03 May, 2009

समाचार छाप्ने होड, हतारको खबर र पत्रिकाको विश्वसनीयता

Advertisements contain the only truths to be relied on in a newspaper. Mark Twain

मलाई थाहा छ Mark Twain र नेपाली मिडीयाको बीच गोरु बेचेको पनि साईनो थिएन र छैन पनि, तर जब जब मलाई उनको माथिको भनाई याद आउँछ, मलाई लाग्छ यो व्यङ्य हाम्रै मिडियालाई लक्षीत गरेर गरीएको हो ।

मानिस स्वभावैले बिचारवान प्राणी हो र बिचार भए पछि कुनै बाद वा कुनै समुहसंग नजिकिनु वा कुनै सोचको समर्थन वा बिरोध गर्नुलाई पनि केहि हदसम्म सामान्य रुपमा लिन सकिन्छ । तर यत केहि समय देखी हाम्रा अनलाईन र अफलाईनका समाचार माध्यमहरु यथार्थ भन्दा अडकालबाजी, समाचार भन्दा भ्रम र विश्वास भन्दा भय बाँडि रहेकाछन ।

केहि समय पहिला देशका प्रमुख मानिएका छापाहरुमा विश्व्स्त सुत्रको हवाला दिदैं छापिएका ‘कु’ का कूप्रचार, देखी ‘कुनै पनि बेला केहि पनि हुनसक्ने’ त्राश र भयको मनगढन्ते सूचना प्रबाहले यहि देखाउँछ, हामिकहाँ पत्रीकामा छापीने कुरामा केवल विज्ञापन मात्रै भरोसायोग्य छन ।

लेखीएको कुरामा जबाफदेहि हुनु नपर्ने छुट र छापीएका समाचार गलत भएमा पनि जिम्मेबारी बहन गर्नु नपर्ने सुबिधाका कारण बढि भन्दा बढि पत्रीकाहरु अहिले चमत्कारी ‘त्रिशुल बाबा’का अनुयायी भएका छन र आफ्ना अडकलबाजीलाई समाचारको नाममा व्यापार गर्न व्यस्त र सफल भएका छन् । अनी पत्रीकामा दिनहुँ जस्तो धूँवादार, विष्फोटक र सनसनिखेज समाचार छापीने क्रम पनि जारी छ: “सरकार आजै ढल्ने”, “गठबन्दन टुक्रीने”, “पदमुक्त गरीए ‘कु’ हुने” आदि आदि ।

त्यसो त, समाचार पत्रकारीतामा एउटा अर्को सुबिधा पनि छ र त्यहि सुबिधाको भरमार प्रयोग गरेर पत्रकारहरु ‘विश्वसनीय स्रोत’, ‘पर्यव्यक्षक’ र ‘नाम खुलाउन नचाहने सूत्र’ को नाममा आफ्ना अन्दाज र अडकलको सनसनिखेज हौवाले बजार गर्माउँछन । समाचारलाई अझ मसालेदार बनाउन बेला बेलामा ‘गोप्य सूत्र’ र ‘निकटतम व्यक्ती’ र ‘पारिवारीक सूत्र’को पनि हवाला दिईन्छ।

आजै नागरिकमा छापीएको एउटा समाचार हेर्नु भयो पनि तपाईलाई त्यो निकटतम सूत्र वा नाम खुलाउन नचाहने’ स्रोतको झल्को मिल्छ ।

आजको नागरिकको अनलाईन संस्करणमा प्रधानमन्त्रीले कोइरालालाई फोन गरे भनेर एउटा समाचार आएको छ। जसमा प्रम र कोइरालको दोहोरो वार्ता, केहि वाक्यांश नै उद्धृत गरेर दिईएको छ, मानौं ती दुईको फोनमा कुराकानी हुँदां सो खबर लेख्‍ने पत्रकार पनि त्यहिँ थिए वा उनीहरुको फोन ‘टेप’ गरीएको थियो।

बढ्दो प्रतिस्पर्धाका कारण समाचार पहिला छाप्ने होड, ब्रेकीङ न्यूज दिने लालसा र समाचारलाई रोमाञ्चक बनाउन स्पर्धाका कारण सो ५-६ लाईनको समाचारमा “… विहान फोन गरेको छन्”, “… प्रधानमन्त्री दाहालले” र “… कुरा गर्दै कोइरालाले” जस्ता ३-४ वटा गल्ती पनि छापिएका छन ।

हिमाल खबरको यो समाचार हे्र्नु भयो भने पनि तात्तातो खबर पस्किने हतारमा समाचारको शीर्षकमा नै  शब्द दोहरीएको र एउटा समाचारमा अनगिन्ती गल्तीहरु भएको देख्‍नु हुनेछ । यो समाचारमा पहिला त शीर्षक नै “राजधानी कब्जाको कब्जाको तयारी” भएको छ । अनी पुरै खबरमा ‘माओवादी’ लाई ‘मा’वादी’ र केपी ओलीलाई ‘केपी 'ली’ लेखीएको छ। अन्य ‘प्रिण्ट मिस्टेक’ त गनेरै साध्य छैन।

(अपडेट: हाल हिमाल खबरको माथीको समाचार पनि माथी दिईएको लिन्कबाट हटाईएको छ, तर सो खबर मेरो कम्प्युटरमा सुरक्षीत छ र सो शीर्षकको स्क्रिनशट यहाँ छ । साथै Google's cache मा भने यहाँ र अन्त पनि भेटिन सक्छन )

समाजका हरेक क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनु जरुरी छ, तर अगि हुने होड, पहिलो बन्ने लालसा र बिष्फोटक समाचार पस्कने हडबडमा छापीएका समाचार कत्तीको विश्वसनीय छन भन्ने बारेमा पनि पक्कै ध्यान दिनु पर्छ । नत्र भने मार्क ट्वईनको माथिको व्यङ्य जस्तै हाम्रा समाचार पत्रीकामा पनि बरु विज्ञापन भरोसा गर्न लायक बन्लान, समाचार भने झन झन भ्रमपूर्ण बन्दै जाने पक्का छ ।

जाँदा जाँदै, पत्रकार र पत्रिका सम्बन्धमा केहि प्रख्यात व्यक्तिका भनाईहरु राख्दै छु ( नोट: मेरो आशय कुनै पत्रकार वा पत्रिका विशेषलाई लक्षीत गरेर खिल्लि उडाउनु भने हैन:)

Journalist: a person without any ideas but with an ability to express them; a writer whose skill is improved by a deadline: the more time he has, the worse he writes.” -Karl Kraus

“Bad manners make a journalist.” -Oscar Wilde

“If a person is not talented enough to be a novelist, not smart enough to be a lawyer, and his hands are too shaky to perform operations, he becomes a journalist.” -Norman Mailer

“A newspaper is a device for making the ignorant more ignorant and the crazy crazier.” -H. L. Mencken

“How is the world ruled and how do wars start? Diplomats tell lies to journalists and then believe what they read.” -Karl Kraus

“I am not the editor of a newspaper and shall always try to do right and be good so that God will not make me one” -Mark Twain

Journalists say a thing that they know isn't true, in the hope that if they keep on saying it long enough it will be true.-Arnold Bennett

Update: यो ब्लग पोष्ट टाँसेपछि माथि उल्लेखीत नागरिकको समाचारमा “… विहान फोन गरेको छन्” लाई “… विहान फोन गरेका छन्” बनाईएको छ, तर बाँकी गल्तीहरु भने अझै यथाबत नै छन। सुधार अगिको समाचारको स्क्रिनशट यहाँ छ ।

14 comments:

  1. मिडिया ले सन्सनी फैलाउने भन्दा पनि जनता लाई सुसुचित गराउनु पर्छ भन्ने तपाईंको आसय सँग म सहमत् छु दीपक जी, यद्दपी सबै हल्लाहरु असत्य नै हुन्छन भन्ने नि नहोला । जस्तो कि कु को सुचना सम्बन्धित ब्यक्ती ले नै दिएको हुनुपर्छ। प्रायस् असहमत पक्ष ले आफ्नो नाम गोप्य राखेर सुचना वा अफवाह् leak गर्दछ ।

    ReplyDelete
  2. नेपालको पत्रकारिता अझै त्यस्तोबाट उठ्ने सकेको छैन । भारतीय स्कूप न्यूजहरूको प्रभाव पो हो कि ?्

    ReplyDelete
  3. जस्ले जे भने हाम्रो देशको पत्रकारिता त्यस्तै छ। काम नपाएकि नेता बन कि पत्रकार बन्ने जस्तो भएको छ। तर त्यती नेराशाजनक भने छैन, केही सिमित परकार र उनिहरु को काम भने सन्तोष जनक लाग्छ। तपाईंले राख्नु भएको भनाइहरु मध्य H. L. Mencken को भनाइ चाँही ठिकै लाग्यो।

    ReplyDelete
  4. दिन दुगुना रात चौगुना सँख्या बढ्दै जानुको परिणाम हो स्तरमा त्यही अनुपातमा ह्रास आउनु ।
    विश्वसनियताको त कुरै नगरौं हाम्रोमा त विज्ञापनको पनि भरोसा हुन्न - हात्ति र हात्तिछाप उस्तै उस्तै हो को धङ्धङी अझै छ ।

    ReplyDelete
  5. This is the problem of Nepali media since it's inception. One reason may be nepali media can't implement sufficient man power to gather news. Or may be they think like the culture of publishing some news with guess and speculation is working then why to get hard fact news.
    Media should only portrait fact and revelent news. Thats it

    ReplyDelete
  6. सबै तिर त्यस्तै हो दिलिप जि, खाली level मात्र फरक हो ।
    Press always come in with a bang but leaves with a whimp. सुरुमा सनसनीखेज लेख पस्कियो तर पछी follow up भने zero.

    ReplyDelete
  7. Oi. Parabéns pelo excelente blog. Gostaria de lhe convidar para visitar meu blog e conhecer alguma coisa sobre o Brasil. Abração

    ReplyDelete
  8. @ Clausewitz!

    Olá!, obrigado por visitar o meu blog. Embora eu não entenda o português, também visitei o seu blog e o encontrei muito interessante e informativo....
    Blogging Feliz!!

    ReplyDelete
  9. कुरा सही हो। नियालेर हेर्ने हो भने यस्ता कुरा या त्रुटिहरु मनग्गे भेटिन्छन्।

    ReplyDelete
  10. दिलिप जी टाँसो अति उपयोगी छ । पत्रकारिताको नाममा समाजमा चेतना फैलाउने भन्दा पनि मानिसहरुलाई भ्रम फैलाई
    सहि बिचारलाई छताछुल्ल पार्ने प्रयास भैराखेको छ।तिनै कुराले गर्दा यथा चिन्तनबादि र सहि सोच भएका पत्रकारहरु पनि मुछिनु परेको छ असभ्यमा । अनि यि अन्लाइनरुपि पत्रकारिताको रुप त झनै दयनिय नै छ । समग्रमा च्याउ झै उम्रीएका समाचारमुलक मिडियाहरुले आफ्नो गल्तिहरुलाई समयमै बुझ्नु जरुरि देख्छु म । नत्र पत्रीकाको बिश्वसनियता साच्चै गुम्ने छ ।

    ReplyDelete
  11. Dois rapazes são escritos em Português. Então, eu não poderia interromper-me a escrever neste idioma. Eu só tenho pouco conhecimento de espanhol. E, antes, por vezes, eu conheci alguns brasileiros que disseram Português e Espanhol são quase iguais. Bom trabalho irmão Dilip e Clausewitz .. Mantenha Blogando ...

    हुन त अरु ब्यबसायले झै पत्र पत्रिकाले पनि आर्थिक उन्नति प्रगति गर्नु त राम्रै हो ... तर हाम्रो देशमा भने नाफाको नाममा अलिक अचाक्ली नै भएको छ ...

    ReplyDelete
  12. la la ma tapai ko kura ma sahamat chuuuuuu

    ReplyDelete
  13. i also agree with all. Prabin Thapa

    ReplyDelete
  14. @ Milan;

    Esqueci de que você soubesse esta língua !!
    मलाई त आउँदैन है, अन्दाजको भरमा लेखेको हो ।

    ReplyDelete