30 November, 2009

चार टुक्रा

एक

तिमी ईशाराले बोलाउँछ्यौं  मलाइ ।
तिमी चञ्चलताले चलाउँछौं मलाइ।
म आफैंभित्र हराएको छु,
बाहिर खोजेर कहाँ भेट्टाउँछ्यौ मलाइ ।

दुई

हात्ती धपाई साँढे बन्नेको लाम छ ।
जो आए’नि खाने मात्रै काम छ  ।
भ्रष्टाचारको विरोध गर्दै हिंडने संग,
खल्ति भित्र भर्खर बुझेको खाम छ ।

तीन

भावनालाई जत्ती लुकाउन खोजे पनि,
चाहनाका रेखाहरु तिम्रा मुहारमा देखिनेछन ।
मुखले अरुलाई जत्ति झुक्याउन खोजे पनि,
मेरो नामको प्रेमपत्र तिम्रै हातबाट लेखिनेछन ।

चार

धुम्म आकाश फाट्यो ।
कालो बादल हट्यो ।
तुवाँलो र बादल भित्र निस्क्यो ।
खग्रास सुर्य ग्रहण !

16 comments:

  1. ताजा खामको सत्यता होस् कि उनको प्रेमपत्रमा आफ्नो नामको निर्धक्कता, आफु हराएको कथा होस् कि खग्राश सुर्य भेट्टाएको गाथा सबै टुक्रा बेजोड छन् !

    ReplyDelete
  2. एक दुइ तिन अनि चार ले निकै मज्जा चखायो !
    :)

    "बाहिर खोजेर कहाँ भेट्टाउँछ्यौ मलाइ + खल्ति भित्र भर्खर बुझेको खाम छ,
    मेरो नामको प्रेमपत्र तिम्रै हातबाट लेखिनेछन + खग्रास सुर्य ग्रहण !"

    हा हा हा, यसो रमाइलो गरिहेरेको है !

    ReplyDelete
  3. दुई नम्बरको टुक्रा निकै चोटिलो लाग्यो है दिलिप सर!!

    ReplyDelete
  4. मलाई पनि दुई नम्बरको टुक्रा एकदमै गज्जब लाग्यो....

    ReplyDelete
  5. मलाई चाहिँ नं ४ ले निकै धत पर्‍यो है दिलिपजी।

    ReplyDelete
  6. मलाई पनि दुई नम्बरको टुक्रा एकदमै गज्जब लाग्यो

    ReplyDelete
  7. वाह वह वाह !
    सबै टुक्रा एक से एक छन् रमाइला लागे
    खाम बोक्ने वाला टुक्रा चाहि अझ बिशेष

    ReplyDelete
  8. हरेक टुक्रा हरु बेजोड छन दिलिप जी
    म आफैंभित्र हराएको छु,
    बाहिर खोजेर कहाँ भेट्टाउँछ्यौ मलाइ ।

    ReplyDelete
  9. सबै टुक्राहरुमा बेग्ला बेग्लै मजा भेटियो । स्वादिला ।

    ReplyDelete
  10. साह्रै स्वादिष्ट टुक्राहरु! हिजै पढेको हो, धेरैचोटि दोहोराएर पढिसकें अहिलेसम्म।

    ReplyDelete
  11. कति राम्रा टुक्राहरू( सबैले टुक्रा भन्दा हाँस पनि उठीरा'छ) । तर सबैनै मनपर्यो मलाई त ।

    ReplyDelete
  12. पोटिला, रसिला अझ कसिला लागे यी टुक्राहरू । पढ्नुअघि टुक्रा थिए, पढिसकेपछि सग्ला बान्कीमा जोडिएर खँदिला बने ।

    ReplyDelete
  13. सारै चोटिला रहेछन ! मनपर्यो दिलीपजी ! ढिलो पो भए छु |

    ReplyDelete
  14. सबै टुक्रा एक से एक छन | मायालु नेता सबैलाई दनक दिन टुक्रा टुक्री काफी छन | चारै टुक्राको हार जिन्दगीको सिङ्गो बास्तबिकता हो |

    ReplyDelete
  15. a beautiful write ! from sarcastic one,
    भ्रष्टाचारको विरोध गर्दै हिंडने संग,
    खल्ति भित्र भर्खर बुझेको खाम छ ।

    to romantic one,
    म आफैंभित्र हराएको छु,
    बाहिर खोजेर कहाँ भेट्टाउँछ्यौ मलाइ ।

    all are nicely crafted. simply loved them.

    ReplyDelete
  16. भ्रष्टाचारको विरोध गर्दै हिंडने संग,
    खल्ति भित्र भर्खर बुझेको खाम छ ।

    it's too good analysis

    ReplyDelete