10 November, 2009

भारतमै विवादित ‘हिन्दी सपथ’

                          

Slaping केही दिन अघि नेपालका छापाहरुमा हाम्रा वैधानिक वा अवैधानिक उपराष्ट्रपतिका महानवाणीहरु छापिएका थिए । उनले आफ्नो मालिकप्रतिको बफादारीता वर्करार राख्दै अब ठाउँ-ठाउँमा गएर आफ्नो समर्थन जुटाउने आशय व्यक्त गरेका थिए ।

हिन्दी भाषामा सपथ लिएका कारण विवादित र तिरस्कृत समेत बन्न पुगेका निजले, भारतमै ६०% भन्दा बढिले नबुझ्ने र नबोल्ने भाषाको महत्ता र गुणगान दर्शाई रहँदा यता भारतमा भने त्यसको ठिक विपरित घटना घटेको छ ।

घटना हो महाराष्ट्रको । महाराष्ट्र, याने भारतको त्यो राज्य, जुन राज्यबाट बर्षमा सयौंको संख्याका हिन्दी चलचित्रको निर्माण हुन्छ र हामी सामान्य नेपालीहरु प्राय: तीनै चलचित्रका कारणबाट पनि हिन्दी बोल्न र बुझ्न सुरु गर्छौं ।

नोभेम्बर,९ का दिन समाजवादी पार्टीका विधायक अबू हसीम आजमीले राज्य विधानसभामा हिन्दी भाषामा सपथ लिदाँ लिँदै अर्को घटक महाराष्ट्र नवनिर्माण सेनाका चार विधायकहरुले उनलाई धक्कामुक्कीका साथ माईक समेत खोसेर गरेको ‘भाषा काण्ड’ ले अहिले यहाँको समाचार गर्माएको छ ।

यो पोष्ट लेखि रहँदा एउटा कुरा भने सुरुमै प्रष्ट गरौं, एकजना विधायकलाई अर्का दलका बिधायकहरुले जुन वेईजत्तीपूर्ण व्यबहार गरे, म त्यसको समर्थक हुँदैं होईन । यो मेरो देशको घटना समेत नभएकोले त्यसको विरोध वा समर्थन गर्ने कुनै अभिप्राय पनि हैन मेरो । तर, भारतमै समेत ‘सपथको भाषा’को रुपमा प्रयोग गर्दा हंगामा हुने भाषालाई हाम्रा महानतम नेताहरुले उपराष्ट्रपति, मन्त्रि हुँदै अन्य क्षेत्रहरुमा पनि उदेक लाग्दो प्रयोग गर्न थालेको परिप्रेक्षमा यो घटना हाम्रोलागी पनि केही माने पक्कै राख्छ ।

Supportत्यसो त, हिजोको घटना पछि ती बिधायकलाई धक्कामुक्की गर्ने चारैजना बिधायकहरुलाई चार बर्षको लागि निलम्बन पनि गरिएको छ । तर कुरा जे जसरी गरेपनि हिन्दी भाषाले भारतमै पनि हाम्रा उपराष्ट्रपति र नेताहरुले नेपालमा दिन चाहेको जस्तो स्थान नपाएको कुरा भने फेरि एकपटक प्रष्ट भएको छ ।

हुन त जसरी तोड-फोडमा उत्रने बिधायकहरुलाई निलम्बन गरीयो, त्यसै गरी हिन्दीमा सपथ लिन नहुने मान्नेहरुको समुहले पनि ती चारजना बिधायकहरुलाई हिजैं सम्मान कार्यक्रम पनि गरेर समर्थन देखाए ।

माथि उल्लेख गरेजस्तै, म तोड-फोड र बल मिचाईबाट गरीने रजानीति र कुनैपनि कार्यको सधैं विरोधी रहेको छु र गलत कुरा रोक्न पनि गलत तरिका अपनाउनु हुन्न भन्ने मेरो मान्यता हो । तर, भारतमै समेत झन् झन् विबादीत हुँदै गएको र आफ्नो मातृभाषा पनि नभएको यो भाषालाई नेपालमा स्थापना गर्न खोज्नु भने मेरो बिचारमा सरासर गलत हो। यस्तो गलत कार्य भने प्रधानमन्त्री, उपराष्ट्रपति वा राष्ट्रपतिले नै गरेपनि त्यसको सार्थक ढंगबाट विरोध भने हुनै पर्छ ।

Cartoonथप-थाप: (११-११-२००९)

यो भाषा विवाद चुलीँदै जाँदा यहाँ विरोध र समर्थनका थरी-थरी रंगहरु देखिँदैछ । कतै हिन्दी समर्थकहरु हिन्दी वोरोधीका पुतला जलाउन र तस्विरमा जुत्ता हान्न व्यस्त देखिन्छन भने कतै भने अस्तीको सपथ बिथोल्न खोज्नेहरुलाई ‘हिरो’ बनाउने प्रयाश पनि जारी छ । यसै क्रममा आज विहान, दक्षिण भारतबाट निस्कने स्वतन्त्र वार्ता नामक दैनिक पत्रिकामा प्रकाशीत एउटा कार्टुन चित्रमा आँखा पुग्यो । मलाई एकमदै सटिक लागेको उक्त कार्टुन चित्र जस्ताको त्यस्तै राख्दै छु ।

 

(कार्टुन साभार: स्वतन्त्र वार्ता ११-११-२००९)

8 Comments:

Basanta said...▼

हिन्दी उत्तरी भारतमा विकसित भाषा हो र यसलाई गान्धी-नेहरु र त्यसपछिका उत्तर भारतीय नेताहरुले भारतभरि लाद्न खोजेका हुन्। उत्तर भारतीयहरु अलिक साम्राज्यवादी सोचका छन्। उनीहरुको प्रयास भारतमै असफल भईसकेको छ। हिन्दीले अहिले नेपालजस्ता ठाऊँमा आँखा गाडेको छ। यो समाचार चरेशानन्द प्रभृतिले पढे हुन्थ्यो एकबाजी।

Prajwol said...▼

नेपाली नेताहरुले (र समग्र नेपालले पनि) भारत भनेको दिल्ली र बिहार बाहेक बाहिर कहिले देखेनन । हिन्दिमा भुक्दैमा भारतबादी बन्ने मानसिकता जो बसेको छ, त्य्ही चार जना आयर चरेसानन्दलाई नचुटे सम्म अरु कुनै नेपालका बासिन्दाको तेरपुच्छर लाग्ने वाला छैन । मालिकले चुटे हिन्दी भनेको नेपालको त परे जावस भारतको पनि मुख्य भाषा हैन भनेर विबेक पलाउंथ्यो कि :D

राजेश बुढाथोकी 'नताम्स' said...▼

सामाज्यवादी सोचको यो गतिलो नमूना हो । षड्यन्त्रकारीहरुको षड्यन्त्र बुझिनसक्नुको छ । तपाईले भनेझैँ भारतमै बिवादित बनेको ‘हिन्दी’ भाषा नेपालमा लाद्नु सरासर गलत कुरा हो । पैसा र पदमा देश बेच्नेहरुलाई म के गर्दैछु भन्ने के थाहा ?

Dhruba Panthi said...▼

बुझी-बुझी पनि बुझ पचाउने चरेसानन्दहरुले त यस्ता घटनाबाट पनि के पाठ सिक्थे र! तैपनि लहैलहैमा हिन्दीको पछि दौडन खोज्ने कार्यकर्ता तहकाहरुले चाँहि केही बुझिदिए सबैको कल्याणै हुने थियो।

Aakar said...▼

हिन्दि सपथ ले नि गर्नु गर्‍यो ! विचित्र को संसार भनेको यही हो, कहीँ मरिहत्ते कतै मारिहत्ते !

Ashesh said...▼

मेरो सामान्य बुझाईमा र खोजाईमा हिन्दी भाषा कुनै पनि नेपालीको मातृभाषा भएको पाईएन । यध्यपी यो कुरा पुर्ण सहि हो चाहिँ म भन्न सक्दिन । सहि भएको खण्डमा प्रश्नहरू उठ्नु स्वभाविक हो:- "आखिर कसको प्रतिनिधित्व गरे त परमानन्धले ? अनि कुन स्वार्थले खच्घच्यायो उनलाई हिन्दी भाषामा सपथ लिनका लागि?
दिलिप दाईको लेखले झन् चित्ता बुझ्यो । हिन्दी भाषा स्वयम् ले पुरा भारत वर्षको प्रतिनिधित्व गर्दै सक्दैन भने हाम्रा परमानन्ध त टुहुरै भएछन् नि!!

U.G, said...▼

म न से, बिसेस रूपले म बसको को जिल्ला पुणा मा पाइन्छन, तर यहाँ मराठी बाहेक हिन्दी कमै बोलिन्छ, तर पनि त्यति बिरोध देखिएन यहाँ त्यो दिन नत्र सबैले निकै बबाल हुनछ भन्ने सोचेका थिए, तर भएन त्यस्तो, खै नेपालमा एक दुइ झापड हानेको भए ठिक हुन्थो होला उपरा..........

Chaitanya said...▼

शपथ भन्दा पनि समझको कुरा ठूलो हो जस्तो लाग्छ मलाई | आफु बस्ने कुर्ची कुनै बिशेष क्षेत्रको हितको उद्देश्यले बनेको हो भने त्यों क्षेत्रको भाषामा शपथ गर्छु भन्नु बेठीक हुँदैन | समस्त देशको प्रतिनिधित्व गर्ने कुर्चिमा बस्ने भएपछि राष्ट्रीय भाषामा शपथ खानु ठीक हो | चुनाब र आन्दोलनको तातो हुरीमा लोकप्रियताकै निम्ति आँखा-चिम्म गरिदिनाले पछि बेठेगान हुनुपरेकोमा उप-राष्ट्रपतिलाई पछुताऊ भैरहेको होला | उतिबेलै उहाँले आफ्नो पार्टीलाई सम्झाएको भए न्यायाधीश समेत बनिसकेका बिद्वानको कुरा तर्कसंगत लागेर पार्टीले पुनर्बिचार गर्थ्यो होला कि !

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्‍नुहोला...▼
Please leave your Comments here...▼