25 July, 2010

के तपाईँलाई गुगलका यी ‘जादूहरु’ को बारेमा थाहा छ ?

गुगल, ईन्टरनेट प्रयोगकर्ताको लागि एकदमै परिचित नाम मात्रै हैन, प्राय: कुनै पनि सूचना वा जानकारी लिनको लागि रोजिने एउटा खोजी सहायक र ज्ञान भण्डार नै पनि हो । तर प्राय: गुगललाई केही शब्द, वाक्य वा सिमित सूचना प्रविष्ट गरेर सो बारेमा जानकारी लिने सयन्त्रको रुपमा मात्रै बढि प्रयोग गरिने गरेको छ ।

वास्तबमा गुगलबाट कुनै शब्द वा वाक्यांशको आधारमा जानकारी खोज्ने मात्रै हैन, अन्य धेरै कामहरु गर्न सकिन्छ। साथै केही यस्ता तरिकाहरु छन्, जसका मद्दतले हामी आफूलाई चाहिएको सूचना वा जानकारी अझ छिटो वा सरल तरिकाले प्राप्त गर्न सक्छौं । आजको पोस्टमा गुगलका यस्तै उपयोगी तर कम जानकारीमा रहेका केही उपयोगिताहरूको चर्चा गर्दै छु :

गुगलका केही छरितो उपयोग वा जादूको कुरा गर्नु अगाडि एउटा कुरा: यसका कुनै कुनै अनुप्रयोगहरुले अंग्रेजी भाषा माध्यममा मात्रै काम गर्ने हुनाले यदि तपाईको गुगलको भाषा माध्यम अंग्रेजीमा छैन भने पहिला www.google.com मा गएर पेजको माथील्लो दायाँ भागमा भएको विकल्पबाट भाषालाई अंग्रेजीमा बदल्नुहोस । (Search Settings>>Interface Language मा गएर ‘English’ चयन गरी ‘Save Preferences’ वा प्राथमिकताहरु>>माध्यम भाषा मा गएर ‘अँग्रेजी’ चयन गरी ‘मेरो रोजाइहरु सम्झनुहोस्’ गर्न सकिन्छ)

गुगललाई शब्दकोषको रुपमा प्रयोग गर्नुहोस: माथी भनेजस्तै गुगलले, सर्च इन्जिनको मात्रै नभइ शब्दकोषको पनि काम गर्न सक्छ। यदि तपाईँलाई कुनै (अंग्रेजी) शब्दको माने आएन भने तपाईँ www.google.com मा जानुहोस र आफूले नबुझेको शब्दलाई define: लेखेर सो भन्दा पछाडि खोजी कोष्ठमा हाल्नुहोस् । उदाहरणको लागि यदि तपाईँलाई quantum को अर्थ थाहा भएन भने गुगलको सर्च बक्समा define: quantum लेख्नुहोस् र कम्प्युटरको इन्टर दबाउनुहोस। तपाईँको स्क्रिनमा तुरन्तै सो शब्दको विविध अर्थ र प्रयोगहरुको सूची देखिने छ । चित्रमा हेर्नुहोस:(चित्रमा ‘Siddhi’ शब्दको अर्थ खोजिएको छ)

Google as dictionary

दूरी, तौल आदि रूपान्तरण: यदि तपाईँलाई एक मिटर बराबर कति फिट हुन्छ, ५ केजी भनेको कति पाउण्ड हो वा १० किलोवाटमा कति हर्स पावर (अश्वशक्ति) हुन्छ भन्ने जान्नु छ वा यस्तै गरी अन्य तौल, दूरी घनत्व वा तापक्रम आदिको रूपान्तरण गर्नु छ भने पनि गुगलबाटै यसको हल निकाल्न सक्नुहुन्छ ।

Energy conversion

उदाहरणको लागि यदि तपाईँलाई ५ मिटरमा कति फिट हुन्छ भन्ने हेर्नु छ भने गुगलमा 5 meters in feet लेखेर इन्टर दबाउनुस् । वा एक किलोवाट भनेको कति अश्वशक्ति हो Google as unit convertorभन्ने बुझ्नु छ भने 1 kilowatt in horsepower लेखेर खोज्नुहोस। तुरुन्तै तपाईँको स्क्रिनमा यसको सही गणना र इकाई देखिनेछन् । (चित्रमा हेर्नुहोस)। याद गर्नुहोस यो रुपान्तरण प्रक्रियामा तपाईँ, शब्दहरुका संक्षेप वा लघुरुप पनि प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि 2.5 m in in (2.5 meters in inches) र 5 km in yrd (5 kilometer in yards) आदि आदि ।

मुद्रा रुपान्तरण: हो, गुगलको मद्दतले तपाई विश्वका धेरै प्रचलित मुद्राको रुपान्तरण वा विनिमय दर पनि निकाल्न सक्नुहुन्छ । यो विनिमय दर तपाँईको स्थानिय बैंकको दरभन्दा केही फरक हुनसक्छ, तर सामान्यतया यो दरलाई तपाईँले तात्कालिन औसत दरको रुपमा लिन भने सक्नुहुन्छ नै ।

Nepalese  Rupees in Japanese Yen

यदि तपाईँ कुनै एउटा मुद्रालाई अर्को मुद्रामा रुपान्तरण गर्न चाहनुहुन्छ भने चित्रमा जस्तै 100 USD in Nepalese Rupees वा 7000 Nepalese Rupees in Japanese Yen आदि लेखेर गुगलमा खोज्न सक्नुहुन्छ ।

क्याल्कुलेटर र घडि: हुन त आजकलको सबै कम्प्युटरमा यी दुबै कुरा हुन्छन् नै तैपनि इन्टरनेट चलाई रहेको बेलामा तपाईँलाई सामान्य हिसाब गर्नु पर्दा तपाईँ गुगलको सर्च बक्समा गएर 23456+2365-123 वा अङ्क र अक्षरको मिश्रित प्रयोग गरेर 123+ one hundred twenty five वा 123+ one hundred twenty five/2 आदि टाइप गरेर गणितिय समस्या हल गर्न सक्नु हुन्छ ।

Nepal Time

घडिको प्रयोग भने अलि रमाईलो छ। तपाईँ जुनकुकै स्थानमा रहनु भएको भए पनि तपाईँ गुगलको सर्च ईन्जिनलाई ‘World time clock’ वा संसारको समय सूचकको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि तपाईले गुगलको सर्च बक्समा time Kathmandu टाइप गरेर सर्च वा खोजी मा क्लिक गर्नुभयो भने कम्प्युटर स्क्रिनमा तुरुन्तै नेपालको तात्कालिन समय देखिने छ ।

मौसम, आवास र अन्य: यसैगरी विश्वका प्रमुख सहरहरुको तात्कालिन र केही दिनसम्मका मौसम, विश्वका प्रमुख सहरहरुका होटेल, रेस्टुरेन्ट वा र देशका मौसमहरुको विवरण पनि तपाईँ गुगलकै मद्दतबाट तुरुन्तै र सरल रुपमा प्राप्त गर्न सक्नुहुन्छ ।

weather kathmandu

यदि तपाईँलाई काठमाण्डौंको यो हप्ताको मौसमको जानकारी लिनु छ भने गुगलको सर्चबक्समा weather Kathmandu टाईप गरेर ईन्टर दबाउनुस् । तुरुन्तै तपाईँको मोनिटरमा काठमाण्डौंको तात्कालिन र केहीदिनका मौसमी विवरणहरु देखिने छन् । त्यसै गरी तपाईँ hotel Kathmandu, temple kathmandu वा college Kathmandu आदि शब्द टाइप गरेर ईन्टर दबाउनु भयो भने तपाईँले आफ्नो मोनिटरमा गुगलको नक्शा सहितको स्थानीय होटेल, कलेज वा अन्य सार्वजनिक स्थानको जानकारी पाउन सक्नुहुन्छ ।

द्रुत खोजीका केही तरिकाहरू: सामान्यतया सर्च बक्समा कुनै शब्द वा वाक्यांश हाल्दा गुगलले सो शब्द वा शब्द समुह भित्रबाट बन्न सक्ने अन्य कुराहरु पनि खोज्छ। उदाहरको लागि तपाईले गुगलमा भिमसेन लेखेर खोज्नु भयो भने भिमसेन देवता, भिमसेन मन्दिर, भिमसेन थापा वा भिमसेनस्थान आदि हजारौंको संख्यामा नतिजाहरू देखिनेछन् । त्यस्तैगरी तपाईले भिमसेन थापा लेखेर सर्च गर्नु भयो भने पनि ‘भिमसेन’ शब्द भएको पेज वा पेजको कुनै ठाउँमा भिमसेन र अर्कै ठाउँमा ‘थापा’ भएको पेज पनि नतिजामा देखिने छन्। यसरी कुनै पनि जानकारी खोज्दा निकै समय लाग्न जान्छ । त्यसैले खोजीलाई छिटो र सरल बनाउन तलका तरिकाहरु प्रयोग गर्नुहोस्:

शब्द किटेर खोज्नुस: माथी भनेजस्तै सामान्य खोजीमा समय धेरै लाग्ने भएकोले शब्द किटेर खोज्नुहोस। यसो गर्न आफूले खोज्न चाहेको शब्द वा शब्द समुहलाई उद्दरण चिन्हभित्र हालेर खोजेमा गुगलले केवल ठ्याक्कै सो शब्द समुह रहेको पेज मात्रै खोज्नेछ ।

Quoted search

जस्तै तपाईँले “पशुपति साधना” (उद्दरण चिन्ह समेत हालेर) खोज्नु भयो भने नतिजामा पशुपति शमशेर,  पशुपतिमा साधना, पशुपति नजिकैको मन्दिर वा पशुपति जस्तै मन्दिर आदि नतिजाहरु देखिदैनन्  र केवल पशुपति साधना सम्बन्धि (पशुपतिसाधना सँगसँगै र दुरुस्तै भएका) पेजहरु मात्रै देखिनेछन्। तपाईँ आफूले चाहेका दुरुस्तै शब्दहरु भएका नतिजा खोज्न सधैं ती शब्द समूहहरूलाई उद्दरण चिन्हभित्र हालेर खोज्न सक्नुहुन्छ । यसो गर्दा आफूले ठ्याक्कै खोजेको नतिजा मात्रै र त्यो पनि छिटो देखिनेछ ।

फर्म्याट तोकेर खोज्नुस: तपाईलाई कुनै पनि व्यक्ति, चिज वा कुनै कुराको विशेष खवर वा सूचना लिनु छ वा कुनै कुराको बारेमा कुनै विशेष फर्म्याटका फाईल खोज्नुछ भने भने पनि सर्च वा खोजी गर्ने बेलामा नै सो फाईल फर्म्याट तोकेर खोजी गर्न सक्नुहुन्छ ।

Search File format

उदाहरणको लागि तपाईलाई घरायसी वायरीङ कसरी गर्ने भन्ने बारेमा पिडिएफ फाईल चाहिएको छ भने सर्च बक्समा सुरुमै home wiring filetype:pdf लेखेर खोज्नुस। तुरुन्तै तपाईँले खोजैकै फर्म्याटमा सो सूचना वा सामाग्री फेला पार्नुहुन्छ । त्यसै गरी तपाईँले US Visa Instruction filetype:doc लेखेर खोज्नु भयो भने अमेरिकन भिसाको बारेमा जानकारी दिने वर्ड फाईल नै भेट्नुहुन्छ । तपाईलाई कार्यालय वा पढाईको प्रयोजनको लागि बिल, बीजक वा इन्भ्वाइस बनाउनु छ र त्यसको कुनै स्याम्पल वा नमूना चाहिएमा तपाईँ गुगलमै invoice sample filetype:xls गरेर खोज्न सक्नुहुन्छ । यसो गर्दा माईक्रोसफ्ट एक्सएलको फर्म्याटमा उपलब्ध नमूना तपाईँले तुरुन्तै हेर्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ ।

यस्तैगरी आफ्नो वैयक्तिक विवरण बनाउन नमूना चाहिएमा resume sample filetype:doc खोजी गरेर वर्ड फर्म्याटमा वायोडाटाका नमूनाहरु र तपाईँ घर बनाउँदै हुनुहुन्छ भने समेत 3 bedroom floor filetype:pdf लेखेर ३ कोठे घरका नमूना नक्शाहरु PDF फर्म्याटमा खोज्न, र डाउनलोड गर्न सक्नुहुन्छ ।

गुगलबाट गर्न सकिने यस्ता अरुपनि धेरै कुराहरु छन् । तर आजको लागि भने यत्ति नै। तपाईँसँग पनि यस्तै केही जादूहरु छन भने बाँढ्नु होला !

Happy Computing and Happy Surfing !!!


यो पनि हेर्नुस: फेरि केही Google Search का ‘जादु’हरू !

21 comments:

  1. उपयोगी जानकारीहरुको संगालो फेरी एकपटक !!!! धन्यवाद दाइ !!!

    ReplyDelete
  2. उपयोगी जानकारीहरुको लागी धेरै धेरै धन्यवाद. बास्तबमा सागरनै भईरहेको छ गुगल। जति बिकसित हुदै जान्छ त्यो अनुसार जटिलताहरु पनि थपिदै जान्छन् त्यसैले यस्ता टिप्सहरु निकै उपयोगी हुने नै छ।

    ReplyDelete
  3. अत्यन्त उपयोगी जानकारी!!
    गुगलमा चाहिएको कुरा ठ्याक्कै भेट्नलाई धेरै कसरत गर्नुपर्थ्यो अब सजिलो हुने भयो ।
    धन्यवाद सर, उपयोगी जानकारीहरुको लागी ।।।

    ReplyDelete
  4. केहि थाहा थियो ...केहि थिएन ! समग्रमा सबैको लागि जानकारी एकदम उपयोगी छ |

    समय र मौसम जस्तै गुगलमा आजको मिति खोज्ने नि कुनै सर्टकट छ कि ?

    ReplyDelete
  5. धेरै उपयोगी जानकारी दाजु !!! साचिनै भन्नु पर्दा हामीले गूगलले दिएका सबै सेवा को उपयोग गर्न सकेका छैनउ !!! तर यो पोस्ट पढे पछी म भने यहाँ दियिएक सबै सेवा हरु प्रयोग गर्नेछु !!!

    ReplyDelete
  6. थोरै कुरा त थाहा थियो, तर सोचेभन्दा बढ्तै जादुको बारे थाहा भयो ।
    यो पोस्ट त चिट्ठै परेसमान भो ।

    ReplyDelete
  7. ल, यो पोस्ट पढेपछि त कमेन्ट लेख्न भन्दा पनि गूगल खोलेर चिजबिज खोजिहाल्न पो हतार भयो त | एकैछिन है हजूर ! फर्किआउने बाचा सहित |

    ReplyDelete
  8. सामान्य जानकारी त थियो तर आज गहन रुपमा सिक्न पाइयो। धन्यवाद दिलीप दाई, उपयोगिताको प्रकास पार्नुभएकोमा।

    ReplyDelete
  9. उपयोगी जानकारीका लागि धन्यबाद दाजू..

    ReplyDelete
  10. एकदमै उपयोगी जानकारी ... ध्न्यवाद है दाजु

    ReplyDelete
  11. एकदम धन्यवाद दाइ रमाईला अनि कामलाग्ने जानकारीका लागि !!

    ReplyDelete
  12. hello dear sir im Gokul Sharma From New Delhi
    Sir ma 1uta sano blog banayeko chhu plz 1 bar open gari ke ke kami chha r ajhee ramro kasri banaunu parchha bhanne kura bataidi ye kati ramro huntheo hola mero email id ho gokulsharma97@gmail.com
    plz saend Blog Tipes Im Wint ..........

    ReplyDelete
  13. very nice and useful artical..keep it up..!!!!

    ReplyDelete
  14. साह्रै सरल र अत्यन्त जानकारीमुलक खुराक दिनु भएको छ दिलीपजी, धन्यवाद ।

    ReplyDelete
  15. definitely informative

    ReplyDelete
  16. google chalayeko dherai vo, tara yo lekh le ramro sanga chalauna sikayo. really thanx to Dilip Dai!

    ReplyDelete
  17. दिलिप जी ले इकान्तिपुर मा कमेन्ट लेखेर धेरै राम्रो काम गर्नु भयो, एस्तो जाँगर गर्दै गर्नु होला नत्र हाम्रो चिनजान पनि हुन् थ्येना कि ? अनि यो एउटा publicity को मेसो पनि त हो नि !!!

    ReplyDelete
  18. Awesome Tips!! I didn't know some of them..

    ReplyDelete
  19. Excellent! Wanna know so many tips about google
    Cheers

    ReplyDelete