01 September, 2010

फेरि केही नि:शुल्क सफ्टवेयरहरु !

हाम्रो दैनिक जीवनमा कम्प्युटर एउटा सहयोगी मात्रै हैन्, करिब करिब छुटाउनै नमिल्ने साधन बन्दै गएको छ। कम्प्युटरको विकास सँगै हरेक कामलाई सहज र सरल बनाउन दिनदिनै झन् झन् नयाँ नयाँ र उपयोगी सफ्टवेयरहरु बन्ने क्रम जारी छ। केही वर्ष अगाडिसम्म कार्यालयको काम वा अध्ययन आदिमा मात्रै बढी प्रयोग हुने कम्प्युटरको प्रयोग-क्षेत्र आज सोच्नै नसकिने हिसाबले बढेको छ । अनेकौँ सफ्टवेयरको उपलब्धता र विविधताका बीच आजको मानिस हरेक जटिल वा बढी समय लाग्ने कामको लागि सरलतम र सूक्ष्मतम सफ्टवेयरको खोजीमा लागेको छ ।

आउनुस, आजको पोस्टमा हामी पनि हाम्रा केही लामो कामलाई छोटो बनाउने वा जटिल कार्यलाई सरल बनाउने केही सफ्टवेयरहरुको चर्चा गरौँ । आजको पोस्टमा दिइएका सबै सफ्टवेयरहरू कानुनन नि:शुल्क र portable अर्थात् वहनीय सफ्टवेयरहरु हुन। जसलाई डाउनलोड गरेर सिधै चलाउन सकिन्छ । यीनलाई कम्प्युटरमा स्थापना गर्नु पनि जरुरी छैन र यी सबै सफ्टवेयरहरू पेन ड्राइव, कुनैपनि मेमोरि कार्ड वा एक्सटर्नल ड्राइबमा राखेर जुनसुकै कम्प्युटरमा बिना इन्स्टलेसन सिधै चलाउन सकिन्छ ।

Mouse Jiggle वा कम्प्युटर झुक्याउने साधन: अनजिप गर्दा पनि जम्मा 50 kb मात्रै हुने यो एउटा सानो तर एकदमै उपयोगी पोर्टेवल सफ्टवेयर हो (कमसेकम मलाई भने एकदमै काम लागेको छ Hot smile)।

नामबाटै थाहा हुन्छ यो कम्प्युटरको माउसलाई सक्रिय राखिरहने सफ्टवेयर हो । सामान्यतया, हामीले कप्म्युटर खोलै राखेर केही समयसम्म कुनै ‘कि’ वा माउसको प्रयोग गरेनौँ भने निश्चित समय पछि कम्प्युटरको स्क्रिनसेवर सक्रिय हुन्छ। अथवा कम्प्युटरको डिफल्ट सेटिङ वा प्रयोगकर्ताले चयन गरेको विकल्प अनुसार केही समयपछि कम्प्युटर लगअफ हुने, वा तोकिएको समय पछि ‘स्लीप’ मोडमा जाने वा बन्द हुने गर्छ । साधारण अवस्थामा यो उपयोगी भए पनि कहिलेकाहीँ भने यो समस्या बन्छ। जस्तै:

तपाईँ कम्प्युटरमा कुनै भिडियो हेर्दै हुनुहन्छ भने केही समयसम्म कम्प्युटर कि वा माउसको प्रयोग हुँदैन । यस्तो अवस्थामा छिनछिनमा स्क्रिनसेवर सक्रिय हुन्छ र त्यसलाई रोक्न कुनै अनावश्यक कि दबाउने वा माउस चलाउने आदि गरिरहनु पर्छ ।

तपाईँ ईन्टरनेटबाट कुनै ठूलो फाईल डाउनलोड गर्दै हुनुहुन्छ र कम्प्युटर खुलै छाडेर कतै जानुहुन्छ भने निश्चित समय पश्चात् स्क्रिनसेवर, ‘स्लीप’ मोड आदि सक्रिय भएर डाउनलोड अवरुद्ध हुन्छ ।

Mouse Jiggleयस्तै वा अन्य कुनै समयमा कम्प्युटरका कि वा माउस नचलाइकनै कम्प्युटरको स्क्रिनसेवर सक्रिय हुन नदिन वा कम्प्युटरलाई लगअफ वा बन्द हुन नदिन यो सफ्टवेयर काम लाग्छ । यदि तपाईँ पनि कुनै लामो भिडियो हेर्दै हुनुहुन्छ, कुनै ठूलो फाइल डाउनलोड गर्न कम्प्युटर खोलै छाडेर बाहिर निस्कनु हुँदैछ वा कुनै प्रयोजनको लागि कम्प्युटर नचलाइकनै यसलाई बन्द हुनबाट रोक्न चाहनुहुन्छ भने चित्रमा जस्तै यो सानो सफ्टवेयर खोलेर “Enable jiggle?” भन्दा अगाडि चेकमार्क लगाउनुहोस् । अब स्क्रिनमा कम्प्युटर माउस स्वचालित रुपमा अलिअलि तलमाथि गर्दै चल्न थाल्छ र कम्प्युटरका स्क्रिनसेवर, ‘स्लीप’ मोड आदि सक्रिय हुनबाट रोकिन्छन् । यदि “Enable jiggle?” सँगै “Zen jiggle?” मा पनि चेकमार्क लगाउनु भयो भने कम्प्युटरको माउस हल्लिदैँन तर तपाईँको कम्प्युटरले भने माउस चलेको ‘ठान्छ’ र कम्प्युटर ‘झुकिन्छ’ ।

यदि तपाईँ यो Mouse Jiggle वा कम्प्युटर झुक्याउने साधन चाहनुहुन्छ भने यो पेज बाट वा यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

Image Water Marker वा पानी छाया : नामबाटै थाहा हुन्छ, यो कुनै पनि तस्विरमा वाटरमार्क राख्ने सफ्टवेयर हो । हुन त तपाईँले इन्टरनेटमा सर्च गर्नु भयो भने तस्विरमा वाटरमार्क राख्न प्रयोग गरिने सफ्टवेयर धेरैको सङ्ख्यामा पाउनु हुनेछ । तर मेरो अनुभवमा केवल 6.4 kb को साइजमा आउने यो सफ्टवेरय नै सबैभन्दा सानो, पोर्टेवल र सरल वाटरमार्क सफ्टवेयर हो ।

यदि तपाईँ पनि फेसबुक, ब्लग वा अन्त कतै फोटो राख्दा त्यसमा आफ्नो पहिचान राखेर तस्विरलाई सुरक्षीत बनाउन चाहनुहुन्छ भने यो सफ्टवेरय सिधैँ यहाँ बाट डाउनलोड गर्नुहोस । डाउनलोड गरेर अनजिप गरेपछि तपाँईको कम्प्युटरमा एउटा ‘Watermarker’ भन्ने एप्लिकेसन देखिनेछ । त्यसैलाई डबल क्लिक गर्नुहोस र आफ्ना तस्बिरहरुलाई आफ्नो पहिचान दिनुहोस:

Easy Watermark

यसको प्रयोगको लागि माथिको चित्रमा जस्तै ‘Open’ मा क्लिक गरी वाटरमार्क राख्नु पर्ने तस्बिर खोल्नुस। ‘Watermark Text:’ मा आफुलाई लेख्न मन लागेको शब्दहरु Transparancy: बाट अक्षर कति गाढा वा फिक्का गर्ने निर्धारण गर्नुस । अनि ‘Position:’ र ‘Rotation:’ बाट अक्षर वा शब्दहरुलाई तस्बिरमा आफूले चाहेको ठाउँमा राख्नुस। सबैकुरा चित्तबुझेपछि ‘Save’ दबाउनुहोस् ।

Fontster वा फन्ट नमूना: हामीहरुको कम्प्युटरमा निकै सङ्ख्यामा फन्टहरु रहेका हुन्छन्। आवश्यक्ता र प्रयोजन अनुसार हामी भिन्न भिन्न कागजातमा भिन्न भिन्न फन्टहरु प्रयोग गर्छौँ। यसरी कुन फन्ट कस्तो देखिन्छ भनेर हेर्न धेरै किसिमका स:शुल्क र निःशुल्क सफ्टवेयरहरु उपलब्ध छन् । मैले भेटेको यो Fontster भन्ने सफ्टवेयर सायद यस्ता सफ्टवेयरहरुमा सबैभन्दा सानो र सरल सफ्टवेयर होला । जम्मा , 2.5Kb (हो !, , 2.5Kb नै हो । गल्तीले लेखिएको हैन ।) को यो सफ्टवेयर पनि पोर्टेबल सफ्टवेयर हो ।

Fontser

यो नि:शुल्क सफ्टवेयर यहाँबाट वा यहाँ बाट डाउनलोड गर्नुहोस । यसलाई खोलेपछि यसको वायाँतर्फ तपाईको कम्प्युटरमा रहेका फन्टहरुको सूची देखिन्छ भने दायाँ तर्फ तिनका नमूना । यसको डिफल्ट सेटिङमा आउने शब्द समुहको सट्टा तपाईँ दायाँपट्टीको भागमा आफ्नै शब्द वा वाक्यहरु लेखेर पनि तिनका नमूना हेर्न सक्नु हुन्छ । माथिको चित्र हेर्नुहोस्: ।

माथिका केही सफ्टवेयर .NET framework भएको कम्प्युटरमा मात्रै चल्छन। त्यसो त विण्डोजको नयाँ भर्सनहरुमा .NET framework सुरुमै सम्मीलित भएर आएका हुन्छन् । तर यदि तपाईँको कम्प्युटरमा .NET framework छैन भने तपाईले यहाँ बाट डाउनलोड गर्न सक्नुहुन्छ ।

Happy Computing !

यो पनि हेर्नुहोस्:

केही नि:शुल्क तर उपयोगी र उत्कृष्ट सफ्टवेयरहरु ।
केही नि:शुल्क तर उपयोगी सफ्टवेयरहरु ।

22 comments:

  1. मलाइ यो Image Water Marker चाही सह्रै गुनिलो, सरल र Portable लाग्यो । तपाइलाइ हार्दिक धन्यवाद है Share गरिदिनु भएकोमा ।

    ReplyDelete
  2. ला कति चाडै सकिएछ जस्तो पो भो त, अझै छन कि जस्तो लागेको थियो, लोभी भाको होला। थप जानकारीहरु राख्दै गर्दै गर्नु होला। बिषय बस्तुमा राम्रो जानकारी राख्‍ने र प्रष्टसगँ भनिदिने हुदा निकै सजिलो हुने रहेछ। मेरो लागि सबै जानकारी उत्तिकै राम्रा र उपयोगी रह्यो। बास्तबमा यस्ता सरल, राम्रा र उपयोगी सफ्टवयरको प्रयोगले कम्प्युटर चलाउन निकै आनन्द आउछ।
    धेरै धेरै धन्यबाद।

    ReplyDelete
  3. दिलिप दाइ यस्ता जानकारीमुलक टासो राख्नु भएकोमा धन्यबाद !
    यस्तो कार्य ले निरन्तरता दिई रहोस है !

    ReplyDelete
  4. Image Water Marker नै सबैभन्दा ठिक लाग्यो मलाई त !!
    धन्यवाद !!!

    ReplyDelete
  5. Mouse Ziggle र watermark उपयोगी होलान् जस्तो छ । धेरै धेरै धन्यवाद ।

    ReplyDelete
  6. धन्यावाद दाई असाध्यै राम्रो लाग्यो जानकारी । काम लाग्ने रहेछन् ।

    ReplyDelete
  7. ओहो के खोज्छस् परेश उपयोगी सफ्टवेयर भनेजस्तै भो भन्या । अब भएजति सबै डाउनलोड गरेर सिडीमै हाल्नु पर्ला जस्तो छ । दिलीप दाईलाई धन्यवाद ।

    ReplyDelete
  8. hello hi im gokul sharma from new delhi
    1 din maile nepali blog search garda kheri tapaiko blog malai mileo ani malai tapaiko blog bahut hi nee man pareo ra din ko 1,2 patk kholer pani dekdchhu ra kehi tapaiko blog bat maile pani afno blog ma post gareko chhu ra ma tapailai pahila pani Comment pathaye ko thiye per tapaile koi jawaf dinu bhayena or 1 mero blog pani chha 1 bar open garidinu hola www.arghakhachionline.blogspot.com plz go now or or malai email: gokulsharma97@gmail.com

    ReplyDelete
  9. hello dear sir mero blog ko mathi next blog. search yni lagi raheka chhan ra u ma hatauna haheko chu plz mero help garnuhos..

    ReplyDelete
  10. उपयोगी सामग्री रहेछ मैले त लेख को सदुपयोग गरीहाले ।।।धन्यबाद दिलिप जि //

    ReplyDelete
  11. कमेन्टको लागि सबैमा धन्यवाद। यी समसाधनहरु सबैलाई उपयोगी भएको थाहा पाउँदा खुशी लाग्यो ।
    दूर्जेय जी, धन्ना नमान्नुस, यस्ता रमाइला सफ्टवेयरहरु अरुपनि धेरै नै छन् विस्तारै तीनका बारेमा लेख्दै गरौँला ।

    ReplyDelete
  12. गोकुल भाइ, भर्खरै तपाईँको ब्लग हेरेँ।

    सबैभन्दा पहिलो कुरा त तपाँईले आफ्नो ब्लगमा मेरो १-२ वटा पोस्ट हुबहु कपि पेस्ट गरेर राख्नु भएको रहेछ। तीनलाई या त हटाउनुस्, या त्यसको स्रोत खुलाएर मेरो ब्लगको लिन्क र नाम दिनुहोस ।

    तपाईँको प्रश्न मैले राम्ररी बुझिन तैपनि यदि तपाईले ब्लगरको सबैभन्दा माथी (हेडर भन्दा माथी) हुने Navbar हटाउन खोज्नु भएको हो भने सबैभन्दा पहिला ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा।

    अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्:
    <b:skin>

    अब सो कोडभन्दा पछाडि (अर्थात <b:skin> को ठ्याक्कै पछाडि) तलका कोडहरु थप्नुस:

    div.navbar {
    opacity:0.0;
    display:none;
    }

    र "SAVE TEMPLATE" थीच्नुहोस्। तपाईको Navbar हराउने छ ।

    मेरो पोस्ट हटाउने वा त्यसमा मेरो नाम र लिन्क तुरुन्तै राख्नुहुनेछ भन्ने आशा गरेको छु ।

    ReplyDelete
  13. Water Marker धेरै पहीले देखि खोज्दै गरेको सम्टवेर हो,

    धन्यबाद सर

    ReplyDelete
  14. माउस र वाटरमार्कवाला सफ्टवेयर विशेष उपयोगी लाग्यो । वाटरमार्क नहुँदा फोटोसपको झन्झटले काम चलाइँदै आइएको थियो । अब भने निकै सहज हुने भयो ।
    धन्यवाद दाइ ।

    ReplyDelete
  15. HELLO SORRY Sir Tapaile lekhnu bhayeko thiyo ki man pare batnuhola yets karn le maile copy gari post gareko ho ab bhane tapaiko blog ko name pani diyeko chhu .

    ReplyDelete
  16. गोकुल भाइ,
    मन परे बाँड्ने पक्कै हो । तर यो कुरा सामाजिक सञ्जाल वा फेसबक, ट्वीटर आदिमा बाँडनको लागि हो । ब्लगमा हाल्दा भने मुल लेखकको नाम र त्यो पोस्ट पहिला छापिएको पेजको व्याक लिन्क दिनु पर्छ ।

    व्याक लिन्क राख्नु भएकोमा धन्यवाद ।

    ReplyDelete
  17. hello sir malai computer ko microsoft word program ma keybord batani drawing athat picture khicna parne 6 tara sabai kam garna sake tara picture wa drawing garna sakina malai yato sujab dinuhos jasbata mouse bina keybord batani drawing garna sakiyos tesma pani microsoft word 2003 ma .

    ReplyDelete
  18. माथि नाम उल्लेख नगर्नुहुने बन्धु,
    माइक्रोसफ्ट अफिस वर्डको 'ड्र' टुलबारमा भएको "अटो सेप्स' आदि का मद्दतले सामान्य रेखाहरु कोर्न र केही सेप बनाउन मिल्नेसम्म मलाई थाहा छ।

    त्यो बाहेक ASCII Character मात्रै प्रयोग गरेर केही सामान्य 'सेप' हरु बनाउन सकिन्छ ।

    ASCII Character प्रयोग गरेर बनाइने यस्तै:
    ( )

    ( ^ ^ )
    ( () () )
    ( )
    (...(_)...)
    \..--../_
    /¯¯Y¯¯\.\ \
    /....|.......\\
    /|._.\_.....|\_.\
    |Be Happy..\__\. |
    (¯¯¯\...\_|/¯¯\__\________
    )===ºººº====0000=========)
    (____/¯¯¯\__/Dilip--------
    / /..../.........\...\
    ___/._/.............\._.\__\__
    (____ /................ (_____)

    खाले चित्र हो भने मिल्छ । तर माउसको समेत प्रयोग नगरि 'ड्रइङ' नै गर्ने तरिका भने मलाई आउँदैन् :)।

    यदि तपाईँले कतैबाट जान्नु भयो भने मलाई पनि सिकाउनु होला। मलाई पनि जान्न मन लाग्यो ।

    ReplyDelete
  19. Tapaiko blog dherai upayogi 6. Dhanyabad tapailai.
    Gata saltir 1jana pathakle 'Speake to Me' Bhanne vb script kataibat sabhar gari post gareko dekheko thiyen. Tyo script pheri ullekh garidinu bhaye abhari hune thiyen.

    Shanta Prasad Bhuju
    spbhuju7@yahoo.com

    ReplyDelete
  20. Water Marker धेरै पहीले देखि खोज्दै गरेको सम्टवेर हो,

    धन्यबाद सर

    ReplyDelete
  21. hello daju namaskar, mero computer format gare tyespa6i mero computerma stand by active 6en. K garne hola................

    ReplyDelete
  22. दिपक जी ले यता पठाई दिनु भा'थ्यो केहि मद्दत पाउनको लागि , अनि यता आए
    पनि , मद्दत् पाए पनि त्यो वाटरमार्क गर्नलाई आफूले खिचेको फोटोमा ,
    यसरि मद्दत पाए पछी धन्यबाद टक्र्याउनु पाठकीय धर्म हो .
    धेरै धन्यवाद दिलिप जी लाई .
    ( मलाई आयो त्यस्तो वाटरमार्क गर्न )

    ReplyDelete