27 September, 2009

विशेषता (लघुकथा)

                          

vishes Aaina(यो लघुकथा यही ब्लगमा पनि धेरै अघी अंग्रेजीमा लेखेर हालेको थिएँ, तर धेरै दिन ब्लग अपडेट गर्ने मेसो नमिलेकोले हाललाई फेरि नेपाली भाषामा लेखेर टाँस्दैछु)

देशका एकजना प्रतिष्ठित वैज्ञानिकले एउटा बिशेष प्रकारको ऐनाको आविष्कार गरेको समाचारलले सवैतीर चर्चा पायो । सो ऐना, झ्वाट्ट साधारण ऐना जस्तै देखिए पनि मानिसरुले त्यसमा हेर्दा अनुहारको प्रतिबिम्बको साटो अरुनै भिन्न भिन्न कुराहरु देख्दथे।

यसरी अनुहार नदेखिने विशेष ऐनाको खास विशेषता भने पछि मात्रै खुलाउने वताएर ती वैज्ञानिकले आफ्नो आविष्कारको सार्वजनिक प्रदर्शनको आयोजन गरे ।

धेरै दर्शकहरुले प्रदर्शनीमा गएर त्यो विशेष ऐना हेरे, तर ऐनामा आ-आफ्नो अनुहारको साटो सवैले भिन्न भिन्न रंगको संयोजन र प्रकाश पुञ्ज अनी अकल्पनीय विम्बहरु मात्रै देखे ।

प्रदर्शनीको अन्तिम दिनमा एकजना चर्चित नेता ऐना अगाडि आएर उभिए, उनले त्यसमा एउटा कालो कालो धमिलो र अस्पष्ट चित्र देखे र भनेः "मलाई त यो आकृति मन परेन यो त राम्रो छैन ।"

एकजना सानो बालक पनि त्यहा आईपुगेको थियो । ऐनाको अगाडि पुग्ने बित्तिकै उ खुसीले उफ्रीयो। आफूले त्यसमा चमकिलो सफा र सेतो प्रकाशपुञ्ज देखेको बताउँदै उसले भन्यो "यो ऐना त साह्रै राम्रो रहेछ"।

अर्का एकजना बाटोमा हिडदै गरेको सन्तलाई पनि वैज्ञानिकले आग्रह पूर्वक ऐना अगाडि उभ्याए । उनले एकैछिन त्यहाँ दृष्टिगोचर गरे र सामान्य रुपमा आफूले त्यसमा केहि पनि नदेखेको वताए "यो त पानी जस्तो रगंहिन र हावा जस्तो निर्विकार छ "।

एउटै कुराको बारेमा तीन थरी अती विपरीत र पूर्ण भिन्न बक्तव्य आएपछि उपस्थित पत्रकारहरुले वैज्ञानिकलाई सो ऐनाको विशेषता बताइदिन भने । वैज्ञानिक एकैछिन मौन रहे, अनी लामो सास फेरेर बोल्न शुरु गरे: "… यो पनि अरु ऐना जस्तै प्रतिबिम्ब बनाउने ऐना नै हो, …तर फरक यत्ती छ की यसले शारीरीक बिम्ब हैन, मानसिक सोच, चित्त दशा र चरित्रलाई प्रतिबिम्बित गर्छ"

7 Comments:

Umesh Gajurel said...▼

सर यो ऐना एक पल्ट हेर्न मन लाग्यो , काहाँ छ होला ??

दीपक जडित said...▼

दिलीपजी म कस्तो देखिन्थें होला नि त्यस्मा अर्थात म के देख्थें होला ? कौतुहल भयो । लौ बनाउनु पर्यो दिलीपजी त्यस्तो ऐना ।

Prajwol said...▼

यो ऐना सांच्चै हुने भए त नेता छान्न यही प्रयोग गर्नु हुन्थ्यो । तर त्यसमा वैज्ञानिकले थाप एउटा Lie Detector मसिन पनि जोड्नु पर्छ :)

शर्मिला खड्का (दाहाल) said...▼

दिलीप जी लद्युकथा निकै राम्रो लाग्यो । दुःख दिए है दिलीप जी, मेरो ब्लगको सबैभन्दा माथि टाइटलै टाइटल लेखेको ठाउँमा तपाइको जस्तै लिंक बटम-गृहपृष्ठ, लद्युकथा, बिचार जस्तै गरी) राख्न मन लागेको छ । कृपया सहयोग गरिदिनुहोला । जस्तै कथा लघूकथा गीत कविता समीक्षा गरेर

राजेश......रुपान्तरणको खोजीमा said...▼

लघुकथा प्रहार निकै राम्रो लाग्यो । टाँसोको लागि धन्यवाद ।

दिलिप दाई, ‘रिडमोर’को पोष्टले निकै जानकारी गरायो । मेरो ब्लगमा तपाईको थर्डपार्टी रिडमोर राख्न आँटेको छु । सानो समस्यामा छु । यसमा इमेज वास्तविक साइजमा आउँदैन रहेछ । वास्तविक साइजमा राख्न सकिन्छ कि सकिदैन । अथवा इमेजलाई अगाडिपट्टि फूल साइजमा राखेर अनि पोष्ट सारांश राख्न सकिन्छ कि सकिदैन । कृपया झन्झट नमानीकन सहयोग गर्नुहोला । मलाई गा¥ह्रो परेको बेलामा सहयोग गरि रहनुहुन्छ, म तपाईप्रति सधैँ कृतज्ञ रहनेछु ।

TRUE LIFE'S JOURNEY said...▼

गजबको रहेछ !

DEEPENDRA said...▼

Interesting story! you gave more than a message here.

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼