28 October, 2009

के छ त विण्डोज ७ मा ?

                          

केही महिना अगाडि आफ्नो बिटा भर्सन पहिलो पटक नि:शुल्क रुपमा डाउनलोडको लागि उपलब्ध गराएको भएपनि माईक्रोसफ्टको अपरेटिङ सिस्टमको नयाँ अबतार “विण्डोज ७” भर्खरै सार्वजनिक भएको छ । राम्ररी चलाउन नभ्याएकोले यसका विविध पक्षबारे जानकारी नभए पनि यसको स्टार्ट मेनु, डेस्कटप र टास्कबारका केही नयाँ उपयोगीताहरुबारे यो पोष्टमा सामान्य जानकारी दिने कोसिस गर्दै छु ।

जम्प लिस्ट: साधारणतया विण्डोजका पुराना भर्सनहरुमा हामीले हालसालै खोलेका फाईलहरु ‘रिसेन्ट डकुमेन्ट’ बाट हेर्न सकिन्थ्यो । यसरी रिसेन्ट डकुमेन्टमा सिमीत संख्यामा फाईलहरु सूचिकृत हुने भएको र सबै प्रकारका फाईलहरु एकै ठाउँमा रहने भएकोले आफूलाई चाहिएको फाईल खोज्न मुश्किल हुन्थ्यो । तर विण्डोज ७ मा भने जम्प लिस्ट एक्टिभेट गरेको खण्डमा हरेक प्रोग्रामद्वारा खोलिएका फाईलहरु जुन जुन प्रोग्रामबाट खोलिएका हुन त्यसैमा सूचिकृत भएर बस्छ । जसका कारण फाईलहरु खोज्ने र खोल्ने कार्य छिटो हुन्छ ।

साथै कुनै पनि प्रोग्राम टास्कबारमा रहेको बेलामा सो टास्कबारमा राईट क्लिक गर्दा पनि हालै खोलिएका फाईलका सूची हेर्न सकिन्छ, तलको स्क्रिनशट हेर्नुहोस:

Jump list

लाईव टास्कबार प्रिभ्यू : विण्डोज एक्स्पीबाट भिष्टासम्म पुग्दा विण्डोजको टास्कबारमा केही सुधार भए पनि विण्डोज ७ ले मात्रै यसलाई अझ परिस्कृत बनाएको छ । विण्डोजका पुरानाlive  taskbar preview अवतारमा एकै समयमा धेरै फाईलहरु खुलेको अबस्थामा टास्कबारमा लहरै बसेका फाईलहरु मध्य आफूले खोजेको फाईल एकैचोटी खोज्नु परेमा वा त्यसमा भएको कुनै डाटा हेर्न सो फाईलालाई ‘म्याक्सीमाईज’ गर्नु पर्थ्यो । तर अब भने टास्कबारमा रहेका आईकोनमा माउस लग्ने बित्तिकै सो फाईल वा प्रोग्रामको सानो प्रिभ्यू टास्कबारमै देखिन्छ । साथै सो प्रिभ्यू स्क्रिनमा माउस लग्यो भने सो माउस त्यहाँ राखुन्जेलसम्म फाईल वा प्रोग्राम ईनलार्ज भएर डेस्कटपमा देखिनेछ ।

उदाहरणको लागि तपाईको मिडिया प्लेयरमा चलिरहेको भिडियोको लाईब प्रिभ्यू तपाईले सो प्रोग्राम म्याक्सिमाईज नगरी टास्कबारबाटै हेर्न सक्नुहुन्छ । माथीको स्क्रिनशट हेर्नुस:

एरो सेक: डेस्कटपमा एकैपटक धेरै फाईल वा प्रोग्राम चलिरहेको अबस्थामा कुनै एउटा फाईल वा प्रोग्रामलाई मात्रै ठूलो गरेर हेर्न एउटा रमाईलो तरिका निक्लेको छ विण्डोज ७ मा । उदाहरणको लागि तपाईको डेस्कटपमा वर्ड, एक्सेल, फोटोसप, फाएरफक्स आदि ७-८ वटा प्रोग्राम छन र ती मध्य तपाईलाई फाएरफक्सलाई मात्रै फोकस गरेर अरुलाई एकैछीन हटाउनु पर्‍यो । यस्तो अबस्थामा तपाई फायरफक्सको टाईटलबारमा माउस राखेर लेफ्ट क्लिक गर्दै एकैछिन सो माउसलाई दायाँ बायाँ हल्लाउनुहोस, मानौं तपाई बोरामा हालेको कुनै कुरा थिग्राउने उपक्रममा हुनुहुन्छ । बस, तपाईले होल्ड गर्नु भएको विण्डो बाहेकका डेस्कटपमा रहेका अरु सबै विण्डोहरु टास्कबारमा मिनमाईज भएर बस्नेछन । तपाईले पून: एकपटक सो विण्डोलाई ढकढकाउनु भयो भने मिनमाईज भएका सम्पूर्ण विण्डोहरु फेरि पहिलेकै अबस्थामा आउनेछन ।

Aero shake

‘रनको’ स्मार्ट विकल्प: त्यसो त, विण्डोजको लागि ‘रन’ भन्ने प्रोग्राम धेरै कुनै नौलो होईन । जसबाट हामी कमाण्ड विण्डो र अन्य प्रोग्राम र फाईलहरु खोल्न Smart runसक्थ्यौं । तर विण्डोज ७ को स्टार्ट मेनुमा देखिने “Search program and files” भन्ने बक्सले भने तपाईको कम्प्युटरमा ईन्स्टल गरिएका सबै प्रोग्रामहरु खोज्न भिष्टमा भन्दा पनि सजिलो बनाई दिएको छ । तपाईको कम्प्युटरमा स्टार्टमेनुमा नदेखिएका प्रोग्रामका सुरुका केही अक्षरहरु त्यो कोठामा टाईप गर्ने बित्तिकै स्टार्ट मेनुमा सो अक्षरहरुबाट सुरुहुने प्रोग्राम र कन्ट्रोल प्यानलका अनुप्रयोगहरु देखिन थाल्नेछन । स्क्रिनशटमा हेर्नुहोस । साथै सोही बक्समा तपाईले विण्डोजका पुराना कमाण्डलाईनहरु (cmd, clac, regedit, appwiz.cpl, gpedit.msc आदि जस्ता) पनि टाईप गरेर यसलाई रनको विकल्पको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

जे होस, आफूले बूझ्नेसम्मका सबै कुरा हेर्न र चलाउन नभ्याएपनि यी केही अनुप्रयोगहरु भने छरितो र रमाईलो लागेकोको यहाँ राखेको छु । र मेरो अनुभवमा हार्डवेयर रिक्वाएरमेण्ट र मूल्यका कुरालाई थाँती राख्‍ने हो भने विण्डोज ७ पहिलेका विण्डोजका अवतार भन्दा बढी उपयोगी भएको कुरा भने मान्नै पर्छ ।

13 Comments:

Chaitanya said...▼

अत्यन्तै समसामयिक र उपयोगी जानकारी प्रस्तुत गर्नुभएकोमा यहाँलाई धन्यवाद ! सूचना प्रबिधि र कंप्यूटर प्रणालीका बारेमा आफ्नो ज्ञान अति सिमित भएकोले सजिलो किसिमले अपडेट हुने माध्यम यहाँका लेखहरु भएका छन मेरो (शायद हामी सबैको ) निम्ति |

Prajwol said...▼

Good Stuff, खोजी गरेर आफ्नो राय टांस्ने यहाँको प्रयास सार्है सराहनिय छ, यसको लागि धन्यवाद । "हार्डवेयर रिक्वाएरमेण्ट र मूल्य" को ठुलो factor हुन्छ यसलाई अपनाउन । अझै XP ले के नराम्रो गरेको छ, र यसमा त्यस्तो upgrade नै गरिहाल्नु पर्ने special के छ भन्ने नै मेरो upgrade गरि नहाल्ने विचारको मूल कारक हुन :)

Basanta said...▼

मेहेनत गरेर यो जानकारी तयार पारी यहाँ राख्नुभएकोमा दाइलाई धन्यबाद! यो सात नम्बरी 'झ्याल' बाट चिहाउने समय पाएको छैन अझै। फेरि अहिलेसम्म त्यति आवश्यकता पनि परिसकेको छैन। प्रज्वलजीजस्तै म पनि सकेसम्म XP मै रमाउने विचारमा छु अझै।

Asha said...▼

Thanks for your kind info about latest windows 7 Acharaya jee !

राजेश बुढाथोकी 'नताम्स' said...▼

दाईको पोष्टबाट झ्याल ७ का बारेमा धेरै कुरा जान्न पाइयो । तर यो कस्ता–कस्ता भर्जनका कम्प्यूटरमा काम गर्छ भन्ने कुरा चाहिँ जान्न पाइएन । पोष्टका लागि धन्यवाद ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

यो निकै उपयोगी खोजमुलक र जानकारीमुलक टासो टास्नु भएकोमा धेरै धन्यवाद !

DEEPENDRA said...▼

Nice post! I liked fancy task-bar the most (though I haven't yet figured out all the other features) in Windows 7.

chudamani said...▼

राम्रो जानकारी !धन्यबाद |

Ashesh said...▼

म पनि कम्प्यूटरको amateur user नै हुँ । दिलिप दाईको टाँसो पढेर त धेरै कुरो पो जानियो त । अनि म चैँ भिष्टा चलाउँछु कम्प्युटरमा । नजान्ने मुलालाई जे चलाए पनि ठिकै लाग्ने रैछ खै ।

Milan said...▼

पुरानो भन्दा नयाँ जिनिस पक्का पनि राम्रै होला | चान्स पाए सम्म म नि यसो ट्राई गरि हेर्ने विचारमा छु | मेहनेत पुर्वक तयार गर्नु भएको जानकारीको लागि धन्यबाद |

Jotare Dhaiba said...▼

रोचक लाग्यो ७ को करामत ।
यसो बुझ्दा निकै उपयोगी रहेको ठहर्याएँ । तर मूल्यको कुरा सुन्दा खङ्ग्रङ्ग भइया छ । यता नेपालतिर युवा जमातमा यही ७ कै होहल्ला र भोक छ । तर चलाऊने काममा काम दिएसम्म खर्छ खर्च बिसाएर कसले गरोस् विकल्पको यात्रा ।
त्यही भएर XP नै जिन्दावाद अहिलेलाई ।

gyelbu sherpa -himalibabu said...▼

I am so happy to see your blog today and have spent few hours on your blog and like to beg some of your technical help, Please do me your favor


No1, how could i create BUTTONS like in your blog,
No 2 How could i create column 3 layout

Dilip Acharya said...▼

Sherpa Ji, thanks for visiting my blog.

As I am getting similar inquiries and request for help regarding the matters you have mentioned, I will try to write brief posts about that shortly.

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼