22 April, 2010

परिवर्तन (लघुकथा)

bribe त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।

मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिना नै भए ।

केही दिन पश्चात भने सो माहौल परिवर्तन भएको आभाष पाए जनताले । पुराना हस्तीहरु फेरि पनि सेवाग्राहीसंग बेधक दस्तुर माग्न थाले । अचम्मको कुरा के थियो भने अबका दिनमा दस्तुरको रेट पहिले भन्दा बढेको थियो । नयाँ आएका निरीक्षकको पनि भाग छुट्याउनु पर्ने भएकोले साबिक बमोजिम लिँदै आएको चिया खर्च र दस्तुरीमा बृद्धि गर्नु परेको बताएर कर्मचारीहरु पहिला सय लिने कामको लागि डेढ सय र हजार को बाह्र सय आदिको दरमा फेरि सेवाग्राहीलाई सताउन थाले ।

पीडित सेवाग्रही फेरि समस्या लिएर सम्बन्धित निकायमा धाउन थाले । स्थितिको गाम्भिर्यलाई ध्यानमा राखेर यसपाला भने केन्द्रबाट त्यो कार्यालयको हेरक काउण्टर र जन सम्पर्क हुने कोठामा स्वचालीत क्यामारा राखेर निगरानी गर्ने प्राविधिक अनुगमनको अचुक उपाए अबलम्बन हुने बताईयो ।

हाल सो कार्यालयका हरेक कोठा र हरेक टेबल माथी हरपल निगरानीका लागि स्वचालीत क्यामरा चलेका छन् अनि सेवाग्राहीहरु पनि क्यामरा मुनि नै दस्तुर र दक्षीणा दिन बाध्य छन । यो प्राविधिक प्रयोग पछि परिवर्तन नभएको होईन, परिवर्तन भएकै छ ....जनताहरुले कामको लागि सो कार्यालय धाउँदा उक्त अदृश्य प्राविधिकको समेत भाग थप गरी दस्तुर बुझाउन थालेका छन् ।

11 comments:

  1. दिलिपजी निकै सटीक र विस्तारै हाम्रै देशमा परिवर्तन पछि शुरू हुन लागेकेा कथा जस्तेा लाग्येा । छेाटेा अनि मिठेा लेख्नु भएकेामा मैले त धन्यवाद दिए है ।

    ReplyDelete
  2. हा हा हा !
    जसो गरे, जे गरे पनि ! यति धेरै परिवर्तन भएपछि, कसैको केही लाग्दैन !

    ReplyDelete
  3. कुकुर को पुच्छर १२ बर्ष ढुंग्रामा राखे पनि उस्तै भनेको नै यहि हो !

    ReplyDelete
  4. ha ha ha !! sarai satik kura..

    ReplyDelete
  5. कथाले अति रोचकपन र यथार्त झल्कायो दिलीप जी, कडक प्रस्तुतिको लागि धन्यबाद !

    ReplyDelete
  6. कथा सटिक र सानदर्भिक छ । तर मेरो मनमा लागेको एउटा कुरा । हाम्रा अभिब्यक्ती म सधैं गुनसा हरु मात्र झल्की रखेका हुन्छन् , किन कहिल्यै पनि हामी समाधान का लागि छल्फल गर्दैनौ? मलाई लाग्छ जब सममा हामी त्यस्तो कारयालयको "इन्सेन्टिब " प्रनाली म परिवर्तन ल्यौदैनौ तब सममा केही परिवर्तन हुने वाला छैन । र उक्त प्रनाली ल्याउन का लागि "लिन म्यनेजमेन्ट " को अवधारना ल्याउन जरूरी छ ।

    ReplyDelete
  7. हाँस्नु कि रुनु खै, यथार्थ यस्तै छ। दस्तुर बुझाउनुपर्ने चलन हट्नु त कहाँ कहाँ, भाग खोज्नेहरु मात्रै बढेका देखिन्छन् यो वा त्यो बाहनामा।

    ReplyDelete
  8. केही सीप नलाग्ने भयो, CCTC हेरेर बस्ने को भाग भने धन्न छुट्टाउनु परेनछ

    ReplyDelete
  9. चोरमाथि चन्डालको थिति यही हो । थिति बिग्रिएपछि परमेश्‍वरको पनि केही लाग्दैन भन्थे, यो कथा पढेपछि अझ हेक्का भयो ।
    पूरापूर यही अवस्था त होइन, तर धेरै हदसम्म यथार्थको झल्को दिएको छ खाने विद्याको ।

    ReplyDelete
  10. कुकुर को पुच्छर १२ बर्ष ढुंग्रामा राखे पनि उस्तै भनेको नै यहि हो !

    यथार्थ यस्तै छ।

    ReplyDelete