

    ReplyDelete
  6. Ha.ha.ha.ha

    Very Interesting one!, After all it is about India. Anything can happen there.

    You are maintaining a great blog! liked it.

    ReplyDelete
  7. अनौठो जानकारीको लागी धन्यबाद ! दिलीप जी !!
    जे पनी हुदो रहेछ यो संसारमा - हिजो देश बनाउछु भन्नेहरुले त ... आज देश बिगार्दैछन |

    ReplyDelete
  8. त्यही त बाच्नु पर्छ के के देख्न र सुन्न पाईन्छ। गजब लाग्यो मलाई त।

    ReplyDelete
  9. रमाईलो प्रसंग रहेछ! यस्ता कुरा भारतमै किन बढी पाईन्छन् भनेर अचम्ममा परेको छु म:)

    ReplyDelete
  10. हा हा !! बडा रमाईलो मन्दिर रै'छ त !! दाइपनि पुग्नुभयो त्यहाँ ? हाम्रा देशका चोरहरूसम्म यो सन्देश पुर्याउने काम गर्नुपर्यो अब र त्यहि देवीको शाखा कार्यालय खोल्नुपर्यो नेपालतिर पनि !!

    ReplyDelete
  11. टिप्पणीको लागि सबैलाई धन्यवाद् (प्राय: मैले अन्दाज गरेको जस्तै टिप्पणीहरु आए :)।

    देशको भद्रगोल स्थितिका कारण सबै साथिहरुले यसलाई पनि हाम्रा नेता र देशको स्थितिसंग जोडेर हेर्नु भएको छ।

    मलाई लाग्छ हामिकहा अघोषीत रुपमा घर‍घरै यस्ता मन्दिर प्रसस्तै होलान, त्यसैले सिंह दरवार वा अन्त कुनै साखा खोल्नु जरुरी छैन जस्तो लाग्छ ।

    धाइबाजीको 'समावेशी'को कुरा पढ्दा भने साह्रै हाँसो लाग्यो । अनी दीपकजीको कुरा पढेपछी सायद सबै साथिहरुलाई खुलस्त भयो होला। हामिकहाँ यस्तो मन्दिर किन छैन भनेर।

    हामिकहाँ जिवित देवता र देवीहरुनै छन नि त :)अँ त, भर्खरै यो मन्दिरको बारेमा अर्को एउटा जानकारी पनि प्राप्त भयो (अनौपचारिक हो तर यहाँ राख्दै छु) ।

    कुरा के भने आफ्नो कार्यलाई अन्जाम दिन यहाँ चोरहरु जाने गरेको कुरा स्थानीय प्रशासनलाई पनि थाहा छ रे!, तर माताको कोपको आशंकाका कारण र घटना हुनु अगाडि प्रमाण नहुने कारण कुनै पनि पुलिस कार्बाहि हुँदैन रे त्यहाँ ।

    ReplyDelete
  12. अति रमाइलो जानकारि दिलिप जी । धाइवा जे ले भने झै चोरहरुको पनि त अस्तित्व हुनुपर्यो नि हैन र? अब कसैलाई चोर्ने इच्छा जगेर आयो भने लागे हुने रहेछ भारततिर ।
    कति रमाइलो उपाए चोरको लागि भगवानको दर्शन पनि चोर्ने आज्ञा पनि हा.. हा.. हा..

    ReplyDelete
  13. एकदमै रोचक लाग्यो, दिलीप जी! अब जिज्ञाशा भने के जाग्यो भने, त्यो मन्दिर वरीपरी पुलिसको गस्ती भने हुंदैन रहेछ कि कसो होला?

    ReplyDelete
  14. Gajabko Devi Rahecha cha ra padhna ramailo pani bhayo. हा हा हा ।।।

    ReplyDelete