13 April, 2010

केही उपयोगी नि:शुल्क संसाधनहरु !

आजको कम्प्युटर युगमा मानिस मानिस हरेक समस्याको समाधान वा जानकारी कम्प्युटर बाटै खोज्छन्। कम्प्युटरबाट विभिन्न समस्याको समाधान गर्ने वा जानकारी लिने कार्यसंगै हजारौं, लाखौं सफ्टवेयरहरु पनि बनेकाछन् ।

यस अघिका योयो पोस्टहरुमा मैले केही नि:शुल्क तर उपयोगी सफ्टवेयरहरुको जानकारी बाँढेको थिए । यस पोस्टमा भने केही वेब-एप्लिकेशन अर्थात, कम्प्युटरमा डाउनलोड वा ईन्सटल नगरीकनै सीधै “अनलाईन” उपयोग गर्न सकिने केही नि:शुल्क अनुप्रयोगको जानकारी गराउँदै छु ।

हुन त अनलाईन एप्लिकेशन भन्दा आफ्नै कम्प्युटरमा ईन्स्टल गरिएका सफ्टवेयरहरु प्रयोग गर्न सरल वा सहज हुनसक्छन् तर केही यस्ता कार्यहरु पनि हुनसक्छन जसका लागि अनलाईन एप्लिकेशन वा ‘Webapp’ अझ प्रभावकारी हुनसक्छन । आउनुहोस आज केही यस्तै एप्लिकेशनको जानकरी लिउँ:

Virus scan Virus Chief- कम्प्युटर भाईरसको अनलाईन उपचार: कम्प्युटर भाईरसबाट कुनै न कुनै समयमा प्राय: सबैजना प्रयोगकर्ताहरु प्रभावित भएकै हुन्छन् । बजारमा सशुल्क र नि:शुल्क गरी कैयौं भाईरस ‘तह लगाउने’ सफ्टवेयर भएपनि ति कुनैपनि एण्टी भाईरसले तपाईको कम्प्युटरलाई १००% सुरक्षीत राख्न सक्दैनन् । कहीलेकाही त यस्तोसम्म पनि हुन्छ कि तपाईको भाईरस किलरले कम्प्युटरमा भाईरस भएको जानकारी त दिन्छ तर त्यसलाई ‘मार्न’ सक्दैन ।

सायद यस्तै बेलामा तपाईलाई यो Virus Chief काम लाग्छ । एउटै पेजमा मल्टिपल भाईरस हटाउने एप्लिकेशनहरु रहने भएको र ति सबै सधैं तत्काल प्राप्त अपडेटसंग सुसज्जीत हुने भएकाले तपाईले आफ्ना कम्प्युटरमा भएका सन्दिग्ध फाईललाई यहि एउटै पेज मार्फत एकै पटक तर भिन्न भीन्न एप्लिकेशनको मद्दतले ‘सफा’ गर्न सक्नुहुन्छ ।

यदि तपाईलाई आफ्नो कम्प्युटरमा रहेको कुनै फाईलमा भाइरस लागेको महशुस भएमा वा कुनै फाईल वा एपलिकेशन भाइरस ग्रसीत भएको शंका लागेमा सिधै http://www.viruschief.com/ मा जानुहोस र । चित्रमा जस्तै Quick Scan भन्दा मुनि दायाँपट्टी रहेको Browse... मा क्लिक गरी आफ्नो कम्प्युटरको सन्दिग्ध फाईलको उपचार गर्नुहोस । अब तपाईको सन्दिग्ध फाईललाई Antivir, ArcaVir, AVG, BitDefender, VirusBlokAda32 लगाएत VirusBuster जस्ता एण्टि भाईरसले उपचार गर्नेछन ।

video2mp3- युट्युब भिडियोलाई mp3 बनाउनुहोस: युट्युब वा अन्य कुनै पेजमा रहेका भिडियो हेर्नलाई खासै केही चाहिँदैन । तर यदि तपाई युट्युबमा भएका कुनै भिडीयो हेर्न हैन ‘सुन्न’ मात्रै चाहनुहुन्छ भने के गर्ने ? । हो ! युट्युबमा राखिएका कतिपए भिडीयोहरु हेर्न हैन सुन्न आनन्द आउने हुनसक्छन् । कुनै गीत, गजल वा स्पिच मात्रै हैन कुनै जानकारीमूलक सूचना पनि हामीले सजिलै mp3 बनाएर सुन्न सक्छौं । हुनत यस्तै प्रयोजनका लागी विभिन्न सफ्टवेयरहरु पनि बनेका छन । तर हालै मैले ईन्टरनेटमा एउटा यस्तो सजिलो कन्भर्टर भेटें, जसले एकदम छिटो र सजिलोसंग कुनै पनि भिडीयोमा भएको ध्वनिलाई कम्प्युटरमा कुनै पनि सफ्टवेयरहरु नराखीकनै mp3 मा परिणत गरिदिन्छ ।

youtube2 mp3 

यदि तपाई पनि आफूलाई मन पर्ने कुनै गीत, गजल वा संगीतको भिडीयोबाट mp3 मात्रै झीकेर आफ्नो कम्प्युटरमा राख्न चाहनुहुन्छ भने http://www.video2mp3.net/ मा जानुहोस र माथिको चित्रमा जस्तै आफूले mp3 बनाउन चाहनुभएको भिडियोको लिन्क Video URL: भन्दा पछाडिको खाली स्थानमा हाल्नुहोस्। त्यसभन्दा मुनि रहेको Standard Quality वा High Quality मध्य आफ्नो ईच्छा अनुसारको विकल्प चयन गर्नुहोस र 'Convert' दबाउनहोस। एकैछीनमा तपाईको भिडियो mp3 मा परिणत भएर डाउनलोडकोलागि तयार हुन्छ ।

यदि तपाई संगीतको पारखी हुनुहुन्छ, बारम्बार यस्ता भिडियोलाई mp3 बनाउने गर्नुहुन्छ र फायरफक्स प्रयोग गर्नुहुन्छ भने तपाईले यहाँबाट यसको एडअन डाउनलोड र ईन्सट्ल गर्न सक्नुहुन्छ ।

youtube2 mp3 after addon

यो एडअन फायरफक्समा थपेपछि तपाईले युट्युबका हरेक भिडियो मुनि चित्रमा जस्तै विकल्पहरु देख्नुहुनेछ जसको मद्दतले तपाई विना कुनै सफ्टवेयर कुनैपनि भिडीयो लाई mp3 बनाउन सक्नुहुन्छ ।

timeanddate.com- संसारको समय, मिति र दूरी:- तपाई बस्नु भएको सहरमा विहान ५ बजेको बेलामा नेपालमा कति बजेको होला ?, तपाईको जन्मदिन वा कुनै प्रतिक्षीत दिन आउन अब कति दिन, कति घन्टा बाँकी होला । वा मे महिनाको १० तारीख तपाईको शहरमा १२ बज्दा टोकीयोमा कुन तारेख र कती बजेको हुन्छ ? यदि तपाईलाई समय र मिति र दूरीसंग सम्बन्धित यस्ता जानकारीहरु आवश्यक परिरहन्छन भने यो साईट http://www.timeanddate.com/ तपाईलाई काम लाग् सक्छ । यहाँबाट तपाईले कुनै पनि तोकिएको दिनको काउण्ट डाउन लगाएत World clock, calendar, date countdown, distance calculator, International dialing code आदि समेत नि:शुल्क पाउन सक्नुहुनेछ । सबै सुबिधा एकै झलकमा हेर्न यहाँ र कुनै दुई स्थान बीचको कुनैपनि दिनको मिति र समयको रुपान्तरण गर्न यहाँ जानुहोस ।

कुनै पनि देशका दुई सहर वा संसारका कुनैपनि प्रमुख सहर देखि आर्को कुनै प्रमुख सहरसम्मको सिधा दुरी थाहा पाउन चाहनुहुन्छ भने चाही http://www.distancefromto.net/ मा जानुहोला ।

Online OCR- OCR अर्थात Optical Character Recognition, जस्ले कागजमा छापिएका अक्षरहरु वा स्क्यान गरिएका पेजलाई पून: डिजिटल फर्म्याटमा परिणत गरिदिन्छन्। यस्ता सफ्टवेयरहरु प्राय: केही महंगा र ठुला पनि हुने गर्छन । तर यदि तपाई कम्प्युटरमा कुनै पनि ठूला वा महंगा सफ्टवेयर नहालीकन OCR service लिन चाहनुहुन्छ भने तपाई http://www.onlineocr.net/ मा जान सक्नुहुन्छ । यस पेजको मद्दतले तपाई कुनै पनि ( १ एमबी सम्मका) PDF वा टेक्स्ट-ईमेज फाईललाई ईडिटेवल टेक्स्टमा रुपान्तरण गर्न सक्नुहुन्छ ।

यस्तै किसिमको सुबिधा यो बाहेक http://www.newocr.com/ मा पनि उपलब्ध छ, जसले ५ एमबी सम्मका फाईललाई OCR गर्न सक्छ ।

bigassmessage.com- शन्देस पठाउने सरल उपाए : तपाईको आफ्नो वेबपेज वा ब्लग छैन वा भएर पनि तपाई आफ्ना साथीहरु वा कोही विशेष व्यक्तिलाई छुट्टै विशेष शन्देस दिन चाहनुहुन्छ भने यो Webapp तपाईलाई काम लाग्छ ।

यदि तपाई कसैलाई इण्टरनेट मार्फत कुनै शन्देश दिन चाहनुहुन्छ भने यहाँ जानुहोस । अब MESSAGE लेखिएको ठाउँ भन्दा मुनिको कोठामा आफ्नो शन्देस लेख्नुहोस । दायाँपट्टीको STYLE भन्दा मुनि रहेका टेक्स्टका विकल्प छान्नुहोस र आफूले चाहेजस्तो भए नभएको ‘प्रिभ्यु’ हेर्नुहोस । आफुलाई चित्त बुझेपछि ‘सेभ’ गर्नुहोस । अब CLICK TO COPY URL लेखिएको कोठाबाट आफ्नो शन्देशको लिन्क कपि गरेर आफुले शन्देस दिन चाहेको व्यक्तिलाई पठाउनुहोस (त्यो लिन्कले केही घण्टासम्म काम गर्ने छ) ।

Happy Computing!

Happy New Year !!

15 comments:

  1. दिलिप जि,

    त्यो पहिलो App चलाऊंदा त्यसले कम्प्युटर म अनय्वश्यक cookies र spyware हरु त install गरिदिन्न? शायद तपाईंले प्रयोग गरेर चेक गरिसक्नु भयो होला ?

    युट्युब भिडियोलाई mp3 बनाउने भने काइदा लाग्यो :)

    -Prajwol-

    ReplyDelete
  2. फरक फरक र भिन्न भिन्न सरल उपायहरुको लागि धन्यबाद दिलीप जी । तपाईका यी जनाकारीहरुले गर्दा हामीलाई धेरै कुरा सिक्ने र सिकाउने अवसर प्रदान गरेको छ।

    साथै नयाँ बर्ष २०६७ को मंगलमय शुभकामना तपाइँ लगायत यो बिचार र अभिव्यक्ति संग जोडीनुभएका सम्पूर्ण नेपालीहरुमा ।

    ReplyDelete
  3. युट्युब भिडियोलाई अडियोमा रुपान्तरण गर्ने प्रविधि भने गजबको रहेछ । निकै काम लाग्ने लाग्यो ।
    भाइरसचिफ चाहिँ कति मानेमा चिफ हो, अझै खूलस्त भएन माथि प्रज्वल जीले भने झैँ ।

    बाँकी उपयोगी नै छन् ।

    (दाइ, भाउजू र नानूमा नयाँ वर्ष २०६७ को निकै धेरै शुभ कामना ! समृद्धि अझै चुलिँदै जाओस् आगामी दिनहरूमा ।)

    ReplyDelete
  4. Tapai ko virus scanning program malai man paryo

    ReplyDelete
  5. सर्बप्रथम नयाँ बर्ष २०६७ सालको हार्दिक मंगलमय शुभकामना

    कहाँ कहाँ कती बज्यो भनेर हेर्न http://www.timeanddate.com/ लाभदायक लाग्यो, Anti viruses मा Nod 32 ले मन जितेको छ, अरू हेर्न मन लाग्दैन यो चलाए पछी, अझ यो फ्री पनि हो , अनलाइनमा अपडेट भइ रहन्छ

    संपुण जानकारीका लागी धेरै धेरै धन्यबाद

    ReplyDelete
  6. प्रज्वल जी, धाइबा जी,

    मैले यही पोस्टमा लेखेजस्तै कम्प्युटरलाई १००% सुरक्षा दिनसक्ने भाईरस किलर छैनन् नै । तर यो Webapp ले उल्टै हाम्रा कम्प्युटरमा स्पाईवेर आदि भने हाल्दैनन् है:)।

    यो एप्लिकेशन वास्तबमा पुरै सिस्टमको सुरक्षालाई लक्षीत गरेर नबनाईएकोले यसलाई कुनै 'एण्टी भाईरस' को विकल्पकै रुपमा प्रयोग गर्न भने सकिन्न । तर पहिचान भैसकेका र कम्प्युटरमा रहेका 'एण्टी भाईरस'ले हटाउन नसकेका भाईरस हटाउन भने यो काम लाग्छ :)

    D DUS जी,
    नि:शुल्क उपलब्ध हुने एण्टी भाईरसमा Nod 32 पनि राम्रो नै हो !

    ReplyDelete
  7. आश्मा14/4/10 6:53 PM

    निकै उपलब्धिमूलक रहेछ लेख । बुकमार्क गरेर राखे मैले त यसो बेला बेला मा काम लाग्न सक्छ भनेर :)
    धन्यवाद है हजुरलाई !

    ReplyDelete
  8. अत्यन्तै उपयोगी जानकारीको लागि धन्यवाद! तपाइंलाई र यो ब्लगका पाठकलाई नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना !
    [एकपल्ट मलाई पनि'राहुलको भाइरस सुरक्षा'नाम गरेको भाइरसले दिक्कै पारेको थियो,(कस्तो ढाँट भाइरस रहेछ!)|निकै दुख गरेर पन्छाएं| अब फेरि केहि लागिहालेमा virus chief प्रयोग गर्ने छु|chief भनेपछि बलियो हुनपर्छ नै | संसारमा army chief ले कस्ता कस्ता सरकारै त ढाल्छन, virus chief पनि के कम होला र?]

    ReplyDelete
  9. कम्प्युटरमा धेरै चलिरहने बानी त छैन मेरो (खासमा म धेरै नै अल्छी छु यो मामिलामा, मेरो ब्लग हेर्नुहुने सबैले यसको मेसो पाएकै हुनुपर्छ:)) तर नयाँ नयाँ कुरामा चल्नुपर्दा भने दाजुले यस ब्लगमार्फत् बाँड्नुभएका जानकारीहरु निकै उपयोगी हुने कुरामा शंकै छैन।

    नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना !!

    ReplyDelete
  10. Videotomp3 र Online OCR राम्रो लाग्यो प्रयोग गर्न पनि सजिलो छ र उपयोगी पनि!!
    यो अनलाईन अप्लिकेसन भन्दा अफलाइनपनि काम गर्न सकिने pdf lai editable text मा convert गर्ने freeware software भए झन् रामरो हुन्थ्यो नि है ?
    Videotomp3 चैँ मलाई सबभन्दा राम्रो लाग्यो यो पोष्ट पढ्नुभन्दा पहिले मैले भिडियो youtube बाट भिडियो Download गरेर convert गर्थेँ Aba ta अनलाइनमा नै convert garer download garna payapachhi JHan ke chahiyo?
    यतिराम्रो उपयोगीमूलक जानकारीको लागी धन्यवाद है सरलाई ।
    अनि ढिलैभएपनि नयाँ वर्ष २०६७ को शुभकामना

    ReplyDelete
  11. कम्प्युटर प्रयोगकर्तालाइ क राम्रो उपाय भयो। आफु त मोबाइल ब्लगर परियो कागलाइ बेल पाक्यो हर्ष न बिस्मात। anyway thanks for information

    ReplyDelete
  12. विवेक जी, PDF लाई Editable format मा कन्भर्ट गर्ने धेरै सफ्टवेयरहरु छन। यदि तपाई कानूनन नि:शुल्क, सानो र सरल सफ्टवेयर चाहनुहुन्छ भने तपाईले Free PDF to Word Converter प्रयोग गर्न सक्नुहुन्छ ।

    मैले आफुले प्रयोग गरेका सफ्टवेयरहरु मध्य सो नै राम्रो लागेको छ । यसबाट तपाईले सिधै PDF लाई .Doc वा .RTF फर्म्याटमा परिवर्तन गर्न र सम्पादन गर्न सक्नुहुन्छ ।

    ReplyDelete
  13. तपाईको यस किसिमको लेख रचना ले हामी जस्तोर्दुगम ठाउमा बस्ने आम नेपालीले पनि यस्तो किसिमको जानकारी पाउदा आफुलाई दैनिक जिवनमा आईपर्ने विभिन्न कामहरु गर्न सजिलो हुने भयो आगामी दिन हरुमा पनि यस्तै यस्तै किसिमका लेख यस्तै किसिमका विभिन्न उपयोगी जानकारी को अपेक्षा राख्दछु

    ReplyDelete
  14. Few travellers on a Mashobra tour can resist the temptation of seeking blessings at the Mahasu Devta Temple.
    If you look around your community, our country, and the world, there is little evidence of loving actions.
    Still, Lich King is not devoid of its flaws. I don't want an strange voice to order me around. These applications are delivered with a lot more flexibility at a fraction of the cost compared to desktop applications. With the information provided by the GIS (Geographic Information System) for NDGPS use, drivers can be alerted to road congestion, road accidents and other possible hot spots. Today, the scenario is entirely different. That assures a steady supply since it's easily
    replaceable. A far cry from the land of milk and honey you may think.
    There is a rarely discussed addiction that can be as enslaving as drugs and as devastating to self-respect, self-confidence and healthy functioning
    as alcoholism.

    Review my homepage; http://wikilegal.cl/wiki/mediawiki-1.13.0/index.php?title=Usuario:AutumnLlo

    ReplyDelete
  15. The particular electronic cigarette ego basic starter kit is fantastic for new users.

    If you don't want to use Safari to navigate to pages, zoom in, and read articles, Byline may be just the app for you. Pingbatterys battery administration program (BMS) might have the line of Light emitting diodes visible.

    My web site; youtube converter

    ReplyDelete