25 November, 2010

URL shortner -- सुविधा, खतरा र सुरक्षा --

url shortner वा लामा वेब एड्रेसलाई छोटो बनाउने अनलाइन सर्विस कुनै नौलौ कुरा होइन । इन्टरनेट सञ्जालको महासागरमा रहेका धेरै लामा लामा ठेगानालाइ यिनले छोटो बनाइदिन्छन् र छोटो लिन्क ट्विटर, फेसबुक वा अरु सामाजिक सञ्जाल लगायत इमेल आदिबाट पनि अरूलाई बाँड्न सजिलो हुन्छ ।

उदाहरणको लागि यदि तपाईँले गुगलको क्रोम अपरेटीङ सिस्टमलाई कसरी पेन ड्राइबबाट चलाउने भन्ने तलको लिन्क हेर्नु भयो भने यो लिन्क ८२ अक्षरको छ:

http://www.makeuseof.com/tag/download-google-chrome-os-and-run-on-a-real-computer/

अब तपाईँले http://goo.gl/ मा गएर यही लिन्कलाई घटाउनु भयो भने यही ठेगाना जम्मा १९ अक्षरको मात्रै हुनेछ अर्थात http://goo.gl/OPSVJ हुनेछ । (तलको चित्र हेर्नुस) ।

Google URL Shortener

त्यस्तै http://tinyurl.com/ बाट यसलाई घटाउनु भयो भने यही ठेगाना जम्मा २६ अक्षर अर्थात http://tinyurl.com/yb8ozjr मा परिणत हुन्छ ।

लामा वेब ठेगानालाई छोटा बनाउने यी र http://to.ly/ , http://to.ly/xLP आदि जस्तै साइटहरू सयौँको संख्यामा छन् । जसले सयौँ अक्षरका युआरएलहरुलाई केही अक्षरमा परिणत गरिदिन्छन् ।

गुगल, ट्वीटर र अन्य विभिन्न साईटका यस्ता आफ्नै url shortner हरु छन र निश्चित अनुप्रयोगमा तीनले स्वचालित रुपमै काम गर्छन । अन्य अबस्थामा भने तपाईँले url shortening site मा गएर नै लामा-लामा ठेगानालाई छोटो बनाउन सक्नुहुन्छ ।

यि त भए लामा ठेगानालाइ छोटा बनाउने साइटहरू । प्रविधिको विकास र प्रयोगकर्ताहरुको नयाँ-नयाँ चाहना अनि नविनतम उपयोगीता थप्ने क्रममा आजकल ठेगाना छोटो गर्ने मात्रै हैन,तीनलाई आवश्यकता अनुसार आकर्षक, बहु उपयोगी र अझ सरल बनाउने अनुप्रयोगहरु समेत सुरु भएका छन। आउनुस हेरौँ लिङ्कलाई छोटो गर्ने बाहेक अरु के गर्न सकिन्छ त :

धेरै लिङ्कहरुलाई एउटै बनाउनुहोस्: यदि तपाईँ एउटै मात्रै लिङ्क बाँडन चाहनुहुन्छ भने माथिका वा कुनै पनि url shortner ले काम गर्छन् । तर यदि तपाईँ एकै समयमा २ वा २ भन्दा बढी लिङ्कहरु बाँडन चाहनुहुन्छ भने यसको लागि तपाईँले multiple url shortner मा जानुपर्ने हुन्छ । जसको मद्दतबाट धेरै लिङ्कहरुलाई एउटै साझा लिङ्कमा बदल्न सकिन्छ।

यसरी धेरै लिङ्कहरुलाई एउटै साझा लिङ्कमा परिणत गराउन मिल्ने साइटहरु पनि धेरै नै छन् । http://fur.ly/ एउटा त्यस्तै साइट हो । जहाँबाट तपाईँ धेरै लिङ्कहरुलाई एउटै बनाउन सक्नुहुन्छ। यदि तपाईँ पनि धेरै लिङ्कहरुलाई एउटै साझा लिङ्कमा परिणत गर्न चाहनुहुन्छ भने http://fur.ly/ मा जानुहोस र “Shorten multiple urls into one” लेखिएको ठाउँ मुनि हरेक लाइनमा आफूलाई छोट्याउन परेका लामा ठेगाना वा वेब एड्रेस हाल्नुहोस् र अन्तमा “GO” मा दबाउनुहोस्। अब तपाईको सबै लिङ्कहरुको एउटा साझा लिङ्क तयार हुन्छ। उदाहरणको लागि तलको चित्र हेर्नुहोस:

flurly all

यसमा http://dacharya.blogspot.com, http://laghukathaa.wordpress.com, www.newsofnepal.comhttp://www.google.com गरी जम्मा चारवटा युआरएललाई एउटै लिङ्कमा परिणत गरिएको छ ।

यसरी माथिका चारवटा लिङ्क एउटैमा परिणत भएर http://fur.ly/3i7j बन्छ र सो लिङ्कमा क्लिक गर्दा एउटा नयाँ पेज खुल्छ ।

Furly sc

सो पेजको माथीको लिङ्कबारमा रहेको ‘लेफ्ट’,  ‘राइट’ एरो वा ‘ड्रप-डाउन मेनु’ मा क्लिक गरेर तपाईँ सो पेज नछाडिकन माथिका कुनै पनि साइट हेर्न सक्नुहुन्छ। वा “open in new window” मा क्लिक गरेर कुनै पनि साइटलाई छुट्टै पेजमा खोल्न सक्नुहुन्छ ।

लिङ्कलाई आफ्नो पहिचान दिनुहोस: हो, आजकल लिङ्कलाई छट्याउने र धेरैवटा लिङ्कलाई एउटै बनाउने मात्रै हैन त्यसरी छोट्याइएका वा एकत्रित गरिएका लिङ्कलाई आफ्नो पहिचान दिन पनि सकिन्छ । छोट्याइएका लिङ्कमा क्लिक गर्दा कुनै भाइरस भएका साइटमा पुगिने वा आफ्नो एकाउन्ट ह्याक हुने डरका कारण छोटा युआरएल क्लिक गर्न मानिसहरू सावधान हुन लागेको अबस्थामा यो साइट निकै उपयोगी साबीत हुनसक्छ । यसमा तपाईँ वेब ठेगाना छोट्याउने र धेरै ठेगानालाई एउटै बनाउने मात्रै हैन, हरेक छोट्याईएका र एकत्रित गरिएका लिङ्कलाई तपाईँको आफ्नै पहिचान पनि दिन सक्नुहुन्छ।

http://bridgeurl.com/ एउटा त्यस्तै साइट हो । जहाँबाट तपाईँ धेरै लिङ्कहरुलाई एउटै बनाउने मात्रै नभइ त्यसमा आफ्नो पहिचान पनि हाल्न सक्नुहुन्छ । उदाहरणको लागि तलको चित्र हेर्नुस:

Bridge url

यसमा “Give a Title” मा My contact links लेखिएको छ र List URLs (one per Line) भन्दा मुनिको खालि भागमा

http://dacharya.blogspot.com
http://laghukathaa.wordpress.com
http://www.facebook.com/dacharya
http://www.twitter.com/dacharya
http://www.google.com/profiles/acharyadilip

लेखेर “Create Link” मा क्लिक गरिएको छ । जसका कारण माथिका सबै लिङ्क एउटै साझा लिङ्क अर्थात:

http://bridgeurl.com/my-contact-links मा परिणत भएका छन । अब सो लिङ्कमा क्लिक गर्दा तलको चित्रमा जस्तै पेज खुल्नेछ। जसमा दायाँ-बायाँ रहेका “Prev” र “Next” एरोको मद्दतबाट तपाईँ माथिका कुनै पनि लिङ्कमा प्रवेश गर्न सक्नुहुन्छ ।

bridge url function

लिङ्कलाई लम्बाउनुहोस्: हो, लिङ्कलाई छोटो पार्ने मात्रै हैन कहिलेकाहीँ त्यसलाई लम्ब्याउनु पर्ने पनि हुनसक्छ। किनकी लिङ्कलाई छोटो पार्ने काम जति सरल र छरितो छ आजकल यस्ता अनौठा र कौतूहलपूर्ण लिङ्कमा क्लिक गर्नु पनि निकै शंकास्पद मानिन्छ । कहिलेकाहीँ फेसबुक, इमेल वा अन्त कतै यस्तै साइटको नाम नदेखिने छोटा लिङ्कमा क्लिक गर्दा कम्प्युटरमा भाइरस पसेका र कसैको आईडि समेत ह्याक भएको सुनिन्छ। यस्तै समस्याबाट जोगाउने संसाधन पनि इन्टरनेटमा उपलब्ध छ ।

हो, यदि तपाईलाई कुनै सानो बनाइएको युआरएलले वास्तवमा कुन चाही साइटमा लैजान्छ भन्नेमा शंका लागेमा तपाईँ http://longurl.org/ मा जान सक्नुहुन्छ । नाम बाटै थाहा हुन्छ यो साइटले साना र छोटा बनाइएका युआरएलको वास्तविक पहिचान दिन्छ । अर्थात विभिन्न url shortner प्रयोग गरी छोटो बनाइएको लिङ्कको पूर्ण विवरण यसमा स्क्रिनशट सहित देखिन्छ ।

LongURL

उदाहरुणको लागि माथीको चित्रमा हेर्नुस। यहाँ एउटा http://tinyurl.com/37yhttd भन्ने लिङ्क हालेर “Expand” मा थीच्दा त्यसको पूर्ण विवरण र साइटको टाइटल अनि स्क्रिनशट समेत देखिन्छ । साथै यो साइटबाट सो साइटको मेटा ट्याग, कि वर्ड र अन्य विस्तृत विवरण समेत हेर्न सकिन्छ ।

URL shortner एउटा सुविधा हो र लिङ्कहरु बाँडने सरल माध्यम पनि । तर यसरी छोट्याइएका लिङ्कमा सावधानी पनि अपनाइनु नै पर्छ । त्यसैले आफूलाई चाहिएका लामा वेब ठेगानलाई विभिन्न साइटका माध्यमले छोटो र एकत्रित गरौँ भने छोट्टीएर आएका शंकास्पद युआरएललाई पनि उचित जाँच पछि मात्रै क्लिक गर्ने गरौँ Rolling on the floor laughing

Happy Surfing and Happy sharing !!

7 comments:

  1. निकै उपयोगी पोष्ट ! आशा छ, url shortener को बारेमा बुझ्नलाई यस पोष्ट ले धेरै सहयोग गर्नेछ ! हिजोआज सर्ट लिंक, फेसबुक मा फैलिएको छ । ती सर्ट लिंकहरु जथाभावी क्लिक गरिँदा, दिनहुँ नयाँ नयाँ समस्याहरु फेसबुक मा देखिरहेकाछन् ! फेसबुक मा शंकास्पद लिंक आएमा, माथि ब्लग मा भनिएजस्तै, सबैले url expand गरेर हेर्दा राम्रो हुनेथियो, इन्टरनेट मा सुरक्षित बस्न सकिनेथियो !

    ReplyDelete
  2. short link का बारेमा धेरै नकारात्मक कुरा हरु फैलिरहेको बेलमा यो पोस्ट ले धेरै सहयोग पुराउन सक्छ..........यो पोस्ट बाट म आफैले पनि धेरै कुरा जान्न र सिक्न पाए तेसैले दिलिप सर धेरै धेरै धन्यवाद छ !

    ReplyDelete
  3. निकै उपयोगि र जानकारीमुलक प्रस्तुतिको लागि धेरै२ धन्यबाद दिलीप दाजु ।

    ReplyDelete
  4. yi facebookma chotaachotaa link haru dekhine garthiyo...kasari huda rahichan bhanera khubai kautuhalata jagne garthiyo...tapaiko yo postle mero kautuhalata metauna safal bhaye jasto lagchha..tapailai esto janakarimulaka lekh post garnubhayeko ma dhanyabaad....estai anya janakarimulaka lekhaharu padhna paune aasha rakhdachu....dhanyabaad

    ReplyDelete
  5. link lai short garna sakincha bhane teyhi link lai ni lambauna sakincha hola ni ?

    ReplyDelete
  6. निकै उपयोगी जानकारी !!!
    लिङ्क कसरी सानो बनाउने भन्नेमात्र थाहा भएको बेलामा, लिङ्क कसरी ठुलो बनाउने, सानो लिङ्क प्रयोग गर्दाका फाईदाहरु बेफाईदाहरु, साथै एकैचोटि कसरी धेरै लिङ्कहरुलाई सानो बनाउने र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने थाहा पाइयो ।
    यस्तो उपयोगी टासो टास्नुभएकोमा दिलीप सरलाई साधुवाद !!!

    ReplyDelete
  7. दिलिप दाजु "फोल्डर लक" गरेर राख्ने सफ्टवयर धेरै डाउनलोड गरेँ । तर राम्रो सँग काम कुनेले पनि गरेन । तपाइसँग त्यस्ता केही लिंक छन भने बताइदिनुहुन्थ्यो कि ?

    ReplyDelete