04 May, 2010

फेसबुकका रमाइला ‘फेस’हरु !

फेसबुक, एउटा नि:शुल्क किताब। जुन किताब न च्यातिन्छ, न हराउँछ न पढनको लागि सधैं संगै बोकेर हिडनु नै पर्छ, जहाँ पुग्यो त्यहीँबाट खोल्यो, पढ्यो, लेख्यो बस। समष्टिमा फेसबुक हाम्रोलागि कुनै नयाँ कुरा रहेन। तर यहि फेसबुकमा दिनदिनै नयाँ कुराहरु भने आइरहन्छन् । केही समय अगाडि फेसबुकका केही फेसहरु मैले यो पोष्टमा राखेको थिएँ। आउनुस आजको पोष्टमा पनि फेसबुकका केही रमाइला फेसहरु हेरौं :

नेपालको राजनीति वा नेपाली समाजामा कुनै नयाँ कुरा घट्ने बित्तीकै फेसबुकमा त्यसको प्रभाव देखिन थालीहाल्छ। यसै क्रममा कटुवाल प्रकरण देखी पशुपतिको पूजारी अनि मेशीन रिडेवल पासपोर्ट पासपोर्ट देखि नेपाली झण्डा फेर्ने विवाद सबैले समय समयमा फेसबुक तताएका थिए:

झण्डा फेर्ने विवाद चुलिदाँ फेसबुकमा यस्तो पेज पनि बनेको  थियो:
Nepal Flag

गम्भिर विषय भएकोले केहि दिनमै यसमा हजारौं सहभागी भएका थिए । त्यसपछि समयमा संविधान नबन्ने छाँट देखिएपछि फेरि फेसबुकमै अर्को ‘दृश्य’ देखियो:

Constitution

मन परे “लाईक” गर्न मात्रै मिल्ने हैन, मन नपरे उछित्तो गर्न पनि छूट भएकाले भर्खरै आर्को  एउटा पेजको पनि मलाई धेरै नै निम्तो आए:

Prachand or Black dog

म आफू सो निम्तोमा सहभागी नभएपनि आजको मितिसम्ममा यसमा सहभागी हुनेको संख्या ४ हजार भन्दा बढी भैसकेको छ ।

त्यसो त फेसबुकमा बदनाम गरिएकामा प्रचण्ड मात्रै पर्दैनन् । पूर्वराजा ज्ञानेन्द्र देखि हालका वहालवाल प्रधानमन्त्री माधव कुमार नेपाललाई पनि छाडेका छैनन्  मानिसहरुले: (हेर्नुस)

MRP

माकुनेका नाममा यस्ता पेजहरु अरु पनि छन भने सबै नेतालाई सामुहिक ‘मुर्दावाद’ गर्ने एउटा पेज यस्तो पनि छ:

Sambidhan

यो फ्यानपेज र ग्रुपहरुको पनि बेग्लै कथा छ फेसबुकमा । विगतका केही हप्तामा फेसबुकमा निक्लेका त्यस्तै केही ग्रुप र फ्यानपेजहरको पनि केही स्क्रिनशटहरु:

Soyambhu Yatayat

स्वयम्भु यातायातबाट काठमाण्डौमा यत्ति दूर्घटना भएकि त्यहाँ “भाग भाग स्वयम्भु यातायात आयो” भन्ने समेतका पेजहरु देखिए ।

अर्को कुरा फेसबुकमा “लाईक” छ तर “डिस लाईक” वा “हेट” छैन । सायद यसैकारण पनि हामीहरु कोही साथीको स्टाटस मेसेजमा जे देखेपनि “लाईक” थीच्न तम्सीहाल्छौं । कहिलेकाही कुरा यस्तो सम्म हुन्छ कि कुनै साथीले आफूलाई समस्या परेको कुरा आफ्नो भित्तामा टाँसेको हुन्छन्। तर हाम्रा अधीर औंलाहरु हत्तपत्त “लाईक” दबाउन कुदिहाल्छन र यस्तो रिजल्ट पनि देखिन्छन्।

Frustrated

लौ भैगो यहाँ त कुरा केही क्षणको नैराश्यताको वारेमा मात्रै छ र कसैले यसलाई ‘मन पराएछन’ भने पनि मन पराएछन रे । तर तलको स्क्रिनशट हेर्नुस त। यहाँ मान्छेको ‘बर्बाद’ भएको छ तर केही साथीहरुलाई त्यो पनि मन परेको छ :

Barbad यि बाहेक भर्खरै मैले देखेका केही अन्य रमाईला स्क्रिनशटहरु:

Party

नेपालो राजनितीले हामीलाई कत्ती असर गर्दो रहेछ त ! ।  आन्दोलनका कारण केटीहरु वाहिर निस्कन छाडेकाले माथीको स्टाटसमा नेताहरुलाई बन्द फिर्ता लिन  समेत आग्रह गरिएको छ ।

राजनितीकै कुरा गर्दा फेसबुकमा समेत रजनिती बढेकोमा चिन्तित समुह पनि छन, हेर्नुस त:

Too much Politics

विदेशतिर फेसबुक, टुईटर जस्ता सामाजिक सञ्जालको प्रयोगले कार्यालयको कार्यदक्षतामा कस्तो असर पर्छन भनेर धेरै अध्ययन र सर्वेक्षणहरु पनि भएका छन । अनि सर्वेक्षणको नतिजा पनि गज्जब गज्जबको निस्केको छ। कुनै अध्ययनले सामाजिक सञ्जालको प्रयोगबाट कर्मचारीहरु चुस्त-स्फुर्त रहन्छन भन्ने देखाएकोले केही स्थानमा फेसबुक आदि चलाउन दिईन्छ भने कतैको नतिजाले यसको प्रयोगबाट कार्य दक्षता ह्वात्तै घटाएकोले त्यस्ता ठाउँमा फेसबुक जस्ता सामजिक सञ्जालका पेज नै ब्लक गरेर नचल्ने बनाईएको पनि छ ।

यसै क्रममा फेरि अर्को एउटा स्क्रिनशट: फेसबुकले पढाई बिगार्‍यो रे !

Stop Facebook

तर कुरा जे जस्तो गरे पनि फेसबुक एउटा सशक्त सामाजिक सञ्जाल र विचार प्रेषण गर्ने सरल माध्यम भने हो नै । यसैका कारण मैले पनि स्वदेस र विदेशमा रहनु भएका धेरैजनासंग चिनजान गर्न र विचार साटन पाएको छु । त्यसैले जय फेसबुक ! (धेरै खायो भने त चिनी पनि तीतो हुन्छ नि हैन !)

जाँदा जाँदै ईन्टरनेटबाटै लिईएका अर्का दुई कार्टुन चित्रहरु:

Facebook Cartoons  

Happy Facebooking !!!

( नोट: हुन त फेसबुक आफैंमा खुला किताब हो, तैपनि माथीका स्क्रिनशटहरु यहाँ राख्दा कसैलाई अप्ठेरो परकेो भए कृपया जानकारी गराउनु होला)

16 comments:

  1. हा हा हा !
    गज्जब रमाइलो !
    तर यो भन्दा रमाइलो रमाइलो ग्रुप र पेजहरु छन्, फेसबुक मा !

    अनि यो 'लाइक' को कुरा मा म पनि त्यस्तै सोध्थेँ, जे भए नि किन लाइक गरेको होला ? हेट बटन खै भनेर ? तर अहिले लाग्छ, हामीले 'लाइक' गरेको लाई त्यसरी बुझ्नु भएन !
    मेरो विचार मा, लाइक भनेको, 'ऐ ! तिम्रो अवस्था थाहा पाएँ ', 'त्यस्तो पो भएछ', 'मलाई तिम्रो कुरा थाहा भयो', आदि जनाउँछ जस्तो लाग्छ ।
    एककिसिम को चियो चर्चो भनौँन ! हा हा हा
    मैले यो, जे मा नि 'लाइक' गर्नेलाई अब चाँहि राम्रै मान्न थालेको छु, कम्तिमा यसले त थाहा पाएछ, मेरो कुरा भन्या जस्तो लाग्छ !
    :)

    ReplyDelete
  2. रमाइलो जानकारी दिनुभयो । हामी कहिलेकाहीँ झुक्किएर पनि 'लाइक' थिच्न सक्छौँ । फेसबुकमा थरीथरी देख्न पाइन्छ अनि कहिलेकाहीँ त न्वारान नै बढी हुन लाग्या हो कि जस्तो पनि लाग्छ । रमाइलो पनि लाग्छ कहिलेकाहीँ त !

    ReplyDelete
  3. Dilip Sir,
    Maile article lekhaula bhanne soch gardai thiye, tapai le lekhi halnu bhayecha ... bado gazzab lagcha manche haru ko yesta bakamfuse group banaune fursad dekhda ....
    'ए उम्ल्यो उम्ल्यो, ला पोखी हाल्यो नि खाइस अब चिया' 'भाउ खोज्ने केटी लाई बाल छैन' केटीहरु बिदेश गएर चस्मा लगाउँदैमा च्वाँक हुँदैनन are other examples !! funny

    ReplyDelete
  4. फेसबुकको तहल्का त्यत्तिकै मच्चेको हैन नि दिलिप दा , यस्तै यस्तै रमाइला कुराले गर्दा यो अझै माथि पुग्ने देखिन्छ ।

    साच्ची यो ट्विटर अचेल निकै हल्लाखल्लामा छ है , तर मलाई त फेसबुकको एक छेउ पनि लागेन ।

    झाडि ट्विटर !!! र पनि ब्लगलाई backlinks हरु पुगोस् भनेर मात्र म ट्विटर चलाउँदै छु ।

    ReplyDelete
  5. ramailo lekh daju!! ghhat lagyo.

    ReplyDelete
  6. Very Interesting Dai.

    Same feeling about this 'Like' button.

    ReplyDelete
  7. रमाईलो लाग्यो! यो फेसबुकमा अचेल आफू पनि लट्टु भएकाले झन् रमाईलो लाग्यो।

    ReplyDelete
  8. हो दिलिप दाइ ले कुरो चाही सहि नै (भएको नै ) गर्नु भो - फेस बुक को ग्रुप अनि like सिस्टमका बारेमा ! अनि पोस्ट को अन्तिम को दुइ काटुन चाही हदै .... जस्तो लाग्यो !!

    मलाइ पनि यो फेस बुक को ख्याती चम्के को देख्दा यस्तो लाग्छ कि सायद .... यो हदै भए पछी कुनै दिन सायद बन्द नै हुन्छ होला !!

    ReplyDelete
  9. अति रमाइलो पोस्ट गज्जब छ

    ReplyDelete
  10. LOL, I was planning to compile the list of some of the interesting and absurd groups, you did one step better: you captured the screenshot :D

    Really enjoyed this post :)

    ReplyDelete
  11. सर ले धेरै पहिले दखि कलेक्सन गरेर राख्नु भएको रहीछ,
    धेरै पहिलेको कुरा याद आयो ,अनी आकार सर ले भने जस्तै
    लाइक भनेको, 'ऐ ! तिम्रो अवस्था थाहा पाएँ ', 'त्यस्तो पो भएछ', 'मलाई तिम्रो कुरा थाहा भयो',

    really funny picture
    http://3.bp.blogspot.com/_kxPG6y8Qctk/S3BIrGrw4QI/AAAAAAAAVgU/EwvpebZGB2M/s800/facebook.jpg

    http://www.socialidiots.co.uk/wp-content/uploads/2009/10/funny-facebook-screen-shot.gif

    http://nikinowell.files.wordpress.com/2008/10/facebook-funny.gif

    http://digitizor.com/wp-content/uploads/2009/09/facebook-funny-cartoon.jpg

    http://icanhascheezburger.files.wordpress.com/2008/04/funny-pictures-facebook-library-cat.jpg

    http://www.thecoloneloftruth.com/wp-content/uploads/2009/09/facebook-funny2.jpg

    ReplyDelete
  12. साँच्चै ! कुरो रमाइलो रै'छ । उसैपनि मनपर्ने फेसबुक, झन यो बन्दले नजरबन्दमा बस्नु परेकोजस्तो अवस्थामा दिन कटनीको राम्रो साथी बनेको छ यो ।

    ReplyDelete
  13. wow. majja lagyo yi Facebook ka page haru herda.. Thanks mind nai fresh bhayo..

    ReplyDelete
  14. hahahaha.......! really funny article dilip sir!

    ReplyDelete
  15. हा हा हा
    अती राम्रो लेख्नु भएको रहेछ । साह्रै घत लाग्दो अनी रमाइलो लाग्यो । यो 'लाइक' को कुरा मा मेरो पनि त्यस्तै मत थियो ।

    ReplyDelete