09 March, 2010

पशुपतिनाथले चला’को देश !

मन्त्री मन्त्रालयमा हैन, Inaguration
उद्घाटनमा हुन्छ ।
नेता नेतृत्वमा नगरी,
जलपानमा हुन्छ । 

मसाज पार्लरमा भेटिन्छन सभासद,
सभामा गणपुरक संख्या घटेको हुन्छ ।
जाँचीदैँ गर्दा वटुवाको झोला,
पुलीस अपराधी बचाउन खटेको हुन्छ ।

देशप्रेमको नारा दिनेलाइ नै,
विदेशी भेट्न हतपत हुन्छ ।
देशमा शान्ति होला भनेर,
नेतालाई नै छटपट हुन्छ ।

Pashupatinathसक्कली नोट बदर हुँदां
चल्ने मोहर चाँही खोटो हुन्छ।
हाम्रा नेतासंग दाँजेर हेर्दा
लेण्डुप दोर्जे ‘छोटो’ हुन्छ ।

सवैतिर छल-कपट छ,  
अनि घात-प्रतिघात हुन्छ
पशुपतिनाथले नै चला रैछन
देश त, यस्तै ज्ञात हुन्छ ।

17 comments:

  1. चला'को पनि हैन होला, आफैँ जेनतेन चलेको ! पाटपुर्जा काम नलाग्ने नै भइसकेको !

    ReplyDelete
  2. खूब घत लाग्यो, लेन्डुप दोर्जे पनि छोटो हुने कुरा | अब पशुपतिनाथको कृपाले हुने नै भयो नि !

    ReplyDelete
  3. साह्रै मन छुने गरि दिनु भयो दिलिपजी। साच्चै लेन्डुप दोर्जे पनि छोटोनै हुन्छन्।

    ReplyDelete
  4. हा हा हा .... अती समय सापेक्ष र सान्दर्भिक लाग्यो ।

    ReplyDelete
  5. देश पशुपातिनाथले चलाएका छन् भन्ने उखान पनि अब त पुरानो भइसक्यो दाइ, पशुपतिनाथभन्दा पनि उपरवाला निस्किसके शासनभार खटाउने । पशुपतिनाथको छानामाथि बुद्रुकबुद्रुक उफ्रिने बाँदर महासय छन् नि, तिनैले चलाएका छन् रे मुलुक । कारण तिनै छन् पशुपतिको माथि ।

    देश-दशाको रौँचिरा शल्यक्रिया गरेका 'ठोक्तक' औधि स्वादिला लागे । निकै मनासिब !

    ReplyDelete
  6. देश चलेको छ र? म त ठप्प पो देख्छु गांठे। यै चश्माको दोष जस्तो छ।

    ReplyDelete
  7. सटिक र सान्दर्भिक ।।

    ReplyDelete
  8. यहाँ पनि एक सटिक घोच भेटियो । जोतारे जीको सोचाइ पनि अब त ठिकै हो कि क्या हो ? भैरब अर्यालका ब्यंग पनि याद आए । पशुका पति पशुपति ? अर्थात हाम्रा पति पशुपति लौ जा त ।:)

    ReplyDelete
  9. कडा कुरो गर्नुभो ... तर छ पनि यस्तै... पशुपतिनाथले चला'को मात्र होइन पशुपतिनाथले गाँजा खा'को सुरमा चलाको देश भन्नु पर्ला अझ

    ReplyDelete
  10. कुरो कडै छ.. माथिका प्रतिक्रिया अझ कडा लागे, मैले त थप्नुपर्ने कुरै पो भेटिन...

    ReplyDelete
  11. यो चलाएको होइन - दिलिप जी ...आफै चलेको हो ... पशुपतिनाथ त ..आफै चल्न सक्दैन ....भट्टहरु चाहिन्छ - चल्नको लागि !
    नियति यस्तै छ !

    ReplyDelete
  12. कमेन्ट र लेख सबै सबल लागे । धेरै पछी ब्लग तिर घुम्दै छु, रमाईलो लागी रा'छ ।

    ReplyDelete
  13. Star TV बाट प्रशारित Laughter Challange show मा एउटा डाक्टर आउथ्यो । उस्को जोक्स Raju Shivastav को जस्तो उन्माद त हैन, सामान्य हसाई हुन्थ्यो तर वास्तविक punches हरु हुन्थ्यो ।

    जस्तै एउटा थियो - हरेक को फोन लगाके देखो, खाली हात न जाओगे,
    कभी अपने आपको लगाके देखो, हर वक्त busy हि पाओगे ।

    something like that, meaning मान्छे अहिले यति busy भएको छ कि आफ्नै लागी उसँग time छैन ।

    कविता लेख्न त सबै लेख्छन् तर कुनै कुनै मात्रले वास्तविक कुरोलाई निकै गहन रुपले लेख्न सक्छन् ।

    तपाईका कविताहरु अरु सामान्य कविताको दाँजोमा अलि फिट हुन्न किनकी ती वास्तविक छन् , त्यो डाक्टरको जोक्स झै ।।।।

    ReplyDelete
  14. गज़ब लाग्यो झटारो,

    देशमा शान्ति होला भनेर,
    नेतालाई नै छटपट हुन्छ ।

    बिचरा यिनले कति गरेका देशको सुर्ता,
    चिन्तै चिन्ताले मर्छन कि क्या हो ?

    ReplyDelete
  15. हाम्रा नेतासंग दाँजेर हेर्दा
    लेण्डुप दोर्जे ‘छोटो’ हुन्छ ।
    यो झापडको परिकल्पना खुब घत गयो ।

    देश चैं भन्नु पर्दा बरो! आफैं चल्दै रहेछ घिटिक् घिटिक् कुनै पतिले पनि तातोपानी लगाएका छैनन् रहेछन् ।

    ReplyDelete
  16. suresh basnet29/3/10 10:27 PM

    sahi kura malai ta man paryo

    ReplyDelete