01 July, 2011

ManageFlitter-- ट्वीटर चलाउनेले जान्नै पर्ने कुरा !

ट्वीटर याने सामाजिक सञ्जालको सानो, छोटो र सरल अनुप्रयोग । जसको प्रयोग दिनदिनै बढ्दै गएको छ। सुरुमा लहड्कै रूपमा चलाए पनि समय बित्दै जाँदा ट्वीटर भित्र साथी बनाउने र बन्ने क्रम बढ्दै जान्छ । सामान्य अवस्थामा कुनै पनि प्रयोग कर्ताले नियमित ट्वीटीने २५-३० जना सम्मको नाम सजिलै याद गर्छन् भने बढीमा १०० वा १५० भन्दा बढि प्रयोगकर्ता सम्मलाई सम्झन सकिन्छ । तर इन्टरनेटमा अलि बढी रमाउनेहरुको समय बित्दै जाँदा आफैँले फलो गरेका व्यक्तिहरू ३००-४०० पुगिसकेको हुन्छ । ती ३००-४०० सय मध्य कतिले ट्वीटर चलाउनै छाडि सकेका हुन्छन् त  कतिका ‘स्पाम’, विज्ञापन वा ‘अति ट्वीट’ का कारण ट्वीटर प्रयोगकर्तालाई समस्या सुरु हुन्छ । त्यसमा कति छद्म नामधारी हुन्छन् त कतिको ट्वीट ‘नपच्ने’ समेत हुन सक्छन् ।

यस्तो वेलामा एक-एक गरी आफूले “फलो” गरेका व्यक्तिहरूलाई “अनफलो” गर्नु निकै समय खाने र झन्झटीलो काम हुनसक्छ ।

फेरि कसलाई अनफलो गर्ने कसलाई नगर्ने भन्ने कुरा पनि सजिलै निर्णय गर्न सकिन्न । तर एउटा यस्तो वेपपेज (वेबएप) छ जसको मद्दतले तपाइँ एकै क्लिकमा निम्न प्रकारका व्यक्तिहरूलाई समूहगत रूपमै एकैचोटि “अनफलो” गर्न सक्नुहुन्छ :

•    तपाईँले फलो गरेको तर तपाईँलाई फलो नगर्ने (बदमासहरू !)
•    प्रोफाइलमा फोटो नहाल्ने ( लुकेर बस्ने बेइमानहरू !)
•    निष्क्रिय प्रयोगकर्ताहरू (एक महिनामा एक पटक पनि नट्वीटिने अल्छीहरू !)
•    बकबके प्रयोगकर्ताहरू ( छिन-छिनमा ट्वीटेर हैरान गर्ने कचकचेहरू !)
•    शान्त प्रयोगकर्ताहरू (दिनमा १ पटक भन्दा कम ट्वीटीने गम्भीर प्रयोगकर्ताहरू !)

अर्थात् उक्त वेब एप्लिकेशनको मद्दतबाट एकै क्लिकमा १०,२० वा ३० मात्रै हैन, सैयौँको सङ्ख्यामा आफूले फलो गरेका ट्वीटर प्रयोगकर्तालाई  एकैचोटि अनफलो गर्न सकिन्छ । त्यो पनि एकदमै सजिलो इन्टरफेसको माध्यमबाट ।

यदि तपाँइले पनि धेरैको सङ्ख्यामा ट्वीटर प्रयोगकर्तालाई फलो गर्नु भएको छ र अब धेरै समय नखर्ची, त्यसबाट अनावश्यक, निष्क्रिय र ‘अप्रिय’ प्रयोग कर्तालाई एक-एक गरी हैन, एकै पटकमा समूहगत रूपमा अनफलो गर्न चाहनुहुन्छ भने यसो गर्नुस:

  1. पहिला आफ्नो ब्राउजरबाट http://manageflitter.com/ मा जानुहोस र आफ्नो  ट्वीटर आडडि र पासवर्ड प्रयोग गरेर लगइन गर्नुहोस ।

Twitter Manage

2. अब चित्रमा जस्तै पहिला Start  र त्यसपछि Connect to twitter मा क्लिक गर्नुस।

3. अब खुल्ने पेजमा आफ्नो ट्विटर युजर आइडि र पासवर्ड प्रविष्ट गर्नुस (पहिलो प्रयोगमा तपाईँले यो वेब एपलिकेसनलाई आफ्नो ट्वीटरको सूचना  access गर्ने अनुमति दिनु पर्ने हुन्छ ।)

अब तपाई manageflitter को मुख्य पेजमा पुग्नुहुने छ । र सो पेजमा तपाईँले फलो गरेका प्रयोगकर्तालाई निम्न बमोजिम विभाजन गरिएको हुनेछ:

Not Following Back clip_image002 (जसलाई तपाईँले फलो गर्नु भएको छ, तर उसले तपाईँलाई फलो गरेका छैनन्)।
No Profile Image clip_image002[4]  (जसले प्रोफाइलमा आफ्नो फोटो राखेका छैनन्)
Inactive clip_image002[6]  (जसले बितेको ३० दिनको समयमा कुनै ट्वीट गरेका छैनन्)
Talkative clip_image002[8]  (जसले दिनमा ५ वा सो भन्दा बढि ट्वीट गर्छन्)
Quiet clip_image002[10]  (जसले दिनमा १ पटक वा सो भन्दा कम ट्वीट गर्छन्)

अब यी मध्य कुनैपनि श्रेणीमा क्लिक गरेर दायाँतर्फ हेर्नुस। आफूले हटाउन चाहेका व्यक्तिको नाम पछाडि रहेको चेकबक्समा चेकमार्क लगाउनुहोस र 'Unfollow # Selected' मा क्लिक गर्नुस। एकै क्लिकमा तपाईँले चयन गरेका सबै प्रयोगकर्ता “अनफलो” हुनेछन् ।

उदाहरणको लागि मैले मेरो एकाउन्टको Inactive मा क्लिक गर्दा ३० दिनमा एक पटक पनि नट्वीटीने ६२ जना देखियो:

Inactive

त्यस्तै देव्रेतर्फको "Talkative" मा क्लिक गर्दा दिनमा सरदर ५ पटक ट्वीटगर्ने व्यक्तिहरूको सूचि यसरी देखियो:

Talkative

यतिमात्रै हैन यसरी कुनै पनि क्याटागोरीमा पर्ने व्यक्तिहरूको सूची देखिँदा तपाईँले माथिका कुनै पनि प्रयोगकर्ताको नाममा माउस पुर्‍याउनु भयो भने सो व्यक्तिले कहिले ट्वीटर एकाउन्ट बनाएको थियो, कतिजना फलोअर छन, कतिवाट ट्वीट गरको छ आदि सबै जानकारी पाउन सक्नुहुन्छ । रमाइलो कुरा यसबाट तपाईँले सो प्रयोगकर्ताले दिनमा सरदर कतिवटा ट्वीट गर्छ समेत देख्न सक्नुहुनेछ तलको चित्र हेर्नुस: (Sorry Aakar Winking smile)

Talkative 2

यस्तैगरी हेरक क्याटागोरीमा सोसँग सम्बन्धित व्यक्तिहरूको सूचि देखिने छ र यदि तपाई यि सूचिमध्यबाट कुनै वा सबैलाई एकै पटक ट्वीटर बाट अनफलो गर्न सक्नुहुन्छ ।

यदि तपाईँ पनि यसरी कसैलाई वा धेरैलाई एकै पटक अनफलो गर्न चाहनुहुनछ भने माथिका मध्य कुनैपनि श्रेणीमा क्लिक गरेर दायाँतर्फ हेर्नुस। आफूले हटाउन चाहेका व्यक्तिको नाम पछाडि रहेको चेकबक्समा चेकमार्क लगाउनुहोस र 'Unfollow # Selected' मा क्लिक गर्नुस। एकै क्लिकमा तपाईँले चयन गरेका सबै प्रयोगकर्ता “अनफलो” हुनेछन् । तलको चित्र हेर्नुस: (चित्रलाई ठूलो गर्न त्यसैमा क्लिक गर्नुस--चित्र आफैँ अर्को ट्याबमा खुल्नेछ)

Unfollow

अनफलो गर्ने बाहेक यहाँबाट तपाईँ अरू पनि धेरै कुराको जानकारी लिन सकनुहुन्छ ।

यदि तपाईँ एकै चोटीमा आफूले कतिजनालाई फलो गरेको छु र फलो गरिएकाहरूले कतिजनालाई फलो गरेका छन्, कतिजनाबाट फलो भएका छन हेर्न चाहनुहुन्छ भने तपाईँले एउटा पुरै डेटाबेस नै .CSV फर्म्याटमा डाउनलोड गरेर Microsoft Excel बाट हेर्न सक्नुहुन्छ । यसरी डाउनलोड गर्दा सो फाइलमा तपाईँले फलो गरेको हरेक व्यक्तिको UserId, उसको वास्तविक नाम, सो व्यक्तिले तपाईलाई फलो गरे नगरेको जानकारी लगाएत सो व्यक्तिले कतिजनालाई फलो गरेको छ, कतिजनाले उसलाई फलो गरेका छन, उसको Username, Profile, आदि सम्पूर्ण कुराको जानकारी पाउन सक्नुहुन्छ ।

यदि तपाईँ आफूले फलो गरेका सबै ट्वीटर प्रयोगकर्ताको बारेमा यी सबै विस्तृत विवरण चाहनुहुन्छ र त्यसलाई आफनो कम्प्युटरमा सेभ गर्न चाहनुहुन्छ भने पहिला सो पेजको माथी दायाँ पट्टी भएको Dashboard मा क्लिक गर्नुस र त्यसपछि "Download everyone you are following" मा क्लिक गर्नुस ।

Download

छैन त रमाइलो र सजिलो Open-mouthed smile

जे होस, तपाईँले फलो गर्न वा अन फलो गर्न परे मेरो ट्वीटर: @dacharya

Happy Tweeting !!!


Light bulbयो पनि हेर्नुस: जिमेल भीत्रबाटै फेसबुक र ट्वीटर चलाउनुस !

13 comments:

  1. सार्है राम्रो र आवश्यक ज्ञान बाढनु भयो दाजुले | अनावश्यक धेरै account हरु follow गरिरहेको रहेछु मैले | धेरैलाई एकैचोटी unfollow गरें | यहि काम Twitter बाटै गर्न सायद पुरै दिन खर्चिनुपर्थ्यो :)

    ReplyDelete
  2. Good to know about http://manageflitter.com/. Thanks a lot.

    ReplyDelete
  3. अत्यन्त उपयोगी वेब एप्लिकेशन रहेछ। सर्ब प्रथम मलाई फलो नगर्ने "बदमासहरु" माथि धावा बोल्न मन लाइरा'छ। धन्यवाद दिलीप सरलाई !!!!

    ReplyDelete
  4. लेख साह्रै राम्रो अनि उपयोगी लाग्यो। धन्यवाद दिलीप सर लाइ यस्तो ज्ञान मूलक लेख पस्कनु भएकोमा।

    ReplyDelete
  5. Thanks a lot dai.
    It's another useful ap. I unfollowed some of 'badmas' :) and not to be called 'badmas', followed all of them, who were following me. ;)

    ReplyDelete
  6. मैले पनि धेरै काँटछाट गरें, हुन त आफूले फलो नगरेको संख्या हेर्दा आफू पनि बदमासै रहेछु, त्यही भएर सबैलाई पालैपालो फलो गरें । केही बदमासलाई भने लास्ट चान्स दिएको छु, हेरुँ के गर्दा रैछन ।

    ReplyDelete
  7. ...छैन त गजब ?? धन्यबाद !दिलिप दाइ - उपयोगी जानकारीको लागी !
    अल्छे ट्विटर चाही परिएला जास्तो छ !

    ReplyDelete
  8. वाह! क्या मज्जा,कति धेरै रमाइलो र अति उपयोगी पनि । धन्यवाद दिलिप जी....

    ReplyDelete
  9. Interesting. ha ha :)
    But how come only 27.5 tweets per day. :P

    ReplyDelete
  10. oho, It is useful for me.

    ReplyDelete
  11. tapain ta kaal hunu do raichha... maile mane...!!

    ReplyDelete
  12. एए यस्तो रहेछ त.. त्यही प्रयोग गरेको छैन मैले टिविटर तर चलाउदै जादा रोचक होला जस्तै छ।

    ReplyDelete
  13. Twitter ko barema new application thaha paiyo use gareko ta xaina aba garne xu. Danyabadha Dilip sir.

    ReplyDelete