24 January, 2010

प्रेमी थरी थरीका !

व्यापारी प्रेमी

तिमी आमाकी एक्ली छोरी,
मेरो पनि करोडपति बाऊ छ ।
तिमी दश लाखको दाईजो ल्याउ,
आजकल त मेरो यही भाऊ छ ।

कातर प्रेमी

भीडमा तिमी नचिनेझैं गर्छ्यौ,
एकान्तमा लजाइ दिन्छ्यौ ।
विपनामा म बोल्न सक्दिन,
सपनामा तिमी हराई दिन्छ्यौ ।

झक्की प्रेमी

तिम्रो मेरो माया बसे,
मुटु तिम्रो तोड्ने छैन ।
व्याइफ्रेण्ड भएर के भयो तिम्रो,
लोग्ने नै भए पनि  छोड्ने छैन ।

बहादुर प्रेमी

हिंजो पहिलोपल्ट भेटेथें,
आज आँखा तरिदिन्छु ।
भोली ‘आई लव यु’ भनेर,
पर्सि बिहे गरिदिन्छु ।

छट्टु प्रेमी

तारा टिपी ल्याईदेउ भन्छ्यौ
तिमी मलाई अहिले
तारा त पृथ्वी भन्दा नि ठूला हुन्छन
टिपेर पो कहाँ राख्ने हो मैले ?

23 comments:

  1. बेजोड ! हरेक प्रेमी जमेका छन् | कुनको पछि लाग्नु खै ?असंलग्न रहनु नै बेश होला |

    ReplyDelete
  2. Nice! especially liked the 2nd and last stanza / composition.

    ReplyDelete
  3. हा हा हा !
    झक्की प्रेमी पो बबाल लाग्यो त है !
    तर व्यवहार मा त साह्रो गाह्रो पो हुन्छ हो !

    ReplyDelete
  4. हा हा हा... काँतर प्रेमी त आफै पो परियो कि जस्तो लाग्यो... नाइ नाइ एउटा कुरो नि !

    ReplyDelete
  5. हा हा।।। देश तिरको देशी टु्क्रापो पढ्न पाईयो। सबै राम्रो तर म चैतन्यजीले भने जस्तै असंलग्न नै रहुन पर्ला है हा हा हा।

    ReplyDelete
  6. एकपल्ट हाँसीदिन्छु है दाजु?

    हा हा हा हा हा हा

    सवै टुक्राहरू एकसेएक वेजोड छन् । आफु चैँ कुन प्रमी परियो नभनुम् होला । वेइजत हुने हो कि....
    काँतर....धत् झण्डै कुरो खुस्केको!!!!

    ReplyDelete
  7. hahahahhahahahahahah

    ReplyDelete
  8. झक्की प्रेमी र छट्टु प्रेमी चाही - ताल को लाग्यो !

    ReplyDelete
  9. छट्टु प्रेमी
    तारा टिपी ल्याईदेउ भन्छ्यौ
    तिमी मलाई अहिले
    तारा त पृथ्वी भन्दा नि ठूला हुन्छन
    टिपेर पो कहाँ राख्ने हो मैले ?


    वाह ! ‘प्रेमी’हरुको महात्म्य । गजबको टाँसो लाग्यो है मलाई । माथिको छट्टु प्रेमीको प्रेम चाहीँ हाँस उठ्दो लाग्यो है । तारा त पृथ्वी भन्दा नि ठूला हुन्छ्न.....टिपेर पो कहाँ राख्ने मैले......हे...हे....हे...ही...ही... हाँस्दै छु १ बजे राती पनि ः)

    ReplyDelete
  10. वाह ! सब एक से एक । खुब आनन्द आयो पढ्दा ।

    ReplyDelete
  11. हा हा हा मेरै बारेमा लेख्नु'भो जस्तो लाग्यो ।

    ReplyDelete
  12. मैले आफ्नो ब्लगमा तपाईको ब्लग जोडेको छु, तपाईले पनि त्यसै गर्नु हुन्छ भन्ने लागेको छ । http://merasirjanharu.blogspot.com/

    ReplyDelete
  13. विवेक जी, कथा तपाइ-हाम्रो आफ्नै हो :)। तपाइको ब्लग पनि मेरो ब्लगरोलमा राखेको छु ।

    ReplyDelete
  14. छट्टु प्रेमी चहीँ झक्कास लाग्यो , हा हा हा हा हा

    ReplyDelete
  15. हाहाहाहा ... बबाल छ सर ! :D

    ReplyDelete
  16. दाजुचाहीं कुन 'प्रेमि' पर्नुभो कुन्नी ? मलाई चाहिं 'बहादुर प्रेमि' मन पर्यो, आफु कांतर भए पनि ।

    ReplyDelete
  17. हा हा हा! एक से एक छन्! एउटा नेता प्रेमीलाई भने दाइले किन छुटाउनुभा' होला:)

    ReplyDelete
  18. धेरै राम्रो लाग्यो .... तपाईको लेख, रचनाहरु खोजी खोजी हेर्न मन लग्यो ... please continue writing such a wonderful poem, short stories and articles.

    http://khetrajmainali.blogspot.com

    ReplyDelete
  19. funny..प्रेमी होस् त छट्टु जस्तो...

    ReplyDelete
  20. Dont mind hai tapaiko jokes sarai man paryo so maile website ma copy gare
    any way funny lagyo

    ReplyDelete
  21. जिवनजी, मेरो मुक्तकहरु मनपराइ दिनु भएकोमा धन्यवाद ।

    मैले पनि सबैले पढन सकुन भनेर नै ब्लगमा राखेकोले तपाईको ब्लगमा यो पून: प्रकाशीत गर्दा 'माईण्ड' गर्ने कुरा छैन, तर तपईले कपि गरेको पेजमा यो ब्लगको व्याक लिन्क र लेखकको नाम भने दिनुहोला :)

    ReplyDelete
  22. aafule vanna payeko haina

    ReplyDelete