सनकी प्रेमी
आमने-समने हुँदा पनी,
नदेखैझैं गर्ने तिम्रो बानी ।
बहुला कुकुरले टोक्या छ र हाम्लाइ,
को छ र तिम्रो पछि पछि जाने ? ।
‘घरबाट भागेकी छोरीलाई फर्काईदिनु भोधन्यवाद कि आशीर्वाद
कसरी धन्यवाद दिँउ म अहिले’ ।
‘हामी दुबैले गान्धर्व बिबाह गरीसक्यौं,
आशीर्वाद दिनुहोस न पहिले !’
समानता
पात नभएको रुख र दाँत नभएको मुख,
दुबै उस्तै उस्तै हुन ।
एउटाले पानी पर्दा बचाउन सक्दैन ।
अर्कोले भोक लाग्दा चपाउन सक्दैन ।
अम्मली उबाच:
खराबी चुरोटमा हैन,
धूवाँमा हुन्छ रे साथी ।
आउ चुरोट सबै डढाउँ,
धूवाँ छोडौं माथि माथि ।
एक पाटो यो पनि
अजब-गजबको आ’ को छ,
यो देशमा गणतन्त्र ।
निमुखा बन्दको मारमा।
अपराधी स्वतन्त्र !
चोरको भेलामा सरदारले भन्यो,
“आफ्नै भाई जान्नुस है मलाई.. ।,
म त ईमान्दार चोर नै हुँ ।
नेता नठान्नुस मलाई.. ।”
केही पुराना उटपट्याङ मुक्तकहरु



21 Comments:
ha ha funny
I really like the एक पाटो यो पनि . huna pani ho thik kura garnu vayoo.
हा हा हा! रमाईला मुक्तकहरु!
हा हा हा हा अचम्म अनि रमाईला पो छ है मुक्तकहरु!
हास्यव्यंग्यको चाड गाइजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
गाईजात्राको शुभकामना !!!
वाह ! दिलीप दाई यी मुक्तकहरुबाट मैले भरपुर मनोरञ्जन लिएँ ।
हृदयदेखीको धन्यावाद छ तपाईलाई ।
really funny TASO dilip jeeee...... im laughing........hahahahah
Very Nice Muktak, keep it up....
अन्तिमको खुब राम्रो लाग्यो :)
ha ha ha ha ha ,
its very funny,
khit khit khit khit............... very nice !
गाईजात्रा त गज्जब ले मनाउनुभयो !
हाहाहा
वाह दिलिप जी क्या दमदार झटारो सहित हाँसोको फोहरा उठ्ने तस्बिरहरु।
हा हा हा हा हा हासोँ लाग्यो ल। सबै मुक्तकहरु दामी रहेछ ल। त्यो धन्यवाद कि आर्शिवाद भन्ने पनि र लास्टको चाहीँ मजा लाग्यो ।।।।।।।।।। हा हा हा
he he...
So nice !
Happy Gaijatra !!!
गाइजात्रा त दिलीप दाइकोमा पो मनाइयो । खुबै मन परे मलाई पनि ।
दिलीप सर ले गाईजात्रा भने जमाउनु नै भएको रहेछ ! राम्रै लाग्यो !
दिलिपजी सबै मुक्तकहरू धेरै रमाइला लागे |
अम्मली उबाच:
खराबी चुरोटमा हैन,
धूवाँमा हुन्छ रे साथी ।
आउ चुरोट सबै डढाउँ,
धूवाँ छोडौं माथि माथि ।
यसले चाहीं धेरै हाँसायो | अचेल घरमा नभएकाले केहि ढिला भने भएछु |
रमाईलो लाग्यो । पहिले नै पढेको हो त्यसो त - हाँस्ने बेलामा कतै त गँभीर पनि पो भएँ ।
तर दिलिप ब्रो मलाई चाँही किन किन त्यो नबजात सिशु ले मज्जा सँग धूमपान गरेको चित्र कसो कसो लाग्यो जोक नै भए पनि
खुब आदर्शबादी बनेको हैन तेसो त म पनि कुनै समय अंम्मली नै थिए... छोरा छोरी ले देख्लान भन्ने पिर भो
terrible!!!
very nice !!!!!!!
keep it up !!!!!!!
' thank you ' hai ! coz you make me laugf .
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼
Please leave your Comments here...▼