11 January, 2011

सुरु भयो फेसबुकको इमेल !

सुरुवात फेबुक इमेलको:

इन्टरनेटको संसारमा फेसबुक बन्द हुने भन्ने हावादारी हल्ला फैलिरहेको बेलैमा फेसबुकको बहुचर्चित र बहु प्रतीक्षित इमेल सेवा यसका केही प्रयोगकर्ताहरू माझ सार्वजनिक भएको छ । आज बिहान फेसबुक खोलेर हेर्दा आफ्नो फेसबुकमा पनि यो सेवा सुरु भएकोले फेसबुक इमेलको पहिलो झलकका बारेमा केही लेख्दैछु।

फेसबुक ईमेल अर्थात् युजर आइडिको पछाडि @facebook.com हुने इमेल अबको केही समय भित्रमा विस्तारै फेसबुकका सबै प्रयोगकर्ताको खातामा खुल्दै जानेछ । यसै पनि दुबैतर्फका प्रयोगकर्तासँग फेसबुक भएको अवस्थामा मानिसहरूले सन्देश आदान प्रदान गर्न फेसबुककै 'मेसेज', 'स्टाटस' 'नोट' आदि प्रयोग गर्दै आएका थिए र एटेजमेन्ट भएको अवस्थामा मात्रै इमेलको सहारा लिनु पर्थ्यो । फेसबुकले इमेल सेवा प्रदान गर्ने बित्तक्कै अब त्यो सिमा वा बन्धन पनि टुटेको छ ।

ईमेल र सामजिक सञ्जालको प्रतिस्पर्धा:

अबका दिनमा एकतर्फको प्रयोगकर्तासँग फेसबुक छ र अर्कोतर्फको प्रयोगकर्तासँग फेसबुक छैन (अन्य कुनै इमेल मात्रै छ) भने पनि ती दुईका बीचमा सन्देश मात्रै हैन, ईमेल, डकुमेन्ट, मल्टिमिडिया वा अन्य कुनै डेटाहरू बाँड्न सम्भव भएको छ । फेसबुकमा इमेल खुलेका कुनै पनि प्रयोगकर्ताले अब कुनैपनि इमेल ठेगानामा सिधै पत्राचार गर्न सक्छन भने आफ्नो फेसबुक नभएका कुनैपनि व्यक्तिले फेसबुक प्रयोगकर्ताको "मेसेज' बक्समा पुग्ने गरि सिधैँ टेक्स्ट र एटेचमेन्ट समेत पठाउन सक्नेछन् । यो प्रविधि र सुविधा फेसबुकको लागि एउटा नयाँ आकर्षण र जिमेल, याहू, हटमेल आदि जस्ता नि: शुल्क इमेल प्रदायकलाई एउटा चुनौती हुनेछ ।

जुनसुकै इमलेबाट फेसबुकमा सिधै सन्देश पठाउन सकिने र फेसबुक बाटै कुनै पनि इमेलमा पत्राचार गर्न सकिने सुविधाले फेसबुकको प्रयोग र प्रोगकर्तामा अझै उल्लेख्य वृद्धि हुने कुरा सहजै अनुमान गर्न सकिन्छ भने फेसबुकको यो सुविधा पश्चात्: बजारमा टिकिरहन र नयाँ प्रयोगकर्तालाई आकर्षित गर्न जिमेल, याहू आदि इमेल प्रदायकले पनि नयाँ नयाँ फिचर र सुविधाको खोजी गर्नै र नयाँ नयाँ सुविधा थप्दै जानेमा करिब करिब ठोकुवा गर्दा पनि फरक पर्दैन । जे होस सञ्चार र सामाजिक सञ्जालका ठूला कम्पनीहरुको प्रतिस्पर्धा आम उपभोक्ता वा प्रयोगकर्ताको हिसाबमा भने लाभदायक नै हुनेछन् । आ-आफ्ना प्रयोगकर्तालाई टिकाई राख्न र नयाँ सुविधा थप्न यी ठूला कम्पनीहरु बीच चल्ने प्रतिस्पर्धाले भविष्यको सञ्चार र सामाजिक सञ्जाललाई अझै सहज, विविधता पूर्ण र जीवनोपयोगी बनाउँछ भनेर अहिले नै भन्दा पनि फरक पर्दैन ।

कस्तो छ त फेसबुक इमेल:

आज भर्खरै खुलेको र व्यस्ताका बीच राम्ररी हेर्न नभ्याए पनि फेसबुकको इमेल सरल र उपयोगी रहेको कुरा भने उल्लेख गर्नै पर्छ । फेसबुक इमेलको लागि मात्रै छुट्टै एकाउन्ट दर्ता गर्न नमिल्ने र फेसबुकका प्रयोगकर्ताले फेसबुककै आफ्नै पेजबाट मात्रै खोल्न मिल्ने गरी यसको सञ्चालन गरिएको छ। हाललाई POP वा IMAP सपोर्ट गर्ने नगर्ने वारे पनि कुनै आधिकारीक जानाकारी दिइएको छैन । टेक्स्ट र एटेचमेन्ट हाल्न मिल्ने भएपनि इमेलमा 'subject' लेख्न नमिल्ने र BCC गर्ने सुविधा यसमा छैन् । इमेलमा 'subject' नलेख्दा कुन मेल के विषयमा आएको हो भनेर निर्क्योल गर्न पक्कै झन्झट हुने छ । फेसबुकबाट गैह्र फेसबुक वा अन्य कुनै इमेलमा पठाईएका सन्देशको विषयमा "Conversation with ..." मात्रै देखिने भएकोले एकैजना प्रेषकको धेरै सन्देशहरू आएमा कुन मेल के विषयको हो भनेर छुट्याउन मुश्किल हुन्छ ।

केही झलकहरु:

हाललाई फेसबुकको इमेल सुविधा आफैँले खोल्न नमिल्ने र फेसबुककै सिस्टमबाट खुलेपछि मात्रै सक्रिय गराउन मिल्ने भएकोले फेसबुक खोल्दा "Message" मा हेर्दै गर्नु होला त्यहाँ "Upgrade to the New Messages" भन्ने सन्देश देखेपछि तपाईँ "See What's New" मा क्लिक गरेर त्यसलाई सकृय गराउने प्रक्रिया पुरा गर्न सक्नुहुन्छ । अन्तमा फेसबुक इमेलका केही झलकहरु:

Facebook Mail (7)

Facebook Mail (9)

Facebook Mail (3)

Facebook Mail (4)

Facebook Email First Look

जे होस फेसबुक बन्द हुन्छ भन्ने निराधार हल्ला चलिरहेकै बेलामा फेसबुक इमेल खुलेको छ र आगामी दिनमा यसमा पक्कै पनि नयाँ सुधारहरु आउने नै छन् । कसैका लागि पहिले नै अन्य ३-४ वटा मेल भएको अवस्थामा यो मेल 'घाँडो' हुनपनि सक्छ भने अन्य सबै मेलहरु फेसबुकमै फर्वार्ड गरेमा दिनदिनै अरु ३-४ वटा मेलहरु खोल्ने झन्झट बाट बच्न पनि सकिन्छ। यो सबै कुरा भने प्रयोगकर्तामै भर पर्ने कुरा हो । तर माथी भने जस्तै फेसबुकको यो सुविधा पश्चात अन्य इमेल प्रदायकले पनि नयाँ सुविधा थप्नेमा ध्यान दिने नै छन् र यो प्रतिस्पर्धाले प्रयोगकर्तालाई भने फाइदा नै हुनेछ ।

Happy Emailing Open-mouthed smile

16 comments:

  1. धन्यबाद दिलिप दाइ ...नया जानकारी दिनु भएकोमा !
    .....
    जेसुकै भए पनि - फाइदा हुने भनेको त प्रयोगकर्ता लाइ नै हो नि !

    ReplyDelete
  2. कतिवटा चैँ चला'र सक्नु हो खै...

    ReplyDelete
  3. Facebook banda hune halla suneko thia, email khuleko khabar hajur ko blogma padna pauda khusi lagyo..

    ReplyDelete
  4. ताजा जानकारीको लागि धेरै धेरै धन्यबाद ! सुबिधा थपिनु राम्रै कुरा हो | सबै इमेल बिना पैसा चलाउन पाईने हुनाले कुन पो चलाउने भन्ने दुबिधा हुनु स्वभाविकै हो |

    ReplyDelete
  5. this feature hasn't come in my facebook till now..............however thanks for the information and i am looking forward to it...

    ReplyDelete
  6. tara dilip dai yo suru bhayako ta dherai nai bhaisakyo ta kehi month dekhi ma yo chalaudai chu ta
    thanks for post dai....

    ReplyDelete
  7. Thanku So Much For New Information,

    ReplyDelete
  8. @ Binod Pathak:- Facebook declared, what they call "New Message System" on 15 th. of November and after then they begin the invitation process to activate so called 'Facebook mail'.

    Sources tells that FB slowly started rolling out its new mail feature to users from Mid- December. You have mentioned that you are using this features since "few months". I wondered if you are using "some other facebooks", :), please share your ideas.

    ReplyDelete
  9. Once again an informative post. you are so consistent in bringing new articles to the readers. Hats off! I may not have left my comment but was reading you almost regularly.

    Regarding the face-book e-mail service, I don't know how much popularity it will gain. btw, I love to use gmail among the available free email options.

    ReplyDelete
  10. HOM BHANDARI15/1/11 3:51 PM

    ताजा जानकारीको लागि धेरै धेरै धन्यबाद ! सुबिधा थपिनु राम्रै कुरा हो |

    ReplyDelete
  11. फेरी पनि नौलो जानकारीको लागि धेरै धेरै धन्यबाद !
    तपाईंको वेब खोल्दा नेपालको झन्डा address bar मा आउँदो रहेछ यो पनि नौलो भयो मलाई |यीं यस्ता कुरामा मेरो गति एकदमै धीमा छ !

    ReplyDelete
  12. Nice post and good information

    ReplyDelete
  13. फेसबुकले पछिल्लो समयमा गुगललाई निकै टक्कर दिइरहेको छ । अब गुगल र माइक्रोसफ्ट पनि चुप लागेर त नबस्लान् कि कसो ।

    ReplyDelete
  14. Jankari ko lagi dhanyavad. Tara tapainle bhannu bha jasto 'Upgrade to new message' bhanera ayeko chhaina ta mero facebook ma. Ki yo selected or ramdom users haru lai matra pathayeko ho ??

    ReplyDelete
  15. फेसबुक ईमेल अहिलेसम्म ramdom users हरूकोमा आफैँ एक्टिभेट भइरहेको छ । तर यदि तपाई यो सेवा छिटो लिन चाहनुहुन्छ भने http://www.facebook.com/about/messages/ मा गएर आफ्नो फेसबुक युजर आइडी र पासवर्ड बाट साइनईन गरेर invitation लागि दर्ता गर्न सक्नुहुन्छ :)

    ReplyDelete
  16. दार्इ यो ब्लगको भिअर बढाउन के गर्नु पर्छ । केहि बताउनुस न

    ReplyDelete