18 June, 2011

फेरि केही मुक्तकहरू !

सुशासनको रङ्ग

अस्ति ७ घर लुटेर फरार,
आज इज्जतसाथ सार्वजनिक भा’छ ।
हिजो छुरी धसेर भाग्नेले भोलि,
सरकार सँग वार्ता गर्न ला’ छ   ।
बाँचे देखिन्छ भन्थे, हो रै’छ
सुशासनमा यस्तै यस्तै धेरै देख्न पा’ छ ।

फेसबुकको साथी

मलाई देख्दा टाढै देखि हाँसी रै’थीन तिनी ।
चिनिन मैले, तर सोचेँ जाती रै’छिन तिनी।
घर पुगी नेट जोडी हेर्दा पो त था’ भो,
फेसबुकमा मेरो पनि साथी रै’छीन तिनी ।

नेताका कुरा

कर्णालीमा जहाज र पहाडमा रेलको कुरा गर्छौ तिमी ।
गफैमा त पाँच वर्षे योजना, तीन महिना मै पुरा गर्छौ तिमी ।
भो, नबोल अरु बढी, सुन्नेलाई लाज लाग्छ,
संवीधान बनाउन सक्या छैनौ, देश बनाउने के कुरा गर्छौ तिमी ? ।

स्वप्न भङ्ग

अप्सरा झैँ देखेँ टाडाबाट उनलाई,
रोम-रोममा तरङ्ग भो ।
नजिक आइ नियाल्दा पो,
मेरो स्वप्न भङ्ग भो ।

प्रशंसा

पूर्ण चन्द्र झैँ आभा, गुलाफ झै सौन्दर्य,
के के तारिफ गरौँ तिम्रो अरू ।
भो यत्तिमै कुरा सक्छु,
कत्ती झूठो बोल्नु अरुParty smile

11 comments:

  1. फेसबुकको साथी
    wow, like it

    ReplyDelete
  2. पहिलो र अन्तिम चैँ गज्जब नै लाग्यो है !
    :)

    ReplyDelete
  3. पाँचै वटा राम्रा छन् भन्ने हाम्लाइ लाइ र च।

    ReplyDelete
  4. गज्जब मिठो छ है दाई गज्जब...

    ReplyDelete
  5. नेपालको बर्तमान पात्र र प्रब्रितीको वास्तबिक चित्र हो मुक्तक नम्बर १ र ३ । अन्तिम टुक्रा पनि स्वादिलो लाग्यो।

    ReplyDelete
  6. दामी! अति दामी!

    ReplyDelete
  7. एक से एक धमाकादार लागे मुक्तकहरु !

    ReplyDelete
  8. सुशासन र नेताका कुरा त्यस्तै हुन् दाइ .......नियति नराम्रो भए'नि त्यस्तै शब्दमा राम्ररि बुन्न सफल हुनु भएको छ !

    ReplyDelete
  9. मुक्तक-
    खोले गुन्द्रुक आफ्नै नेपाली खानपानको खोजिमा छु ।
    दौरा सुरुवाल टोपी लाउदा सम्मानको खोजिमा छु ।
    यहाँ जे जे गर्दा हुन्छ,जसले जसलाई मार्दा हुन्छ,
    न्याय माग्न बिस-तिस पन्ना सम्बिधानको खोजिमा छु

    ReplyDelete