26 August, 2009

ब्लगरको जन्मोत्सव र ब्लगरका नयाँ ग्याजेटहरु !

                          

यहि महिनाको २३ का दिन ब्लगर दश बर्ष पुगेको छ । आजभन्दा १० बर्ष अगाडि Pyra Labs को नाममा दर्ता भएको ब्लगर, सन August 23, 1999 को दिन देखि सञ्चालनमा आएको थियो । पछि सन २००३ मा Pyra Labs संग गुगलले लिएपछि भने यसका प्रयोगकर्तामा नाटकीय रुपमा बृद्धि भयो । अनि २००४ मा गुगले आफ्नै फोटो शेयर गर्ने साईट Picasa लाई ब्लगरसंग जोडेर फोटो अपलोड गर्ने र अन्य विभिन्न विकल्पहरु थपेपछि भने ब्लगरका उपयोगीतामा धेरै परिवर्तन आएका छन ।

यसै सन्दर्भमा गुगलले केही महिना अगाडि बल्गरमा के कस्तो सुधार गर्न सकिन्छ भनेर यसका प्रयोग कर्ताहरुसंग सुझाव पनि संकलन गरको थियो ( १-२ वटा सुझाव मैले पनि दिएको थिएँ :)

१० बर्ष बीचमा आएको ईण्टरनेट प्रविधिको सुधार र परिवर्तन अनि यसका प्रतिस्पर्धीसंगको दौडमा अगि बढ्न, गुगल ब्लगरमा सधैं नयाँ नयाँ उपयोगी ग्याजेट र विकल्पहरु थप्न लागी परेको छ ।
यसै सन्दर्भमा गुगले थपी सकेका केहि नयाँ अनुप्रयोगहरु र निकट भविष्यमा थपिन सक्ने केही विकल्पको बारेमा यहा सामान्य चर्चा गर्दै छु:

छपाई र सम्पादन:
केही समय अगाडी आफ्नो साबिक ब्लग पोष्ट र ईडिट गर्ने पेजलाई ब्लगरले पहिला भन्दा निक्कै सजिलो र बहुउपयोगी बनाएको छ । यदि तपाई आफ्ना पोष्टहरु सिधै ब्लगरको वेबपेज वा ‘पोष्ट ईडिटर पेज’मा गएर लेख्‍ने वा सम्पादन गर्ने गर्नुहुन्छ भने तपाईले यो नयाँ विकल्पको फाईदा लिन सक्नुहुन्छ:

Global Settings यसको लागि आफ्नो ब्लगरको Dashboard मा जानुहोस अनि Settings >> Basic हुँदै Global Settings भन्दा मुनि हेर्नुहोस । त्यहाँ, यो बाँयातर्फको चित्रमा जस्तै, "Select post editor" को पछाडी "Updated editor" मा चेक मार्क लगाएर "SAVE SETTINGS" मा क्लिक गर्नुहोस । अब तपाई आफ्नो post editor पेजमा जानु भयो भने तपाईले पहिलाको भन्दा धेरै सरल मेनुबार भएको नया पोष्ट ईडिटर देख्‍नु हुनेछ । जसको आकार (हाईट) तपाई आफ्नो आवश्यक्ता अनुसार तलको चित्रमा देखाए जस्तै गरी माउस क्रसरको मद्दतले चाहे जत्रो बनाउन पनि सक्नुहुन्छ ।

New edit post layout

साथै यो Updated editor प्रयोग गरेपछी "Post Options" मा पनि पहिला भन्दा बढि विकल्पहरु देखीने छन,तलको चित्र हेर्नुहोस:

Post options

लेबल क्लाउड:
ब्लगरले आफ्नै लेबल क्लाउड नबनाएकोले धेरैसम्म हामीहरुले अन्य कुनै थर्ड पार्टी ग्याजेट प्रयोग गरिरहेका थियौं , तर हालै ब्लगरले आफ्नो "Labels" gadget लाई पुरानो जस्तै केवल बिषय सूचीको रुपमा मात्रै प्रयोग गर्न मिल्ने वा त्यसैलाई लेबल क्लाउडको रुपमा देखाउन मिल्ने गरी सुधार गरेको छ।

साथै यो क्लाउड वा सूचीमा पनि आफूले चाहेको मात्रै विधा देखाउन मिल्ने, बर्णानुक्रमको आधारमा वा संख्यात्मक हिसाबमा देखाउन मिल्ने गरी केही नयाँ विकल्पहरु थपीएको छ ।

यदि तपाई आफ्नो ब्लगमा भएका भिन्न भिन्न विधालाई ‘लेबल क्लाउड’का माध्यमबाट देखाउन चाहनुहुन्छ भने:

पहिला आफ्नो Dashboard  मा जानुहोस अनि Layout हुँदैं “Add a Gadget” मा। अब तपाईले “Basic” ट्याब मुनि हेर्नु भयो भने त्यँहा "Labels" भन्ने ग्याजेट देखीने छ (जुन पहिला पनि थियो तर हाल सुधार गरीएको छ) । बस, त्यसलाई क्लिक गर्नुहोस र आफुलाई चयन गर्न मन लाग्ने विकल्पहरु छान्नुहोस । अब तलको चित्रमा जस्तै "Display"  भन्दा दायाँ तर्फ रहेका "List" र "Cloud" मध्य "Cloud" मा चेकमार्क लगाउनुहोस अनि सेभ गर्नुहोस ।

new label

यसको साथै तपाई आफ्ना केही सीमित वा निश्चित विधा मात्रै देखाउन चाहनुहुन्छ भने सो को लागि "Select Labels" मा चिन्ह लगाएर आफुले रोजेको विधा मात्रै देखिने बनाउन सक्नुहुन्छ ।

स्मरण रहोस हाल यो एउटै ग्याजेटलाई एउटै ब्लगमा पनि २ चोटी वा त्यो भन्दा बढि प्रयोग गर्न सकिने बनाईएको छ । अर्थात तपाईले यहि ग्याजेटलाई आफ्नो ब्लगको कुनै एक कुनामा ‘लेबल ग्याजेट’ र अर्को कुनामा ‘लेबल क्लाउड’ को रुपमा प्रयोग गर्न सक्नु हुन्छ । यसको प्रयोगात्मक उदाहरण मेरो यही ब्लगको वायाँ साईडबारमा रहेको "Label Cloud" मा हेर्न सक्नुहुन्छ ।

साथै विगत केही समय देखी ब्लगका फिडहरु गुगल रिडर वा अन्य फिड रिडरहरुमा पोष्ट टाँसीने बित्तिकै अपडेट हुन थालेका छन ।

त्यसो त, गुगलले ब्लगरको १० बर्षको जन्मोत्सवको उपलक्षमा धेरै नयाँ ग्याजेट र विकल्पहरु रिलिज गर्ने जनाए पनि उसका आधिकारिक साईट वा ब्लगहरुमा के कस्ता नयाँ ग्याजेट वा विकल्पहरु आउनेहुन भन्ने बारेमा कुनै विवरण दिईएको छैन । तर माथि बताए जस्तै गुगलले आफ्ना प्रयोग कर्ताहरुसंग गरेको सुझाव संकलन र मेरो आफ्नै आंकलनको आधारमा सायद निम्न लिखित केही  नयाँ कुराहरु अब आउने २-३ महिना भीत्र ब्लगरमा थपिदैछन:

  • ब्लगरको कमेण्ट सिस्टममा व्यापक हेरफेर हुनेछ र सम्भवत थ्रेडेड कमेण्ट सुरु गरीने छ ।
  • वर्डप्रेसमा जस्तै स्टाटिक पेज (आफ्नो आवश्यक्ता अनुसार नयाँ पेज बनाउन मिल्ने सुबिधा) ।
  • ब्लगरको आफ्नै ‘रिड मोर” अप्सन ।
  • ब्लगरको आफ्नै नयाँ टेम्लेटहरु ।
  • गुगलको आफ्नै ‘रिलेटेड पोष्ट” ग्याजेट ।
  • लेबल र पुराना पोष्ट सम्पादनमा नयाँ हेरफेर ।
जे होस ढीलै भएपनि Happy 10th. Birthday Blogger and
Happy Blogging !

18 Comments:

Basanta said...▼

ब्लगरलाई जन्मदिनको हार्दिक शुभकामना!!

यो ब्लगर नभैदिए हाम्रा दिन कट्न कति गाह्रो हुँदो हो भनेर गम्दैछु म:)

दाइलाई यो जानकारीको लागि धेरै-धेरै धन्यबाद!

नयां लाउरे said...▼

मैले ब्लगर कहीले जन्म्यो कसरि हुर्को भनेर खासै ध्यान दिएर खोजेको थिएन। पक्कै पनि, यसले धेरैको जीवन जिबन्त बनाइदेको छ भन्दा पनि हुन्छ। समयसङै प्रयोगकर्ता फ्रेन्ड्ली बन्दै गएको महसुस मैले पनि गरेको छु। अझ उन्नती, प्रगती हुदै जावस। अनि हामीलाई अझै सजिलो र रमाइलो होस।

DEEPENDRA said...▼

Thanks for this informative post. Hope the expected new features will make things much easier and interesting. I might think of switching to blogger's own template if find appropriate. Last few weeks, I have tried to change and customize my template (which is a wordpress template converted to blogger) but still it has failed to satisfy me :-) and also there are some problems with it (though, one can never be satisfied with these stuffs, I guess).

Umesh Gajurel said...▼

Thank'ss for information,
and Happy Birthday Blogger,

कैलाश said...▼

ब्लगरलाई जन्मदिनको शुभकामना। फेसबुकमै पढेको भएपनि फेरी पढ्ने धून चल्यो अनि फेरी चियाउँन भ्याए। दीलिपजीलाई धन्यवाद।

आकार said...▼

जानकारीमुलक पोष्ट का लागि धन्यवाद ! आशा गरौँ, ब्लगर ले केही समय भित्रै माथि उल्लेख गरिए अनुसार को सुविधाहरु थप गर्नेछ ।

Prajwol said...▼

ब्लगर चलाए पनि यसको ईतिहास बारे केही थाह थिएन :) आज केही जानकारी प्राप्त भयो ।

nkm said...▼

This is a wonderful post!

I preferred the Blogger in Draft because of its features such as scheduling the posts. Now it has been made available in regular dashboard too(after selecting the Updated Editor).
more...
http://www.google.com/support/blogger/bin/answer.py?answer=156829

सूर्य/सिकारु said...▼

ब्लगको दसौ बार्षिक मेलामा सबैलाई शुभकामना । ईतिहास जोडेर प्रष्ट पार्दै उपयोगी कुराहरुको जानकारी दिनुभएकोमा दिलीप दाजीलाई धन्यबाद ।आशा गरौ तपाइले भने बमोजिम छिटै गुगुलले नयाँ-नयाँ प्रबिधिको ग्याजेट हरु उपलब्ध गराओस।

दीपक जडित said...▼

ब्लगरलाई दशक पार गर्दाको जन्मदिनको शुभकामना मेरो पनि । यो जानकारीको लागी दिलीपजीलाई हार्दिक धन्यवाद !

बेदनाथ पुलामी ( उमेश ) said...▼

उपयोगी र जानकारी मुलक टासो - दिलिप जी, | सबै लाइ मेरो पनि ह्यापी ब्लगिङ्ग |

खुल्लामन्च said...▼

ब्लगलाई जन्म दिनको शुभकामना । उपयोगी जानकारीको लागि दिलिप दाजुलाई धन्यवाद ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

अहो! दशक पो पार गरिसकेछ है ब्लगरले...

अब ब्लगरले प्रयोगकर्ता संग गरेको सुझाव संकलन र
दिलिप दाजुको आंकलनको आधारमा माथि उल्लेखित बुँदाहरु
छिटै पस्कन सकोस ....

जन्म दिनको शुभकानमा ।

दूर्जेय चेतना said...▼

जानकारी लिनु छ त दिलिपजीकोमा। सिकारूजी ले आफ्नो ब्लगको पहिलो बर्ष गाँठमा ब्ल.गुरू भनेर भनेको त्यसै हैन है। ब्यस्तता हुदा हुदै पनि जानकारी मुलक कुराहरु संगालेर झिजो नमानीकन राख्नुनै तपाईको बिशेषता हो।
मलाई यसको बारेमा त केही पनि थाहनै थिएन र कहिलै पनि जान्न खोजिन सायद। तर सजिलैसंग भएका नयाँ कुराहरु र जानकारीहरु दिनुभएकोमा धन्यबाद है। म त ढुक्क छु जुन दिन नयाँ कुराहरु आउने छन् तेस दिन थाह पाईने छ दिलिपजीकै ब्लगमा।
सबै कुरा बिचार गर्दा तपाईलाई ब्ल. दाजु भन्न मन लाग्यो है दिलिपजी रिसानि भए माफ पाउँ।

राजेश......रुपान्तरणको खोजीमा said...▼

ब्लगको जन्मदिन रै'छ । मेरो ब्लग लिष्टमा हेर्दा मलाई तपाईको जस्तै लागेको थियो ।

खयर, ब्लगरलाई जन्मदिनको शुभकामना । आफुले चाहेको उपलब्धीहरु हासिल गर्न सकोस् । सबैको मन जित्न सकोस् । उत्तरोत्तर प्रगतिको कामना छ ।

तपाईको आँकलन गर्नुभएका विशेषताहरु ब्लगरले थपे निकै चमत्कार हुनेछ । सायद वर्डप्रेस चलाउनुको अर्थ हुँदैन होला । सम्पूर्ण वर्डप्रेसका ब्लगरहरु ब्लगस्पटमा तानिनेछन् ।

म चाहिँ 'रिडमोर'को अप्सनमा गर्भान्वित हुनेछु । साँच्चै सरल हुनेछ अब । जानकारीमूलक टाँसोका लागि धेरै-धेरै धन्यवाद ।
Keep Blogging!!

राजेश......रुपान्तरणको खोजीमा said...▼

दिलीप दाई
म त Nepali Bloggers Group मा सम्मिलित भएँ, तपाइ नि? भन्ने कोडको खोजीमा छु । सहयोग गर्नुहोला ।

प्रबिण थापा said...▼

ब्लगलाई जन्म दिनको शुभकामना । उपयोगी जानकारीको लागि दिलिप ji लाई धन्यवाद

Sudeep Acharya said...▼

thanks i will check it ctips4u.blogspot.com

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼