13 October, 2009

Holy Hacks – केही कम्प्युटर ह्याकहरु !

                          

कम्प्युटर प्रयोग गर्ने आफ्नो गति कम होउन्जेल र यसका अनुप्रयोगहरुसंग राम्ररी नभिज्दा सम्म आफ्नो सिस्टममा भएका सबै विकल्पहरु सबैलाई पर्याप्त लाग्छन । तर आफ्नो गति र प्रयोगात्मक आवश्यक्ता बढन थालेपछि भने सबैलाई आफ्नो सिस्टममा भएका विकल्पहरु कम भएको महशुस हुन्छ, अनि सुरु हुन्छ नयाँ नयाँ विकल्पको खोजी ।

हामीले प्रयोग गर्ने कम्प्युटरमा यस्ता केही लुकेका विकल्पहरु हुनसक्छन, जुन साधारण रुपमा कम्प्युटरमा देखीदैन । तर  कम्प्युटरको रजिष्ट्रिमा सम्पादन गरेर त्यसलाई सक्रिय गराउन सकिन्छ । यो भन्दा पहिला मैले यो पोष्टमा पनि यस बारेका केही कुरा लेखेको थिएँ । आजको पोष्टमा पनि त्यस्तै केही सामान्य ह्याकहरु दिँदैछु ।

टास्कबारका आईकोन साईजलाई घटाउनुहोस:

विण्डोजका सिस्टममा कुनै पनि फाईल वा फोल्डर खोलेपछि सो फाईल वा फोल्डरहरु टास्कबारमा लहरै मिलेर बस्छन । एक पटकमा १-२ वटा फाईल वा सफ्टवेयरहरु मात्रै चलाउँदा त समस्या हुँदैन, तर यदि तपाई पनि म जस्तै एकै पटकमा धेरै फाईल व फोल्डरहरु खोलेर काम गर्न बस्नुहुन्छ भने टास्कबारमा आफुलाई चाहिएका चिज खोज्न मुश्किल हुन्छ । किनकि विण्डोजको डिफल्ट सेटीङमा यसको साईज निक्कै ठूलो हुन्छ र दुई तीन वटा फाईल वा प्रोग्राम चलाउने बित्तीककै त्यो भरिन्छ । (तलको चित्रमा हेर्नुहोस:)

Normal Taskbar

आउनुस, आज हामी यो टासक्बारमा बन्ने आईकोनको साईज सानो गर्ने विधिमा लागौं । यो विधि अपनाईसके पछि तपाईका टास्कबारमा धेरै भन्दा धेरै आईकोनहरु अटनेछन्। (तलको चित्र हेर्नुहोस)

After edit 1

१)  यसको लागि रजिष्ट्रीमा साधारण सम्पादन गर्नु पर्ने भएकोले पहिला आफ्नो क्म्प्युटरको Start>>Run…मा थिच्नुहोस र त्यहा देखिने Open भन्ने खाली स्थानमा regedit टाईप गरेर Ok गर्नुहोस ।
२)  अब HKEY_CURRENT_USER>>Control Panel>>Desktop>>WindowMetrics मा जानुहोस।

३)  अब WindowMetrics लाई माउसले सेलेक्ट गरेर त्यसको दाँयापट्टीको ठुलो कोठामा हेर्नुहोस। त्यहाँको खाली ठाउँमा माउसले राईट क्लिक गरेर New > String Value चयन गर्नुहोस।

४)  सो नयाँ बनेको String लाई MinWidth भन्ने नाम दिनुहोस (अर्थात सो String को नाम MinWidth राख्‍नुहोस- तलको चित्र हेर्नुहोस् ।)

Registry key

५)  अब सो Stringलाई डबल क्लिक गर्नुहोस र सो को value 38 बनाएर Ok गर्नुहोस ।
यसको असर लागु गर्न कम्प्युटर एकपटक लगअफ गररे पून लग ईन गर्नु पर्ने हुन्छ ।

यदि तपाईलाई सो साईज साह्रै सानो लागेमा 38 लाई डबल गरेर 76 गर्न सक्नु हुन्छ  वा अन्य कुनै संख्यासंग खेल्न सक्नुहुन्छ ।

फाईल फोल्डर लुकाउने र देखाउने

प्राय: हामी सबैको कम्प्युटरमा कुनै व्यबसायीक वा व्यक्तिगत प्रयोजनको लागि बनाईएका केही गोप्य फाईल वा फोल्डरहरु हुन सक्छन । विण्डोजको सबै सिस्टममा यस्ता फाईलहरुलाई सबैले नदेख्‍ने गरी लुकाउन मिल्ने विकल्पहरु छन । साधारणतया कुनै पनि फाईल वा फोल्डरलाई राईट क्लिक गरी त्यसको Properties  मा गई Attributes: भन्दा पछाडि रहेको "Hidden"  मा चेक मार्क लगाएर Apply>> Ok गरेर विण्डोजलाई एकपटक Refresh गरेपछि ती फाईल वा फोल्डरहरु नदेखिने गरी बस्छन । तर यसरी लुकाईएको फाईल हेर्न भने विण्डोज एक्सप्लोरर वा My Computer खोलेर Tools>>Folder Options>>View> हुँदैं Hidden files and folders भन्दा मुनिको  Show hidden files and folder चयन गर्नु पर्ने हुन्छ । जुन झन्झटीलो छ ।

तर एउटा सानो VBS स्क्रिप्टको मद्दतले तपाई आफ्ना   सबै लुकाईएका फाईलहरुलाई एकै क्लिकमा देखिने र फेरि एकै क्लिकमा नदेखिने पनि बनाउन सक्नुहुन्छ। अब आउनुहोस यो सर्टकट बनाउन लागौं।

१)  सबैभन्दा पहिला आफ्नो कम्प्युटरको Notepad खोल्नुहोस र तलको टेक्स्टहरु कपि पेस्ट गर्नुहोस।

If 1=1 Then

Set sh = CreateObject("WScript.Shell")
theKey = "HKCU\Software\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Hidden"
setHidden = sh.RegRead(theKey)

If setHidden = 1 Then
setHidden = 0
MsgBox "Your hidden files and folders are now safe from prying eyes.",64,"Hidden File Exchange"
Else
setHidden = 1
MsgBox "Your files and folders are visible now !",64,"Hidden File Exchange"
End If

sh.RegWrite theKey,setHidden,"REG_DWORD"
Set sh = Nothing
End If

२)  अब सो टेक्स्टलाई डेस्कटप वा अन्त कतै सेभ गर्नुहोस ।
३)  सेभ गर्ने बेलामा यसको नाम जे राखेपनि अन्तमा भने .vbs थप्नुहोस। अर्थात तपाईले यसको नाम Hidden Magic राख्‍न चाहनुहुन्छ भने File name: मा Hidden Magic.vbs लेख्‍नुहोस Save as type: मा All Files   गर्नुहोस र Save दबाउनुहोस (तलको चित्र हेर्नुहोस)।

Show hide Files and Folders

VB File बस तपाइको साँचो तयार भयो । अब तपाईको कम्प्युटरमा यो दायाँ तर्फको चित्रमा जस्तो फाईल बन्ने छ । जब जब तपाई सो नयाँ फाईलमा डबल क्लिक गर्नुहुन्छ तपाईका कम्प्युटरका सबै अदृश्य वा लुकाईएका फाईलहरु देखिनेछन । सोही आईकोनलाई पून दबाउँदा सबै फाईलहरु पून: लुक्नेछन । (माथी बताईएजस्तै यसको असर देखीनको लागी यस्को: प्रयोग पछी स्क्रिन रिफ्रेस गर्नु पर्ने हुन्छ ।

लुकाईएका फाईल फोल्डरलाई पासवर्डद्वारा सुरक्षीत राख्‍नुहोस ।

यदि तपाई आफ्ना लुकाईएका फाईल वा फोल्डरहरुलाई यो VBS स्क्रिप्टको मद्दतले जो कोहिले देख्‍न नसक्ने र केवल आफ्नै पासवर्ड राखेर मात्र देखाउन र लुकाउन मिल्ने बनाउन चाहनुहुन्छ भने, अरु सबै तरिका माथिकै अपनाउनुहोस तर नोटप्याडमा कपि गरिने टेक्स्ट भने यो राख्‍नु होला:

pWord = "123456"

If InputBox("Please enter your password:","Password") = pWord Then

Set sh = CreateObject("WScript.Shell")
theKey = "HKCU\Software\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Hidden"
setHidden = sh.RegRead(theKey)

If setHidden = 1 Then
setHidden = 0
MsgBox " Your hidden files and folders are now safe from prying eyes.",64,"Hidden File Exchange"
Else
setHidden = 1
MsgBox " Your files and folders are visible now !",64,"Hidden File Exchange"
End If

sh.RegWrite theKey,setHidden,"REG_DWORD"
Set sh = Nothing
End If

नोट: यो टेक्स्टमा माथी रातो फण्टमा लेखीएको 123456 पासवर्ड हुन्छ । तपाइ सो 123456 को ठाउँमा आफ्नो कुनै पनि पासवर्ड राख्‍न सक्नुहुन्छ ।

Enjoy !

17 Comments:

आकार said...▼

गज्जब को Holi Hacks रहेछ ! कहिले काँहि फोल्डर लुकाउन काम लाग्छ ! :P

कैलाश said...▼

बहुतै उपयोगी कुरा रहेछ मेरा लागि त दिलिपजी। तपाईलाई धन्यवाद।

प्रवेश पौडेल said...▼

एकदम कामलाग्ने कुरा रै'छ दाइ फोल्डर लुकाउनलाई !! धेरै धन्यवाद !!

DEEPENDRA said...▼

Useful info! especially abt hiding the folders!

राजेश बुढाथोकी said...▼

निकै कामलाग्ने कुरा सिकाउनु भयो दिलीप दाईले । लुकाएका फाइलहरुलाई भाइरसले खराब गर्दैन ? टाँसोको लागि धन्यवाद ।

Umesh Gajurel said...▼

Useful information ! Thank'ss for post this post,

Durga said...▼

Nice information dai. Thanks

N K M said...▼

playing with regedit is a risky job!

:)

Basanta said...▼

रोचक र उपयोगी जानकारी! धन्यबाद!

Rajan KC said...▼

Nice Information. Keep Blogging!!!
Thank you for this post.

Jotare Dhaiba said...▼

निकै चलखेल गर्ने उपायहरू पाइयो । ;)
धन्यवाद दाइलाई ।

दूर्जेय चेतना said...▼

हे हे यो फाईल लुकाउने काम चाहीँ निकै काम लाग्छ ल। धन्यवादहै तपाईलाई।

Kedar Shrestha'Gagan' said...▼

धन्यवाद दिलिपजी!!

कृष्णपक्ष उज्यालोको खोजिमा said...▼

मलाइ पनि कम्प्युटरमा विशेष फाइल लुकाउने आइडिया चाहि गज़ब लाग्यो ।

खुल्लामन्च said...▼

उपयोगी जानकारी । धन्यवाद दाजु ।

रबिन्द्र न्यौपाने said...▼

दिलिप दाइ खुराकहरु उपयोगी लाग्यो । तर दाइ अफिसियल फाइलहरुमा यो तरिका अली झन्झटिलो हुँदैन् ??

Umar Anjum said...▼

There should be an English version for international readers who want to read literature from Nepal.

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼