27 July, 2009

एकादेशको कथा (लघुकथा)

                          

स्थिति: संसारको कुनै कुनामा एउटा यस्तो देश थीयो, जहाँ- प्रशासकहरु योजना बनाउँथे, प्राविधिकहरु प्रशासन चलाउँथे । व्यापार गर्नलाई विद्यालय खोलिन्थ्यो, चुनाव जित्नलाई असत्य बोलिन्थ्यो । समाचारको नाममा दलद्वारा एकपक्षीय पत्रिका चलाइन्थ्यो, सत्याग्रहको नाममा नेताद्वारा राष्ट्रिय सम्पत्ति जलाइन्थ्यो । हाकिमहरु इमान्दारिको नारा दिएर कराउँथे, दस्तुर बुझाउन नसक्नेका फाईलहरु अफिसबाटै हराउँथे ।

प्रगति: चाकडिवाजहरु पोसिन थाले, इमान्दार कर्मचारीहरु खोसिन थाले । नेताहरु देश भुली, कुर्सीमै रमाउन थाले, शिक्षकहरुले चक डस्टर छाडी झण्डा समाउन थाले । पार्टीका अयोग्यले पनि उच्च पद पाउन थाले, बुद्धिजिवी र शिक्षितहरु विदेश धाउन थाले। शहरमा उपचार महँगो भएर बिरामी मर्न थाले, जिल्लाका अस्पतालमा पिउन पालेले अप्रेशन गर्न थाले ।

परिणति: सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्‍नै भाषा पनि बोल्न जानेनन्। देशमा विदेशी छिर्न थाले, आर्थिक स्थिति गिर्न थाले । नेताहरु आ-आफैं लड्न थाले, भ्रष्टाचार दिनदिनै बढ्न थाले। धर्म र परम्परा मैलिन थाल्यो, देशमा विदेशी संस्कृति फैलिन थाल्यो । योजनाहरु सबै मन्द भए, बिकास निर्माण बन्द भए ।

समष्टि: संसारको कुनै कुनामा एउटा यस्तो देश थियो, अहिले पनि त्यस्तै छ पचास बर्ष अगाडि जस्तो थियो ।

(कान्तिपुर साप्ताहिक: ३०-०६-२०५५)

14 Comments:

Anonymous said...▼

सरकारी स्कूलमा पढ्नेलाई कसैले मानेनन् , बोर्डिङमा पढ्नेले आफ्‍नै भाषा पनि बोल्न जानेनन्।, I am also from sarkari school, sarai garo Kam pauna lai.

दूर्जेय चेतना said...▼

Nepal the best answer of this matter. Nice story. I like it. But sorry Dilip ji there is no any way to go through remixed version of this story.... I hope my grandson could…..hahahah. Hope you understand. Anyhow it’s fantastic. and admirably fine.

Basanta said...▼

नेपालको यथार्थ तस्बीर! साह्रै सटीक!

हावा De Wind said...▼

Annonymous jee, पिर नलिनुस्... कतिपय कुराहरुमा सरकारी स्कुलमा पढेर धेरै कुरा जानिन्छ.. पैसा त जती कमाएपनि पुग्ने होइन क्यारे.. अनी जती भए पनि पुग्छ पनि

Prajwol said...▼

सुन्दा भा-भय भए पनि, हाम्रो दुर्भाग्य यो नै यथार्त हो । बिल्कुलै सहि चित्रण ।

सुर्य/सिकारु said...▼

लघुकथामा यथार्तको आगो बाल्नलाई त दिलीप दाई निकै अगाडी नै हुनुहुन्छ । अझ आफ्नै देशको अनुहार लेखको पृष्ठभुमीमा कोरीनुले नबुझ्नेले पनि सजीलै सम्झन सक्ने हाम्रो देशको एकादेशको कथा ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

देश जब जब दुख्न थाल्छ, अनि यस्तै कथारुपी व्यथाहरु कोरिन थाल्छन । साह्रै मार्मिक प्रस्तुति, जसले घरको बेथितिको सटिक चित्रण गरेको छ । म त भन्छु, पचास बर्ष अघिको जस्तो पनि छैन त्यो देश- लर्खराउदै विकासका दुइ चार पाइला त हिड्यो होला, तर धेरै बिग्रेको छ हालत- भत्केको छ व्यबस्था,र बढेका छन - सामाजिक राजनीतिक वेमेल र विसंगतिका अनगिन्ति भड्खाराहरु, जहा जाकिदै छन दिनदिनै त्यस देशका मान्छेहरु ।

बेदनाथ पुलामी ( उमेश ) said...▼

एका देश को कथा त मेरो देश कै पो रहेछ - दिलीप जी ! यसरी थाहा पाउदा पनी - गर्न केही सकिएको होइन - अब्यबस्थित देशको लाचारी जनता भएर बस्नु परेको छ |

wordflows said...▼

Annonymous jee, सरकारी schoolमा पढ्नेले काम् पौन गाह्रो हुन्छ भन्ने चै म मान्दिन। i am also from govt school and i am working in a good company. what i know is if you have skill you can get job

but the thing is that one dedicated leader can change whole country.

chudamani said...▼

यो एकादेशबाट जति टाढा भए पनि यसले सताउन छोडेको छैन | यसको कथा भनौ या ब्यथा भनौ निरन्तर उस्तैनै छ | आँखीर यो एकादेश भुलेर बाँच्न पनि सकिने हैन क्यारे ! मनमै राखिरहूँ भन्दा पनि पोलिरहन्छ एकनासले |
दिलीप आचार्यजी के भनौ कथाले सारै आकर्षण दियो | यसलाई आफ्नै देश नबुझेर खालि काथा मात्रा बुझेर हेर्ने हो भने pani रोचक पृथकता र मिठास छ | कथा भित्र कविता पनि पाएँ मैले ,देवकोटाका निबन्ध जस्तो |
अर्को लेखको प्रतिक्षामा |

आकार said...▼

हो, सोह्रैआना ठिक हो । बिडम्बना त्यो देश हाम्रै देश नेपाल थियो ।

DEEPENDRA said...▼

A perfect description! simply loved your excellent writing skills. though it made me feel upset about the situation of my home country once again...

Jotare Dhaiba said...▼

Ya Dai, That country is our. I liked your story where musical words have been fixed.
No words to express sorrow about condition of our country.

खुल्लामन्च said...▼

रमाइलो कथा राख्नुभएको रहेछ ।

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼