16 August, 2009

के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ?

                          

विगत एक महिनामा मलाई नेपाल र खाडी मुलुकमा रहेका केही नेपाली भाईहरुको ईमेल प्राप्त भए । सबैजना केही लेख्‍न वा भनौं मनको भाव ब्लगको माध्यमबाट बिसाउन चाहन्थे । तर ब्लग कसरी खोल्ने र ब्लग खोल्न के-के गर्नु पर्छ भन्नेमा अलमल परेका थिए ।

केहीले त लेख्‍न मन भएको तर “वेबपेज डिजाईन” गर्न नजानेकोले सो कार्य गर्न नसकेको र केहीले भने क्रेडीट कार्डका माध्यमले पैसा तिरेर मात्रै ब्लग खोल्न सकिने समेतका गलत धारणा बनाएको पाएँ । अत: नब आगन्तुक ब्लगरहरु वा केही लेख्‍न खोज्ने नया सर्जकहरुलाई ब्लग खोल्न सहयोग होस भनेर यो टाँसो लेख्दैछु । (पुराना ब्लगरहरुलाई यो टाँसोको कुनै अर्थ नहोला है !, तर कसैले ब्लग कसरी खोल्ने भनेर सोधेमा यो लिन्क दिन भने सकिन्छ :)

सुरुमा म आफैं पनि यो बिषयमा जानकार नभएकोले कसरी र के लेख्‍ने भन्नेमा अलमल परिरहेको थिएँ । त्यत्तिकैमा एकदिन दूर्जेय चेतनाका ‘दूर्जेय’ जी ले पनि नयाँ ब्लगरलाइ सहयोग हुने गरि नेपाली भाषामा एउटा टाँसो लेख्‍न अनुरोध गर्नु भएकोले यो लेख्‍ने दु:स्साहस गर्दैछु ।

सबैभन्दा पहिला केही गलत धारणा र तथ्यहरु, प्रश्‍न र उत्तरको रुपमा:

प्रश्‍न: के ब्लग खोल्न र चलाउन कम्प्युटरमा पोख्त हुनु र HTML, JavaScript आदिको बारेमा जानकार हुनु जरुरी छ ?

उत्तर: छैन । तर कम्प्युटर टाईपीङ र ईण्टरनेटको समान्य ज्ञान भने जरुरी छ ।

प्रश्‍न: के ब्लग खोल्न पैसा तिर्नु पर्छ ?

उत्तर: पर्दैन । पैसा तिरेर आफ्नै डोमेनमा पनि ब्लग खोल्न सकिन्छ तर नि:शुल्क पाईने वेब स्पेसमा पनि पैसा तिरेर खोलिएकोमा जस्तै करिव करिव सबै सुबिधाहरु उपलब्ध हुन्छन्।

प्रश्‍न: कुरा अली बुझीएन !… ।

उत्तर: मेरो यही ब्लग पनि नि:शुल्क वा कतै पैसा नतिरी चलाईएको छ । यत्ति सम्मको ब्लग चलाउन कसैले पनि, कतै पनि पैसा तिर्नु पर्दैन ।

प्रश्‍न: ब्लग खोल्न के-के चाहिन्छ त ?

उत्तर: एउटा ईमेल ठेगाना ।

प्रश्‍न: के त्यसो भए ईमेल खोल्न पैसा तिर्नु पर्छ ?

उत्तर: यसको लागि चाहिने ईमेल ठेगाना पनि नि:शुल्क नै पाईन्छ । तपाईले आफ्नो हटमेल, याहूमेल, जिमेल वा अन्य कुनै पनि बैध ईमेल प्रयोग गर्न सक्नुहुन्छ ।

प्रश्‍न: त्यसो भए नि:शुल्क उपलब्ध भएका ब्लग स्पेस कुन कुन हुन त?

उत्तर: नि:शुल्क उपलब्ध ब्लग स्पेस पनि धेरै छन तर blogspot.com र wordpress.com भने बढी लोकप्रिय र प्रयोगमा आएका छन ।

प्रश्‍न: wordpress.com र blogspot.com कुन चाही राम्रो होला?

उत्तर: छोटकरीमा भन्दा दुबैको आ-आफ्ना विशेषता छन्। सुरक्षाको दृष्टीले wordpress.com लाई धेरैले राम्रो मान्छन र यसको कमेण्ट सिस्टम अहिले पनि ब्लगरको भन्दा सहज र बहु-उपयोगी छ । तर ब्लगमा विविधता दिन र नाप-नक्शाको परिवर्तन आदि गर्न blogspot.com मा बढि विकल्पहरु छन ।

प्रश्‍न: blogspot.com र wordpress.com मा खोलिएका ब्लगहरु कस्ता कस्ता हुन्छन । नमूना हेर्न सकिन्छ ?

उत्तर: मेरो यहि ब्लग पनि blogspot.com मा खोलिएको हो साथै अरु साथीहरुको योयो पनि blogspot.com मै खोलिएका हुन । त्यस्तै यो, योयो भने wordpress.com मा खोलिएका छन । (यि सबै नि:शुल्क खोलिएका ब्लग हुन)

प्रश्‍न: अब ब्लग कसरी खोल्ने त ?

उत्तर: नि:शुल्क उपलब्ध वेब स्पेसहरु पनि धेरैथरी छन । त्यस मध्य, माथि भनेजस्तै blogspot.com र wordpress.com मा ब्लग खोल्ने सामान्य तरिका यहाँ उल्लेख गर्दैछु ।

एउटै पोष्टमा सबै कुरा राख्दा लामो हुने भएकोले blogspot.com र wordpress.com मा ब्लग खोल्ने तरिका मैले भिन्ना भिन्नै पोष्टमा राखेको छु।

अब तपाई blogspot.com वा ब्लगर मा ब्लग खोल्न चाहनुहुन्छ भने त्यसको तरिका (step-by step guide) मैले नेपाली भाषामा यहाँ क्रमैसंग (सचित्र) दिएको छु।

wordpress.com मा ब्लग खोल्न चाहनुहुन्छ भने पनि सो को सचित्र विवरण (step-by step guide) नेपाली भाषामा यहाँ राखिदिएको छु । त्यहाँ क्रमैसंग दिईएका तरिका अपनाएर आफ्नै ब्लग दर्ता गरी चलाउनुहोस।

Happy Blogging !

(यो पोष्टमा ब्लग खोल्ने सम्बन्धमा नितान्त प्राविधिक कुराहरु मात्र समेटिएका छन। नयाँ ब्लग खोल्न र चलाउन उत्सुक प्रतिभाहरुलाई सहयात्री ब्लगर बसन्त गौतमजीले अन्य विभिन्न व्यबहारीक कुराहरु राखि तयार पार्नु भएको यो पोष्ट पनि निक्कै उपयोगी हुनेछ । )

19 Comments:

bhai said...▼

ramro janakari dinu bhayo daju blogging begginers haruko lagi ...............

Umesh Gajurel said...▼

first i say Happy Blogging
यो सन्दर्भ सामाग्री, हामि जस्ता भर्खर ब्लग गाडि कुदाउन थालेका लाइ ट्रायल दिनको लागी अभ्यास गराउदै हुनुहुन्छ, सर त मेरो ब्लग को लागी गुरू हुनुहुन्छ, गुरूबाट शिस्य ले अझै धेरै ज्ञान पाप्त गर्ने आस गर्दछ, अन्यमा यति मात्र भन्दछुकि ,

जय गुरूदेब , Happy Blogging !

सूर्य/सिकारु said...▼

dilip dai, Thnx for giving us useful and informative post ...

N K M said...▼

Nice One!

Dilip Jee ko article padhe pachi malai pani aafno suru ko din haru yaad aayo...
Ke garne, eta uta thokkiyerai sikiyo aali aali...
:)

Some useful posts for intermediate/advanced users...
http://mashable.com/2007/08/06/free-blog-hosts/
http://www.problogger.net/archives/2006/02/15/choosing-a-blog-platform/

(Regular readings of Pro-blogger shall be encouraged!)

--
nkm
http://nabinkm.com

Anonymous said...▼

Dherai Dherai Dhanyabd Daju, yekdam sajilai sanga bhujne gari lekhidinu bhaya ko ma.

Ajhai kehi nabhujema dukha dinuparla .

Tika

दूर्जेय चेतना said...▼

ब्लगमा प्रबेश गर्नु अगाडि मेरा धेरै तिता मिठा अनुभबहरु रह्यो। बास्तबमा भन्दा मलाई ब्लग सरु गर्नु पहिला यसको बारेमा केही पनि थाहनै थिएन्। म आफै नै सुरुमा क्रेडिटकार्टकै प्रगोग गर्ने सुरमै थिए; तपाईले भने जस्तो तर बिस्तारै थाह पाए यसको बारेमा। तर गाह्रो भने भयो बेस्करी।।

जे होस यो काम जति सजिलो संग गर्न सकिने रहेछ, सुरु गर्नु भन्दा पहिला यो महाभारतनै हुने गर्छ। मेरो साथीहरु समेतले दिलिपजीलाई प्रत्यक्षरुपमा अनुरोध गर्न लगाउनु भएको थियो, मैले यसै अनुरुप उहालाई अनुरोध गरेको थिए। आज तपाईले गर्नु भएको रेस्पोन्सको लागि म म मेरा साथीहरु( जो दिलिपजीका ब्लगका समेत नियमित पाठकहुनुहुन्छ) तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। नयाँ आगन्तुहरुका लागि यो निकै उपयोगी हुने छ।

प्राबिधिक कुरालाई जति सहज रुपमा तपाईले दिन सक्नु हुन्छ यी सबै कुराहरु म बाट सम्भब थिएन र तपाईलाई दुख दिन पुगे। तर तपाईको यो माथि उल्लेखित शब्द "दु:स्साहस" प्रतिमेरो आपत्ती भने छ है। हा हा हा

राम्रो बिधार्थी हुन जति सजीलो छ, राम्रो शिक्षक हुन त्यो भन्दा हजार गुणा कठिन हुने गर्छ, जे होस खरो उत्रनु भयो दिलिपजी।। तपाईलाई धेरै धैरै धन्यबाद।

Anonymous said...▼

Many many thanks for this simple version description. I think a lot of new comers like me, will benefit from this.

Dheri Dhanyabad chh

Kedar

बेदनाथ पुलामी ( उमेश ) said...▼

ब्लग प्रति चासो राख्नेहरुको राम्रो मार्गदर्शक रहनु भएको छ दिलीप जी तपाई - तपाईको यो प्रयास लाइ मेरो सलाम छ | यहाँ को ब्लग सम्बन्धी पोस्टहरु र सजेसन ले मलाई पनी ब्लग सजाउन निकै सहयोग पुगेको छ |
यस पोस्ट ले ब्लग चलाउन रहर गर्ने मित्रहरु को धेरै हद सम्म प्यास मेटाउने आशा गरेको छू |

Prajwol said...▼

जान्नेलाई यि माथिका प्रश्न-उत्तर सार्है सरल लाग्न सक्छन । तर मलाई राम्ररी सम्झना छ, यि सरल प्रश्नका उत्तर पाउन पनि मैले, सुरुमा ब्लग खोल्न खोज्द, धेरै धपेडी गर्नु परेको थियो । नेपालीमा, त्यो पनि उदाहरण सहित्, सार्है उपयोगी टांसोका लागि दिलिप जि लाई धेरै धन्यवाद ।

आकार said...▼

नयाँ आउनेलाई निकै राम्रो सँग ले बुझाउन तपाइ सफल हुनुभएकोछ । यहि पैसो को कुरा गर्दा चाँहि, हाम्रै काठमाडौँमा केही कम्प्युटर इन्स्टिच्युट तथा साइबरहरुले 'अनलाइन बिजनेस'को हौवा देखाएर एउटा ब्लग बनाउन १००० देखि २००० सम्म रुपैँया लिएको भेटिएको छ । अत: कोही पनि यस्तो भ्रममा नपरे हुनेथियो । म ब्लग गर्छु भन्दा, केही साथिहरुले 'अनलाइन बिजनेस' कहाँ सिकेको भनेर सोध्थे, जब मैले के भनेको यस्तो भनेको थिँए, उनीहरुले आफ्ना कहानि बताए । कोहि ले १५०० त कसैले २००० सम्मै तिरेछन्, बिजनेस को लोभले, या भनौँ एडसेन्स ले गर्दा सबै झुक्किएछन् । अनि अझै पनि ठगिइरहेकाछन् ।

Milan said...▼

दाइको मेहनेतलाइ चाहिँ मान्नै पर्छ | धन्यबाद है जानकारीमुलक टाँसोको लागि | अब कसैले ब्लग खोल्ने बारे सोधे म नि यतै तिर बाटो देखाउँछु |

Basanta said...▼

दाइले यो टाँसोका लागि गर्नुभएको मेहेनत र लगनका लागि धन्यबाद! यात्राको शुरुवाती समयमा धेरै कुरा थाहा नहुँदा अलमल हुनु स्वाभाविक हो। यो टाँसोले नयाँ ब्लगर साथीहरुलाई त्यो अलमलबाट मुक्त पार्ने छ। हामीलाई पनि कसैले केहि सोधेमा यता 'रीफर' गर्न सकिने भयो।

हावा De Wind said...▼

धेरै ब्लगर सिस्य हरु बनाउनु भएको मा दिलिप ब्रो लाई बधाई आसा गरम कुनै सिस्यले पछी कालोमोसो दल्ने छैनन

आकार ब्रो लाई पनि धन्यवाद राम्रो जानकारी दिनुभएको मा

अनी म पनि केही भनिहालुम होला

wordpress मा adsense राख्न पैदाइन blogspot मा चाँही पाइन्छ तर adsense राखेर पैसा कमाउला भन्ने नसोचे पनि हुन्छ तपाईं आफ्ना मन का कुरा ब्यक्त गर्न चाहनु हुन्छ भने ब्लग एकदम उत्तम माध्यम हो तर पैसा कमाउला भनेर नसोच्नुस्

पछी फेरी कुनै लफडा नहोस्

कसो दिलिप ब्रो, मलाई पनि धन्यवाद हैन त

चीजु श्रेष्ठ said...▼

दिलिपजी निक्कै जानकारी मुलक टासो राख्नु भएछ, धन्यबाद ।
शुरु शुरुमा मैले पनि निक्कै हण्टर खानु पर्‍यो प्रज्वलजी ले भन्नु भए जस्तै ।
कसलाई सोध्ने ?........... कहाँ सोध्ने ?
यो सुचना अनि प्रबिधिको क्षेत्रमा आफु परियो अनभिज्ञ, के भन्नु र खै ? अहिले फेरी त्यो पल लाई सम्झन पनि मन लाग्दैन । यो नया ब्लग खोल्ने टासो ले मैले भोगेको जस्तो नियती अब आउने नवआगन्तुक मित्रहरुले पक्कै पनि भोग्नु पर्ने छैन । निक्कै मिहेनत साथ टासो बनाउनु भएकोमा मेरो सलाम छ दिलिपजी लाई........

पोखरेली ठिटो said...▼

Thankx for Me send useful Links

किरण(अनविज्ञ) said...▼

Thankyou !!!

gckarki said...▼

टांसेा भनेर किन भिनएकेा हेाला , यसवारे कहि वताइदिनु हुन्छ कि ।

Dilip Acharya said...▼

gckarki जि,

ब्लगमा प्रयुक्त हुने शब्दहरुलाई नेपालीकरण गर्ने क्रममा यो post भन्ने शब्दलाई "टाँसो" भन्ने नाम दिईएको हो ।

जहाँसम्म लाग्छ यो शब्द बनाउने श्रेय वसन्त गौतम जी कै हो । आफूले लेखेका कुरा अवास्तविक दुनियाको पेजमा टाँसीने भएकोले 'टाँसो' नाम दिईएको जस्तो लाग्छ मलाई। अनि व्यक्तिगत रुपमा एकदमै सहि र सार्थक पनि लाग्छ ।

Anonymous said...▼

tara nepalima sudhha tarikale lekhne kasari tyasko barema kaha pauna sakinchha

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼