यो पोष्टको कुरा छोटकरीमा राख्दा, यो पोस्ट ब्लगको लेबललाई यस्तो :
बाट यस्तो बनाउने तरिकाको बारेमा हो । ![]()
करिव १ महिना अघि देखीनै केही नयाँ तथा पुराना ब्लगर साथीहरुले मलाई लेबललाई हेडरमा ट्याब वा CSS Navigation Menus को रुपमा राख्ने तरिकाको बारेमा सोध्दै आउनु भएको थियो । केही साथीहरुलाई ईमेलबाट सामान्य तरिका बताए पनि अरु नयाँ आउनेहरुलाई पनि सहयोग होस भन्ने उद्देश्यले यो पोष्ट लेख्दैछु ।
यो मेनु कसरी बनाउने भन्ने बताउनु भन्दा पहिला, १-२ कुराहरु:
हामीहरु हरेकको टेम्प्लेट फरक-फरक हुने तथा यो मेनु राख्ने कुनै तयारी ग्याजेट भने नबनेकोले यसका कोडहरुमा टेम्प्लेट पिछ्चे केही सामान्य हेरफेर गर्नु पर्ने हुन सक्छ । यो पोष्टमा म सो सम्भावित कोडहरुलाई पनि हाईलाईट गरेर यो विधिलाई सम्भव भएसम्म सरल बनाउने कोसिस गर्ने छु ।
यो कोड- कन्टेन्टहरु मैले http://www.blogdoctor.me , http://www.blogbulk.com , http://bloggeruniversity.blogspot.com र अन्य केही साईटबाट लिएको छु र सबैलाई मिसाएर सकेसम्म सरलीकरण गर्ने प्रयास गरेको छु । माथीका साईटहरु मध्य केही साईटहरु हाल अपडेट भैरहेका छैनन, तर ती सबै साईटहरु ब्लगरमा ब्लग चलाउनेको लागि एकदमै जानकारी मूलक र उपयोगी छन, विशेषगरी ब्लगरमा छेड-छाड गर्न रुचाउने सबैलाई म ती साईटहरु हेर्न सल्लाह दिन्छु ।
हुन त यो मेनु बनाउने तरिका ‘सेफ प्रोसेस’मै पर्छ, तैपनि, म सबैलाई आफ्नो लेआउटमा कुनै परिवर्तन गर्नु अगाडि पुरानो लेआउटको व्याकअप राख्न सल्लाह दिन्छु ।
अब सुरु गरौं मेनु राख्ने तयारी । यसको लागि सबैभन्दा पहिला आफ्नो टेम्प्लेटमा यो नयाँ मेनु बस्ने ठाउँ बनाउनु जरुरी हुन्छ । त्यसैले सबैभन्दा पहिला ब्लगरको Dashboard मा जानुहोस अनी Layout हुँदैं Edit HTML मा।
१) अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्:
<b:section class='header' id='header' maxwidgets='1' showaddelement='no'>
२) अब सो कोड भेटिए पछि त्यसमा भएको '1' लाई '2' बनाउनुहोस र 'no' लाई 'yes'। अर्थात माथिको कोडलाई निम्न बमोजिम परिवर्तन गर्नुहोस:
<b:section class='header' id='header' maxwidgets='2' showaddelement='yes'>
३) अब Edit HTML भन्दा माथि बायाँ पट्टी रहेको "Layout" मा थीच्नु भयो भने तपाईले माथिको चित्रमा जस्तै हेडर भन्दा माथि एउटा "Add a gadget" भन्ने नयाँ लामो बक्स देख्नु हुनेछ। त्यो "Add a Gadget" थीच्नुहोस। र त्यसपछि खुल्ने पेजमा “HTML/JavaScript
” मा थिच्नुहोस।
४) अब खुल्ने कोड बक्समा “Title” खाली नै राख्नुहोस र Content मा भने तलको कोड कपि गरेर तल बताए जस्तै सामान्य परिवर्तन गरी पेष्ट गर्नुहोस: (कोड लामो छ तर नआत्तिनुहोस, यो अन्तिम चरण हो) । सजिलोको लागि यो कोडलाई पहिला कुनै वर्ड प्रोसेसरमा कपी गरेर तल बताईए जस्तै गरी आ-आफ्नो लेबलको url लिन्क हालेर पेष्ट गर्दा गल्ती नहुन सक्छ ।
कोड:

घर

कविता

५) अब "SAVE" मा थीच्नुहोस । बस सक्कियो।
ध्यान दिनु पर्ने केही कुराहरु:
माथिको कोडको अन्ततिर रहेको AAAAA को सट्टामा आफ्नो ब्लगको नाम राख्नुहोस। त्यस्तै XXXXX को ठाउँमा आफ्नो ब्लगको लेबल ।
माथीको कोडमा रहेको title="Home" वा title="Poem" मा भएको "Home" र "Poem" ले माउसको क्रसर कुनै पनि ट्याब माथि लग्दा देखिने ‘टुल टिप्स’ लाई बुझाउँछ भने वा  र  बीचमा रहेका “घर” र “कविता” जस्ता शब्दहरु भने ट्याबमा सधैं देखीने अक्षर समुह हुन ।
यसलाई सजिलो संग बुझ्न मेरै ब्लगको लेबल ट्याबमा माउस क्रसर लगेर हेर्न सक्नु हुन्छ । त्यहाँ “गृहपृष्ठ” मा माउसको क्रसर पुर्याउँदा ‘टुल टिप्स’ मा भने "Home" देखिनेछ । तपाई चाहनुहुन्छ भने यी दुबैमा एउटै शब्द पनि राख्न सक्नुहुन्छ ।
माथीको कोडमा मैले केवल ‘घर’ र ‘कविता’ भन्ने दुईवटा लेबल मात्रै राखेको छु, तर कोडको अन्तमा भएको

भन्दा माथी आफुलाई थप्न मन लागेको लेबलको अरु लिन्कहरु पनि थप्न सकिन्छ । यसलाई सजिलो गरी बुझ्न:

घर

कविता

मुनि र

भन्दा माथि

कथा

समाचार

जस्तै गरी आफुलाई चाहिने अरु लेबल थप्न सकिन्छ । यहाँ पनि AAAAA को सट्टामा आफ्नो ब्लगको नाम राख्नुहोस अनि YYYYY र ZZZZZ को सट्टामा आफ्नो अरु लेबलको नाम । साथै ‘कथा’ र ‘समाचार’ को सट्टामा आफ्नो विधाको नाम । लेबलको नाम case sensitive हुने भएको र क्यापिटल वा स्मल लेटर मात्रै तलमाथी परे पनि काम नगर्ने भएकोले ध्यान पूर्वक राख्नुहोला ।
अन्य थपथाप:
कोडको शुरुमा निलो रंगले लेखिएको width:860px; र font-size:90%; ले क्रमश: ट्याबको कुल चौडाई र ट्याबमा देखीने फन्टको साईज निर्धारण गर्छ। त्यसलाई आ-आफ्नो टेम्प्लेटको साईज र ईच्छा अनुसार अंकलाई घटी बढि गरेर मिलाउन सकिन्छ ।
कलेजी रंगले लेखिएको color: #ffffff; लाई परिवर्तन गर्दा ट्याबको फन्टको रंग परिवर्तन हुन्छ।
ट्याबमा रहेका विधालाई बोल्ड गर्न र  बीचमा रहेको अक्षरलाई  र  को बिचमा हाल्नुहोस । उदाहरणको लागि माथीको “घर” लाई बोल्ड गर्नु छ भने घर लाई
घर गर्नुहोस ।
हरियो रंगले लेखिएको कोड background:#2D8930; ट्याबको व्याकग्राउण्ड कलर हो । यसलाई पनि आफ्नो ईच्छा अनुसार फेर्न सकिन्छ
रातो रंगले लेखीएको कोड color:#FFCCFF; परिवर्तन गर्दा माउस क्रसर ट्याबमा लग्दा परिवर्तन हुने रंगलाई देखाउँछ , यो पनि आफ्नो ईच्छा र टेम्प्लेटको रंगको अनुपातमा फेर्न सकिन्छ । कस्तो रंगको कलर कोड के हुन्छ र कुन कोड हाल्दा कस्तो रंग बन्छ हेर्न यहाँ जानुहोस।
ट्याबको व्याक ग्राउण्डमा रंगको सट्टा कुनै ईमेज पनि राख्न पनि सकिन्छ । तर यो पोष्ट नै धेरै लामो भएकोले आजलाई यत्ती ।
Happy Blogging !

19 Comments:
wow !
grt tips...really informative...
great dai !!!!!!
धन्यबाद, उपयोगी टिप्सको लागि
अहा! अति नै उपयोगी ब्लग्स टिप्स पस्कनु भयो दिलिप जी, हेडर र साइडबार जस्ताको तस्तै राखेर मेन कोलममा लेबल देखाई दिने रहेछ । एकदम मन पर्यो ।
दिलिप दाइ मैले खोजेको खुराकी त बल्ल पाँए ।
धन्यवाद ।।
Dilip jee,
thank you so much for your valuable information, it is very helpful for me..and i have seen lot of comments regarding on this topics, i have requested you to help this topic and you have contributed your valuable time for me and others..
Thanks again from my heart..
Gyelbu Sherpa
धन्यवाद दिलीप दाई यो बहुमूल्य पोष्टका लागि ।
मेरो ब्लगमा जसोतसो यो कोडलाई हाले । लग हेडरको मुनि तपाईको जस्तै सजाएर राखौं भनेको टेम्पलेटले साथ दिएन । कोडको ब्याकग्राउण्ड कलर चेन्ज गर्दा पनि देखाएन । तर ठिकै छ जसोतसो काम चलाउ भएको छ है ।
राजेश भाई, यो पुरै 'कोड बक्स' वा ट्याब लाईनलाई ड्र्याग गरेर हेडर मुनि राख्न सकिन्छ । एकचोटी तल 'तानेर' हेर्नु होला ।
कहीले काही कोडलाई पनि 'जिस्क्याउनु' पर्छ । ड्र्याग गर्दा हेडर मुनि आएन भने एक चोटी साईडबारमा झारेर फेरि त्यसलाई हेडर मुनि तानेर हेर्नुस ।
यति मिहिनेत गरेर लामो पोस्ट तयार पार्नुभयो, कतिविघ्न गहकिलो काम !
आफ्नो टेम्प्लेटमा भने लेबल ट्याब राख्ने उपयुक्त 'आँगन' नदेखेकोले अहिलेसम्म सोचेको छुइनँ । तर धेरै सँगीसाथीको निम्ती यसले ब्लगको उपचारमा बुटीकै काम गरेको छ ।
धन्यवाद दिलिप सरलाइ यस्ताे उत्कृष्ट ब्लग्स टिप्स पस्कनु भयो
aashish:
dilip dada sarai upayogi post , idea dinu bhayeko ma dhanya baad,
dada yo idea use garera new "add a gadget" rakhna ni mil6 ki mildaina ?
Aashish bro,
If you mean to say that you want to add these tab on sidebar, you can do it.
The first step, I have described here is just to make 'space' below the header.
If your template is already having that space or if you want to add it on sidebar, you can also do it.
सारै नै उपयोगी टिप्स पस्कनु भयो त दिलिप जी, धन्यबाद्!
दाई तपाईले भनेझै ड्रयाग गरेर चारैतिर लगाए तर पनि भएन खयर यस्तै मलाई यस्तै ठिक लाग्यो ।
दाई सो लेबललाई बोल्ड र रातो कलर गरौं भनेको केही भेउ पाउन सकिन । फुर्सदका बेला यही पोष्टको कमेन्ट बक्समा उपाय सिकाई दिनुहोला ।
राजेश भाई,
यो ब्लगरको कमेण्टबक्समा केही कोडहरु राख्न नमिल्ने भएकोले तपाईको दुबै प्रश्नको उत्तर मैले माथीकै पोस्टमा अपडेट गरिदिएको छु । पोष्टको अन्ततिर भएको अन्य थपथाप: भन्दा मुनि हेर्नु होला ।
दिलिप सर यो तपाईंको अमुल्य टिप्स को लागि धेरै धेरै धन्यवाद
अनी सर मैले मेनु बार त बनाइ सकेको छु अब तेसमा पोस्ट गर्दा कथा कबिता समाचार पोस्ट गर्दा कसरी पोस्ट गर्ने कुन माध्यम बाट हो मेनु बार को कबिता मा क्लिक गर्दा पोस्ट गरियको कबिता को पेज खुल्ने कसरी बनाउने हो कृपया बताइ दिनु भए आभारी हुने थिए सर
देवराज जी,
मेनुबारले काम गर्नकोलागि सबैभन्दा पहिला तपाईले आफुले लेखेका रचनाहरुलाई बिधा छुट्टाएर राख्नु पर्ने हुन्छ ।
जस्तै तपाइले कुनै कविता लेख्नु भयो भने शीर्षक राखेर ‘पब्लिस’ गर्नु अगाडि ब्लगरको पोस्ट इडिटर ( अर्थात जुन पेजबाट तपाईले पोस्ट पब्लिस गर्नुहुन्छ) मा तल दायाँ पट्टी भएको Labels: मा सोको बिधा के हो ( कथा, कविता, समाचार आदि ) लेख्नुहोस। त्यसपछि मात्रै तपाईका रचनाहरु निश्चित बिधामा सूचिकृत हुन्छन ।
पुराना लेखिसकेका पोस्टमा पनि तपाई “Edit Posts” को प्रयोग गरी Labels: थप्न सक्नुहुन्छ ।
त्यस्तै नयाँ रचना लेख्दा पनि यहि Labels मा सो को बिधा पनि टाईप गरेर पब्लिस गर्नुहोस तपाईका रचनाहरु आफै, तोकिएको मेनु क्लिक गर्दा खुल्नेछन।
mero khusiko simana nai rahena ...............sarai upayogi tips....dhanyabad hajurlai...
दिलिप सर नमस्कार
तपाईं लाई धेरै दु:ख दिए यसको लागि क्षमा माग्न चाहन्छु र तपाईंलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु किन की तपाईंको यो प्रयास ले म आज आफ्नै मेनु बार मा रमाउन पाय सर तपाईंको यो सहयोग लाई मैले कहीले पनि बिर्सने छैन । धन्यवाद सर फेरी पनि
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼
Please leave your Comments here...▼