15 September, 2009

खै, तिनी पनि जाँड खाएरै सपथ लिन गा’थे कि !

(म हाल दक्षिण भारतमा छु र यो लेखमा भएका घटनाहरु दक्षीण भारतकै भएका कुरा हुन, कसैमा भ्रम  सृजना नहोस )

हिजो केही कामको सिलसिलामा म आफू बस्ने शहरको एउटा सरकारी कार्यालयमा पुगेको थिएँ। त्यहाँ निकै ताम-झाम र उल्लासको वातावरण देखीयो । प्राय: पुगी रहने र शुन्य रहने ठाउँ र त्यो पनि सरकारी कार्यालयमा यो मनोरञ्जनको माहौल देख्दा अचम्म लाग्यो । अनि सधैं भेटीने मानिसहरुले पनि मसंग हिन्दीमा अभिवादन र कुरा गर्ने प्रयास गर्दै थिए, जुन यो ठाउँकोलागी अनौठो नै थियो। तर पछि सोधेपछि थाहा भयो हिजोको दिन यहाँ “हिन्दी दिवस” रहेछ ।

वास्तवमा १४ सेप्टेम्बर १९४९ मा भारतको संविधान सभाले हिन्दी भारतको राजभाषा हुने निर्णय गरेको रहेछ र सोहि दिनको सम्झनामा १९५३ देखी सम्पूर्ण भारतमा १४ सेप्टेम्बरको दिनलाई हिन्दी-दिवसको रुपमा मनाउन थालिएको रहेछ ।

चिनजानको ठाउँ भएकोले म पनि केही छिन त्यहा घुलमिल भएँ । सो कार्यालयले यो पुरै हप्तालाई “हिन्दी सप्ताह” को रुपमा मनाउने निर्णय गरेको रहेछ र कार्यालयको भित्ता-भित्तामा ‘हिन्दी बोलौं’, ‘हिन्दी हाम्रो भाषा हो’ भन्ने जस्ता नाराहरु लेखीएका थिए ।

तर, उही हामीकहाँ शहिद दिवसको दिनमा शहिद र बाल दिवस, अपांग दिवस वा त्यस्तै कुनै खेमा वा वर्गको दिवसमा तिनका नाम याद गरे जस्तै भोलि देखी यहाँ पनि कसैले फेरि एक बर्षसम्म हिन्दी बोल्ने छैनन ।

करिव १ घण्टाको कार्यक्रममा अकस्मात सहभागी हुन पुगेपछि मेरो मनमा भने खाली आफ्नै देशका महानतम नेताहरुको मात्रै चित्र आईरह्यो । भारत, जहाँ आफ्नै भाषा बोल्न पनि मानिसहरुलाई यस्ता दिवसहरु कुर्नु पर्छ भने हाम्रा सेवक र स्वामीभक्तहरु भने दिन न दिवस अनि ठाउँ र कुठाउँ हिन्दी बोलेर गज्जबको विद्वता र भक्ती प्रदर्शन गर्दैछन ।

उपराष्ट्रपतिबाट सुरु भएको यस महानतम अभियान अहिले मन्त्रि र अन्य दर्जामा पनि सर्दै छ र स्थिति यस्तै रहे कुनै दिन हाम्रा मेयर, उपमेयर, वडा अध्यक्ष र गा. वि. स. का सदस्यहरुले समेत यही भाषामा सपथ खानेमा कुनै शंका नगरे हुन्छ ।

बिना कारण वा पूर्वाग्रही भएर कुनैपनि भाषाप्रति वैमनस्यपूर्ण भावना राख्‍नु वा कुनै भाषाको विरोध गर्नु गलत हो, तर त्यसै गरी अनावश्यक रुपमा र केवल द्बन्द सृजना गर्न मात्रै ठाउँ-कुठाउँ र बेला न कूबेला विदेशी भाषामा सपथ खानु पनि गलत नै हो । राष्ट्र भाषा वा मातृ भाषा समेत नभएको अबस्थामा अरु जुनसुकै तर्क वा कूतर्क गरेपनि हिन्दीमा सपथ खानु, सपथ खानेको लागि मालिकको अगाडि आफू पक्का सेवक भएको प्रमाणीत गर्ने अचुक अवसर बाहेक अरु केही हुँदै होईन भन्दा फरक पर्दैन ।

एउटा आँकडा अनुसार पुरै भारतमा जम्मा करिव ४०% जनताले मात्रै हिन्दी बोल्छन वा बुझछन । यो पनि उत्तर भारतका दिल्ली, हरियाणा र उत्तरकै केही राज्यहरुमा बोलीने बाहेक जती जती दक्षिण लाग्यो हिन्दी बोल्ने र बुझ्ने मानिस भेटन उत्तीकै मुश्किल हुन्छ भन्दा फरक पर्दैन ।

केही समय अगाडि म तामिलनाडु र आन्ध्र प्रदेशको सीमावर्ती ईलाकामा पुग्दा भोग्नु परेको भाषिक समस्याले मलाई यसबारे झनै राम्रो ज्ञान भएको थियो ।

प्रसंग फेरि हिजैको, १ घण्टाको समारोहमा वक्ताहरुले केही सानोतिनो भाषण र केही कविता पाठ गरेपछि कार्यक्रम समापन भयो । कार्यक्रम समापन गर्ने महोदयले बढो मुश्किलले केही वाक्यहरु हिन्दीमा बोले र अन्तमा स्थानीय तेलुगु भाषामा “अब यो भन्दा बढी बोलेमा तपाईहरुलाई पनि बुझ्न गाह्रो होला” भन्दा हलमा सबै गलल्ल हाँसे ।

कार्यक्रम पछिको चियापानमा एकजना परिचितसंग कुरा गर्दा उनले पनि रमाईलो कुरा गरे : “…सबैलाई विदेशी वा अर्काको भाषाप्रति आकर्षण हुन्छ । ...उत्तर भारतीयहरु रक्सीले मात्तीएपछि अंग्रेजी बोल्छन, ....दक्षिणका भने रक्सी लागेपछि हिन्दी बोल्न खोज्छन Oh go on।”

गफगाफकै क्रममा नेपालबारे केही चासो राख्‍ने एकजना सहभागीले मलाई सोधेका थिए “...अनि तिमीहरुको उपराष्ट्रपतिले साँच्चै किन हिन्दीमा सपथ लिएका हुन ?” । “…खै, तिनी पनि जाँड खाएरै सपथ लिन गएका थिए कि…Laughing !” मैले पनि आफू पनि बच्ने र माहौल पनि रंगीन बनाउने उत्तर दिएर संकट टाँरे ।

16 comments:

  1. Felt good to read you Dilip dai .....

    Vice president jasto post ma basera testo garnu ta murkhata ho...Aja afno stance ma adig ....kasaile bhaneko naterne...tyo bhanda badi...Supreme Court le bhanda pani naterne...

    The last lines too made me...lol....

    ReplyDelete
  2. पक्का हुनु पर्छ, जाड मात्र हैन अरू के के पनि खाएको हुनुपर्छ यो माहाराष्ट्र मा त मैले धेरै भटेको छु एक जाना मानिस ले त हिन्दी जान्दैन रहीछ मैले बाटो सोधेको, उसले मराठि मा उत्तर दियो, मैले मराठि नक्को, हिन्दी मे बोलो, भनेको उसले पिन हिन्दी नक्को, भनेर साइट लाग्यो, अझ एउटा कुरा एक पल्ट रिलाइन्स मोबाइलको कस्टमर केयर मा फोन गरे, अनि सिम को लागि के के कागजपत्र चहीन्छ भनेको , उसले पानकार्ड र इलक्ठ्रीसिटी को बिलको जेरोक्स चाहीन्छ भन्यो, अनि मैले मे बाहार देश से हुँ, भने उसले त्तकालै आउट अफ कन्ट्री मतलब माहाराष्ठ्र से बाहार हे ना ? , (यसको सोचमा माहाराष्ट्र एक देश हो )

    मैले यो सोचे कि यदी नेपाल ट्रुक्रीयो भने यस्तै हुन्छ होला, एक जिल्लाको कागजपत्र अन्य जिल्लामा चलाउनै मुस्किल..............................

    ReplyDelete
  3. नेपालको लिडरसिप का लागी भारत भनेको संधै दिल्ली र बिहार त हो नि, त्यो भन्दा बहिर गएर कहिले सोच्न सक्ने भए पो ।

    ReplyDelete
  4. हाहाहा, सायद सपथ खानलाई अलिकति तन्काउनैपर्छ, हैन भने नेपाली मा बोल्दै म हिन्दीमा बोल्छु भनेर कसैले भन्छ र ? यो भाषामोह पनि बडो अचम्म को छ । हुन चाँहि हाम्रा उप ज्यादै चाम्रो रहेछन् ।

    ReplyDelete
  5. एकदम सहि दिलीप दाए !!! एकदम सटिक जवाफ दिनुभयो !!

    ReplyDelete
  6. हाहाहाहा , दिलिप जी को जवाफ सटिक लाग्यो । लेख समय सान्दर्भिक छ ।

    ReplyDelete
  7. जायज जवाफ लाग्यो दिलीप जी । तपाइले भने झै हाम्रा केही नेताहरुले अब नेपाली भाषा छोडेर उतै तानिएका छन । उपराष्ट्र्पती जस्तो ब्यक्तिले आफ्नो राष्ट्रीय भाषालाई नबोल्नु म तिमीमा समाहित भए भन्नु (म तिमीहरुको नै हु) नै हो ।

    ReplyDelete
  8. अत्यन्त सान्दर्भिक लेख! हिन्दीमा शपथ, कपथ, लपथ आदि जे खाए पनि खानेहरुको मूल ध्येय भनेको आफूलाई धाप मार्ने सीमापारीका 'मालिक' हरु रिझाउनु बाहेक केहि होईन। नेपाली भाषाले तराईका अरु भाषालाई सेपमा पारेको चिन्ता हुनेले आफ्नै मातृभाषामा शपथ खान्छ, कसैको पनि मातृभाषा नभएको हिन्दीमा किन खान्छ? अहिले तानतुन पारेर हिन्दी मातृभाषा हुने नेपाली पनि केहि प्रतिशत छन् भन्ने देखाउन खोजिँदैछ तर त्यो सब सीमापरिका 'मालिक' हरुको ईशारामा उपेन्द्र यादव र झा मार्काका आफूलाई मधेशको 'मसीहा' ठान्नेहरुको कर्तुत हो।
    झाजस्ताले खाए त खाए, यसलाई धेरै महत्व नदिई बरु तराईमा हिन्दी विरुद्ध जनमत सृजना गर्ने काममा राज्य र अरु सबै लाग्नुपर्थ्यो। यस्तो ताईँ न तुईको कुरामा देशको सृजनात्मक उर्जाको दुरुपयोग भईरहेको छ। तराईमा हिन्दी लाद्ने षडयन्त्र सफल भएमा पेलिने भनेका त्यहाँका जनताले बोल्ने मैथिलि, भोजपुरी, अवधी आदिनै हुन्। नेपाली भाषाविरुद्धको तूस पोख्न हिन्दीलाई अगाडि ल्याउने र त्यसकै भरमा नेपाली भाषालाई गोल्खाडी बनाउने विचार हुनसक्छ कति 'मसीहा' हरुको तर नेपाली भाषा धेरै अगाडि गईसक्यो र यसलाई गोल्खाडी बनाउन अब ईन्द्रेका बाऊ चन्द्रेले पनि सक्दैनन्। हिन्दीको छायामा परेर मुर्झाउने भनेको तराईकै अरु भाषा-भाषिका हुन्।

    हिन्दीलाई भारतको सम्पर्क भाषाको रुपमा गान्धी-नेहरु लगायतका नेताहरुले लाद्न खोजेका हुन् तर उनीहरुको त्यो प्रयासले चरम असफलता बाहेक केहि पाएन। भारतको अस्तित्व सांस्कृतिक रुपमा प्रवल छ तर राजनीतिक रुपमा भारत कहिल्यै एउटा सिंगो इकाइका रुपमा रहेन, यो पहिलेदेखिनै बिभिन्न राज्यहरुको एउटा खुकुलो संरचनाको रुपमा रहेको छ। कहिलेकाहिँ 'एकीकरण' हुँदा पनि केन्द्रको शक्ति खासै धेरै भएन। भारतको यस्तै सामाजिक-राजनीतिक संरचनाका कारण पनि आजादी पछिको भारतीय संघीयता आवश्यक र एक हदसम्म सफल पनि भएको हो। यसैले गर्दा पूरै भारतलाई जोड्ने एउटा छुट्टै सम्पर्क भाषा पनि कहिल्यै बनेन।

    भारतको वास्तविक एकीकरण अंग्रेज उपनिवेशवादले गरेको हो र त्यसैको फलस्वरुप अंग्रेजी भाषा बरु भारतको सम्पर्क भाषाको रुपमा विकास भयो।

    हिन्दी भाषाका लाउकेहरु साम्राज्यवादी सोचले ग्रस्त छन्। भारतभित्रै र दक्षिण एशियामा अन्त सबैतिर हिन्दीलाई लाद्न असफल भएपछि तिनका आँखा अहिले नेपालको मैदानी भाग र एक हिसाबले पूरै नेपालमा गडेका छन्। तिनको कुत्सित मनशायको आगोमा घिऊ हाल्न त हाम्रा 'यादवजी' र 'झाजी' छँदैछन्।

    ReplyDelete
  9. he he ...funny but true analysis.

    ReplyDelete
  10. मेरो बिचारमा तिनले भांग धतुरो र "चरेश" पनि खाएको हुनु पर्छ ।

    ReplyDelete
  11. This is interesting!

    While people inside india (esp. south) do not speak hindi, (some even think that it is bihari language).
    However, if you come aboard... many people end up speaking it.

    Leave the situation of cities in USA where one can expect to find hindi speaking people; One of my friend wrote from country X

    "My hindi is getting better!!!"

    LOL!

    ReplyDelete
  12. म हासेँ ( हा हा हा लेख्दा मात्रै हासेको भन्ने बुझिने भैसक्यो ) । गजब जवाफ दिनुभएछ ।

    ReplyDelete
  13. गजबको टिप्पणी गर्नुभएछ, पक्का त्यस्तै होला सपथ खानु पछाडिको कथा ।
    तर सनकको अगाडि हाम्रा कथित नेता भनाउँदालाई 'जाँड' पनि धोकिरहनुपर्दैन, त्यसै धनुष्टङ्कारमा निहुरिन्छन् फलिफापको व्यापारमा । नत्र त केटाकेटीलाई पनि थाहा छ, हिन्दी नेपालको भाषा नै होइन । उच्चपदस्थहरूले नबुझ्नु त आफन्तीपनाकै उदाहरण 'पेसकश' हो ।

    ReplyDelete
  14. सबै कुरा अन्तर आत्माले मानेर हुनु पर्ने रहेछ। देशको पहिचान र अस्तित्व कति खेर प्रवल हुन्छ भन्ने कुराको बोध नै नभए पछि के भन्नु। हाम्रोमा त आफूले चाहेर भन्दा पनि अन्त कतै बाट रिमोट चलाएर चलेका हुनाले यस्तो समस्या भएको होला सायद। मेरो र हाम्रो भन्ने कुराको कसैलाई मतलबनै भएन।
    रमाईलो प्रशंग जोड्नु भयो, रक्सी भन्दा पनि नाम नखुलेको कालो पदार्थनै खाएको हुनु पर्छ यी भु.पु.उपराष्ट्रपती

    ReplyDelete
  15. माइक नेपालमा , माइक्रोफोन इन्डियामा | उप- रास्ट्रपति भन्नुहोस कि माइक वा साउण्ड बक्स | यसपाल यीं विद्वानले
    मखुण्डो खोलेर राम्रै गरे जस्तो पनि लाग्छ |

    ReplyDelete
  16. I like your quote..
    I've also written something about the flag..

    hapiblog.co.cc

    ReplyDelete