29 April, 2010

ब्लग टेम्प्लेट फेर्ने हो ? (नयाँ ब्लगरका लागि)

ब्लग सुरु गर्ने बित्तीकै धेरैजनालाई ब्लगको साजसज्जा वा टेम्प्लेट फेर्ने धुन चल्छ । यसमा मुख्य त दुईवटा कारणहरु छन। पहिलो, ब्लगरको डिफल्ट टेम्प्लेटहरु थर्ड पार्टी ले-आउटका तुलनमा कम आकर्षक देखिन्छन भने दोस्रो कारण भने ब्लगको टेम्प्लेटले नै पाठकलाई आफ्नो ब्लगमा तान्छ कि भन्ने भावना पनि सुरु सुरुमा रहन्छ । भर्खर ब्लग सुरु गर्दाका बेलामा यो भावना झनै प्रवल हुन्छ (मेरो पनि थियो Open-mouthed ) ।

मेरो ब्लगको च्याट बक्स र ईमेलमा यो टेम्प्लेट फेर्ने वा २ कोलम वाला टेम्प्लेटलाई तिन कोलम कसरी बनाउने भन्ने बारेमा धेरै प्रश्नहरु आए। हुन त मेरो व्यक्तिगत बिचारको कुरा गर्ने हो भने ब्लग भनेको टेम्प्लेट वा ग्याजेट डिस्प्ले पेज हैन ट्यालेण्ट डिस्प्ले पेज हो । तर ब्लगमा बढि भन्दा बढी जानकारी वा सूचनाहरु राख्ने क्रममा ब्लगरका डिफल्ट टेम्प्लेटहरुमा केही कमी भएको वा ति ले-आउटमा ‘स्पेस’ कम भएको महशुस हुनु पनि सामान्य नै हो । अत: आजको पोस्टमा ब्लगरको टेम्प्लेट कसरी फेर्ने वा नि:शुल्क टेम्प्लेटहरु कहाँ बाट र कसरी डाउनलोड गरेर आफ्नो ब्लगको रुपरंग फेर्न सकिन्छ भन्ने वारेमा सामान्य चर्चा गर्दैछु ।

पुरानो टेम्प्लेटको बचत:

सबैभन्दा पहिला यदि तपाई ब्लगको टेम्प्लेट फेर्दै हुनुहुन्छ भने आफ्नो पुरानो टेम्पप्लेट र ग्याजेटहरुको व्याकअप वा प्रतिलिपीलाई आफ्नो कम्प्युटरमा सुरक्षीत राख्न नभुल्नुहोस । यदि टेम्प्लट फेर्ने बेलामा कुनै कोडमा वा ग्राफिक्स फाईलमा समस्या आएमा तपाई सो व्याकअप गरिएको फाइलको मद्दतले आफ्नो ब्लगलाई पूर्वबत अबस्थामा फर्काउन सक्नुहुन्छ ।

 Blogger Template Backup
पुरानो टेम्प्लेट व्याकअप गर्न आफ्नो ब्लगरको Dashboard मा जानुहोस र Design>> Edit HTML मा गएर Download Full Template मा क्लिक गरेर चालु ब्लग टेम्प्लेटलाई आफ्नो कम्प्युटरमा सेभ गर्नुहोस (माथीको चित्र हेर्नुस) ।

नयाँ टेम्प्लेटको चयन:

हुन त ईन्टरनेटमा सर्च गर्ने हो भने, ब्लगरमा राख्न मिल्ने नि:शुल्क टेम्प्लेटहरु सोचेभन्दा बढी नै भेटिन्छन तर पनि मेरो व्यक्तिगत अनुभवको कुरा गर्ने हो भने नयाँ टेम्प्लेट राख्‍नु अगाडि निम्न कुराहरुमा ध्यान दिनु पर्छ:

  • टेम्प्लेट आकर्षक मात्रै हैन सरल पनि होस, कहिले काही ‘आकर्षण’ मा मात्रै ध्यान दिँदा जटिल प्रकारको टेम्प्लेट भेटिन सक्छन ।
  • टेम्प्लेटको व्याक ग्राउण्डमा धेरै तस्बिर, चित्र वा “फूलबुट्टा” भएका लेआउटहरु सकेसम्म नहाल्नु होला । कारण ति व्याकग्राउण्ड ईमेजहरु भिन्न भिन्न सर्वरमा अपलोड भएका हुनाले लोड हुन बढि समय लिने मात्रै नभई कहिले काही ‘व्याण्डविड्थ’ क्रस भएका कारणले खुल्दै नखुल्ने वा कसैले सो ईमेज सर्वरबाट हटाईदिएको खण्डमा आफ्नो ब्लग नै कुरुप हुन सक्छ ।
  • केही टेम्प्लेटहरुमा सुरुमा नै ‘रिड मोर’, ‘रिलेटेट पोस्ट’, ‘रिसेन्ट पोस्ट’ आदि विभिन्न प्रकारका ग्याजेटहरु र जाभास्क्रिप्टहरु रहेका हुन्छन् । मेरो विचारमा यसरी पहिलेनै सबै कुरा भरिएर आउने टेम्प्लेट पनि उचित हुँदैनन् । किनकी तिनमा आफूलाई नचाहिने कुराहरु पनि हुन सक्छन र चाहिने भन्दा बढी जटिल स्क्रिप्टहरु पनि हुनसक्छन। अझ केही टेम्प्लेटहरु अपडेट नभएका परे भने त्यसमा भएको स्क्रिप्टले काम नगर्ने मात्रै हैन, पेज ढिला खुल्ने र अन्य ग्याजेटहरु थप्दा समस्या पनि दिन सक्छन् ।
  • समष्टिमा टेम्प्लेट हल्का, सरल तर धेरै ईमेज, ग्याजेट वा स्क्रिप्टले भरिएका नरोज्न म सल्लाह दिन्छु ।

कहाँ खोज्ने त नयाँ टेम्प्लेट:

त्यसो त माथी भनेजस्तै गुगलबाबालाई एक पटक सोधेमा ३ दिन ३ रात खोलेर नभ्याईने टेम्प्लेटहरु भेटिन्छन । तर मेरो व्यक्तिगत अनुभवमा ब्लगरका लागि नि:शुल्क २, ३ वा ४ कोलमका टेम्प्लेट खोज्न निम्नलिखीत पेजहरु सहयोगी हुन सक्छन:

BTemplatesBlogger StylesAll Blogspot TemplatesQuite Random,
Our Blog TemplatesPyzameBlogTemplatesDeluxe Templates,
Blogger Templates by Falcon Hive

यि पेजहरुमा गएर तपाई आफुलाई मन पर्ने २,३ वा ४ कोलमका टेम्प्लेटहरु स्याम्पल हेरेर रोज्न सक्नुहुन्छ ।

कसरी हाल्ने नयाँ टेम्प्लेट:

सर्वप्रथम माथीका पेज वा अन्य साइटबाट आफूलाई मनपर्ने लेआउट (प्राय: .xml फर्म्याटमा हुन्छन) आफ्नो कम्प्युटरमा डाउनलोड गर्नुस। फाईल जिप गरिएको छ भने त्यसलाई अनजिप गरेर राख्नुस ।

अब आफ्नो ब्लगरको Dashboard मा जानुहोस र Design>> Edit HTML मा गएर चित्रमा जस्तै Upload a template from file on your hard drive लेखिएको ठाउँ भन्दा पछाडि को “Browse…” दबाउनुहोस र आफूले सेभ गरेर राखेको टेम्प्लेट चयन गरेर “Upload” दबाउनुहोस (तलको चित्र हेर्नुस)। टेम्प्लेट अपलोड गर्दा पुराना ग्याजेटहरु डिलिट हुने वार्निङ मेसेज आएमा “KEEP WIDGETS” मा थिच्नुस वा ग्याजेटको व्याकअप राख्नु भएको खण्डमा “DELETE WIDGETS” क्लिक गर्नुस ।

Changing Blogger Template

२ कोलम कि ३ वा ४ कोलम:

हुन त चयन आ-आफ्नै हो, तर सामान्यतया २ वा ४ कोलमका भन्दा ३ कोलमका टेम्प्लेटहरु बल्गमा आकर्षक देखिन्छन् । २ कोलममा ‘जग्गा’ खेर जान्छन भने ४ कोलममा भने पोस्ट र ग्याजेटहरु साँगुरिएर अस्पष्ट हुन सक्छन। त्यसैले ब्लगका लागि ३ कोलमका टेम्प्लेटहरु नै सुहाउने हुन्छन् ।

हुन त ब्लगरका कुनै पनि २ कोलमवाला डिफल्ट टेम्ल्लेटहरुलाई कोडहरुको सम्पादन गरेर ३ कोलममा परिवर्तन गर्न सकिन्छ। तर यो प्रोसेस केहि जटिल भएको र हरेक टेम्प्लेट पिच्छे सो तरिका पनि फरक फरक हुने हुनाले सबैलाई लागु हुने एउटै तरिका दिन सकिन्न र त्यस तर्फ म जान्न पनि ।

ब्लगरको आफ्नै टेम्प्लेट ईडिटर:

केहि समय अगाडि ब्लगरले २ वा ३ कोलमका टेम्प्लेटहरु आफैं चयन, सम्पादन र परिवर्तन गर्न मिल्ने सुविधा थपेकोले अब कोड, HTML वा JavaScript आदि वारे केही जानकारी नभएपनि (अर्थात कोडहरुको सम्पादन र परिवर्तन गर्ने जटिल प्रक्रियामा नगैकन पनि) टेम्प्लेटहरु लाई २ कोलम लाई ३ कोलम वा आफ्नो ईच्छा अनुसार बनाउन सम्भव भएको छ।

यदि तपाई थर्ड पार्टी टेम्प्लेट प्रयोग गर्न चाहनुहुन्न तर आफूले इच्छाएको नाप-नक्शा अनुसारको २, ३ वा ४ कोलमको टेम्प्लेट बनाउन चाहनुहुन्छ भने आफ्नो ब्लगरको Dashboard मा जानुहोस र Dashboard बाट Design हुँदैं Template Designer मा क्लिक गर्नुहोस। अब खुल्ने पेजमा:

blogger template designer

  • Templates  मा क्लिक गरि आफूलाई मनपर्ने लेआउट चयन गर्नुहोस।
  • Background बाट पेजको व्याकग्राउण्ड निर्धारण गर्नुहोस ।
  • Layout को Body layout बाट आफ्नो पेजको डिजाईन चयन गर्नुहोस । यहाँ तपाईले एकल कोलम, २,३ र ४ कोलम सम्मको लेआउट बनाउन सक्नुहुन्छ । आफुलाई मनपर्ने नमूनामा क्लिक गर्नुस र १,२,३ वा ४ कोलमको लेआउट छान्नुहोस ।
  • Layout भित्रकै Footer layout बाट ब्लग पेजको अन्त वा सबैभन्दा तलको भागलाई एउटै राख्ने, दुई वा ३ कोलममा परिवर्तन गर्ने छान्नुहोस ।
  • Layout भित्रकै Adjust Width को मद्दतले तपाई हरेक कोलमको साईज वा चौडाई निर्धारण गर्न सक्नुहुन्छ ।
  • Advanced मा रहेका अनुप्रयोगबाट तपाई पेज, लिन्क, साईडबार, पोस्ट टाईटल आदिका फन्ट वा रंगको संयोजन र सम्पादन गर्न सक्नुहुन्छ । (तलको चित्रहरु हेर्नुस)

blogger template designer 1

blogger template designer 2

यो Blogger Template Designer प्रयोग गरिरहँदा तपाईले गर्नु भएको सम्पादन वा परिवर्तन पेजको तल्लो भागमा “प्रिभ्यू” देखिने भएकोले आफूलाई चित्त बुझ्ने पेज तयार भएपछि मात्रै सबैभन्दा माथी दायाँतर्ई रहेको “APPLY TO BLOG” मा क्लिक गर्नुहोला ।

अब तपाईले चाहनु भएको जस्तै टेम्प्लेट तयार हुने छ ।

Happy Blogging !

12 comments:

  1. धैरै मेहेनत गरेर तयार पार्नुभएको यो टाँसो नयाँ मात्र होईन पूराना ब्लगरलाई पनि धेरै उपयोगी हुने निश्चित छ। धन्यबाद दाइलाई!

    ReplyDelete
  2. बसन्त जी ले भने झैँ पुरानालाई मात्रै हैन हामीजस्ता बार्षिकी पुरा गरेका ब्लगर हरुलाई पनि निकै उपयोगी टासो पस्कनुभयो दिलीप जी, धन्यबाद हजुरलाई

    ReplyDelete
  3. यो पोष्ट जो टेम्पलेटमा खेल्न चाहन्छन् ति सम्पूर्णलाई नै उपयोगी हुने निश्चित छ ।
    मैले पनि अलि अगाडि ब्लगर ड्राफ्टमा गएर आफूले चलाइरहेको थर्ड पार्टि टेम्पलेटमा एडिटङ्ग गर्न खोजेको थिएँ तर त्यसो गर्न नमिल्ने रहेछ भन्ने थाहा पाएपछि त्यो योजना त्यतिकै तुहिएको थियो तर आज यो तपाईं टासो पढेपछि यसबाट गर्न सकिने कामहरुको बारेमा अझ थप जानकारी पाएँ । यति उपयोगी पोष्टको लागी सरलाई धन्यवाद !!
    एउटा खसखस भने लागीरहेको छ । तपाईंले आफ्नो ब्लगको टेम्पलेट भने आफैँले बनाउनु भएको हो सर ?

    ReplyDelete
  4. विवेकजी,

    हाललाई ब्लगरको टेम्प्लेट इडिटरले थर्ड पार्टी टेम्प्लेट सपोर्ट गर्दैन र ब्लगरले दिएका केही निश्चित टेम्प्लेटमा मात्रै यो कार्य गर्न सकिन्छ । तर ब्लगरले त्यसमा केहि नयाँ लेआउटहरु पनि थप्दै छ र केही समय पश्चात हामीले अझ बढी विकल्पको छनौट गर्न पाउने छौं ।

    मेरो यो टेम्प्लेट भने मैले बनाएको हैन तर ब्लगरकै २ कोलमवाला 'डेनिम' टेम्प्लेटलाई 'छेड-छाड' गरेर आफूले चाहेजस्तो रुप दिएको भने पक्कै हो । :)

    ReplyDelete
  5. khai dilip jee aja diuso bhari basera gare kehi upaye lagena ke garne ho ?

    ReplyDelete
  6. सुरेन्द्र जी, खास के गर्न खोज्नु भएको थियो र के मा उपाए लागेन बगाउनु भयो भने सायद केही मद्दत गर्न सकिएला :)

    ReplyDelete
  7. हजुर मैले खालि त्यो साईड बार अलि कति बडाऊन खोजेको थिय तर पछि एकासि तेस्तो भो, अहिले ब्लगर को जुन templates हाल्दा पनि तेस्तै हुन्छ खै अब के गर्ने होला ???

    ReplyDelete
  8. साइडबार धेरै चौडा भएको हो भने त्यसलाई माथिकै तरिका अनुसार घटाउनुस र बीचको भागलाई अलिकता चौडा गर्नुस । नेभिगेसन बार अलि तल झरेको जस्तो देखिन्छ । त्यसलाई ड्रयाग गरेर माथि हाल्न सकिन्छ ।

    साइडबार सानो नगरी त्यसमा बएको ग्याजेटको चौडाइ मात्रै घटाउने हो भने साइज घटाउनु पर्ने साइडबार लाई Edit गरी त्यसमा भएको width="230" वा width="240" आदिलाई आफ्नो साइडबारको साइज भन्दा केही सानो बनाउनु होला :)

    ReplyDelete
  9. हजुरको लेख सार्है नै उत्कृष्ठ लाग्यो, आफुलाई पनि यसैबारे धेरै जानकारी चाहिरहेको थियो | झटपट यता ब्लग पढ्दै उता प्राक्टिकल गर्दै गरेथेँ, अल्पज्ञानले गर्दा सबै सेटिंग भने उड्यो | तर धेरै प्रयोगको जानकारी भने पाएँ | हामी सुरुवाती ब्लगरहरुलाई यस्तै अत्यावश्यक जानकारीहरु प्रवाह गरिरहनुहोला .... धन्यबाद :)

    ReplyDelete
  10. Umesh Shrestha11/3/12 3:11 PM

    Hello Dilip sir ... How to remove blogs Navbar ??? can u tell me

    ReplyDelete
  11. उमेश जी,
    Navbar लाई हटाउन, मेरो यो पोस्ट मा भएको 'Navbar लाई हटाउनुहोस:' भन्ने भाग हेर्नु होला ।

    ReplyDelete
  12. धन्यवाद दाइ पोष्टका लागि ।

    ReplyDelete