17 April, 2009

Yahoo ! अब कुनै पनि ईमेल क्लाईण्ट बाट ।

ईमेल प्रदायकहरुमा चलेको प्रतिस्पर्धाका कारण २ एम. बि. बाट शुरु गरीएको निशुल्क हटमेल ५ जिबिमा पुगेको मात्रै छैन, त्यो संगै अन्य भिन्न भिन्न सुबीधा उपलब्ध गराउन पनि जिमेल, याहु र हटमेल लगाएतका सबै प्रदायकहरु प्रयत्नरत छन। यसै क्रममा हटमेलले केहि समय अघि मात्रै आफ्ना सबै नि:शुल्क प्रयोगकर्ताहरुकोलागी समेत Free Hotmail POP3 access शुरु गरेको थियो । जसका कारण अब तपाईले कुनै पनि ईमेल क्लाईन्टको प्रयोग गरेर हटमेल हेर्न, लेख्‍न र पठाउन सक्नु हुनेछ र ईमेल हेर्न www.hotmail.com मै गईरहनु आवश्यक छैन। पहिला Hotmail Plus users का लागि मात्रै रहेको यो सुबिधा अब सबैले निशुल्क: पाएका छन।

त्यस्तै याहूको Yahoo! Mail Plus प्रयोग कर्ताले मात्रै उपभोग गर्दे आएको सुबिधा पनि आफ्नो सेटिङमा सामान्य परिवर्तन गरेर सबैले पाउन मिल्ने भएको छ। हुन त, यस अघि पनि एउटा YPOPs! भन्ने नि:शुल्क सफ्टवेयरको प्रयोग गरी याहुका मेलहरुलाई कुनै पनि ईमेल क्लाईण्टका माध्यमले हेर्न र पठाउन सकिन्थ्यो, तर थर्ड पार्टि सफ्वेयर प्रयोग नगर्ने हो भने विना झन्झट याहु मेललाई कुनै पनि मेल क्लाईन्ट जस्तै Outlook Express, Incrediamail, Netscape आदि प्रयोग गरेर हेर्न आफ्नो सेटिङमा निम्न परिवर्तन गर्नुहोस ॥

१) पहिला आफ्नो युजर नेम र पासवर्ड हालेर याहु मेलमा लगईन गर्नुहोस।

Both layout २) अब माथि चित्रमा देखाईए जस्तै "Welcome …… " लेखिएको ठाँउसंगैको आफ्नो आईडी मा क्लिक गर्नुहोस। तपाईलाई पून एक पटक पासवर्ड हाल्न लगाईने छ, सो गर्नुस र "sign in" थीच्नुहोस । तपाई यदि याहूको नयाँ ले-आउट प्रयोग गर्दै हुनुहुन्छ भने सिधै दायाँ चित्रमा देखाईए जस्तै आफ्नो नाम भन्दा मुनिको My Account मा क्लिक गरेर Member Information मा पुग्न सक्नुहुन्छ ।

३) अब तपाई आफ्नो सबै सूचना भएको "Review My Account Information" भन्ने पेजमा पुग्नु हुनेछ । त्यहा तल चित्रमा जस्तै Member Information मा हेर्नुहोला । र सो को दाँया पट्टी रहेको "Edit" मा थिच्नुहोस ।

member information full

४) Member Details भन्ने नया पेज खुल्ने छ, अब तलको चित्रमा जस्तै "Preferred Content" मा हेर्नुहोस र त्यहाँ "Yahoo! U.S." वा अन्य केहि छ भने त्यसलाई क्लिक गरेर "Yahoo! Asia" बनाउनुहोस र "Finished" मा क्लिक गर्नुहोस ।

Before changeबस, तपाईले यो सेटिङ सहि तरिकाले गर्नु भएको छ भने अब तपाईको याहू तलको चित्रमा जस्तै  देखिने छ । (अर्थात:Yahoo! Mail ASIA)

pop and forwarding५) अब तपाईले Options (Mail options) मा क्लिक गर्नु भयो भने " POP & Forwarding " भन्ने मेनु देख्‍नु हुनेछ । त्यसमा क्लिक गर्नुहोस र "Setup or edit POP & forwarding" मा प्रवेष गर्नुहोस।

६) यहाँ "Web & POP Access [POP Settings] मा चेक मार्क लगाउनुहोस र "Save" गर्नुहोस। बस्।

७) याहुको Server Settings यस्तो हुने छ:
Incoming Mail Server (POP3): pop.mail.yahoo.com
Use SSL, port: 995
Outgoing Mail Server (SMTP): smtp.mail.yahoo.com
Use SSL, port: 465, use authentication

जुन तपाईले [POP Settings] मा क्लिक गरेर पनि प्राप्त गर्न सक्नु हुनेछ ।

अब तपाई माथिको सर्भर सेटिङ प्रयोग गरेर कुनै पनि ईमेल क्लाईण्टबाट याहू मेल हेर्न, लेख्‍न र नयाँ पुराना सबै पत्रहरु एटेचमेण्टका साथ आफनो कम्प्युटरमा सुरक्षीत राख्‍न सक्नु हुनेछ ।

एउटा याद गर्नु पर्ने कुरा के छ भने ईमेल क्लाईण्टमा भने तपाईले याहुको पुरै ठेगाना अर्थात "........@yahoo.com" नै लेख्‍नु पर्छ । याहुसाईटमा जस्तै "@yahoo.com" हटाएर युजर आईडि मात्रै हालेर हुँदैन ।

नोट: याहूमा आउने मेलहरु, याहूको सर्भरमा आउने बित्तिकै आफैं हटमेल, जिमेल वा अन्य कुनै ईमेलमा Forward गर्न पनि अब सम्भव भएको छ। याहुमा आउने आफ्ना मेलहरु सिधै हटमेल, जिमेल वा अन्य कुनै पनि ईमेलमा Forward गर्न चाहनुहुन्छ भने "Setup or edit POP & forwarding" मा क्लिक गरे पछि, "Web & POP Access [POP Settings] मा चेक मार्क नलगाई “forwarding” चेक मार्क लगाउनुहोस । अब “Email address:” लेखीएको खाली ठाँउमा आफ्नो अर्को ईमेल ठेगाना हालेर सेभ गर्नुहोस। तपाईका  याहूमा आउने सबै मेलहरु आफैं त्यो नया ठेगानामा जानेछन।

उपलब्ध सुबिधा प्रयोग गर्नुहोस र मेल हेर्न र पठाउने र बचत गर्ने कार्यलाई झन्झटपुर्ण हैन सरल र सुबिधाजनक बनाउनुहोस ।

Enjoy!

12 comments:

  1. राम्रो सँग व्याख्या गरी दिनु भएको मा धन्यबाद। बढो प्रस्त सँग लेखी दिनु भयो।

    ReplyDelete
  2. thanks for good information dilip ji.

    ReplyDelete
  3. सदा झैँ उपयोगी जानकारी सजिलो गरी बुझाइदिनुभएको छ ।
    यसलाई पनि अपनाएर हेर्नेछु ।
    गुनिलो काम जारी रहोस् ।

    ReplyDelete
  4. Thanks for an informative post! Though I had a bit of idea about it but your way to explain things really impresses me.

    ReplyDelete
  5. उपयोगी जानकारीको लागी दाइलाई धन्यबाद ...

    ReplyDelete
  6. जानकारिमुलक टाँसोको लागि धन्यबाद दिलिप जी ।

    ReplyDelete
  7. This is nice, it can be made better by activating a feature of receiving mail from gmail.
    Before, they had not allowed to receive such forwarded emails from yahoo (restricted to plus users). Now after yahoo.asia feature we can receive forwarded emails from yahoo and read it within gmail. Which is handy in the sense that you do not have to open 20 email accounts just to see the "inbox" count.

    Did you know about the feature of Gmail which allows you to receive emails from another account? May be one article on that line will make more sense...
    http://ajabgajab.blogspot.com/2008/12/10-things-to-realize-with-gmail.html

    ReplyDelete
  8. @ Dai: Thanks for the link and reminding me about the "forwarding features".

    I forgot to mention it, actually after the tweak, we can forward all of our incoming mail from yahoo to any other email address ( I tried with Hotmail and Gmail and both succeed:)

    ReplyDelete
  9. जानकारीको लागी धेरै नै धन्यवाद

    ReplyDelete
  10. Its really to much important for me because i don't have enough idea to use a computer in right way.

    Thanks for dilip g
    i hope we will get some other useful information also in future

    ReplyDelete
  11. हुन त मैले फरक फरक प्रयोजन को लागि फरक ईमेल account खोलेको थिएं, तर कहिले कांही सबै खोलेर हेर्न अलि मुश्किल हुन जांदो रहेछ । एउटै मा हेर्न पाए त राम्रै हो नि । लौ म पनि २-3 वटा ईमेल account merge गर्ने भएं ।

    ReplyDelete
  12. Thanks 4 this information.........now it'll be easier 4 us to check da infinitive mail.

    ReplyDelete