31 March, 2010

यति मात्र भन्न सक्छु म अहिले !

गुलाफमा काँडा  र
चन्द्रमामा दाग नभएको भए
सायद ति दुई मध्य कुनै एकसंग
तिमीलाई दाँज्ने थिएँ ।
तर,
प्रकृतिको हरेक सुन्दरतालाई केलाएर हेर्दा पनि
तिम्रो रुप जस्तो सुन्दर चीज केही भेटिंन मैले
‘तिमी तिमी जस्तै सुन्दर छ्यौ’
यति मात्र भन्न सक्छु म अहिले ।

                                 

                        धर्मको नाममा झूठ र 
                        सेवाको नाममा लुट नदेखेको भए 
                        सायद ति दुई मध्य कुनै एकलाई 
                        प्रेमको पवित्रतासंग दाँज्ने थिएँ  
                        तर, 
                        जीन्दगीको हरेक परिवेशलाई मिलाएर हेर्दा पनि 
                        प्रेमजस्तो पवित्र चिज केही भेटिंन मैले 
                        ‘प्रेम प्रेमजस्तै पवित्र छ’ 
                        यति मात्र भन्न सक्छु म अहिले

17 comments:

  1. भन्न त्यतिले नै काफी छ जस्तो लाग्यो है मलाई पनि | 'चांद भी देखा .........'| यो सुन्दर प्रेमप्रापक पात्रको जय होस् |प्रेषकको त झन् छुट्नै भएन |

    ReplyDelete
  2. ब्याकग्राउण्डमा हेमा मालिनी हो कि जस्तो लाग्यो है मलाई :D

    -Prajwol-

    ReplyDelete
  3. बुझ्नेलाई त यति नै काफि हुन्छ नि !
    :)

    ReplyDelete
  4. साच्चै निकै मज्जा पो आयो त। फुर्न पनि कसरी सकेको हो भने जस्तै गरि क्या।

    ReplyDelete
  5. wow, Very Fun, And Happy April Fool Day Sir,

    Sardar got into a bus on 1st April
    when conductor asked for ticket.
    He gave Rs.10/-
    and took the ticket and said april fool.
    I have pass

    ReplyDelete
  6. वहा! क्या छ, दिलीप दाईको यस्तै परिकारहरुको स्वाद लिन म पनि आइपुगे अबदेखि।

    ReplyDelete
  7. अति सुन्दर! गहिरो प्रेमानुभूति!

    ReplyDelete
  8. कमेण्टको लागि सबैमा धन्यवाद !

    प्रज्वल जी, यो व्याकग्राउण्ड ईमेज कुनै बलिउड एक्ट्रेसकै फोटोलाई फोटोसपमा छेड‍-छाड गरेर 'पेन्सील स्केच' बनाएको हो तर हेमा मालीनी भने हैन है :) ।

    अनि सिकारु जी तपाई धेरै दिन हराउनु भयो त ब्लग संसार बाट ! । जे होस ब्लग जगतमा पून: स्वागत र सक्रियताको कामना ।

    ReplyDelete
  9. बिछट्टैको सुन्दरता र प्रेम। तर धर्मको नाममा झूठ र सेवाको नाममा लुट जस्तै प्रेमको नाममा भूत सवार भएको पनि देखिन्छ है ;)

    ReplyDelete
  10. वाह ! दिलिप दाइ .... यो चाही बबाल नै गएको हो ! सुजन भाउजु लाइ त्यसै मक्ख पार्नु भएको होइन रहेछ .... बोलिका जादु यस्ता रहेछन !
    .... यसमा भाउजुको प्रतिक्रिया पनि गए .... अझ राम्रो हुनेथ्यो !
    जेहोस ..... मन खुस ! त दिल खुस ! दामी लाग्यो !

    ReplyDelete
  11. मैले शंका त गरेको थिए तर वेदनाथ जी ले पहिले नै कोट्याउनु भएको रहेछ । Anniversary Day special poem हो जस्तो छ नि !!!!!

    ReplyDelete
  12. दाईले यो फोटो चाँही भाउजुको रुप रङ हेर्दै कोरेकोजस्तो छ । भाउजुलाई त्यसै आफ्नो बसमा पार्नुभएको होईन रहेछ गांठे ?

    ReplyDelete
  13. (‘तिमी तिमी जस्तै सुन्दर छ्यौ’

    'प्रेम प्रेमजस्तै पवित्र छ’)

    निश्‍चय नै ।

    यति भनाइ ठाउँमै परेको छ दाइ । बढ्ता भन्नु खाँचो नै छैन ।

    ReplyDelete
  14. आफ्नै बुढाको ब्लगमा के कमेण्ट गर्नु भनेर बसेको तर केही लेख्नै पर्‍यो जस्तो लाग्यो :

    बेदनाथ जी,

    बुढाले जे जसो सोचेर लेखेको भए पनि मैले पनि मेरै लागि लेख्या होला भन्ने सोचेर बसेकी छु (भ्रम नै भए पनि सुन्दर भ्रम पालौं न भनेर)।

    अनि गोकुल जी,

    यो व्याकग्राउण्डको फोटो मेरो हैन है !( बसमा पार्ने क्षमता भने छ नै !)

    ReplyDelete
  15. आश्मा6/4/10 10:15 AM

    सुन्दर!!

    ReplyDelete