07 July, 2009

गुरु महत्ता – एक बोधकथा

                          

एकजना राजा धेरै टाढाबाट आफ्नै धुनमा मस्त रहने एकजना महात्मा कहाँ पुगेछन र उनीसंग सधैंको लागि कल्याणकारी मन्त्र मागेछन । सन्तले उनलाई “ॐ नम: शिवाय:” जप गर्दा कल्याण हुने बताएछन ।

सन्तको कुरा सुने पछि राजाले “म यत्ती टाडाबाट आएको छु, यो सबैले जप्ने मन्त्र दिएर मलाई के काम, कुनै असली गुरुमन्त्र दिनुहोस” भनेछन । उनको कुरा बुझेर मुस्कुराउँदै सन्तले भनेछन “एकदमै कारक मन्त्र दिन त मैले तपाईको दरबारमा आउनु पर्छ, राज सिंहासनमा बसेर मैले तपाईलाई मन्त्र दिएँ भने मात्रै त्यो एकदमै प्रभावकारी हुनेछ”

केहि दिन पछि राजाले सन्तलाई दरबारमा आदर पूर्वक सत्कार गरेर लगेछन र आफ्नो सिंहासन उनलाई छाडेर आफू भुईमा बसेछन ।

सिंहासनमा बस्ने बित्तीक्कै अचानक सन्तले अब आफैं राजा भएको घोषणा गरेछन र सैनिकहरुलाई राजालाई तुरुन्तै बंदी बनाउने आदेश दिएछन । तर राजाका सिपाहीहरु चुपचाप बसेछन । सन्तले पटक-पटक क्रोधीत भएर सिपाहीहरुलाई राजालाई तुरुन्तै समात्न भनेछन, तर उनका सैनिकहरु कसैले पनि राजामाथी हात हालेनन् र मूर्तिवत रहेछन ।

अन्तमा यो सब असामान्य घटनाबाट क्रोधीत भएका राजाले सिपाहीहरुलाई एक पटक “यसलाई समात !” मात्रै के भनेका थिए, उनका सैनिकहरु ती सन्तलाई जन्जीरले बाध्न तयार भएर सिंहासन तर्फ बढेछन । अब अचानक सन्त मुस्कुराउँदै राजातर्फ आएछन र उनले भनेछन यो सब मैले गुरु मन्त्रको महत्ता सम्झाउन मात्रै गरेको हो, “देख्‍नु भयो मैले र तपाइले एउटै शब्द दोहर्‍यायौं, तर मेरो शब्दको सैनिकहरुमाथी कुनै असर भएन भने तपाईको एक ईशारा नै मलाई बंन्दी बनाउन प्रयाप्त भयो ।”

शक्ति शब्दमा हैन शब्द उच्चारण गर्ने वा जप्ने आफैंमा हुन्छ त्यसैले मन्त्रमा पनि शब्दको हैन विश्वास र बोधको जरुरत हुन्छ। मन्त्रमा कुन शब्द प्रयोग भएको छ भनेर विश्लेषण गर्ने हैन, मन्त्र आफैंलाई जागृत गर्ने प्रक्रिया मात्रै हो । राजालाई अब भने आफ्नो अज्ञानता र भुलको महशुस भएछ र उनलाई ती सन्तप्रती झनै आस्था बढेछ ।

गुरुहरुलाई दूर्व्यबहार गर्ने, कालोमोसो दल्ने, र मरणान्त हुन्जेल पिटनेहरुको बोलबाला रहेको आजको अबस्थामा यो बोधकथा र यस्ता कुराहरु महत्वहिन होलान, तर गुरुलाई आदर गर्नु र गुरुको सम्मान गर्नु भनेको मानवताका सूचक पनि हुन। हामीहरु सचेत र सामजिक प्राणी हौं भने यो समाजमा गुरुहरुको सम्मान र मर्यादा कामय रहनै पर्दछ । आज गुरु पूर्णिमाको अवसरमा म आफ्ना सबै गुरुहरुमा सादर नमन गर्न चाहन्छु :

गुरुर्बर्ह्मा गुर्रुर्विष्णुः गुर्रुर्देवो महेश्वर
गुरु साक्षात परंब्रह्म तस्मै श्री गुरवे नमः

यो पनि हेर्नुहोस … …तस्मै श्री गुरवे नमः

17 Comments:

wordflows said...▼

i also really appreciate them.

Jotare Dhaiba said...▼

सटीक र मनासिब लाग्यो यो कथाको कुरा । सारमा होइन शब्दमा अल्झिने प्रवृत्तिको उदाहरण कति सजिलै र सशक्त रूपमा दिएका सन्तले ।
तर यो बोधकथा र गुरुपूर्णिमाको कुरा कहाँनेर मेल खान्छ भन्ने मेरो दिमागले भेउ पाएन । आज
गुरुजन आफ्नै चेलाचेलीबाटै अनास्था खेपिरहेका छन् । यस्तो अवस्थामा उनीहरू सिक्नुपर्ने कुरा र सत्मार्गबाट विमुख भइरहेका छन् । जे देखाउँछन् उनीहरू, पछिसम्म सधैँलाई तिनको पोल्टामा त्यही रहनेछ ।

दाइका गुरुभक्तिप्रति समभाव राख्दै सत्मार्ग देखाउनमा कुनै कसर नराख्‍ने मेरा प्यारा गुरुजनप्रति यसै आँगनीबाट श्रद्धाभाव चढाउँछु ।

बेदनाथ पुलामी ( उमेश ) said...▼

दिलीप जी ! निकै आदर्श पूर्ण को टासो लाग्यो | सोलुट छ तपाई को यो भाव प्रति |
म पनी आज गुरु पूर्णिमा को दिन - आज मलाई यो अबस्था सम्म आइपुग्न हरेक दृश्ट्रीकोणले ज्ञान प्रदान गर्नु हुने मेरा सम्पूर्ण आदरणीय गुरुहरु प्रति कृतज्ञता प्रकट गर्दछु |
"गुरुर्बर्ह्मा गुर्रुर्विष्णुः गुर्रुर्देवो महेश्वर
गुरु साक्षात परंब्रह्म तस्मै श्री गुरवे नमः"

आकार said...▼

गुरुपूर्णिमा को अवसरमा समस्त गुरुहरुमा मेरो शुभकामना छ । कालो मोसो दल्ने, कुट्ने पिट्ने को चाँहि म विरोधी नै हुँ ।

तर आज म तिनै मेरा केही गुरुहरुलाई गालि पनि गरिरहेकोछु, अहिले भोगिरहेको समस्या का कारण । परीक्षा को समयमा पनि विश्वविद्यालयमा शान्ति छैन ।

दीपक जडित said...▼

गुरुर्बर्ह्मा गुर्रुर्विष्णुः गुर्रुर्देवो महेश्वर
गुरु साक्षात परंब्रह्म तस्मै श्री गुरवे नमः

म असल चेला कहिल्यै कुनै गुरुको भईंन तर
यो पवित्र दिनमा गुरुजनहरुमा मेरो श्रद्धाभाव पनि यहि श्लोकले ब्यक्त गरोस् ।

बोधकथा साह्रै राम्रो लाग्यो ।

Dilip Acharya said...▼

धाइबाजी, हाम्रो धर्ममा मन्त्र गुरुसंगै लिनु पर्छ भन्ने छ । हुन त धेरै मन्त्रहरु आजकल त 'गीत'पनि बनि सकेकाछन तर पनि दिन दिनै गाउने 'गीत'वाला मन्त्र पनि जप्नु छ भने गुरुसंगै लिनु पर्छ ।

भन्नछन नी माल पाएर चाल पाएन भने काम लाग्दैन । गुरुहरु बास्तमै मालको 'चाल' पनि बताउन सक्षम हुने हुनाले यस कथाले गुरुको महत्ता दर्शाउला कि भन्ने सोचेर राखेको हुँ। जे भएपनि यहि बहानामा आज सबैले आ-आप्नो गुरुलाई त सम्झयौं नि :)

हावा The Wind said...▼

दिलिप ब्रो, सेकुलर नेपाल भएको ले होला मलाई त आज गुरु पूजा भनेर था नै थिएन माईक्रो मा आउँदा पो एउती RJ ले FM यन्त्रबत् भनेको सुनेपछी था पाए त्यै तपाईंको लास्ट को मन्त्र गुरु ब्रम्हा आदी आदी अनी त्यो RJ केटीले तेसपची फेरी यन्त्रबत् भनी अब लागौ बलिवूड् को हट हट सेक्सी सेक्सी नम्बर तर्फ

गुरु को हून ? चेला चेली को हून ? न गुरु गुरु जस्ता छन न चेला चेला जस्ता छन...सब नाटक हो..यन्त्रबत् दोहोर्याइने

DEEPENDRA said...▼

Nice story well associated to a great occasion! Thanks for this post.

On this occasion, I would like to express my gratitude, indebtedness and deepest respect to all the teachers who work selflessly to make our lives better. They help us, motivate us and inspire us. They are our role-models. I salute them!

सिकारु said...▼

रमाइलो बोधार्थ कथा । गुरुहरु प्रतिको आस्थाबाट टाढा रहनु परेको( दुरीको हिसाबले) यो घडिमा नजिकेने अवसर दिनुभयो दिलिप जी ।
त्यसैले मेरो पनि सम्पुर्ण गुरुबर्गहरुमा हार्दिक श्रद्धाभाव तथा नमस्कार दिन चाहन्छु ।

sangamkirati said...▼

म पनि आकार जि को भनाई संग सहमत छु।तर पनि गुरु भनेको गुरु नै हो जस्लाई आदर र सम्मान गर्नु सक्नु पर्छ जस्तो लाग्छ मलाई चहि धन्यबाद।।

pralad said...▼

ek dum ramro lagyoo

Prajwol said...▼

फेरी अर्को रमाइलो, सरल (तर गहन) लेख :)

B.J. Dummali said...▼

गुरु बिष्णु, गुरु ब्रम्हा गुरु महेस्वर लहै दिलिप जी उल्टा भयो कि सुल्टा मैले त लेखी हालेछु, आमा बुबा र गुरु भनेको हाम्रो जिबनको त्यो शुत्र हो जिबन शुरु हुननै सक्दैन यी तिन चीज बिना यदी भैहाल्यो भने कस्तो होला??? तपाईंले दिएको यो टाँसो भाव छन गुरुप्रती समर्पित मेरो पनि तपाईंको लेख सँगै समर्पन छ है।

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

गुरु र शिष्यको आत्मियता, महत्ता र गरीमा दिनदिनै क्षीण हुदै गैरहेको यो घडीमा, आजको दिवस र यो बोधकथाले पुन एकपटक गुरुजनको स्मरण गरायो। शिक्षकद्वारा छात्रा बलात्कृत, विद्यार्थीद्वारा शिक्षकलाई कालोमोसो, कुटपिट ....

यी यस्ता अनेकौं प्रतिनिधि घटनाहरु जन्माइरहेको आजको समाजमा, पुन "गुरु र शिष्य"का अर्थहरु पौराणिक संस्कृतिको जस्तै पवित्र बनाउन सकौं, सबैमा त्यस्तै आस्था, त्यहि मान्यता र संस्कार पुन जागृत हुन् सकोस, कामना गरौँ ! गुरुप्रति आदरभाव राखौं !!!

Basanta said...▼

सुन्दर कथा! कथाले गुरुको महत्ता त दर्शाएकै छ, साथमा सारमा भन्दा शब्दमा अल्झिरहेको हाम्रो वर्तमानमाथि एउटा कठोर प्रहार पनि गरेको छ।

Dilip Acharya said...▼

नेपालको सञ्चार जगतको सांस्कृतिक खिचडीका अलिकता कुरा त मेरो स्याटेलाइट संस्कृति मा पनि छ । त्यसको बारेमा धेरै कुरा नगरौं । गुरु पू्र्णिमा र सेक्सी गीतलाई एकै ठाउँमा हालेपछि अरु बढि कुरा गर्नै परेन :)

मक्कार गुरु र बदमाश चेला पनि छन भनेर सबै गुरुलाई 'गोरु' बनाउनु त भएन नी कसो !

Umesh Gajurel said...▼

गुरुर्बर्ह्मा गुर्रुर्विष्णुः गुर्रुर्देवो महेश्वर
गुरु साक्षात परंब्रह्म तस्मै श्री गुरवे नमः

मेरा आदणीय गुरु प्रती ढोग ब्यक्त गर्दछु
सर ले भभन्नु भाकेा कुरा एकदम ठिक हेा
" मक्कार गुरु र बदमाश चेला पनि छन भनेर सबै गुरुलाई 'गोरु' बनाउनु त भएन "

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼