17 March, 2010

चलाउने हैन त नि:शुल्क अनलाईन अपरेटिङ सिस्टम ?

सर्च ईन्जिनबाट सुरु गरेर सफ्टवेयर हुँदै अपरेटीङ सिस्टम समेत विकास र वितरण गर्न तयारी गर्दै रहेको गुगलले केही समय पूर्व उसको आगामी अपरेटीङ सिस्टमको बारेमा जानकारी दिएको थियो । पूर्णतया वेबबेस्ड रहने उसको यो अपरेटीङ सिस्टम अबको केही महिनापछी सार्बजनिक पनि हुँदैछ ।

हुन त गुगलकै अपरेटीङ सिस्टम वा ‘Google O.S.’ को विकासक्रमसंगै यस्ता क्लाउड कम्प्युटिङका कुराले बढि चर्चा पाउन थालेको भएपनि वेबबेस्ड अनलाईन अपरेटीङ  सिस्टम ईन्टरनेटमा रम्नेकालागि खासै नयाँ कुरा भने होईन ।

ईन्टरनेटमा खोज्दैजानु भयो भने सशुल्क र नि:शुल्क यस्ता धेरै अनलाईन अपरेटिङ सिस्टमहरु पाईन्छन । आजको यस पोस्टमा म नि:शुल्क उपलब्ध यस्ता केही अपरेटीङ सिस्टमका बारेमा जानकारी दिने प्रयास गर्दैछु ।

नि:शुल्क रुपमा उपलब्ध यस्ता केही अपरेटीङ सिस्टमको जानकारी भन्दा पहिला यसको उपयोगिता र फाईदाका बारेमा सामान्य बुँदाहरु:

:- ईन्टरनेटको सुबिधा भएको खण्डमा आफ्नो कम्प्युटरमा इन्स्टल नगरीकनै चाहिएको बेलामा प्रयोग गर्न सकिने ।

:-संसारको जुनसुकै कुनाबाट पनि चलाउन सकिने भएकाले तपाई जहाँगएपनि तपाइ आफ्नै अनुकुल र परिचित सेटीङमा काम गर्न सक्नुहुन्छ ।

:-कामको सिलसिलामा यताउती हिँडदा यसलाई अनलाईन ‘व्याकअप’ को रुपमा प्रयोग गर्न सक्नुहुन्छ र यो अन्य अनलाईन व्याकअप भन्दा फरक सरल र सहज भएकाले आफ्ना फाईल-फोल्डर र डाटाहरु कुनै पनि स्थानबाट हेर्न, सम्पादन गर्न र सेयर गर्न सक्नुहुन्छ ।

:-कामकाजको लागि भ्रमण गर्दा आफ्ना डाटा वा काखे कम्प्युटर नलिईकन पनि हिँडन सक्नुहुन्छ ।

:-घर वा कार्यालयबाट एउटै काम गर्ने गर्नुहुन्छ भने कुनै पनि कामलाई कुनैपनि स्थानबाट निरन्तरता दिन सक्नुहुन्छ ।

:-यस्ता अनलाईन अपरेटीङ सिस्टममा प्राय: ईमेल क्लाईन्ट, ‘वर्ड’, ‘एक्सेल’ र ‘पावरप्वाईन्ट’ जस्ता अनुप्रयोगहरुका विकल्पहरु नि:शुल्क रुपमा उपलब्ध हुने हुनाले कुनै एउटा सिस्टममा जोडिएपछि सामान्य दैनिक कार्यहरु गर्न चाहिने न्यूनतम सफ्टवेयरहरु एकै स्थानमा उपलब्ध हुन्छन ।

अब आउनुस यस्ता केही निशुल्क अनलाईन अपरेटीङ सिस्टम प्रदायकको बारेमा जानकारी लिने र त्यसमा जोडिने सामान्य जानकारी लिनतर्फ :

Glide वा Glide O.S : अनलाईन स्टोरेजको लागि मैले केही समयदेखि प्रयोग गर्दै आएको यो एउटा भरपर्दो अनलाईन अपरेटिङ सिस्टम हो । नि:शुल्क प्रयोगकर्तालाई नै ३० जिबी को वेबस्पेस दिईने भएकोले मात्रै हैन यसमा पप-अप वा व्यानर विज्ञापन पनि नआउने हुनाले यो अनलाईन अपरेटिङ सिस्टम प्रयोगकर्ताहरु बीच लोकप्रीय रहेको छ ।

सरल र प्रयोगकर्तामैत्री Graphic User Interface रहेको यो अपरेटीङ सिस्टम निशुल्क रुपमा चलाउन http://www.glideos.com/ मा गएर नयाँ प्रयोगकर्ता दर्ता गर्न सकिन्छ । नि:शुल्क प्रयोगको लागि Join Glide>> Glide free चयन गर्नुहोला।

सामान्य दर्ता प्रक्रिया पछि तपाई आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरेर यसमा प्रवेश गर्न सक्नुहुन्छ । तलको चित्र हेर्नुस: (चित्रलाई ठूलो गरेर हेर्न त्यसैमा क्लिक गर्नुहोला, चित्र आफैं अर्को पेजमा खुल्नेछ)

Glide main

यसमा प्रवेश गरेपछि तपाईले Desktop, Glide, HD Portal आदि चयन गरी समान्य कम्प्युटरमा गर्न मिल्ने प्राय सबै काम गर्न सक्नुहुन्छ। यसमा भएको अनुप्रयोगहरुका मद्दतले डकुमेन्ट तयार गर्ने, वेपपेज वा न्युज लेटर हेर्ने लगाएत आफ्नो कम्प्युटर र यो अवास्तविक कम्प्युटरमा डाटाहरु अपलोड वा डाउनलोड गर्न पनि सजिलै सक्नु हुने छ ।

OOS (Online Operating System) : यो पनि एकदमै सरल र नि:शुल्क अनलाईन अपरेटिङ सिस्टम हो । कुनै पनि एउटा बैधानिक ईमेल ठेगाना भएपछी दर्ता गरेर तुरुन्तै चलाउन सकिने यो अपरेटिङ सिस्टममा ओपन सोर्स भएको र GNU General Public License (GPL) मा वितरीत विभिन्न प्रकारका वेब एप्लिकेसनहरु यसमा एकै ठाउँमा उपलब्ध छन। यसका अतिरिक्त यस अनलाईन अपरेटिङ सिस्टममा दर्ता भएपछि १ जिबिस्पेस बराबरको फोटो स्टोरेज वा वेब एल्बम पनि बनाउन सकिन्छ । यसबारेमा सामान्य जानकारी लिन यहाँ  जान सक्नुहुन्छ भने दर्ता गरेर चलाउनको लागि यहाँ जानुहोला। साथै दर्ता नगरीकनै यसको परिक्षण प्रयोग गर्ने व्यबस्था पनि माथीको लिन्कमा गरिएको छ । तलको चित्र हेर्नुहोस।

OOS

Cludo: दर्ता प्रक्रिया एकदमै सरल र छोटो रहेको यो पनि एउटा नि:शुल्क अनलाईन अपरेटिङ सिस्टम हो । एकपटक लगईन गरेपछि यसका ‘डेस्कटप’ लगाएतका सम्पूर्ण आकार-प्रकार (Interface) कुनै पनि विण्डोजवेस्ड कम्प्युटरमा जस्तै परिवर्तन गर्न र त्यसमा ग्याजेटहरु समेत थप घट गर्न सकिन्छ । यसमा सुरुमा नै एउटा ईमेल क्लाईन्ट, आर.एस.एस रिडर लगाएत वर्ड प्रोसेसर जस्ता अत्यावश्यक अनुप्रयोग रहेका हुन्छन भने अन्य केही आवश्यक कुराहरु आफ्नो आवश्यक्ता अनुसार थप्न पनि सकिन्छ । यसको बारेमा केही जानाकारी यहाँ छ भने दर्ता गरेर सिधै प्रयोग गर्न यहाँ जान सक्नुहुन्छ ।

Cludo

यो बाहेक http://www.oodesk.com/home.php, http://www.eyeos.org/ र अन्य केही यस्तै किसीमका सुबिधाहरु पनि इन्टरनेटमा उपलब्ध छन।

सो बाहेक कुनैपनि दर्ता प्रक्रियामा नगैकन सिधै प्रयोग गर्न सकिने तर डाटा स्टोर गर्न नसकिने Slive Os  पनि कहिलेकाही काम आउन सक्छ । तपाई कुनै बेलामा ब्राउजरले मात्रै काम गर्ने कम्प्युटरमा हुनुहुन्छ र यस बाहेकका अन्य अनुप्रयोगहरु कम्प्युटरमा इन्स्टल नगरी कनै चलाउन चाहनुहुन्छ भने http://www.silveos.com/ मा गएर तपाईले आफ्नो काम गर्न सक्नुहुन्छ । यसमा एउटा ब्राउजर, आर.एस.एस रिडर, युट्युब भिवर लगाएत टेक्स इडिटर पनि पाउनुहुनेछ ।

Sliveos

निश्चीत गतिको ईन्टरनेट आवश्यक पर्ने, साधारण प्रयोग फिजिकल डेस्कटपमा भन्दा अलिकता स्लो हुने र सुरक्षा सम्बन्धि केही प्रश्न उठन सकेपनि डाटा सेयर गर्न र कुनै समस्या भएको बेलामा डेस्कटपको विकल्पको रुपमा चलाउन भने यो पक्कै पनि उपयोगी हुनेछ ।

Happy Computing !

17 comments:

  1. साह्रै राम्रो जानकारी राम्रो जानकारी। म पनि यसको प्रयोग गर्ने छु। सायद अबको पालो यस्तै अप्रेटिङ सिस्टमको हो।

    ReplyDelete
  2. दिलीपजी पक्कै पनि हामी नेपालमा बस्नेहरूको लागि र्इन्टरनेटको गतिको चिन्ता त हुन्छ नै तर पनि डेस्कटपको विकल्प भने अवश्यनै हुने देखिन्छ ।

    ReplyDelete
  3. अहिलेको व्यस्ततामा यस्ता प्रकारका सुबिधाहरुले हाम्रो दैनिकीलाई धेरै नै सघाउ पुर्याउने देखिन्छ । निशुल्क अनलाइन अपरेटिंग सिस्टमको बारेमा यो उपयोगी जानकारी शेयर गर्नु भएकोमा धन्यवाद।

    ReplyDelete
  4. मेरो लागि अरु त ठिकै हो... तर किन अनलाईन ओ.एस. प्रयोग गर्ने भन्ने पुरा करङ नबुझेको हुनाले अन्योलमा परेको छु

    ReplyDelete
  5. उपयोगी र रमाइलो जानकारीको लागि यहाँलाई धन्यबाद!(हो हो चलाउने हो, तर खै, कहिलेदेखि हो?)

    ReplyDelete
  6. उपयोगी र रमाइला जानकारीहरु .... सधै यसरि शेएर गर्नु हुने ....दिलिप (ब्लग गूगल ) जी लाई ... धन्यवाद !
    सधा यो क्रम यसरीनै जारि रहोस !

    ReplyDelete
  7. व्यस्तजीवी र कम्प्युटर जीवनमा साह्रै घुलेको नभए पनि आफूलाई यो त कमालको रहेछ है भन्ने लाग्यो । glideos चाहिँ अलि विशेष जस्तो छ ।
    अनलाइन डाटास्टोर र जहाँसुकैबाट काम पार लगाउन सक्ने यस्ता OS निकै सहयोगी होलान् ।
    यति जोरजामको लागि दाइलाईधन्यवाद !

    ReplyDelete
  8. नेपालकोजस्तो ईन्टरनेटमा पनि सम्भव हुन्छ दाइ यी सफ्टवेयर प्रयोग गर्न ?

    ReplyDelete
  9. ईन्टरनेटको स्पिड बढी हुने ठाउँका चलाउन अलि बढी मज्जा हुन्छ जस्तो लाग्यो । महत्वपूर्ण फाइलहरु अपलोड गरेर राख्न भने उपयुक्त हुने रहेछ । जानकारी शेयर गर्नु भएकोमा धन्यवाद !!

    ReplyDelete
  10. मिलन जी:- हुनत यसको उपयोगीताको बारेमा माथि लेखिसकेको छु । तैपनि, खासगरी यताउती हिडींरहने मानिसको लागि, हरेक ठाउँमा भिन्दा भिन्दा सेटीङका कम्प्युटर हुने र आफुले बराबर प्रयोग गर्ने सबै कुरा जहाँबाट चलाए पनि उस्तै हुने गरी राख्न मिल्ने भएको र डाटा सेयर गर्ने सबैबन्दा सजिलो माध्यमा पनि भएकोले यो पउपयोगी हुनसक्छ ।

    प्रवेशजी, डायलअपमै त अलिक गाह्रो होला, नत्र एनटिसीको १२८ केविपिएसको स्पिडमा त मैले पनि चलाएको छु । प्राय जाभा-बेस्ड हुनाले पहिलो पटक लगईन गर्दा केही समय लाग्न सक्छ । हैन भने ठुला डाटा अपलोड वा डाउनलोड गर्नु छैन भने खोल्न र चलाउन त खासै समस्या नहोला ।

    ReplyDelete
  11. राम्रो सुबिधाको बारेमा जानकारी दिनुभएकोमा धन्यवाद ।

    ReplyDelete
  12. सार्है राम्रा र उपयोगी जानकारीहरु मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी मार्फत आफ्नो ज्ञान अरुलाई पनि बाड्नु भएकोमा आभार ब्यक्त गर्दछु । साथै निरन्तरताको कामना पनि ।

    ReplyDelete
  13. यस्तो OS चलाऊन सर्वप्रथम कम्प्युटरमा अर्को कुनै OS पहिले नै हुनु पर्छ होला नि त, नत्र फेरी कम्प्युटर नै स्टार्ट हुंदैन :D

    Laptop र शक्तिशाली Smartphone ले गर्दा "कम्प्युटर" बोकेर हिंड्नु पनि ठुलो कुरो भएन । त्यसैले यस्तो नयां OS कती सफल होलान त भनेर हेर्न मलाई धेरै इच्छा छ ।

    -Prajwol-

    ReplyDelete
  14. प्रज्वल जी,

    अहिलेसम्म यस्तो OS चलाउन कमसेकम अर्को OS मा बएको ब्राउजर भने आवश्यक छ::) । तर तपाईले भन्नुभएजस्तै Laptop वा Smartphone समेत पनि नभएको अवस्थामा वा बोकेर नहिँडेको अबस्थामा भने वेबमा नै आफ्ना सबै सेटिङ र फाइल फोल्डरहरु भने खोल्न र चलाउन भने सकिन्छ ।

    ReplyDelete
  15. thanks for giving information about on line operating system

    ReplyDelete
  16. k yo os computer ma os na huda pani chalauna sakincha?

    ReplyDelete
  17. मनोज जी, ब्लग भिजिट गरी कमेन्ट छोडनु भएकोमा धन्यवाद् । मैले माथी लेखेजस्तै यि सबै वेवबेस्ड ओ. एस. भएकाले अफिस सिस्टम, ईमेल क्लाईन्ट वा मल्टिमेडिया प्लेयर जस्ता सफ्टवेयर नभए पनि कसमेकम नेट ब्राउज गर्न कुनै न कुनै ब्राउजर भने चाहिन्छ नै :)

    ReplyDelete