20 March, 2011

म, उनी र …

Dark Beautyधेरै भयो देखादेख नभएको
बिर्सेँ पनि कैले 'थ्यो भेटेको
म घराँ हुँदा तिमी आउँदिनौ
तिमी आउँदा म बस्न पाउँदिन।

सुने थेँ, अस्ति म नहुँदा
तिमी दिनभर आ’थ्यौ रे
कुरे थेँ , हिजो रातभर तर
तिमी अन्तै गा’ थ्यौ रे ।

लुकामारीको खेल जस्तै भा’ छ
घाम-छायाँको मेल जस्तै भा’ छ
लाग्छ तिम्रो मेरो भेट नगराउने
कुनै जाल-झेल नै भा’ छ ।

हर दिन हर रात सधैँ
प्रतिक्षा नगरेको हैन 
नभेट्दा नि तिम्लाई
भुल्न सक्या छैन ।

 

 

आउँदिनौ भन्ने थाहा हुँदा पनि
रातहरू कुरेरै बिताएको छु
गइ हाल्छौ भन्ने जानेरै पनि
अटुट मिलन चिताएको छु

हाम्रो मिलनमा समाज हैन
सरकारै दुश्मन भा’को निचोड आ’छ
त्यसैले त हिउँद लाग्ने बित्तिकै
तिम्रो मेरो महा बिछोड भा’ छ

अब त सायद हिमालका हिउँ पनि पग्लेलान
नभए नि आकाशबाट मेघ-मल्हार गर्जेलान
मेरी ‘बिजुली’ तिम्रो मेरो मिलन छीट्टै होला
गर्मी  बढ्दा लोडसेडिङ  घट्दै घट्दै जाला ।

9 comments:

  1. हाहा रमाइलो कविता !

    ReplyDelete
  2. मेघ गर्जेर बर्सिएर भेट होला ! हैन भने उनीसित भेट हुन त त्यस्तै हो ! हा हा

    ReplyDelete
  3. अति सुन्दर

    ReplyDelete
  4. म, उनी र विजुली ....
    विजुली मोरी पनि विजुली नै भै ....हाहाह ....

    ReplyDelete
  5. गज्जब! मेरी उनी पनि उस्तै छिन्:)

    ReplyDelete
  6. सुने थेँ, अस्ति म नहुँदा
    तिमी दिनभर आ’थ्यौ रे
    कुरे थेँ , हिजो रातभर तर
    तिमी अन्तै गा’ थ्यौ रे ।

    बडो तापको कुरा । हास्यव्यङ्ग्यको लेवल भिरेर आएपनि मन अमिलो बनाउने ।

    ReplyDelete
  7. हा हा हा हा हासो उठ्दो बियोग!
    कहिले सम्म होला हामी नेपालीहरुले "बिजुली मैया" को बियोगमा तड्पिनु पर्ने ।
    लाग्छ "टुकी नानी" र "लाल्टिन् कुमारी" नै हाम्रो भर पर्दा बियोगका साथी हुन् ।

    ReplyDelete
  8. yo kabita ta ramro chha but kantipur saptahik ma euta comedian actor le lekhe jasto lagcchha ............hoina ra...........

    ReplyDelete
  9. ramro lagyo.........aru pani lakhday garnu la...............

    ReplyDelete