20 July, 2009

केही ब्लग ह्याक र उपयोगी ग्याजेटहरु

                          

हुनत वर्डप्रेस र अरु केही नामवाला नि:शुल्क र गुणस्तरीय ब्लग प्रदायकहरु नभएका होईनन्, तर चाहे र ‘सके’ पुरै नाप-नक्शा र सम्पूर्ण अवयबहरु सम्पादन, परिवर्तन र थप-घट गर्न मिल्ने हदैसम्मको लचकता भएका कारण ब्लगरमा ब्लग बनाउनेहरुको संख्या दिनादिन बढ्दै गएको छ । यो पोष्टमा म ब्लगरका केही सामान्य तर उपयोगी ह्याक र केही नयाँ ग्याजेटहरु --जुन उपलब्ध भएर पनि प्राय: धेरैलाई थाहा छैन-- को चर्चा गर्दैछु ।

पोष्ट जस्टिफाई गर्न: ब्लगमा राखिएका सामग्रीहरु कुनै लामो, कुनै छोटो लाईनमा देखीँदा भन्दा सबै हरफहरु समान चौडाईका हुँदा सुन्दर देखीन्छन्। हुनत, बल्ग कम्पोज गर्ने बेलामा लाईनलाई जस्टीफाई गर्ने सुविधा कम्पोज पेजमा पनि हुन्छ। तर हरेक पटक ब्लग लेख्दा, हरेक लाईन र प्याराग्राफलाई एक एक गरी जस्टीफाई नगरी, लेख्दा जे-जसो गरी लेखे पनि छापिने बेलामा आफैं जस्टिफाई हुने गर्न सकिन्छ । यदि तपाई यसरी टाँसोमा लेखीएका कुराहरुलाई आफै जस्टिफाई हुने बनाउन चाहनुहुन्छ भने पहिला आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनि Layout हुँदैं Edit HTML मा। अब त्यहा निम्न वा यस्तैखाले कोडहरु खोज्नुहोस:

.post {
padding:10px;
margin: 30px 0 1.5em;

र त्यसमा तल जस्तै रातो रंगको अक्षरमा रहेको १ लाईन थप्नुहोस ।

.post {
padding:10px;
text-align: justify;
margin: 30px 0 1.5em;

यो कोडहरु हरेक टेम्पलेटमा केही फरक हुन सक्नेछन तर यसमा मुख्य कोड .post { भएकोले तपाईले आफ्नो टेम्पलेटमा “.post {” वा “.post-body {” भन्दा मुनि (वा पछाडि) माथीको रातो रंगको लाईन थप्न सक्नुहु्न्छ । सेभ गर्नु भन्दा अगाडि ‘प्रिभ्यू’ मा हेर्नु भयो भने कोड ठाउँमा परे नपेरको थाहा हुनेछ ।

कमेण्ट जस्टिफाई गर्न: पोष्ट जस्तै, यदि तपाई आफ्नो टाँसोमा पहिल्यै भएका र पछि आउने कमेण्टका लाईनहरुलाई पनि समान चौडाई दिन चाहनुहुन्छ भने आफ्नो Edit HTML मा गएर तलको कोडहरु खोज्नुहोस:

#comments-block {
margin-left:1.5em;
line-height:1.6em;
background: #ffffff;

अब यसमा पनि तल जस्तै गरी रातो रंगको एकलाईन थप्नुहोस।

#comments-block {
margin-left:1.5em;
line-height:1.6em;
text-align: justify;
background: #ffffff;

यसमा पनि टेम्प्लेट पिच्छे कोडहरु केही फरक हुन सक्ने भए पनि यसको मुख्य कोड लाईन “#comments-block {” याद गर्दा फरक पर्दैन । अर्थात “#comments-block {” भन्दा मुनि माथिको रातो रंगको लाईन थप्न सकिन्छ ।

टेम्प्लेटमा केहि परिवर्तन गर्नु अघि पुरानो सेटीङको व्याकअप राख्‍न र नयाँ कुरा प्रिभ्यु हेरेर मात्रै सेभ गर्न म पून एक पटक सम्झना गराउँछु ।

Label count removal बिषय सूची वा Label पछाडिका संख्या हटाउन: ब्लगरको साईडबारमा तपाईले बिषय सूची वा Label राख्‍नु भएको छ भने त्यसमा हरेक विधामा तपाईले कति कति रचना लेख्‍नु भएको छ सो पनि देखीन्छ । तर यदी तपाई सूची मात्रै देखाउन र कुन कुन विधामा कति कति टाँसो राखीएको छ लुकाउन चाहनुहुन्छ भने (मलाई यसो गर्दा सूची सफा भएको जस्तो लाग्छ !) आफ्नो Edit HTML मा गएर Edit Template भन्दा मुनि रहेको Expand Widget Templates मा चिन्ह लगाउनुहोस र तलको कोडहरु खोज्नुहोस:

<span dir='ltr'>(<data:label.count/>)</span>

अब यो रातो रंगको जत्ती कोडहरु डिलिट गर्नुस र प्रिभ्यु हेर्नुहोस, Label पछाडिका संख्याहरु हटेका छन भने सेभ गर्नुहोस। (कुनै कुनै टेम्प्लेटमा भने यो पुरै लाईन पनि डिलिट गर्न पर्छ/सकिन्छ ।)

Recent Post Recent Comments: Recent Post याने हालैका टाँसोहरुको सूची र Recent Comments मतलब साईडबारमा देखीने ताता टिप्पणीहरु । यी दुई ग्याजेट प्राय: सबै साथीहरुको ब्लगमा देखेको छु, तर प्राय: सबैले गुगलको कोडमा आधारित ग्याजेट प्रयोग नगरी थर्ड पार्टी ग्याजेटहरु प्रयोग गरेको देखीन्छ ।

स्मरण रहोस विगत केही हप्तामा गुगलले आफ्नो Gadget API (Application Programming Interface) लाई निक्कै परिमार्जन र सुधार गरेको छ। जसका कारण पहिलाका भन्दा बहु उपयोगी र सरल ग्याजेटहरु बन्दैछन । यसै सन्दर्भमा गुगलकै API मा आधारित Recent Post र Recent Comments तयार भएर प्रयोगका लागि उपलब्ध समेत भैसकेका छन ।

हुन त सबै थर्ड पार्टी ग्याजेट सबै खराब नै हुन्छन् भन्ने त छैन, तर कोडहरुमा खास दख्खल नहुँदाको अबस्थामा, समान उपयोगीताका लागि गुगलको आफ्नै कोडमा आधारित ग्याजेट छन भने गुगलकै ग्याजेट प्रयोग गर्दा, पेज लोड ढिला हुने र अन्य केही समस्याबाट भने मुक्त रहन सकिन्छ ।

Google gadgets scयदि तपाई भद्दा देखीने र साइडबारका तल कोड प्रदायकको विज्ञापन समेत देखिने Recent Post र Recent Comments ग्याजेट प्रयोग गर्न चाहनुहुन्न र गुगलकै ग्याजेट हाल्न चाहनुहुन्छ भने सिधै आफ्नो Dashboard मा जानुहोस अनि Layout हुँदैं “Add a Gadget” मा। अब तपाईले “Featured” ट्याब दबाउनु भयो भने त्यहाबाट संख्या, सारांश, चौडाई आदि विकल्पको चुनाव गर्ने मिल्ने Recent Post र Recent Comments ग्याजेट हाल्न सक्नुहुन्छ ।

यसका साथै More Gadgets मा क्लिक गर्नु भयो भने तपाईले Polls, Twitter Updates, साईडबारमा राख्‍ने Comments र Picasa Photostream आदिका केही परिवर्तित र बहु उपयोगी अनुप्रयोगहरु पनि भेटन सक्नु हुन्छ । गुगले आफ्नो Gadget API परिमार्जन र सुधार गरेका कारण आगामी दिनमा यस्तै वा अन्य विभिन्न नयाँ अनुप्रयोगहरु पनि उपलब्ध हुनेछन। हेर्दे गर्नुहोला । Happy Blogging!!

20 Comments:

dai said...▼

Nice!

Previously, we had to use the hacked scripts for Recent posts and Recent comments. It shows that; At least Google is working on blospot.

By the way, I liked google draft far better than regular one...

बेदनाथ पुलामी ( उमेश ) said...▼

साची किन थर्ड पाटिको Gadget प्रयोग गर्ने नि ! लौ मलाई पनी थाहा थिएन - अहिले सम्म त थर्ड पाटिकै gadget प्रयोग गरिरा'थे |
उतम टासो |
अनि यस्तो उपयोगी जानकारी को लागी धन्यवाद - दिलीप जी !

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

यो थर्ड पाटीको ग्याजेट त धेरै नै पटक नै चेन्ज गर्नु परेको थ्यो मेरोमा, कुनैमा विज्ञापन, कुनै नखुल्ने, कुनैमा के समस्या, अब गुगलकै राख्छु र ढुक्क हुन्छु अनि लेबलको ह्याक पनि दामी लाग्यो । लेबलमा पोस्ट संख्या आएकोले नै मैले नराखेको हो , अब पुनर्विचार गर्नु पर्ला। उपयोगी जानकारीको लागि धन्यवाद!

Basanta said...▼

साह्रै उपयोगी जानकारी! धन्यबाद दिलिप दाई!

Dilip Acharya said...▼

@ Dai!

Thanks for your comment, I also think that google and other contributors are also trying to make it better. Whatever we use to get through, third party scripts and hacks will soon be available in google's one 'package'.

You can always check the following site for information regarding latest release and newest gadgets:

http://bloggerindraft.blogspot.com/

Prajwol said...▼

जान्नेलाई त ब्लगरकै customizable platform राम्रो हुन्छ होला । तर म भने ब्लगर छोडेर वोर्डप्रेस पसेको परें । मैले ब्लगर छोडे देखी गूगलले धेरै सुधार ल्याएको जस्तो लाग्यो (यो लेखमा भने जस्तै), बिशेष गरी third पार्टिको application चलाऊन अब धेरै पर्दैन होला (साधरणतय)। दिलिप जि को ब्ल्गमा "साधारणतय" भन्दा अली धेरै नै applications हरु छन, तर उंहाको ब्लग छिटो छरितो रुपमानै खुल्छ । तर अरु धेरै मित्रहरुको ब्लगरमा रहेको ब्ल्गमा अनगिन्ती script हरुले गर्दा खोल्न वा प्रोसेस गर्न धेरै समय लागेको देखेको छु । कतिले कुनै script install गरे पछी त्यो किन गरेको भनेर नै केही महिना मा भुल्छन । पछी केही परिवर्तन गर्नु परे फेरी हम्मे हम्मे पर्छ । । मेरो मा पनि पहिले त्यस्तै भएको थियो, अर्धज्ञानले :) । वोर्डप्रेसमा डेरा सरे देखी भने ति कुराहरुको झन्झट सहि रहनु परेको छैन । मलाई वार्डप्रेसले धेरै authority त दिंदैन customize गर्न, तर मैले खोजेको पनि छैन :D

राजेश "अनलाइन खसखस" said...▼

टाँसोका लागि धन्याबाद तर माथिका २ वटा टिप्स कोड मेरो ब्लगमा भेटिएन ।

Dilip Acharya said...▼

राजेशजी, यो टेम्प्लेटको वेसीक कोड भएकोले यो कोड सबैमा हुन्छ र तपाईकोमा पनि छ। भर्खर तपाईको ब्लगको सोर्स कोड हेरें । पहिलो ह्याकको लागि तपाईको HTML मा भएको:
.post {
margin: 0px 0px 0px 0px;
padding: 0px 0px 0px 0px;
line-height: 1.6em;
text-align: left;

मा text-align: left; लाई text-align: justify; बनाउनुहोस। र दोस्रोको लागि भने
#comments {
margin: 15px 0px 0px 0px;
padding: 0px 0px 15px 0px;
text-align: left; मा text-align: left; लाई text-align: justify; बनाउनुहोस।

हावा De Wind said...▼

दिलिप ब्रो, मलाई तेच्निकल कुरा त थाछैन अनी मैले चलाऊने नेट पनि एकदम स्लो छ तैपनी तपाईंको ब्लग पनि धाइबा बसन्त र आकार को जस्तै खुल्नै गाह्रो मान्छ भन्या

Dilip Acharya said...▼

हावा ब्रो,
माथी प्रज्वलजीले भन्नु भएको जस्तै सायद मेरोमा 'औसत' भन्दा बढी नै ग्याजेटहरु छन (केहि नदेखीने ग्याजेट र सर्च ईन्जिन अप्टिमाईजेशज कि समेत हेर्ने हो भने)।

म एउटा एकदमै सरल टेम्प्लटलाई 'आफनो अनुकुल' बनाउँने बिचार गर्दैछु, तर त्यो भन्दा पहिले केहि 'झिलिमिली' भने झिक्दै छु ।

साँच्चै सबैजना प्राय: वर्डप्रेस छाडेर ब्लगरमा 'डेरा सर्छन', प्ज्वलजी भने किन यता बाट उता लाग्नु भएछ !!

सुर्य/सिकारु said...▼

दिलिप जी जानकारीको लागि धन्यबाद । तपाईका यि अति उपयोगी टाँसो हरु बाट धेरै कुराहरु जानिदै छ ब्लगीङ दुनियामा ।

दूर्जेय चेतना said...▼

राम्रो जानकारी। त्यसो त मलाई पनि त्यती धेरै ज्ञान छैन यो कोडको बारेमा। मैले धेरै चोटी बिगारेको पनि छु मेरै साईड यो कोडको जानकारी नभएर तर अब बिस्तारै तपाईहरुको संगतले बुझ्दै छु। मैले पनि यो रिसेन्ट कमेन्ट वाला ग्याजेट राख्ने बिचारमा छु। जति कुराहरु जानकारी हुदै आउछन् त्यती डर पनि लाग्दो रहेछ,किनकी समस्याहरु धेरै हुदा रहेछन् र भने जस्तो सजिलो छैन यो सबै।शायद बिस्तारै सिकिएला यसै गरी। धेरै धेरै धन्यबाद है दिलिपजी यो जानकारीको लागी।

Prajwol said...▼

दिलिप जि,

मैले देखेको: १. Customize गर्न मिल्ने स्वतन्त्रता, २. Adsense

ति दुई कारण ले गर्दा धेरै वर्डप्रेस छोड्ने गरेको पाएको छु । मलाई धेरै customize गरिरहनु पर्ने आवश्यकता नभएकोले र Adsense बाट कुनै फलिफाप होला जस्तो नलागेको ले डेरा सरेको । यो मैले डेरा सर्नु भन्दा अघि Adsense को असफलताको बारे मा लेखेको ।

आहिले Blogger कस्तो छ थाहा छैन, तर (यतिबेला दिमागमा ठ्यक्कै आएको) त्यतिखेर wordpress मन पर्नु का केही कारणहरु:
१. मुख्य पेजमा अलिकती मात्र अनी बांकी "More" भन्ने मा क्लिक गरे पछी मात्र देखाउन ब्लगर मा कोड लेख्नु पर्थ्यो, wordpress मा option हुन्थ्यो
२. तस्विर राख्न पनि फेरी कोड लेख्नु पर्ने, wordpress मा upload र insert भनेर सजिलो थियो
३. पोस्टमा कुनै लिंक राख्नु पर्दा फेरी कोड लेख्नु पर्ने, त्यो पनि open in new page र open in same page को बेग्ला बेग्लै, wordpress मा त्यो पनि सजिलो थियो
४. Template हरु पनी त्यो बेला wordpress कै रहर लाग्दा थिए । Header मा आफुंले चाहेको तस्विर राख्न पनि कति सजिलो थियो ।

अहिले ब्लगर मा कोड नजान्ने लाई पनि सायद more interactive ब्लग बनाउने platform होला, तर त्यती बेला मलाई अलि अलि HTML आएर पनि गार्हो झर्को सबै लागेको थियो :D

Jotare Dhaiba said...▼

यो पनि अर्को 'दायाँ हाते' टिप्स आएछ । मलाई पनि थर्ड पार्टी वाइजेट (विशेष गरी कमेन्ट) ले धुरुक्कै पारेको थियो । वाइजेट राखिसकेपछि पनि कमेन्ट नै नदेखाउने ! अझै पनि थर्ड पार्टीकै वाइजेट प्रयोग गर्दैछु, अहिले भने सम्बन्धित वाइजेट उपलब्धकर्ताको विज्ञापन मात्र झेल्नुपरेको छ । ब्लग नखुल्नमा वा ढिलो खुल्नमा थर्ड पार्टीका वाइजेटहरूको हात पनि निकै हुँदो हो । अनि दाइलै भने झैँ 'झिलीमिली' हटाउने उपाय पनि अबलम्बन गर्नैपर्ला ।

सदा झैँ धन्यवाद दाइ यति सजिलो उपायका लागि ।

DEEPENDRA said...▼

Thanks for yet another informative article on blogging!

Dilip Acharya said...▼

प्रज्वलजी,
तपाईको Adsense बारेमा लेखिएको पोष्ट पनि पढैं, खुब रमाईलो लाग्यो । मलाई पनि यो ब्लगमा एड राख्‍नेमा भने कहिल्यै रहर पलाएन । अझ म त मुख्य रुपमा नेपालीमा र त्यो पनि अनौपचारिक गन्थन बढी लेख्‍ने हुँदा, एड राख्यो भने आफ्नै साथी-भाई वा परिवारका सदश्यलाई "थिच्देउ न!है" भन्नु बाहेक अर्को उपाए पनि नहोला । त्यस अबस्थामा आफ्नो ब्लगलाई बर्ष दिन 'कुरूप' पारेर लास्टमा फेरी उल्टै 'एकाउण्ट सस्पेण्ड' हुने चान्स पनि उत्तीकै देखेकोले मैले भने त्यतातिर कहिल्यै सोचीन।

ब्लग सुरुगर्दा मैले पनि एकै चोटी वर्डप्रेस र ब्लगर दुबैमा दर्ता गरेको थीएँ तर पछि आफुलाई बढि 'छुक-छुक' गर्न मन लाग्ने र वर्डप्रेसमा भने कोड नै खेलाएर पनि छुक- छुक गर्न नपाईने देखेपछि ब्लगरमा निरन्तरता दिएको हुँ ।

धन्यवाद, आफ्नो अनुभवहरु बाँडनु भएकोमा।

बाँकी सबैमा पनि आ-आफ्नो अनुभव र बिचारको लागि आभार !

खुल्लामन्च said...▼

ज्यादै उपयोगी जानकारी । धन्यवाद !

chudamani said...▼

दिलिप आचार्यजी मेरो लागि चाहीं धेरै उपयोगी लेख लेख्दै आउनु भएको छ |म जस्तो सिकारुको लागि तपाईंको लेखको अरू ज्यादा महत्व छ |
धन्यबाद |

राजेश बुढाथोकी | अनलाइन खसखस said...▼

दिलीप दाई
मैले अहिले नयाँ Template राखे तर post र Comment justify गर्न सकिन् । माफी चाहन्छु है यसअघि तपाईले मलाई सल्लाह दिनुभएको थियो अहिले नयाँ Template हालेको छु ।

Dilip Acharya said...▼

राजेश भाई,
Post justify गर्न तपाईको टेम्प्लेटमा हाल भएको .post { margin:0; padding-bottom:1.5em } लाई यस्तो बनाउनुहोस ।
.post { margin:0; text-align: justify; padding-bottom:1.5em }

अनि Comment justify गर्न #comments-block { margin:0 }लाई
यस्तो बनाउनुहोस:
#comments-block { margin:0; text-align: justify; }

टेम्प्लेटमा कोड खोज्न किबोर्डको Ctrl र F कि एकै चोटी थिचेर खुल्ने सानो बक्समा खोज्नु पर्ने कोड हाल्नु भयो भने सजिलो हुन्छ ।

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼