05 December, 2009

फायरफक्सलाई छरितो र बहुउपयोगी बनाउनुहोस ।

ईण्टरनेट चलाउने तर फायरफक्स वा Mozilla Firefox को बारेमा नसुन्ने सायदै कोही होलान । नि:शुल्क भएकोले मात्रै हैन, यसमा जडान गर्न सकिने विभिन्न एडअन र यसलाई आफुले चाहेजस्तो गरी छेड-छाड गर्न सकिने लचकताका कारण ईन्टरनेट चलाउनको लागि फायरफक्स सधैं मेरो पहिलो छनोट रहने गरेको छ ।

आजको पोष्टमा फायरफक्सलाई अझ उपयोगी, सरल र छिटो बनाउने केही उपयोगी टिप्स र एडअनको चर्चा गर्दैछु:

एक क्लिकमा आफुलाई मनपर्ने साइटमा पुग्न: हामीहरु आफु बारम्बार छिर्ने साईटलाई छीटो पुग्नको लागि बुकमार्कमा राख्‍ने गर्छौं । तर यदि तपाई बुकमार्कमा राखिएको साईटमा अझै छिटो पुग्न चाहनुहुन्छ भने यसो गर्न सक्नु हुन्छ:

सबैभन्दा पहिले बुकमार्कमा भएको कुनै साईटको ठेगानामा राईट क्लिक गर्नुहोस र त्यसको Properties मा जानुहोस। अब खुल्ने सानो विण्डोको “Keywords” लेखिएको खाली ठाउँमा आफ्नो सुबिधाको कुनै अक्षर वा अक्षर समुह टाईप गर्नुहोस र “Save” थिच्नुहोस।  अब जब जब तपाइ सो ‘कि वर्ड’ एड्रेसबारमा टाईप गरेर ईन्टर दबाउनुहुन्छ, तपाइ एक्कै चोटी उक्त साईटमा पुग्नुहुन्छ । उदाहरणको लागि तलको चित्र हेर्नुहोस ।

Smart Bookmark

यसमा नागरिक न्यूजको Keyword 'n' बनाईएको छ । मतलब यस अनुसार, जब जब तपाईले आफ्नो ब्राउजरको एड्रेसबारमा 'n' टाइप गरेर ईन्टर दबाउनुहुन्छ, तपाई सिधै नागरिक न्युजको साईटमा पुग्नुहुन्छ ।

ट्याबको आकार घटाउनुहोस: सामान्यतया फायरफक्समा ट्याबको डिफल्ट साईज केही ठूलो हुने भएकोले ५-६ वटा जत्ती ट्याब खोलेपछि प्राय: स्क्रिन ढाकिन्छ (तलको चित्र हेर्नुहोस) ।

Orginal tabs

तर यदि तपाइ पनि म जस्तै एकै पटकमा धेरैवटा ट्याबहरु खोलेर हेर्ने गर्नुहुन्छ भने ट्याबको साईजलाई आफुले चाहेजत्रो आकारमा परिवर्तन गर्न सक्नुहुन्छ  (तलको चित्र हेर्नुहोस)।

Tabs after edit

यसको लागि सबैभन्दा पहिला फायरफक्सको एड्रेसबारमा about:config टाईप गरेर ईन्टर दबाउनुहोस।

अब तपाईको स्क्रिनमा "This might void your warranty !" भन्ने एउटा मेसेज देखिनेछ। मेसेजको लतपट्टी रहेको "I'll be careful, I promise" भन्ने ठाउँमा क्लिक गर्नुहोस ।

Tab trick

अब खुल्ने पेजमा रहेको Filter लेखिएको ठाउँ भन्दा पछाडि रहेको खालि भागमा browser.tabs.tabMaxWidth टाईप गरेर ईन्टर दबाउनुहोस। अब Preferences Name भन्दा मुनि बोल्ड अक्षरमा browser.tabs.tabMaxWidth भन्ने लाईन देखिनेछ। त्यसलाई डबल क्लिक गर्नुहोस र पुरानो Value को सट्टामा 120 राख्नुस र "OK" मा थीच्नुहोस। साथै सोही Filter मा browser.tabs.tabMinWidth खोज्नहोस र त्यसको Value 75 वा 80 गर्नुहोस ।

बस एकचोटी फायरफक्स बन्द गरेर पुन खोल्नुहोस, तपाईको फायरफक्सका ट्याबका साईज सानो र छरितो देखिनेछन र एकै पटककमा तपाई १० भन्दा बढि ट्याबहरु खोल्न र हेर्न सक्नुहुन्छ।

अब केही एडअनहरु:

Ad Blocker: यदि तपाई कुनै कुनै साईटमा हुने भारीभरकम विज्ञापनबाट छुटकारा पाउन चाहनुहुन्छ भने तपाई Ad Blocker प्रयोग गर्न सक्नुहुन्छ । हुन त कुनै पनि साईटमा हुने विज्ञापन पुरै रोकेर अन्य कन्टेन्टमात्रै देखाउने AdBlock Plus जस्ता एडअन पनि नभएका हैनन्, तर ती भन्दा सरल र हल्का र कुनैपनि साईटमा भएका गुगल एडहरु विना झण्झट हटाउने एडअन चाहनुहुन्छ भने Ad Blocker प्रयोग गर्नुहोस ।

Aviary: त्यसो त फायरफक्समा स्क्रीनशटको लागि राख्‍न मिल्ने अरु पनि धेरै एडअन उपलब्ध Aviaryछन। तर प्राय:जसो एडअनले तपाईको मोनिटरमा देखिएका कुराहरुलाई मात्रै ‘कैद’ गर्छ ।  यदि तपाइ कुनै पनि पेजको फुल पेज तस्विर वा नक्कल उतार्न चाहनुहुन्छ भने यो तपाइलाई उपयोगी हुनसक्छ । कुनै पनि कपि पेस्ट डिसएबल गरिएका पेजमा भएका पाठ्य सामाग्री वा अन्य कुराहरु जस्ताको त्यस्तै ईमेजको रुपमा उतार्न चाहनुहुन्छ भने सिधैं यहाँबाट यो एडअन हाल्नुहोस। यसले पेजको कुनै भाग मात्रै ‘क्रप’ गर्ने बाहेक मोनिटरमा नदेखीएका भागहरुको पनि तस्विर लिने छ ।

Echofon: Echofon वा Echofon for twitter भनिने यो एउटा twitter messenger भन्दा पनि हुन्छ । यदि तपाई twitter पेजमा नगैकन आफ्नो स्टाटस अपडेट गर्न वा साथीहरुको नयाँ twit पाउन चाहनुहुन्छ भने यो एडअन काम लाग्छ, जुन सिधैं यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

जाँदा-जाँदै:

· तपाईले हेरीरहनु भएको कुनै ट्याब झुक्केर बन्द गर्नु भयो भने, Ctrl+Shift+T लाई एकै पटक दबाउनुहोस, बन्द गरेको ट्याब फेरि खुल्नेछ ।

· एड्रेसबारमा कुनै साईटको ठेगाना वा माथीको ट्रिकमा बताईएजस्तै ‘कि वर्ड’ टाईप गरेर Alt+Enter दबाउनुभयो भने टाईप गरिएको पेज आफैं नयाँ ट्याबमा खुल्ने छ ।

· तपाइसंग स्क्रोल माउस छ भने कुनै खुला ट्याबमा मिडील क्लिक गर्दा सो ट्याब बन्द हुन्छ ।

· कुनै पेजमा भएका फन्टलाई ठुलो वा सानो बनाएर हेर्नु परेमा तपाई एकैचोटी Ctrl र +(प्लस) अनि Ctrl र – (माईनस) कि को प्रयोग गर्न सक्नुहुन्छ ।

· कुनैपनि लिन्कमा मिडील माउस क्लिक गर्नु भयो भने सो लिन्क आफैं नयाँ ट्याबमा खुल्नेछ ।

· राईट क्लिक डिसएबल गरिएको पेजमा Ctrl होल्ड गरेर माउसमा लेफ्ट क्लिक गर्नुभयो भने पेज नयाँ ट्याबमा खुल्छ ।

Happy Surfing !

14 comments:

  1. दिलीप दाई मलाई एकदमै कामलाग्ने जानकारी पस्कनु भएछ । खासगरी म समाचार तथा लेखहरुको लागि ब्लग तथा वेबसाइट डुल्ने गर्छु । धेरै साइटहरु खोल्नुपर्ने हुन्छ । अब उत्पन्न भएको समस्याबाट मुक्त भएको छु ।

    फेरी पनि धन्यवाद दाईलाई यो बहुमुल्य पोष्टको लागि ।

    ReplyDelete
  2. Great one.

    The versatile nature of firefox is evident from wide variety of ad-ons.
    I also like plugins like: "measure it", "answers", "no-script", "read it later" etc.

    Cheers!

    ReplyDelete
  3. Yes, Firefox continues to be my favorite web browser. thanks for this informative post on firefox.

    ReplyDelete
  4. म त क्रोम चलाउँछु , क्रोमका केही ट्विक्स छन भने सिकाउनु होला है ।

    ReplyDelete
  5. Thank you brother 'aviary' and 'tab width change' are new to me .. sweet !

    ReplyDelete
  6. दिलीप जी नमस्कार !! कारण बश तपाईका अमूल्य उपयोगी जानकारी र अन्य थुप्रै रमाइला ब्लग पोस्ट हरुबाट बन्चित हुन पुगीयो | अब निरन्तर हुने प्रयासमा छु | यो पोस्ट पनि हामी ब्लगहरुलाई उत्तिकै प्रभावकारी रहेको पाए | जानकारीको लागि धन्यबाद |

    ReplyDelete
  7. दिलीप जी - हुनत म firefox त्यति प्रयोग गर्दिन गूगल क्रोमे र इन्टरनेट एक्स्प्लोरर नै बढ़ी प्रयोग गर्ने गर्दछु तर यो तपाईले दिनु भएको जानकारी निकै राम्रा लागो - त्यसको लागी मुरी मुरी धन्यबाद !

    ReplyDelete
  8. ३ महिन जती भयो मैले Firefox बाट डेरा सरेर Chrome म प्रवेश गरेको । Firefox मलाई सार्है मन पर्छ, तर नयाँ firefox update गरे देखी firefox खोल्दा समय लाग्ने, कम्प्युटर झुण्डिने अलि बढी नै हुन थालयो । कम्प्युटर बुढो भएको पक्कै हो, तर राम राम भन्नु पर्ने पनि भाई सकेको छैन । Zotero भन्ने Add on चलाऊन परे मात्र चलाऊन्छु म आज्काल Firefox :)

    दिलिप जि,

    काम गर्नु हुन्छ, घर-परिवार पनि हेर्नु हुन्छ, अनी कम्प्युटर को यस्तो कुरोहरु खोजी निती गरेर बस्दा भात खाने समय कसरी निकाल्नु हुन्छ ;)

    ReplyDelete
  9. प्रज्वलजीको कमेण्ट पढेर आफैलाई हाँसो लाग्यो ....।

    सायद "काम गरेर खाने हैन, खाएर काम गर्ने" देशमा भएकोले पनि केही समय एक्स्ट्रा बच्छ मेरो। फेरि पुराना सबै शौकहरु (किताब पढ्ने, घुम्ने आदि) सबै कम भएर यही कम्प्युटरमा मात्रै सिमीत भएको छ आजकल ... धन्यवाद !:)

    ReplyDelete
  10. Informative post Dilip Dai...Appreciated...
    :)

    ReplyDelete
  11. मलाइ पनि फायरफक्स नै मन पर्न थालेको छ ,, उपयोगी जानकारीको धेरै लागि धन्यवाद !

    ReplyDelete
  12. दिलीप दाइको पोष्ट राम्रो लाग्यो।

    keywordको कुराले मलाई अर्को कुरा पनि याद दिलायो। तपाईँलाई थाहा छ, तपाईँले search engineहरूमा पनि keyword हाल्न सक्नु हुन्छ नि। उदाहरणको लागि, google.com मा जानुस्। त्यसमा search गर्ने ठाउँमा right click गर्नुस्, "अन्तिमबाट तेस्रोमा" Add a Keyword for this search भन्ने छ होला। त्यो छान्नु होस्। New Bookmark भनेर एउटा window खुल्ने छ, त्यहाँ त्यो बुकमार्कको नाउ र keyword लेख्‍नुहोस्। जस्तो: google र g
    अब... गुगलमा नगइकनै अथवा गुगलको search box मा नगइकनै हामी search गर्न सक्छौ, address bar बाटै। जस्तो: g nepal
    गुगल त उदाहरण मात्रै हो नि... अरूहरू search engineहरूमा पनि यो technique प्रयोग गर्न मिल्छ।

    अब भन्नु होला... यो सबै किन गर्नु पर्‍यो, गुगलको सर्च engine fxको address barको छेउमै छ नि। हेतेरिका दाइ, keywordको कुरा गर्नु भयो... अनि मेरो दिमागमा यो कुरा आइहाल्यो... : )

    अनि, दाइ यो ट्याबहरूको साइज घटाउने कुरो चाहि बुझ्न सकिन। जति बढि ट्याब भयो, त्यति नै त्यसका साइज घट्दै जाने होइनन् र? शुरूमै किन घटाइ रहनु पर्‍यो र?
    र, दाइलाई म app tabs भन्न addon recommend गर्छु, जुन भविष्यको fxमा आउँदै छ।


    अन्त्यमा, मैले चलाउने एडअनहरू मध्यबाट केही सिफारिस गर्न चाहन्छु:
    १. Nepali Dictionary 1.1
    नेपालीमा टाइप गर्नेहरूको लागि नभइ नहुने
    २. Tab Scope
    windows vista र 7को aero theme मा minimized windowहरूको preview हेरे जस्तै, fx(फायरफक्स)को tabहरूको preview हेर्न मिलाउने
    ३. Lazarus Form Recovery
    नेटमा लामो फाराम भरिरहनु भएको छ अथवा ईमेल लेखिरहनु भएको छ... तपाईँको fx reset(refresh) भयो... ल बर्बाद... फेरी शुरूदेखि ती फाराम वा ईमेल लेख्‍नु पर्‍यो... कति झन्झटिलो... हो, यसैको लागि हो... Lazarus।
    Lazarusले सबै कुरा save गरिरहेको हुन्छ...

    ReplyDelete
  13. पोष्टकारी भाई (आहा !कत्ति मिठो नाम),

    विभिन्न नयाँ एडअन र थप जानकारी सहितको उपयोगी कमेण्टको लागि धेरै धेरै धन्यवाद ।

    यो ट्याबको साईजको बारेमा MaxWidth र MinWidth दुबैको साईज घटाएर चलाउन थाल्दा सुरु देखीनै सानो र छरितो साईजमा देखिने पक्कै हो । पोस्टमा MinWidth को कुरा छुटेको थियो अहिले थपेँ।

    अनि यो नेपाली डिक्सनेरी म पनि प्रयोग गर्छु तर Lazarus, app tabs, Tab Scope र सर्च टे्वक भने भने मेरो लागि नयाँ कुरा हो। म अरु साथिहरुलाई पनि सो प्रयोग गर्न सल्लाह दिन्छु ।

    app tabs भन्दा पहिले मैले Faviconize tab प्रयोग गर्थें । app tabs मा भन्दा यसमा “enable auto faviconize” भन्ने एउटा फङ्सन बढी छ। जसले तपाईले तोकेका युआरएलका ट्याबलाई मात्रै स्वत: favicon मा परिणत गर्छ ।

    तपाईको ब्लग धेरै समय देखि अपडेट गर्नु बएको छैन नि !। हुनत आफ्नै व्यस्तात होला तर एक- अर्कासंग जानेको कुरा सिक्न सिकाउने सजिलो माध्यम भएकोले सम्झाएको मात्रै है :)

    विविध जानाकरीका लागी पून धन्यावाद !

    ReplyDelete
  14. मलाई साह्रै मन पर्यो र मैले प्रयोग पनि गरिहाले। अनि यस पटकको यो झकाश जानकारी पोष्टकारी जी बाट पनि आयो। यो पनि जानकारी मुलक र राम्रो लाग्यो। दुबै जनालाई धन्यवाद।

    ReplyDelete